सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १

सृष्टिदेखि जलप्रलयसम्म

सृष्टिदेखि जलप्रलयसम्म

आकाश र पृथ्वी कहाँबाट आयो? घाम, जून अनि ताराहरूका साथै पृथ्वीमा भएका सबै थोक कसरी बन्यो? यी सबै परमेश्‍वरले बनाउनुभयो भनेर बाइबलले बताउँछ। त्यसैले, हाम्रो यो कथा किताब सृष्टिका कथाहरूबाट सुरु हुन्छ।

परमेश्‍वरले सबैभन्दा पहिला आफूजस्तै आत्मिक व्यक्‍तिहरू बनाउनुभयो। उनीहरूलाई स्वर्गदूत भनिन्छ। तर पृथ्वीचाहिं उहाँले हामी जस्ता मान्छेहरूका लागि बनाउनुभएको हो। त्यसपछि, परमेश्‍वरले पहिलो लोग्नेमान्छे अनि स्वास्नीमान्छे अर्थात्‌ आदम र हव्वालाई बनाउनुभयो। उहाँले उनीहरूलाई सुन्दर बगैंचामा राख्नुभयो। तर परमेश्‍वरको कुरा नमानेको हुनाले उनीहरूले सधैंभरि बाँच्ने मौका पाएनन्‌।

परमेश्‍वरले आदमलाई बनाउनुभएको समयदेखि ठूलो जलप्रलयसम्म जम्माजम्मी १,६५६ वर्ष बित्यो। त्यतिबेला थुप्रै खराब व्यक्‍तिहरू देखा परे। माथि स्वर्गमा अदृश्‍य आत्मिक व्यक्‍ति अर्थात्‌ शैतान र त्यसका खराब स्वर्गदूतहरू थिए। तल पृथ्वीमा चाहिं कयिन र अरू थुप्रै खराब मान्छेहरू थिए। उनीहरूमध्ये केही असाध्यै बलिया भए। तर पृथ्वीमा हाबिल, हनोक र नूह जस्ता असल मान्छेहरू पनि थिए। यी सबै मान्छे अनि घटनाबारे हामी भाग एकमा पढ्‌नेछौं।

 

यस भागमा

कथा १

परमेश्‍वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ

सृष्टिको सुरुवातसम्बन्धी यो कथा बच्चाहरूले समेत बुझ्न सक्ने खालको अनि रमाइलो छ।

कथा २

सुन्दर बगैंचा

सृष्टिको विवरणअनुसार परमेश्‍वरले अदनको बगैंचालाई एकदमै खास तरिकामा बनाउनुभएको थियो। उहाँ पूरै पृथ्वी त्यो सुन्दर बगैँचा जस्तै होस्‌ भन्‍ने चाहनुहुन्थ्यो।

कथा ३

पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे

परमेश्‍वरले आदम र हव्वालाई बनाउनुभयो र तिनीहरूलाई अदनको बगैंचामा राख्नुभयो। तिनीहरू नै पहिलो विवाहित जोडी थिए।

कथा ४

उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्‍यो

सुरुको सुन्दर बगैंचा कसरी गुम्यो, त्यसको विवरण बाइबलको उत्पत्तिको पुस्तकमा पाइन्छ।

कथा ५

दुःखी जीवन सुरु हुन्छ

अदनको बगैंचाबाट निस्केपछि आदम र हव्वाले धेरै दुःख पाउँछन्‌। परमेश्‍वरको आज्ञा मानेको भए उनीहरू र उनीहरूको छोराछोरीको जीवन सुखैसुखमा बित्थ्यो।

कथा ६

असल छोरा र खराब छोरा

उत्पत्तिको पुस्तकमा भएको कयिन र हाबिलको कथाले परमेश्‍वरलाई खुसी बनाउन के गर्नुपर्छ अनि ढिलो हुनुअघि नै कस्तो नराम्रो बानी छोड्‌नुपर्छ भनेर सिकाउँछ।

कथा ७

साहसी मान्छे

अरूले असाध्यै नराम्रो काम गरे पनि हनोकले साहसी भएर राम्रो काम गरिरहे। हामीले पनि तिनले जस्तै गर्नुपर्छ।

कथा ८

पृथ्वीमा राक्षसहरू

उत्पत्ति अध्याय ६ मा अरूलाई दु:ख दिने राक्षसहरूबारे बताइएको छ। तिनीहरूलाई नपिल भनिन्थ्यो। तिनीहरू स्वर्ग छोडेर पृथ्वीमा मानव रूप धारण गरेर बसेका दुष्ट स्वर्गदूतहरूका सन्तान थिए।

कथा ९

नूहले ठूलो जहाज बनाउँछ

अरू कसैले नसुने पनि नूह र तिनको परिवारले परमेश्‍वरको कुरा सुनेकोले तिनीहरूको ज्यान जोगियो।

कथा १०

ठूलो जलप्रलय

नूहले चेतावनी दिंदा त्यतिबेलाका मानिसहरू बेस्सरी हाँसेका थिए। तर पानी पर्न थालेपछि तिनीहरूको हाँसो रोकियो। नूहले बनाएको जहाजले नूह, तिनको परिवार अनि थुप्रै जनावरहरूलाई कसरी बचायो, जान्‍नुहोस्‌।