सीधै सामग्रीमा जाने

त्यो राज्य जसले प्रमोदवन ल्याउने छ

त्यो राज्य जसले प्रमोदवन ल्याउने छ

त्यो राज्य जसले प्रमोदवन ल्याउने छ

येशू पृथ्वीमा हुनुहुंदा, उहांले आफ्ना चेलाहरूलाई परमेश्‍वरको राज्यको निम्ति यसो भन्दै प्रार्थना गर्न सिकाउनु भयो: “तपाईको राज्य आओस, तपाईको इच्छा स्वर्गमा झैयस पृथ्वीमा पुरा होस।” (मत्ती ६:९, १०) उहां सघैं “राज्यको सुसमाचार” वारे कुरा गर्नु हुन्थ्यो। (मत्ती ४:२३) भनौ भने, उहांले त्यो राज्यवारे जत्ति चर्चा गर्नु भयो त्यत्ति त अरू कुनै पनि बिषय वारे कुरा गर्नु भएन। किन? किनभने परमेश्‍वरले त्यही राज्य मार्फत आज जीवनलाई यत्तिको संकष्टमय पार्ने समस्याहरूको समाधान गर्नुहुनेछ। त्यही राज्य द्वारा, परमेश्‍वरले युद्ध, भोक, रोग र अपराधको अन्त्य गरिदिनु हुनेछ र त्यसको ठाउंमा उहांले एकता र शान्ति स्थापित गर्नु हुनेछ।

के तपाई त्यस प्रकारको संसारमा जीवन बिताउन चाहनु हुन्छ? चाहनु हुन्छ भने, यो पत्रिका पढनुहोस। त्यो राज्य एउटा वास्तबिक सरकार हो र मानिस माथि शासन गर्दै आंएका जम्मै राज्यहरू भन्दा त्यो राज्य सर्वोत्तम छ भन्‍ने कुरा तपाईले यस पत्रिकामा सिकनु हुनेछ। परमेश्‍वरले, त्यो राज्य सम्बन्धी उहांको उद्देश्‍यहरू, बिस्तारै आफ्ना दासहरूलाई वताउनु भएको रोमान्चकारी कुरा पनि तपाईले वुझ्नु हुनेछ। तर त्यतिमात्र होइन। त्यो राज्यले तपाईलाई आज पनि कसरी मदत दिन सक्छ, सो वुझ्नु हुनेछ।

वास्तवमा तपाई अहिले देखिनै परमेश्‍वरको राज्यको प्रजा वन्‍न सकनु हुन्छ। तर प्रजा हुने फैसला गर्नु भन्दा पहिले तपाईले त्यो राज्य वारे अझ जानकारी लिनु पऱ्‍यो। त्यसैकारण यो पत्रिकाको जांच गर्नुहोस। यसमा त्यो राज्य वारे उल्लेखित जम्मै कुराहरू बाईबलवाट लिईएको छ।

तर पहिला हामी हेरौं, परमेश्‍वरको राज्य हामीलाई किन चाहिएको छ।

मानव इतिहासको शुरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध वनाउनु भयो र उसलाई एउटा प्रमोदवनमा राखिदिनु भयो। त्यतिखेर त्यो राज्यको खांचो परेको थिएन।

तर हाम्रा प्रथम वावु र आमा, आदम र हव्वाले शैतान, एउटा बिद्रोही स्वर्गदूतको कुरा सुनेछना शैतानले उनीहरूसंग परमेश्‍वरको बिषयमा झुठो कुरा गऱ्‍यो र तिनीहरूलाई पनि परमेश्‍वरको बिद्रोह गर्न उचाल्यो। यसरी तिनीहरू मृत्युको योग्य भए, किनकि “पापको ज्याला मृत्यु” हो।—रोमी ६:२३.

असिद्ध र पापी मानिसले सिद्ध सन्तान जन्माउन सक्दैन। यसकारण आदमको जम्मै सन्तान असिद्ध, पापी र मरणशील भएर जन्मे।—रोमी ५:१२.

अव पाप र मृत्युको सरापवाट उम्कने सहायता पाउनको निम्ति मानिसलाई परमेश्‍वरको राज्यको खांचो पऱ्‍यो। त्यति मात्र होइन। परमेश्‍वरको नामको बिरूद्धमा शैतानले झूठ वोलेको थियो। परमेश्‍वरको नामवाट यो झूठको दाग पनि त्यही राज्यले मेटाउन आवश्‍यक पऱ्‍यो।

मानिसलाई पापवाट वचाउन एउटा बिशेष सन्तान जन्मने छ भनेर यहोवाले प्रतिज्ञा गर्नु भयो। (उत्पत्ति ३:१५) यही “सन्तान” पछि गएर परमेश्‍वरकोराज्यको राजा पनि हुने।

तर त्यो सन्तान को हुने भयो त?

