हाम्रो भविष्य कस्तो होला?
तपाईँको विचारमा . . .
-
यस्तै रहनेछ?
-
अझै खराब हुनेछ?
-
राम्रो हुनेछ?
पवित्र शास्त्र के भन्छ?
“परमेश्वर[ले] . . . तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:३, ४, नयाँ संसार अनुवाद।
यदि त्यसो हो भने तपाईँको भविष्य कस्तो हुनेछ?
अर्थपूर्ण र सन्तोषजनक काम पाउनुहुनेछ।—यसैया ६५:२१-२३.
रोगबिमार र दुःखकष्टबाट मुक्त हुनुहुनेछ।—यसैया २५:८; ३३:२४.
परिवार र साथीभाइसित सधैँभरि सुखमय जीवन बिताउन पाउनुहुनेछ।—भजन ३७:११, २९.
के यस प्रतिज्ञामा विश्वास गर्न सकिन्छ?
अवश्य। कम्तीमा दुई वटा कारण विचार गर्नुहोस्:
-
परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न सक्नुहुन्छ। यहोवा परमेश्वरसित अपार शक्ति भएकोले पवित्र शास्त्रमा उहाँलाई मात्र “सर्वशक्तिमान्” भनिएको छ। (प्रकाश १५:३) त्यसैले संसारको अवस्था सुधार्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर शङ्का गर्ने ठाउँ नै छैन। “परमेश्वरको लागि . . . सबै कुरा सम्भव छ” भनेर पवित्र शास्त्र बताउँछ।—मत्ति १९:२६.
-
परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न इच्छुक हुनुहुन्छ। उदाहरणको लागि, मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न यहोवा “तीव्र इच्छा” गर्नुहुन्छ।—अय्युब १४:१४, १५.
परमेश्वरको छोरा येसुले रोगीहरूलाई निको पार्नुभयो भनेर पनि पवित्र शास्त्र बताउँछ। उहाँले किन त्यसो गर्नुभयो? किनकि उहाँ त्यसो गर्न इच्छुक हुनुहुन्थ्यो। (मर्कुस १:४०, ४१) येसु आफ्नो बुबाजस्तै खाँचोमा परेकाहरूलाई मदत गर्न इच्छुक हुनुहुन्थ्यो।—युहन्ना १४:९.
त्यसैले हामी यस कुरामा ढुक्क हुन सक्छौँ: यहोवा परमेश्वर र येसु दुवै जना हाम्रो भविष्य सुखमय होस् भन्ने चाहनुहुन्छ।—भजन ७२:१२-१४; १४५:१६; २ पत्रुस ३:९.
यसबारे सोच्नुहोस्
परमेश्वरले संसारको अवस्था कसरी सुधार्नुहुनेछ?
मत्ति ६:९, १० र दानिएल २:४४ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।