सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २

जलप्रलयदेखि मिश्रबाट छुटकारासम्म

जलप्रलयदेखि मिश्रबाट छुटकारासम्म

जलप्रलय हुँदा आठ जना मात्र बाँचेका थिए तर केही समयपछि उनीहरूको संख्या बढेर हजारौं भयो। जलप्रलय भएको ३५२ वर्षपछि अब्राहाम जन्मियो। परमेश्‍वरले अब्राहामलाई इसहाक नाउँको एउटा छोरो दिनुभएर आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। यसपछि इसहाकका दुई छोरामध्ये परमेश्‍वरले याकूबलाई छान्‍नुभयो।

याकूबको ठूलो परिवारमा १२ छोरा र केही छोरी थिए। याकूबका १० छोराले आफ्नो भाइ यूसुफलाई घृणा गर्थे र उसलाई मिश्रमा दास हुन बेचिदिए। पछि यूसुफ मिश्रमा ठूलो मान्छे बन्यो। एउटा ठूलो अनिकाल पर्दा यूसुफले आफ्ना दाइहरूको मन बद्‌लिएको छ कि छैन भनेर थाह पाउन जाँच गऱ्‍यो। अन्तमा इस्राएलीहरू अथवा याकूबको पूरै परिवार मिश्रमा बस्न थाल्यो। यो घटना अब्राहाम जन्मेको २९० वर्षपछिको हो।

त्यसपछिको २१५ वर्षसम्म इस्राएलीहरू मिश्रमै बसे। यूसुफ मरेपछि उनीहरू त्यहाँ कमारा भए। पछि मोशा जन्मियो र इस्राएलीहरूलाई मिश्रबाट छुटाउन परमेश्‍वरले उसलाई चलाउनुभयो। भाग दुईमा जम्माजम्मी ८५७ वर्ष लामो इतिहास छ।

 

यस भागमा

कथा ११

पहिलो इन्द्रेनी

इन्द्रेनी देख्दा त्यसले तपाईंलाई कुन कुराको याद दिलाउँछ?

कथा १२

मान्छेहरू अग्लो धरहरा बनाउँछन्‌

परमेश्‍वर खुसी हुनुभएन, फलस्वरूप उहाँले दिनुभएको सजायले अहिलेका मानिसहरूलाई समेत असर गरिरहेको छ।

कथा १३

परमेश्‍वरको साथी अब्राहाम

आफ्नो पूरै बाँकी जीवन पालमा बिताउन अब्राहामले किन सुविधासम्पन्‍न घर छोडे?

कथा १४

परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ

यहोवाले अब्राहामलाई आफ्नो छोरा बलि चढाऊ भनेर किन भन्‍नुहुन्छ?

कथा १५

लूतकी पत्नीले पछाडि फर्केर हेरी

लूतकी पत्नीको विवरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

कथा १६

इसहाकले असल पत्नी पाउँछ

कुन कुराले गर्दा रिबेकालाई असल पत्नी भन्‍न मिल्छ? तिनको सुन्दरताले गर्दा या अरू नै कारणले गर्दा?

कथा १७

बेग्लै किसिमका जम्ल्याहा

तिनीहरूका बुबा इसहाकले एसावलाई बढी माया गर्थे अनि आमा रिबेकाले चाहिं याकूबलाई बढी माया गर्थिन्‌।

कथा १८

याकूब हारान जान्छ

राहेललाई मन पराएको भए तापनि याकूबले पहिला लेआसित विवाह गर्छन्‌।

कथा १९

याकूबको ठूलो परिवार

के इस्राएलका १२ गोत्रको नाम याकूबका १२ जना छोराहरूको नामबाट राखिएको हो?

कथा २०

दीना आपत्‌मा पर्छे

यो सब खराब साथी बनाएकोले गर्दा भयो।

कथा २१

यूसुफलाई दाइहरूले घृणा गर्छन्‌

आफ्नै भाइलाई मार्ने हदसम्म तिनीहरू कसरी पुगे?

कथा २२

यूसुफलाई जेलमा हालिन्छ

कुनै नियम उल्लङ्‌घन गरेकोले तिनलाई जेलमा हालिएको होइन तर सही काम गरेकोले तिनलाई जेलमा हालिन्छ।

कथआ २३

फिरऊनका सपना

सातवटा गाई र सातवटा बालाबीच केही-केही कुरा मिल्दोजुल्दो कुरा छ।

कथा २४

यूसुफ आफ्ना दाइहरूको जाँच लिन्छ

तिनलाई मिश्रमा बेची पठाइसकेपछि दाइहरू परिवर्तन भए कि भएनन्‌ भनेर तिनले कसरी थाह पाउन सक्थे?

कथा २५

पूरै परिवार मिश्र सर्छ

याकूबको परिवारलाई किन इस्राएलीहरू भनियो?

कथा २६

भक्‍त अय्यूब

अय्यूबले आफ्नो धनसम्पत्ति, स्वास्थ्य, छोराछोरी सबै गुमाउँछन्‌। के परमेश्‍वरले तिनलाई सजाय दिनुभएको थियो?

कथा २७

मिश्रमा खराब राजाले राज्य गर्छ

तिनले किन आफ्ना मानिसहरूलाई इस्राएली बालकहरूलाई मार्ने आदेश दिन्छ?

कथा २८

बालक मोशालाई कसरी बचाइयो

सबै इस्राएली बालकहरूलाई मार्नुपर्छ भन्‍ने नियम तिनकी आमाले पालन गर्दिनन्‌।

कथा २९

मोशा किन भाग्यो

मोशाले आफू ४० वर्षको भएपछि इस्राएलीहरूलाई बचाउन सक्छु भन्‍ने सोच्छ तर वास्तवमा सक्दैन।

कथा ३०

बलिरहेको पोथ्रो

इस्राएलीहरूलाई मिश्रबाट छुटाउने बेला भनेर आश्‍वस्त पार्न यहोवाले मोशालाई विभिन्‍न चमत्कारहरू देखाउनुहुन्छ।

कथा ३१

मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌

फिरऊनले किन मोशाको कुरा सुन्दैनन्‌ र इस्राएलीहरूलाई जान दिँदैनन्‌?

कथा ३२

दस विपत्ति

फिरऊनले हठी हुँदै परमेश्‍वरको कुरा नसुनेकोले अनि इस्राएलीहरूलाई जान नदिएकोले मिश्रमा दस विपत्ति आइपर्छ।

कथा ३३

इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌

परमेश्‍वरको मदत पाएर मोशाले लाल समुद्र पार गर्छन्‌। इस्राएलीहरू सुक्खा जमीन हुँदै पार टर्छन्‌।