आदमले पाप गरेको समय देखि लगभग २००० वर्ष पश्‍चात, अब्राहाम नाम भएको एउटा अति नै बिश्‍वासी मानिस थियो। आफू वसेको शहर छोडेर तम्वुहरूमा प्यालेस्टाइन देशमा वसोवास गर भनेर यहोवाले अब्राहामलाई अह्राउनु भयो।

अब्राहामले यहोवाको जम्मै कुराहरू माने। एउटा अतिनै गाहारो कुरा पनि माने। अर्थात वेदीमाथि आफ्नो छोरा इसहाकलाई होमवलि झै चढाउन यहोवाले अब्राहामलाई अह्राउनु भयो।

वास्तवमा यहोवालाई कुनै मानव वलिदान चाहिएको थिएन। तर उहांसंग अब्राहामले कत्तिको प्रम गर्दो रहेछ भनेर यहोवा जान्‍न चाहनु हुन्थ्यो। तर अब्राहामले इसहाकलाई मार्नै लागेको वेलामा यहोवाले उसलाई रोक्नु भयो।

अब्राहामको ठूलो बिश्‍वासले गर्दा, उसको सन्तानलाई प्यालेस्टाइनको देश दिइनेछ र उस्को र उस्को छोरो इसहाककै वंशमा त्यो प्रतिज्ञा गरिएको सन्तान आउने छ भनेर यहोवाले प्रतिज्ञा गर्नु भयो।—उत्पत्ति २२:१७, १८; २६:४, ५.

इसहाकका जम्ल्याहा छोराहरू भए। अर्थात एसाव र याकूव। त्यो प्रतिज्ञा भएको सन्तान याकुब द्वारा आउने छ भनेर यहोवाले भन्‍नु भयो।—उत्पत्ति २८:१३-१५.

यहोवाले याकूबको नाम इज्राएल पनि राख्नु भयो। याकूवका १२ छोराहरू भए र पछि यी जम्मैवाट छोराछोरीहरू जन्मे। यसरी अब्राहामको सन्तान वढदै गयो।—उत्पत्ति ४६:८-२७.

समयमा, तिनीहरू वसेको इलाकामा नराम्रोसंग अनिकाल आई पऱ्‍यो। तर मिश्र देशको राजा फिरउनवाट निमन्त्रण पाएर तिनीहरू जम्मै तल मिश्रमा वसोवास गर्न सरे।—उत्पत्ति ४५:१६-२०.

त्यो प्रतिज्ञा गरिएको सन्तान याकूबको पुत्र यहुदाको वंशमा जन्मने छ भनेर यिनीहरू मिश्रमा छंदा प्रकट भयो।—उत्पत्ति ४९:१०.

पछि गएर याकूबको मृत्यु भयो। तर उसको सन्तान संख्यामा वढदै गए र एउटा जाती सरह भए। यो देखेर मिश्रीहरू भयभित भये औ तिनीहरूलाई यी मिश्रीहरूले दास तुल्याए।—प्रस्थान १:७-१४.

तर त्यस वेलाको फिरउन संग इज्राएलको सन्तानको स्वतंत्रताको मांग गर्न यहोवाले समयमा मोशा नाम भएको एउटा अत्यन्त बिश्‍वासी मानिस पठाउनु भयो।—प्रस्थान ६:१०, ११.

फिरउनले इन्कार गऱ्‍यो। यसकारण यहोवाले मिश्रीहरुमाथि १० बिपत्तिहरू ल्याउनु भयो।

अन्तिम बिपत्तिमा मिश्रका सवै जेठा छोराहरूलाई मार्न यहोवाले मृत्युको स्वर्गदूत पठाउनु भयो।—प्रस्थान ७ देखि १२ सम्म।

तर इज्रायलीहरूले सांझको भोजनको निम्ति एउटा थुमा मारेर त्यसको केही रगत आफ्नो ढोकाको चौकसमा छर्क्यौ भने मृत्युको स्वर्गदूतले तिनीहरूको घरलाई नांघेर जान्छ भनेर यहोवाले इज्रायलीहरूलाई भन्‍नु भयो। यसकारण इज्रायलीहरूका जेठाहरू जम्मै बांचे।—प्रस्थान १२:१-३५.

फलस्वरूप, फिरउनले इज्रायलीहरूलाई मिश्रवाट निस्केर जान दियो। तर फेरी उसले आफ्नो मन वदल्यो। तिनीहरूलाई फिर्ता ल्याउन तिनीहरूको पछि पछि गयो।

यहोवाले लाल समुद्रको वीचमा इज्रायलीहरूकोलागि भागने वाटो खोलि दिनु भयो। पछि पछि फिरउन र उसको सेनाहरू पनि जाने कोशिस गर्दा तिनीहरू पानीमा डुवेर मरे।—प्रस्थान १५:५-२१.

यहोवाले इज्रायलको सन्तानलाई मरू भूमिको सिनै पर्वत निर पुऱ्‍याउनु भयो। त्याहां यहोवाले तिनीहरूलाई आफ्नो व्यवस्था दिनु भयो र तिनीहरूले त्यो व्यवस्था पालन गरे भने तिनीहरू पुजाहारीहरूको एक राज्य र एउटा पबित्र जाति हुनेछ भनेर यहोवाले तिनीहरूलाई भन्‍नु भयो। यसरी समयमा, इज्रायलीहरूले परमेश्‍वरको राज्यको एक प्रमुख भाग हुने मौका पाए।—प्रस्थान १९:६; २४:३-८.

