सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवन आनन्दित बनाउन चाहिने बुद्धि

जीवन आनन्दित बनाउन चाहिने बुद्धि

“हुनत संसारमा भइरहेका युद्ध, गरिबी, रोगबिमार अनि केटाकेटीमाथिको दुर्व्यवहारजस्ता कुराहरू देख्दा मलाई दुःख लाग्छ। तर मैले आशा पाएकी छु।”—रानी। *

हाम्रो सृष्टिकर्ता, सर्वोच्च ईश्‍वरले हामीलाई साँचो बुद्धि दिन सक्नुहुन्छ भनेर थाह पाएपछि रानी साँच्चै आनन्दित हुन सकिन्‌। यसपछिका लेखहरू पढ्‌नुहुँदा उहाँले दिनुहुने शिक्षाले तपाईँलाई यी कुराहरू पाउन कसरी मदत गर्न सक्छ, याद गर्नुहोस्‌:

  • पारिवारिक आनन्द पाउन

  • अरूसित शान्तिमय सम्बन्ध विकास गर्न

  • सन्तुष्टि पाउन

  • दुःखकष्ट र मृत्युको कारण बुझ्न

  • भविष्यको लागि पक्का आशा पाउन

  • सृष्टिकर्तालाई चिन्‍न र उहाँसित नजिक हुन

सृष्टिकर्ताले दिनुहुने बुद्धि केही मानिसको लागि मात्र नभई उहाँलाई खोज्ने सबैको लागि सजिलै उपलब्ध छ भनेर पनि तपाईँले थाह पाउनुहुनेछ।

^ अनु. 2 यस पत्रिकामा नामहरू परिवर्तन गरिएका छन्‌।