सीधै सामग्रीमा जाने

के मरिसकेका मानिसहरू फेरि बाँच्नेछन्‌?

के मरिसकेका मानिसहरू फेरि बाँच्नेछन्‌?

तपाईँ के भन्‍नुहुन्छ?

  • बाँच्नेछन्‌।

  • असम्भव।

  • खै, थाह छैन।

पवित्र शास्त्र के भन्छ?

‘मानिसहरू फेरि जीवित हुनेछन्‌।’—प्रेषित २४:१५, नयाँ संसार अनुवाद।

यस प्रतिज्ञामा विश्‍वास गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

आफूले माया गर्ने व्यक्‍तिको मृत्यु हुँदा सान्त्वना पाउनुहुनेछ।—२ कोरिन्थी १:३, ४.

मृत्युको डरबाट मुक्‍त हुनुहुनेछ।—हिब्रू २:१५.

मरिसकेका प्रिय व्यक्‍तिसित फेरि भेट्‌ने आशा पाउनुहुनेछ।—युहन्‍ना ५:२८, २९.

के यस प्रतिज्ञामा विश्‍वास गर्न सकिन्छ?

अवश्‍य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्‌:

  • परमेश्‍वर जीवनदाता हुनुहुन्छ। पवित्र शास्त्रमा यहोवा परमेश्‍वरलाई “जीवनको मूल” भनिएको छ। (भजन ३६:९; प्रेषित १७:२४, २५) सबैलाई जीवन दिने परमेश्‍वर नै हुनुहुन्छ। त्यसैले उहाँ मरिसकेकाहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ।

  • पहिला पनि परमेश्‍वरले मरिसकेकाहरूलाई जीवित पार्नुभएको थियो। पवित्र शास्त्रमा मरिसकेका मानिसहरूलाई जीवित पारिएको आठ वटा विवरण पाउँछौँ। तीमध्ये जवान, वृद्ध, पुरुष र स्त्री सबै थिए। उनीहरूमध्ये कसै-कसैको भर्खरै मात्र मृत्यु भएको थियो तर एक जना भने मरेको चार दिन भइसकेको थियो।—युहन्‍ना ११:३९-४४.

  • परमेश्‍वर फेरि त्यसो गर्न इच्छुक हुनुहुन्छ। यहोवा मृत्युलाई घृणा गर्नुहुन्छ। उहाँ त्यसलाई शत्रु ठान्‍नुहुन्छ। (१ कोरिन्थी १५:२६) उहाँसित मृत्युलाई नामेट पार्ने तीव्र इच्छा छ; उहाँले मरिसकेका मानिसहरूलाई जीवित पारेर मृत्युलाई सधैँको लागि नामेट पार्नुहुनेछ। परमेश्‍वरले आफ्नो स्मरणमा भएकाहरूलाई फेरि जीवन दिने र तिनीहरू फेरि पृथ्वीमा बाँचेको हेर्ने तीव्र इच्छा गर्नुहुन्छ।—अय्युब १४:१४, १५.

यसबारे सोच्नुहोस्‌

हामी किन बूढो हुन्छौँ र मर्छौँ?

उत्पत्ति ३:१७-१९रोमी ५:१२ मा पवित्र शास्त्रले यस प्रश्‍नको जवाफ दिएको छ।