सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डामाडोल संसारमा आशाको किरण!

डामाडोल संसारमा आशाको किरण!

अहिले जताततै समस्यै समस्या छ। के तपाईँ पनि अहिले झन्‌ धेरै समस्याले घेरिएको जस्तो महसुस गर्नुहुन्छ? तल दिइएकामध्ये कुनचाहिँ समस्या तपाईँले पनि सामना गरिरहनुपरेको छ?

  • युद्ध

  • महामारी

  • प्राकृतिक प्रकोप

  • गरिबी

  • भेदभाव

  • अपराध

कुनै नराम्रो घटनाको सिकार हुनुपर्दा धेरैजसो मानिस आफूमाथि त्यस्तो घटना आइपरेको कुरा स्विकार्नै सक्दैनन्‌ अनि निराशाको दलदलमा डुब्छन्‌। कोही-कोही भने शिथिल हुन्छन्‌ अनि लामो समयसम्म वास्तविकता स्विकार्न नसक्दा र मनको भावना पोख्न नसक्दा अवस्था झन्‌झनै बिग्रँदै जान्छ।

डामाडोल अवस्थामा आफूले माया गर्ने व्यक्‍तिहरू, आफ्नो स्वास्थ्य, पैसा र चिजबिज अनि आनन्द नगुमाउन तपाईँले ठोस कदम चाल्नुपर्छ।

अहिले भइरहेका समस्याहरूले गाँज्दा तपाईँ के गर्न सक्नुहुन्छ?