संसार कसको हातमा छ?
तपाईँ के भन्नुहुन्छ?
-
परमेश्वरको।
-
मानिसको।
-
वा अरू कसैको।
पवित्र शास्त्र के भन्छ?
“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”—१ युहन्ना ५:१९.
“दियाबलका कामहरू नष्ट गर्ने उद्देश्यले नै परमेश्वरको छोरा प्रकट हुनुभएको थियो।”—१ युहन्ना ३:८, नयाँ संसार अनुवाद।
तपाईँले यो कुरा किन थाह पाउनुपर्छ?
संसारको अवस्था यतिबिघ्न खराब हुनुको कारण बुझ्नुहुनेछ।—प्रकाश १२:१२.
संसारको अवस्था सुध्रनेछ भनेर विश्वास गर्न सकिने आधार पाउनुहुनेछ।—१ युहन्ना २:१७.
के यस कुरामा विश्वास गर्न सकिन्छ?
अवश्य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्:
-
सैतानको शासनको विनाश पक्का छ। यहोवा परमेश्वरले मानिसजातिलाई सैतानको हातबाट मुक्त गर्ने निश्चय गर्नुभएको छ। उहाँले ‘दियाबललाई नामेट पार्ने’ प्रतिज्ञा गर्नुभएको छ। सैतानले पुऱ्याएको सबै क्षतिलाई उहाँले सच्याउनुहुनेछ।—हिब्रू २:१४.
-
परमेश्वरले येसु ख्रिष्टलाई संसारको शासक हुन छान्नुभएको छ। अहिलेको संसारको कठोर तथा स्वार्थी शासक र येसुबीच आकाश जमिनको भिन्नता छ। येसुको शासनबारे परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन् . . . तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्।”—भजन ७२:१३, १४.
-
परमेश्वर झूट बोल्नुहुन्न। पवित्र शास्त्र स्पष्टै यसो भन्छ, “परमेश्वरले झूट बोल्न असम्भव” छ। (हिब्रू ६:१८) यहोवा परमेश्वरले कुनै कुरा गर्ने वचन दिनु भनेको त्यो पूरा गर्नुसरह हो। (यसैया ५५:१०, ११) “यस संसारको शासक बाहिर फ्याँकिनेछ।”—युहन्ना १२:३१.
यसबारे सोच्नुहोस्
यस संसारको शासकलाई हटाइएपछि संसारको अवस्था कस्तो हुनेछ?
भजन ३७:१०, ११ र प्रकाश २१:३, ४ मा पवित्र शास्त्रले यस प्रश्नको जवाफ दिएको छ।