इज्रायलीहरूले सिनै पर्वत निर लगभग एक वर्ष बिताए। त्यसपछि यहोवाले तिनीहरूलाई प्यालेस्टाइन तर्फ लग्नु भयो। तिनीहरूको पुर्खा अब्राहाम संग यहोवाले यही देश दिन्छु भनेर प्रतिज्ञा गर्नु भएको थियो।

पछिवाट प्यालेस्टाइनमा यहोवाले इज्रायलीहरूमाथि राजाहरूलाई राज्य गर्न दिनु भयो। यसकारण त्यतिखेर पृथ्वीमा पनि परमेश्‍वरको एउटा राज्य थियो।

इज्रायलको दोश्रो राजा थिये दाउद। उनी यहुदाको सन्तान थिये। दाउदले इज्रायलका जम्मै दुश्‍मनहरू माथि बिजय प्राप्त गरे र यरूशेलम शहरलाई राष्ट्रको राजधानी वनाए।

जव कुनै राजाले यहोवावाट मदत पाउछ तव कुनैपनि पार्थिव शासकले उसमाथि बिजय गर्न सक्दैन भन्‍ने कुरा दाउदको शासन कालमा घटेको घटनाहरूवाट प्रश्‍ट हुन्छ।

त्यो प्रतिज्ञा गरिएको सन्तान अव दाउदकै वंशवाट आउने कुरा यहोवाले भन्‍नु भयो।—१ इतिहास १७:७, ११, १४.

दाउद पश्‍चात उनकै छोरा सुलेमानले राज्य चलाए। सूलेमान वुद्धिमान थिए र उनको शासनकालमा इज्रायलले सुख सुबिधापूर्वक वसोवास गर्न पाये।

सुलेमानले यहोवाको निम्ति यरूशेलममा एउटा सुन्दर मन्दिरको निर्माण पनि गरे। सुलेमानको शासन कालमा इज्रायलले पाएको सुखचैनवाट हामीले परमेश्‍वरको आउनेवाला राज्यद्वारा मानिसले पाउने आशिसहरूको एक झल्को पाउदछौं।।—१ राजा ४:२४, २५.

तथापि सुलेमान पश्‍चात राज्य गर्ने धेरै जसो राजाहरू अत्यन्त अबिश्‍वासी थिये।

तर यरूशेलममा दाउदको घराना ले शासन गर्दा गदै, यहोवाले उहांको अगमवक्‍ता यशैया द्वारा, भबिश्‍यमा सारा पृथ्वीलाई धार्मिकतामा राज्य गर्ने एकजना दाउदको पुत्र वारे भबिष्यवाणि गर्नु भयो। यही दाउदको पुत्र नै प्रतिज्ञा गरिएको सन्तान हुने भयो।—यशैया ९:६, ७.

उहांको शासन सुलेमानको भन्दा पनि गौरवमय हुनेछ भनेर अगमवक्‍ता यशैयाले भबिष्यवाणी गरे।—यशैया ११ र ६५.

तर यो सन्तान आखिरमा को हुने हो? यो जान्‍न परमेश्‍वरको दासहरूमा उत्सुकता वढदै गयो।

तर त्यो सन्तान आउनु भन्दा अघी, इज्रायलका राजाहरू साह्रै दुष्ट भएको हुनाले, ६०७ ई.पू. मा यहोवाले वेबिलोनीहरूलाई इज्रायलमाथि बिजयी हुन दिनु भयो। इज्रायलका धेरै जसो मानिसहरू आफ्नो देश छाडेर बेविलोनमा जानु पऱ्‍यो। तापनि परमेश्‍वरले उहांको प्रतिज्ञा बिर्सनु भएन। त्यो सन्तान दाउदकै घरानामा आउनेवाला थियो।—इजकिएल २१:२५-२६.

कुनै वुद्धिमान र बिश्‍वासी मानव राजाद्वारा लाभ भएतापनि, त्यो लाभ सिमित हुदो रहेछ भन्‍ने कुरा इज्रायलमा घटेका घटनाहरूवाट हामी सिक्छौं। बिश्‍वासी मानिसहरूपनि आखिर मर्छन र तिनीहरू पछि आउनेहरू बिश्‍वासी नहुनु पनि सक्दछ। यसकारण समाधान के हो? प्रतिज्ञा गरिएको सन्तान।

अन्तत्वगत्वा, हजारौ साल पश्‍चात, त्यो सन्तान देखा पर्नु भयो। उहां को हुनु हुन्थीयो?

यसको उत्तर परमेश्‍वरवाट आएको स्वर्गदूतले एउटा अबिवाहित इज्रायली ठिटी मरियमलाई दिनु भयो। तिनले एउटा पुत्र पाउनेछ, जस्को नाउ येशू हुनछ भनेर तिनलाई स्वर्गदूतले भन्‍नु भयो। स्वर्गदूतले भन्‍नु भएको कुरा यस प्रकार छ:

“उहां महान हुनुहुनेछ, र परमप्रघानका पुत्र कहलाईनु हुनेछ। औ यहोवा परमेश्‍वरले उहांको पुर्खा दाउदको सिंहासन उहांलाई दिनु हुनेछ। उहांले याकूवको घरानामाथि सदा सर्वदै राज्य गर्नु हुनेछ, र उहांको राज्यको अन्त हुनछैन।”—लूका १:३२, ३३.

तसर्थ त्यो प्रतिज्ञा गरिएको सन्तान र अन्त्यमा परमेश्‍वरको राज्यको राजा पनि येशू नै हुनुहुने भयो। तर पहिला पहिला वांचेका बिश्‍वासी मानिसहरू भन्दा येशू किन भिन्दै हुनुहुन्थ्यो?

उहांको आमा कुमारी थिइन र उहांको मानव पिता थिएन। यो भन्दा पहिला येशू स्वर्गमा हुनुहुन्थ्यो र परमेश्‍वरको पबित्र आत्मा वा सक्रिय शक्‍तिले येशूको जीवनलाई स्वर्गवाट मरियमको गर्भमा सारी दियो। यसले गर्दा, आदमको पाप वंशानुगत येशूमा पस्न पाएन। उहांको जीवनभरी उहांले पाप गर्नु भएन।—१ पत्रुस २:२२.

