सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्यानमारा धुवाँबाट छुटकारा पाउनुहोस्‌

ज्यानमारा धुवाँबाट छुटकारा पाउनुहोस्‌

ज्यानमारा धुवाँबाट छुटकारा पाउनुहोस्‌

तथ्याङ्‌क अत्यन्तै डरलाग्दो छ: हरेक दिन एक मिनेटमा तीन जना मानिस आफ्नै घरभित्र मारिन्छन्‌। अनि हत्यारा हो—जैविक इन्धन बाल्दा त्यसबाट निस्कने धुवाँ।

जैविक इन्धन भनेको के हो? गुइँठा, सुकेको काठपात, घाँस, पराल, छ्‌वाली वा ढोडजस्ता बचेखुचेका वस्तुहरूलाई जैविक इन्धन भनिन्छ। विश्‍व जनसंख्याको एक तिहाइ अर्थात्‌ दुई अरबभन्दा बढी मानिसहरूले खाना पकाउन र तापको लागि जैविक इन्धनको प्रयोग गर्छन्‌ भनी नेपालको एउटा अखबार द काठमाण्डु पोस्ट बताउँछ। अत्यन्तै गरिब व्यक्‍तिहरूको लागि उपलब्ध एक मात्र इन्धन भनेको अक्सर यही नै हो।

दुःखको कुरा, जैविक इन्धन बल्दा यसबाट हानिकारक ग्याँसहरू निस्कन्छन्‌। त्यसोभए के गर्न सकिन्छ त? “घरभित्र हुने वायु प्रदूषणको समाधान गर्न त्यति गाह्रो छैन: कि त घरभित्र धुवाँ छिर्नै नदिनुहोस्‌, होइन भने यसलाई बाहिर निकालिहाल्नुहोस्‌” भनी थुप्रै देशका मानिसहरूको जीवनस्तर उकास्न मदत गरिरहेको एउटा संस्था इन्टरमिडियट टेक्नोलोजी डेभ्लप्मेन्ट ग्रुप (आई टी डी जी) बताउँछ।

पहिलो सुझाव हो, घरबाहिर पकाउनु। तर घरबाहिर पकाउन सकिंदैन भने नि? घरभित्र हावा आवतजावत हुने प्रणालीमा सुधार गर्नुहोस्‌ भनी आई टी डी जी सुझाव दिन्छ। यसो गर्ने दुइटा तरिका छन्‌—छानाको नजिकै भित्तामा प्वाल पारेर (तारको जाली राख्यो भने ससाना जनावरहरू भित्र छिर्न सक्दैनन्‌) अनि झ्यालहरू राखेर (खापा राख्यो भने गोप्यता कायम हुन्छ)। यसले हावा आवतजावत गर्न अनि धुवाँ बाहिर निकाल्न मदत गर्छ। तथापि, तापको लागि इन्धन बालिएको छ भने चाहिं भित्तामा प्वाल पार्नु अव्यावहारिक हुन्छ, त्यसैले अर्को सरल तरिका अपनाउन सकिन्छ।

धुवाँ हटाउने एउटा सबैभन्दा सजिलो र प्रभावकारी तरिका धुवाँ जाने चिम्नीको प्रयोग गर्नु हो भनी आई टी डी जी बताउँछ। धातुका पाताहरू प्रयोग गरेर वा इँटा र माटोद्वारा एकदमै कम खर्चमा चिम्नी बनाउन सकिन्छ। आगोको माथि राखिने ठूलो मुख भएको यस्तो चिम्नीले घरभित्रको धुवाँ छानाबाट बाहिर निकाल्छ। छानाको नजिकै हावा आवतजावत गर्ने भेन्टिलेसन बनाउँदा र धुवाँ जाने चिम्नी प्रयोग गर्दा घरभित्रका हानिकारक प्रदूषकहरू झन्डै ८० प्रतिशतले कम हुन्छ भनी विशेषज्ञहरू बताउँछन्‌। धुवाँ जाने चिम्नी प्रयोग गर्ने व्यक्‍तिहरूले आफू पहिलेभन्दा अझ स्वस्थ र सफा भएको अनि अझ बढी काम गर्न सक्नुका साथै घरभित्र बस्न रमाइलो लाग्न थालेको कुरा बताएका छन्‌। यो सानोतिनो जस्तो देखिने कुराले पनि जीवनस्तर उकास्न निकै मदत गर्न सक्छ भन्‍ने कुराको प्रमाण हो। (g05 6/8)

[पृष्ठ १४-मा भएको चित्र]

धुवाँ जाने चिम्नी, छाना र भित्ताबीच फराकिलो प्वाल अनि झ्यालसहितको एउटा केन्याली भान्साकोठा

[स्रोत]

Dr. Nigel Bruce/www.itdg.org