सीधै सामग्रीमा जाने

नरक भनेको के हो? के यो अनन्त सास्ती दिइने ठाँउ हो?

नरक भनेको के हो? के यो अनन्त सास्ती दिइने ठाँउ हो?

बाइबलको जवाफ

कुनै-कुनै बाइबल अनुवादहरूमा हिब्रु शब्द “शिओल” अनि ग्रीक शब्द “हेडिज”-लाई “नरक” भनेर अनुवाद गरिएको छ। “शिओल” र “हेडिज” दुवै शब्दले “चिहान” भन्‍ने अर्थ दिन्छ। (भजनसङ्‌ग्रह १६:१०; प्रेषित २:२७) थुप्रै मानिस चित्रमा देखाइएजस्तै अग्नीमय नरकमा विश्‍वास गर्छन्‌। तर नरकबारे बाइबलले सिकाउने शिक्षा एकदम फरक छ।

  1. १. नरकमा हुनेहरू अचेत अवस्थामा छन्‌, त्यसैले उनीहरूलाई कुनै पीडा हुँदैन। “चिहानमा, . . . तिमीले न कुनै काम गर्न, न केही सोच्न नै सक्नेछौ, तिमीसित न ज्ञान, न बुद्धि नै हुनेछ।”—उपदेशक ९:१०.

  2. २. राम्रा मानिसहरू नरक जान्छन्‌। ईश्‍वरका केही वफादार सेवकहरू, जस्तै याकुब र अय्युब दुवै जनाले नरक जाने इच्छा व्यक्‍त गरे।—उत्पत्ति ३७:३५; अय्युब १४:१३.

  3. ३. पापको सजाय नरकको आगोमा दिइने सास्ती होइन बरु मृत्यु हो। “किनकि जो मर्छ, ऊ आफ्नो पापबाट मुक्‍त हुन्छ।”—रोमी ६:७.

  4. ४. अनन्त सास्ती दिने कुरा यहोवाको न्यायिक स्तरसित पटक्कै मेल खाँदैन। (व्यवस्था ३२:४) प्रथम मानव आदमले पाप गरेपछि ईश्‍वरले तिनलाई मृत्युदण्ड दिनुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो: “तिमी माटै हौ र माटोमै मिल्नेछौ।” (उत्पत्ति ३:१९) यदि ईश्‍वरले आदमलाई अग्नीमय नरकमा पठाउन लाग्नुभएको थियो भने, ईश्‍वरले झूट बोलिरहनू भएको हुने थियो।

  5. ५. अनन्त सास्ती दिने कुरा ईश्‍वर सोच्नुसमेत हुन्‍न। ईश्‍वरले मानिसहरूलाई नरकको आगोमा सजाय दिनुहुन्छ भन्‍ने कुरा बाइबलको शिक्षाविपरित छ। किनकि बाइबलमा “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनिएको छ।—१ युहन्‍ना ४:८; यर्मिया ७:३१.