उहां ३० वर्षको हुनुहुंदा, येशूले वप्तिस्मा लिनु भयो।

उहांले मानिसहरूलाई परमेश्‍वरको राज्यको बिषयमा भन्‍नु भयो र स्वयं नै त्यो राज्यको राजा हुने कुरापनि पछि गएर प्रकट गरि दिनु भयो।—मत्ती ४:२३; २१:४-११.

उहांले अनेकौ चमत्कारहरू पनि गर्नु भयो।

बिरामीहरूलाई निको पार्नु भयो।—मत्ती ९:३५.

उहांले भोकाएकाहरूलाई चमत्कारद्वारा खुवाउनु भयो।—मत्ती १४:१४-२२.

उहांले मरेकाहरूलाई पनि बिउताउनु भयो।—मत्ती ९:१८, २३-२६.

परमेश्‍वरको राज्यको राजाको हैसियतमा येशूले मानिसजातीको निम्ती के कसो गर्नु हुनेछ भन्‍ने कुरा यी चमत्कारले देखाउछन्‌।

राजा दाउदले यरूशेलम शहरलाई आफ्नो राज्यको राजधानी वनाउनु भएको कुरा के तपाईलाई याद छ? परमेश्‍वरको राज्य पृथ्वीमा होइन, तर स्वर्गमा हुने हो भनेर यशूले खुलस्त पार्नु भयो। (यहुन्‍ना १८:३६) त्यसैकारण, त्यो राज्यलाई “स्वर्गीय यरूशलेम” भन्दछन्‌।—हिब्रु १२:२२, २८.

त्यो राज्यको प्रजा हुनेहरूले पालन गर्नु पर्ने नियमहरू येशूले किटेर वताउनु भयो। यी नियमहरू आज वाईवलमा पाइन्छ। परमेश्‍वरलाई र एक अर्कालाई प्रेम गर्नु नै सवै भन्दा महत्वपूर्ण आज्ञाहरू थिये।—मत्ती २२:३७-३९.

साथै, आफ्नो राज्यमा राज्य गर्दा उहां एकलो नहुने कुरापनि प्रकाश पार्नु भयो। चुनिएका मानिसहरू माथि स्वर्गमा गएर त्याहां उहां संगसगै राज्य गर्ने रहेछन्‌। (लूका १२:३२; यहुन्‍ना १४:३) त्याहां जम्मा कति जना जाने रहेछन्‌? प्रकाश १४:१ अनुसार १,४४,००० जाने रहेछन्‌।

१,४४,००० मात्र येशू संगसगै राज्य गर्न स्वर्ग जाने हो भने, शेष मानिसजातिले के को निम्ति आशा राख्ने हो?

वाइवाल यसो भन्दछ, “धर्मात्माहरूले पृथ्वी अधिकार गर्ने छन्‌, र त्यसैमा सधैभरि रहन्छन्‌।”—भजन ३७:२९.

पृथ्वीमै सधैंभरि वाच्नेहरूलाई “अरू भेडा” भन्छन्‌।—यूहन्‍ना १०:१६.

यसकारण २ प्रकारको आशा छ। यहोवा परमेश्‍वरले निम्त्याउनु भएका येशू संग राज्य गर्न स्वर्ग जाने १,४४,००० छन तर वांकी लाखौं मानिसहरूले सधैंभरि पृथ्वीमा वांचेर त्यो राज्यको प्रजा हुने निश्‍चित आशा राखेका छन्‌।—प्रकाश ५:१०.

शैतानले येशूलाई घृणा गर्‌यो, उहांको बिरोध गर्‌यो। ३ १/२ वर्ष सम्म येशूले प्रचार गरि सक्नु भएपछि, उहांलाई शैतानले पक्राउमा पार्‌यो र रूखमा किला ठोकाएर उहांको हत्या गर्‌यो। तर परमेश्‍वरले यस्तो किन हुन दिनु भयो?

सम्झनुहोस आदमको सन्तान हुनाकारण, हामी सवै पाप गर्छौ र मृत्युको योग्य छौं।—रोमी ६:२३.

यो पनि सम्झनुहोस कि येशू अदभूत रीतिले जन्मनु भएको हुना कारण, उहां सिद्ध हुनुहुन्थियो। उहां मृत्युको योग्य हुनुहुन्‍न थियो। तापनि, परमेश्‍वरले शैतानलाई “येशूको कुर्कच्चा डस्ने,” अर्थात मार्ने अनुमति दिनुभयो। त्यस पश्‍चात परमेश्‍वरले येशूलाई फेरि एउटा अमर आत्मिक व्यक्‍तिको रूपमा पुनर्जीबित पार्नु भयो। तर सिद्ध मानव जीवनमाथि येशूको अघिकार रह्‍यो। यही अघिकार प्रयोग गर्दै येशूले अव हामी मानिसजातिलाई पापवाट छुट्‌कारा दिन सक्ने भयो।—उत्पत्ति ३:१५; रोमी ५:१२, २१; मत्ती २०:२८.

येशूको वलिदानको अर्थ हामीलाई राम्रोसंग वुझाउनको निम्ति त्यस बिषयमा वाईवलले भबिष्यवाणीरूपी दृष्टान्तहरू प्रयोग गर्दछ।

उदाहरणको लागि, अब्राहामको प्रेमको जांच गर्न, यहावाले उसलाई उस्को पुत्र वलिदान चढाउने आदेश गर्नु भएको कुरा के तपाईलाई याद छ?

