सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नक्कले चरा संकटमा

नक्कले चरा संकटमा

नक्कले चरा संकटमा

बेलाइतका ब्यूँझनुहोस्‌! लेखकद्वारा

स.रा.अ.-को युनिभर्सिटी अफ मेरील्याण्डका डा. तिमोथी राइट यस्तो टिप्पणी गर्छन्‌: “पृथ्वीमा एकदमै संकटमा परेका चराहरूमध्ये” सुगा पनि एक हो। दुःखको कुरा, तिनीहरूको रंगीबिरंगी प्वाँख र मान्छेको आवाज नकल गर्न सक्ने आकर्षक क्षमताले तिनीहरूलाई झनै लोप हुने खतरामा पारेको छ।

चाखलाग्दो कुरा के छ भने, एक जातको पाल्तु सुगाको सबैभन्दा पुरानो लिखित विवरण सा.यु.पू पाँचौं शताब्दीका युनानी चिकित्सकको हो। चराले युनानी शब्दहरूलगायत आफ्नो मातृभूमि भारतको भाषाका केही-केही शब्दहरू बोल्न थालेको देख्दा तिनी दंग परे।

आज, सुगाको नकल गर्ने क्षमताप्रतिको आकर्षणले पाल्तु पन्छीको रूपमा तिनीहरूको जति लोकप्रियता बढेको छ त्यति नै यसको अवैध बेचबिखन पनि बढेको छ। गत २० वर्षमा गरिएको अध्ययनले संकेत गरेअनुसार १४ वटा देशमा २१ किसिमको सुगाका प्रजातिहरूमध्ये सिकारीहरूले तिनीहरूको ३० प्रतिशत र अर्को ४ किसिमको प्रजातिको चाहिं ७० प्रतिशत गुँडहरू भत्काइदिएको पाइयो। चराको प्रजनन दर एकदमै ढिलो अर्थात्‌ वर्षेनी एक गुँड अण्डा मात्र काढ्‌ने भएकोले र सामान्यतया तिनीहरूको आवास संकटमा परेकोले गर्दा यस चराको भाउ निकै बढेको छ। भनौं भने, सुगाको अभावले गर्दा नै यसको मूल्य चर्को भएको छ।

कुनै-कुनै प्रजातिको संख्या एकदमै कम हुनुले पनि लोप हुने खतराको जटिलतालाई स्पष्ट पार्छ। ब्राजिलमा लिर मकाउहरू २०० भन्दा कम भएको अनुमान गरिएको छ। जंगलमा सुगाको संख्या ५० भन्दा कम भएकोले पोर्टो रिकोको सुगाको हालत एकदमै नाजुक छ। कुनै समय जंगलमा लोप भइसकेका स्पिक्स मकाउ, आरक्षित शिविरमा यसको संरक्षणमा निर्भर छ।

यी बिछट्टै सुन्दर सुगाहरू रहेसम्म यिनीहरूले सृष्टिकर्ताको साक्षी दिनेछन्‌, जो यिनीहरूको विशिष्ट रूप र उल्लेखनीय क्षमतामा रमाउनुहुन्छ। के मानव लोभ लालचको कारण सुगाहरूको लोप हुनेछ? यो त समयले नै बताउनेछ। तर जे होस्‌, यी नक्कले चराहरू संकटमुक्‍त भइसकेका छैनन्‌। (g02 7/22)

[पृष्ठ -मा भएको चित्र]

पोर्टो रिकोको सुगा

स्पिक्स मकाउ

लिर मकाउ

[स्रोत]

Puerto Rican parrots: U.S. Geological Survey/Photo by James W. Wiley; Lear’s macaw: © Kjell B. Sandved/Visuals Unlimited; Spix’s macaws: Progenies of and courtesy of Birds International, Inc.