सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | हार नमान्नुहोस्!

तपाईंको लागि आशा छ

तपाईंको लागि आशा छ

“नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” —भजन ३७:११.

जीवन “अशान्तिले भरिएको हुन्छ” भनेर बाइबल बताउँछ। (अय्यूब १४:१) सबैको जीवनमा कुनै न कुनै दुःखद घटना आइपर्छ। तर कोही-कोही भने दुःख आइपर्दा अति निराश हुन्छन्‌। जीवनमा आशाको कुनै किरण छैन वा भविष्यमा केही राम्रो हुनेवाला छैन भनी तिनीहरू सोच्ने गर्छन्‌। के तपाईंलाई पनि यस्तै लाग्छ? लाग्छ भने, यो कुरामा ढुक्क हुनुहोस्: बाइबलले तपाईं अनि सम्पूर्ण मानिसजातिको लागि साँचो आशा दिन्छ। उदाहरणको लागि:

  • यहोवा परमेश्वरले हाम्रो लागि एकदमै राम्रो उद्देश्य राख्नुभएको थियो भनी बाइबलले सिकाउँछ।—उत्पत्ति १:२८.

  • यहोवा परमेश्वरले पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्ने प्रतिज्ञा गर्नुभएको छ।—यशैया ६५:२१-२५.

  • यो प्रतिज्ञा अवश्य पूरा हुनेछ। प्रकाश २१:३, ४ यसो भन्छ:

    “परमेश्वरको बासस्थान मानिसहरूसित भएको छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जनहरू हुनेछन्‌। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

यो आशा कल्पनाको कुरा मात्र होइन। यहोवा परमेश्वरले यो प्रतिज्ञा अवश्य पूरा गर्नुहुनेछ। उहाँसित यसो गर्ने इच्छा अनि शक्ति पनि छ। बाइबलले दिने आशा भरपर्दो छ र यसले हार नमान्ने ठोस कारण दिन्छ।

यो कुरा मनमा राख्नुहोस्: तपाईंको भावना आँधीबेहरीले ओल्टाइपल्टाइ गरिरहेको समुद्रको डुङ्‌गा जस्तो छ होला। तर बाइबलले दिने आशा लङ्‌गर जस्तै छ। यसले तपाईंको भावनालाई स्थिर बनाउन मदत गर्छ।

आज यसो गर्नुहोस्: बाइबलले दिने भविष्यको साँचो आशाबारे अझ धेरै बुझ्ने कोसिस गर्नुहोस्। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न तयार छन्‌। तपाईं आफ्नो घर नजिकै बस्ने कुनै यहोवाका साक्षीलाई सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो वेब साइट jw.org/ne * मा महत्त्वपूर्ण जानकारी पाउन सक्नुहुन्छ। (g14-E 04)

^ अनु. 11 सुझाव: jw.org/ne मा जानुहोस्। प्रकाशनहरू > अनलाइन पुस्तकालय अन्तर्गत हेर्नुहोस्। त्यहाँ “डिप्रेसन” वा “आत्महत्या” जस्ता शब्दहरू टाइप गरेर “खोज्ने”-मा थिच्नुहोस् र थप जानकारी पाउनुहोस्।