येशूको वलिदानको यो एउटा भबिष्यवाणी रूपी दृष्टान्त थियो। हामीमा जीवनहोस भनेर यहोवाले हाम्रो निम्ति उहांको पुत्र येशूलाई मर्न दिनु भयो किनकि मानिस जातिको निम्ति यहोवाको प्रेम यति महासन थियो।—यहुन्‍ना ३:१६.

यहोवाले इज्रायलीहरूलाई मिश्रवाट छुटकारा दिनुहुंदा, तिनीहरूको पहिलौटोलाई मृत्युको स्वर्गदूतवाट वचाउनु भएको कुरा के तपाईलाई याद छ?—प्रस्थान १२:१२, १३.

यो पनि एउटा भबिष्यवाणी रूपी दृष्टान्त थियो। जसरी पाठाको रगत द्वारा इज्रायलीहरूको पहिलौटो सन्तानले जीवन पाए, त्यसरी नै येशूको रगतले उहांमा बिश्‍वास गर्ने हरूलाई जीवन दिइनेछ। औ जसरी त्यस रातको घटनाहरूले गर्दा इज्रायलीहरू स्वतन्त्र भए, त्यसरी येशूको मृत्युले मानिस जातिलाई पाप र मृत्युवाट स्वतन्त्र तुल्याउने छ।

यसैकारण येशूलाई “संसारको पाप उठाइलैजाने परमेश्‍वरको थुमा” भन्दछन्‌।—यहुन्‍ना १:२९.

तर त्यति मात्र होइन। पृथ्वीमा छंदा, येशूले चेलाहरूलाई एकत्रित गराएर तिनीहरूलाई उहांको मृत्यु पश्‍चात पनि राज्यको सुसमाचार प्रचार गर्नु पर्छ भनेर प्रशिक्षण दिनु भयो।—मत्ती १०:५; लूका १०:१.

येशूसंग उहांको राज्यमा राज्य गर्न परमेश्‍वरले सर्वप्रथम छान्‍नु भएको यिनीहरू नै थिये।—लूका १२:३२.

यहुदीहरूले व्यवस्था पालन गरेमा, तिनीहरू “पुजाहारीहरूको एक राज्य” हुनेछ भनेर परमेश्‍वरले तिनीहरूसंग गर्नु भएको प्रतिज्ञा के तपाईलाई याद छ? अव तिनीहरूले येशूलाई स्वीकार गरेमा तिनीहरू परमेश्‍वरको राज्यको सहभागी र स्वर्गीय पुजाहारीहरू हुने मौका थियो। तर तिनीहरू मध्ये धेरै जसोले येशूलाई तिरस्कार गरे।

यसकारण त्याहांदेखि यसो यहुदीहरू परमेश्‍वरको चुनिएको जाति नहुने भयो। प्यालेस्टाइन पनि प्रतिज्ञा गरेको देश रहेन।—मत्ती २१:४३; २३:३७, ३८.

स्वर्गमा येशूसंग राज्य गर्ने व्यक्‍तिहरूलाई यहोवाले येशूको दिन देखि आजसम्म एकत्रित गर्दै आउनु भएको छ। ती मध्येका केही हजार जन आज पृथ्वीमा छन्‌। हामी उनीहरूलाई वांकी रहेका अभिशिक्‍त जनहरू भन्दछौं।—प्रकाश १२:१७.

परमेश्‍वरको राज्य के हो, सो तपाईले अव वुझ्नु हुदैछ। त्यो स्वर्गको एउटा सरकार हो। त्यसको राजा येशू ख्रिष्ट हुनुहुन्छ र उहांसंग पृथ्वीका १,४४,००० मानिसहरू हुनेछन्‌। त्यसले पृथ्वीका बिश्‍वासी मानिसहरूमाथि राज्य गर्ने छ र त्यो संग पृथ्वीमा शान्ति ल्याउने शक्‍ति हुनेछ।

उहांको मृत्यु पश्‍चात येशूको पुनरूत्थान भयो औ उहां स्वर्ग जानु भयो। परमेश्‍वरको राज्यको राजा भएर शासन गर्ने आदेश परमेश्‍वरवाट उपयुक्‍त समयमा नपाउन्जेल उहां स्वर्गमा पर्खि रहनु भयो। (भजन ११०:१) त्यो उपयुक्‍त समय कहिले हुने?

कोई वेला यहोवाले आफ्नो राज्यवारे मानिसलाई केही वताउनु हुदा तिनीहरूलाई सपना देखाउने गर्नु हुन्थियो।

दानियलको पालामा यहोवाले यस प्रकारको एउटा सपना बेविलोनको राजा नवुकदनेजरलाई देखाउनु भयो। त्यो सपना एउटा बिशाल रूखको बिषयमा थियो।—दानियल ४:१०-३७.

