सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

यस किताबका सबै कथा साँच्चै भएका घटनाहरू हुन्‌। यी कथाहरू संसारको सबैभन्दा राम्रो किताब बाइबलबाट लिइएका हुन्‌। परमेश्‍वरले घाम, जून, तारा बनाउन थाल्नुभएको समयदेखि आजसम्मको इतिहास यी कथाहरूले तिमीलाई बताउँछ। परमेश्‍वरले पछि गर्नुहुने कुराहरू पनि यी कथाहरू पढेर तिमीले थाह पाउनेछौं।

यस किताबले तिमीलाई बाइबलको ज्ञान दिनुका साथै बाइबलमा बताइएका मानिसहरू र तिनीहरूले गरेका कामबारे पनि बताउँछ। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सुन्दर बगैंचामा सधैंभरि बाँच्ने आशाबारे पनि यस किताबले कुरा गर्छ।

यस किताबमा ११६ वटा कथा छन्‌। यी कथाहरूलाई आठ भागमा बाँडिएको छ। हरेक भागको सुरुको पानामा त्यस भागभित्र पाइने कुराहरू छोटकरीमा बताइएको छ। कथाहरूलाई ऐतिहासिक क्रमअनुसार प्रस्तुत गरिएकोले तिमीलाई इतिहासमा कुन-कुन कुरा कहिले भएको रहेछ भनेर पत्ता लगाउन सजिलो हुनेछ।

कथाहरू बुझ्न सजिलो छ। तिमीजस्ता साना केटाकेटीले यी कथा आफै पढ्‌न सक्नेछौ। साना केटाकेटीलाई आमाबाबु आफैले यी कथा बारम्बार पढेर सुनाइदिएको असाध्यै मन पर्छ भनेर तिम्रा आमाबाबुले पनि थाह पाउनुहुनेछ। साना र ठूला दुवैलाई रमाइलो लाग्ने थुप्रै कुराहरू यस किताबमा पढ्‌न पाइन्छ।

प्रत्येक कथाको अन्तमा बाइबलका केही पदहरू दिइएका छन्‌। यस किताबका कथाहरू बाइबलबाट लिइएकोले केटाकेटी तथा आमाबाबुलाई ती पद पढ्‌न प्रोत्साहन दिन्छौं। प्रत्येक कथा पढिसकेपछि ११६ नम्बरको कथापछि दिइएका प्रश्‍नहरू हेरेर त्यसको जवाफ सम्झने कोसिस गर।