रूख काटियो र त्यसको ठूटोलाई सात वर्ष सम्म बांधेर राखियो।

रूखले नवुकदनेजरको प्रतिनिधित्व गर्‌यो। जसरी त्यो रूखको ठूटोलाई सात वर्ष सम्म बांधेर राख्यो, त्यसरी नै नवुकदनेजर सात वर्ष सम्म वौलाह भयो। त्यसपछि उ फेरी होसमा आयो।

यो जम्मै एउटा भबिष्यवाणी रूपी दृष्टान्त थियो। नवूकदनेजरले यहोवाको बिश्‍वासी राजशक्‍तिको प्रतिनिधित्व गरयो। शुरूमा, यो राजशक्‍तिको प्रयोग यरूशलेममा दाउद राजाको घरानाद्वारा हुन्थियो। तर जव ६०७ ई.पू. मा यरूशलेममाथि बेविलोनले बिजय गरयो, त्यो राज घराना तितर बितर भयो। अव “अधिकार हुने नआउन्जेल” दाउदको घरानामा अर्को कुनै पनि राजा नहुने भयो। (इजकिएल २१:२७) त्यो “अघिकार हुने” व्यक्‍ति येशू ख्रिष्ट हुनु हुन्थ्यो।

६०७ ई.पु. देखि कत्ति समय पश्‍चात येशूको राज्य शुरू हुने? भबिष्यवाणी रूपी सात साल पश्‍चात। अर्थात, २,५२० वर्ष। (प्रकाश १२:६, १४) औ ६०७ ई.पू. देखि २,५२० वर्ष गन्दै लग्यौं भने हामी १९१४ ई.स. मा आई पुग्छौं।

यसकारण, १९१४ साल देखि येशूले स्वर्गवाट राज्य गर्न शुरू गर्नु भएछ। त्यसले गर्दा के के भयो?

यो कुराको जानकारी हामी वाईवलमा यहुन्‍नाको दर्शन द्वारा पाउन सक्छौं।

यहुन्‍नाले स्वर्गमा एउटा स्त्रीले छोरो जन्माएकी देख्नु भयो।—प्रकाश १२:१-१२.

त्यो स्त्री परमेश्‍वरको स्वर्गीय संगठनको प्रतिक थिई। त्यो संगठनमा परमेश्‍वरको दूतगण वा स्वर्गीय दासहरू सम्मिलित छन्‌। जन्मेको वालक परमेश्‍वरको राज्यको प्रतिक हो। त्यो राज्यको “जन्म” १९१४ सालमा भयो।

त्यसपछि के घटना घट्यो? राजा भएर येशूले सर्वप्रथम शैतान र त्यो संग लागेर बिरोध गर्ने स्वर्गदूतहरूलाई स्वर्गवाट तल पृथ्वीमा फालिदिनु भयो।—प्रकाश १२:७.

त्यसको नतिजा बाईबलले हामीलाई यी शव्दमा भन्दछ “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सवै रमाओ! पृथ्वी र समुद्रलाई घिक्कार छा! किनभने आफ्नो अल्प समय थाहा पाएर ठूलो क्रोघसंग शैंतान तिमीहरूकहां तल गएको छ!”—प्रकाश १२:१२.

स्वर्गमा येशूको राज्य शुरू हुंदा, पृथ्वीमा उहांका शत्रुहरू अत्यन्त सक्रिय भए। वाइवलको अगमवाणीले भने वमोजिम, उहांले शत्रुहरूको मांझमा राज्य गर्न आरम्म गर्नु भयो।—भजन ११०:१, २.

तर याहां मानिस जाति माथि यसले के असर पार्ने भयो?

येशूको शव्द अनुसार : युद्ध, अनिकाल, रूढी र भुईचालो।—मत्ती २४:७, ८; लूका २१:१०, ११.

यी जम्मै कुराहरू १९१४ साल देखि हुदै आएको हामीले देखयौं, यसकारण त्यसै वेला देखिनै परमेश्‍वरको राज्य शुरू भएछ भनेर हामी बिश्‍वास गर्न सक्छौं।

साथै, “जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ . . . औ डर र आतंकले मानिसहरू मुर्छा पर्ने छन्‌” (लूका २१:२५, २६) भन्‍ने अगमवाणी पनि हामीले १९१४ साल देखि पूरा भएको देख्दैछौं।

प्रेरित पावलले अझ यसो पनि भन्‍नु भयो: “मानिसहारू स्वार्थी, धनका लोभी, आमा वावुको आज्ञा पालन नगर्ने, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी हुनेछन्‌।”—२ तिमोथी ३:१-५.

हाम्रो जीवन आज यति संकष्टमय किन छ, सो कुरा अव तपाईले वुझ्नु भयो होला। शैतान अतिनै सक्रिय भएको छ। तर साथ साथै परमेश्‍वरको राज्य पनि कम सक्रिय भएको छैन।

१९१४ साल पश्‍चात, स्वर्गमा येशू संग राज्य गर्ने आशा हुनेहरूको वांकी सदस्यहरूले राज्य स्थापित भएको सु-समाचार सुनाउन थाले। येशूले भन्‍नु भएबमोजिम, आज यो सुसमाचार सुनाउने काम पृथ्वी भरि फैलि सक्यो।—मत्ती २४:१४.

यो प्रचारको कामको उद्देश्‍य के हो?

प्रथम, मानिसहरूलाई परमेश्‍वरको राज्य वारे भन्‍नु।

दोश्रो, मानिसहरूलाई त्यो राज्यको प्रजा हुने वा नहुने फैसला गर्ने मदत दिन।

हाम्रै पालामा सारा मानव जाति भेडा जस्ता र वाख्रा जस्ता मानिसहरूका दुइ वर्गमा छुट्याईने छन्‌ भनेर येशूले भन्‍नु भयो।—मत्ती २५:३१-४६.

“भेडाहरू” उहांलाई र उहांका भाईहरूलाई प्रेम गर्ने मानिसहरू हुन्‌। “वाख्राहरू” प्रेम नगर्नेहरू हुन्‌।

“भेडाहरूले” अनन्त जीवन पाउने। वाख्राहरूले अनन्त जीवन नपाउने।

यो छुट्याउने काम आज राज्यको सुसमाचारको प्रचारद्वारा भै रहेको छ।

अगमवक्‍ता यशैयाद्वारा आएको एउटा भबिष्यवाणी यसरी छ :

“पछिल्ला दिनमा यहोवाको भवन वसालिएको पर्वत सवै पर्वतहरू भन्दा उच्च पारिने छ। डाडाहरू भन्दा माथि त्यो उच्च उठाईने छ।”—यशैया २:२.

त्याहा उल्लेखित “पछिल्ला दिनहरू” आज मानिसजातिको सामने आई पुगेको छ।

यहोवाको उपासनाको “भवन” झूठो धर्महरू भन्दा उच्च पारिएको छ।

“जाति जातिका धेरै मानिसहरू त्यांहा गएर भन्‍नेछन्‌, आउ हामी यहोवाको पर्वतमा उक्लेर याकूवका परमेश्‍वरको भवनमा जाऔं। उहांले हामीलाई आफ्नो मार्ग देखाउनु हुनेछ, र हामी उहांको वाटोमा हिडने छौं।”—यशैया २:.

यसैकारण, सवै जातिहरूवाट धेरै मानिसहरू यहोवाको उपासना गर्न आउछन्‌ र अरूहरूलाई पनि आफूसित निम्त्याउछन्‌। यहोवाको इच्छा बमोजिम काम गर्न सिक्छन्‌।

“उहांले जातिहरूको इन्साफ गर्नुहुनेछ, र उहांले नै जाति जातिहरूका मानिसहरूका वीचमा निर्णय गर्नु हुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहि हंसिया वनाउनेछन्‌। एउटा जातिले अर्को जातिको बिरूद्वमा तरवार उठाउने छैन, औ तिनीहरूले अव उप्रान्त युद्ध गर्न सिक्ने छैनन्‌।”—यशैया २:४

यहोवाका उपासकहरूको माझ शान्ति र एकता पाइन्छ।

परमेश्‍वरको राज्यको यो क्रियाशिलताले गर्दा आज सारा संसारमा लगभग ३० लाख मानिसहरू परमेश्‍वरको राज्यको प्रजा भएका छन्‌।

स्वर्गमा गएर ख्रिष्टसंग राज्य गर्ने आशा हुनेहरूको शेष सदस्यहरूको वरिपरि तिनीहरू जम्मा भएका छन्‌।

तिनीहरूले परमेश्‍वरको संगठन द्वारा आत्मिक आहारा पाउछन्‌।—मत्ती २४:४५-४७.

तिनीहरू आपसमा प्रेम राख्ने मसिहिहरूका एउटा अन्तर्राष्ट्रिय भातृवन्धन हुन।—यहुन्‍ना १३:३५.

तिनीहरूको मनका शान्ति छ; औ भबिष्यको निम्ति आशा छ।—फिलिप्पी ४:७.

चाडै सुसमाचारको प्रचार समाप्त हुनेछ। “भेडाहरू” जम्मा भईसक्ने छन्‌। त्यसपछि, त्यो राज्यले के गर्ने छ?

दाउद राजाले परमेश्‍वरको जनहरूको सवै दुश्‍मनहरू माथि बिजय प्राप्त गर्नु भएको थियो, के तपाईलाई याद छ? राजा येशूले पनि त्यही गर्नु हुनेछ।

नवुकदनेजर राजाले सपनामा एउटा बिशाल मूर्ति देखे। त्यो मूर्ति त्यस समय देखि हाम्रो दिन सम्म चलि आएको बिश्‍व साम्राज्यहरूको एउटा प्रतिक थियो।

राजा नवूकदनेजरले त्यस पछि पहरावाट एउटा ढुंगा उप्केर आएको देखे। त्यो ढुंगाले मूर्तिलाई चकनाचूर पारीदियो। त्यो ढुंगाले परमेश्‍वरको राज्यको प्रतिनिधित्व गर्दछ।

यसको अर्थ वर्तमान दुष्ट रीतिरिवाजको नाश हो।—दानियल २:४४.

परमेश्‍वरको राज्यले उलटपुलट पारिदिने केही कुराहरू यी हुन्‌।

झूठो धर्म, समुद्रमा फालेको एउटा जांतो जस्तै हराउने छ।—प्रकाश १८:२१.

त्यहीकारण, परमेश्‍वरका सवै प्रेमीहरूलाई अहिलेनै झूठो धर्मवाट निस्केर आउ भन्‍ने आव्हान भई रहेको छ।—प्रकाश १८:४.

यस पश्‍चात, राजा येशूले “जातिहरूलाई . . . फलामको डंडाले शासन गर्नु हुनेछ।”—प्रकाश १९:१५.

यसकारण यहोवाका साक्षीहरूले तिर्नु पर्ने कर तिर्दै मुलुकको नियमहरू पालन गरेतापनि, तिनीहरू राजनीतिमा भाग लिदैनन्‌।

अन्तमा, त्यो ठूलो, “अजिंगर जस्तै पशु” अर्थात शैतान स्वयं अगाध खांदमा फालिइनेछ।—प्रकाश २०:२, ३.

येशूलाई शासक मान्दै उहांको अधिनमा आउने “भेडा” हरूले मात्र त्यो संकष्ट पार गर्नेछ।—मत्ती २५:३१-३४, ४१, ४६.

प्रेरित यहुन्‍नाले त्यो संकष्ट पार गर्ने “भेडाहरूको” यो दर्शन पाउनु भयो।

“यी कुरापछि हरेक जातिवाट र सवै कुलको र मानिसको र भाषा-भाषाहरूको कसैले गन्‍न नसकने एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाई हातमा खजुरका हांगाहरू लिएर उभिरहेका मैले देखें।”—प्रकाश ७:९.

सुसमाचारको प्रचार स्वीकार गर्नेहरू सवै यो “ठूलो भीडमा” सम्मिलित छन्‌।

तिनीहरू “त्यो महा संकष्टलाई” पार गर्छन।—प्रकाश ७:१४.

“खजुरको हांगाहरूको” अर्थ, तिनीहरूले येशूलाई आफ्नो शासक मान्दै गरेको स्वागत हो।

तिनीहरूले पहिरेको “सेतो” लुगाले येशूको वलिदानमा तिनीहरूको बिश्‍वासको प्रतिनिधित्व गर्छ।

“थुमा” येशू ख्रिष्ट हो।

तव, तिनीहरूले के कस्ता आशिषहरूको उपभोग गर्ने छन्‌? बिश्‍वासी राजा सुलेमानको शासनकाल भित्र इज्रायलमा कति सुख थियो, के तपाईलाई याद छ? शासक येशूको राज्य अन्तरगत पृथ्वीमा हुन आउने सुखको त्यो एउटा सानो प्रतिक थियो।

यशैयाद्वारा आएको अगमवाणी बमोजिम त्याहां मानिस मानिसमा औ मानिस र जनावरमा मेल हुनेछ।—भजन ४६:९; यशैया ११:६-९.

येशूले उहां पृथ्वीमा हुनुहुंदा, जसरी बिरामीहरूलाई निको पार्नु भयो, त्यसरी नै सारा मानिसजातिवाट त्यतिखेर रोग हटाई दिनु हुनेछ।—यशैया ३३:२४.

जसरी उहांले भीडहरूलाई खुवाउनु भयो, उसरी नै सारा मानवजातिको निम्ति खानेकुराको अभाव मेटाई दिनु हुनेछ।—भजन ७२:१६.

जसरी उहांले मरेकाहरूलाई बिउताउनु भयो, त्यसरी नै परमेश्‍वरको राज्यको अधिनमा आउने पूरा मौका नपाएका मृतकहरूलाई उहाले बिउताउनु हुनेछ।—यहुन्‍ना ५:२८, २९

बिस्तारै उहांले मानिस जातिलाई आदमले हराएको सिद्धता वापस दिनु हुनेछ।

के त्यो एउटा अति नै अदभूत भबिष्य होइन र? के तपाई यसलाई साक्षात देख्न चाहनु हुन्छ? चाहनु हुन्छ भने, मेहनत गर्नुहोस, र अहिले देखि नै परमेश्‍वरको राज्यको अधिनमा आउनुहोस र ती “भेडा” मध्येका हुनुहोस।

बाईबल अध्ययन गर्नु होस औ यहोवा परमेश्‍वर र येशू ख्रिष्टलाई चिन्‍नुहोस।—यहुन्‍ना १७:३.

त्यो राज्यको अधिनमा वस्ने अरूहरूसित संगत गर्नुहोस—हिब्रु १०:२५.

राज्यको नियमहरू सिकनुहोस औ पालन गर्नुहोस।—यशैया २:३, ४.

यहोवाको सेवामा आफ्नो जीवन समर्पित गर्नुहोस र वप्तिस्मा लिनु होस।—मत्ती २८:१९, २०.

चोरी, झूठ वोल्नुः अनैतिकता औ मतवालापन जस्ता खराव कुराहरूलाई त्याग्नुहोस। यस्ता कामहरूसित यहोवा अप्रसन्‍न हुनुहुन्छ।—१ कोरिंथी ६:९-११.

राज्यको सुसमाचारको प्रचार गर्ने काममा भाग लिनु होस।—मत्ती २४:१४.

तव आदमले उस्को सन्तानको लागि हराई दिएको प्रमोदवनको पून: स्थापना तपाईले परमेश्‍वरको मदत द्वारा देख्नु हुनेछ। औ यो प्रतिज्ञा पनि तपाईकै आंखाको सामने पूरा हुनेछ: “औ सिंहासनवाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुने, ‘हेर, परमेश्‍वरको वासस्थान मानिसहरूसंग भएको छ। उहां तिनीहरूसंग वास गर्नु हुनेछ र तिनीहरू उहांका मानिसहरू हुनेछन्‌। औं परमेश्‍वर आफै तिनीहरूसंग भएर तिनीहरूका परमेश्‍वर हुनु हुनेछ। उहांले तिनीहरूका आंखावाट सवै आंशु पुछिदिनु हुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाई, पीडा फेरि केही हुने छैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’”—प्रकाश २१:३, ४.

[पृष्ठ २०-मा भएको तालिका]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

६०७ ई.पू. १९१४ ई.स.

ई.पू. ई.स.

५०० १,००० १,५०० २,००० २,५००

[पृष्ठ ११-मा भएको चित्र]

अब्राहाम

इसहाक

याकूब

यहूदा

दाउद

[पृष्ठ १४-मा भएको चित्र]

१,४४,०००

[पृष्ठ १६-मा भएको चित्र]

आदम

यीशु