सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ६

येशूको जन्मदेखि मृत्युसम्म

येशूको जन्मदेखि मृत्युसम्म

परमेश्‍वरले मरियम नाउँकी एउटी असल युवतीकहाँ गब्रिएल स्वर्गदूतलाई पठाउनुहुन्छ। मरियमले एउटा बालक जन्माउनेछे र त्यो बालक सधैंभरि शासन गर्ने राजा हुनेछ भनी स्वर्गदूतले मरियमलाई बताउँछन्‌। त्यो बालक येशू हुनुहुन्थ्यो। उहाँको जन्म गोठमा भयो। उहाँ जन्मनु हुँदा गोठालाहरू उहाँलाई भेट्‌न आएका थिए। केही समयपछि पूर्वका मान्छेहरूलाई एउटा ताराले डोऱ्‍याउँदै यो सानो बालक भएको ठाउँमा ल्याउँछ। तर वास्तवमा त्यो तारालाई चलाएर पूर्वका मान्छेहरूलाई येशूसम्म पुऱ्‍याउने को थियो? अनि येशूलाई मार्ने प्रयास कसरी विफल भयो? यी कुराहरू हामी यो भागमा सिक्नेछौं।

यसपछि १२ वर्षको उमेरमै येशूले मन्दिरका शिक्षकहरूसित कुरा गर्नुभएको विषयमा हामी पढ्‌नेछौं। यसको १८ वर्षपछि येशूले बप्तिस्मा लिनुहुन्छ। बप्तिस्मापछि, उहाँले परमेश्‍वरको राज्यको प्रचार गर्न र सिकाउन सुरु गर्नुहुन्छ। परमेश्‍वरले उहाँलाई यही काम गर्न पृथ्वीमा पठाउनुभएको थियो। यो काम पूरा गर्न येशूले १२ जनालाई छानेर आफ्ना प्रेरितहरू बनाउनुहुन्छ।

येशूले थुप्रै अचम्मलाग्दा कामहरू पनि गर्नुहुन्छ। उहाँले केही साना माछा र रोटीले हजारौंको पेट भर्नुहुन्छ। उहाँले बिरामीहरूलाई निको पार्नुहुन्छ र मरेकाहरूलाई समेत बिउँताउनुहुन्छ। अन्तमा, येशूले मर्नुभन्दा अगाडि के-के गर्नुभयो अनि उहाँ कसरी मारिनुभयो, त्यसबारे पनि हामी सिक्नेछौं। येशूले लगभग साढे तीन वर्षसम्म प्रचार गर्नुहुन्छ। भाग ६ मा लगभग ३४ वर्षमा भएका घटनाहरूबारे हामी पढ्‌नेछौं।

 

यस भागमा

कथा ८४

एउटा स्वर्गदूत मरियमलाई भेट्‌न आउँछन्‌

तिनले परमेश्‍वरको यो सन्देश सुनाउँछन्‌: मरियमले एउटा बालक जन्माउनेछन्‌ र तिनी सदासर्वदा राजा बन्‍नेछन्‌।

कथा ८५

येशू गोठमा जन्मिनुहुन्छ

भावी राजा किन जनावरहरूलाई खुवाउने ठाउँमा जन्मिनुहुन्छ?

कथा ८६

ताराले डोऱ्‍याएका मान्छेहरू

ज्योतिषीहरूलाई येशूसम्म कसले डोऱ्‍यायो? यसको जवाफ थाह पाउँदा तपाईं छक्क पर्नुहुनेछ।

कथा ८७

बालक येशू मन्दिरमा

उहाँले मन्दिरका शिक्षकहरूलाई समेत छक्क पा कुरा गर्नुहुन्छ।

कथा ८८

यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ

यूहन्‍नाले पापीलाई बप्तिस्मा दिन्थे। येशूले कहिल्यै पाप गर्नुभएन। तर यूहन्‍नाले किन उहाँलाई बप्तिस्मा दिए?

कथा ८९

येशू मन्दिर सफा बनाउनुहुन्छ

येशूको रिसमा पनि प्रेम लुकेको थियो।

कथा ९०

येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छ

येशूले बताउनुभएको पानी पिउँदा तिनी कसरी कहिल्यै तिर्खाउने थिइनन्‌?

कथा ९१

येशू डाँडामा सिकाउनुहुन्छ

डाँडाको उपदेशमा येशूले बताउनुभएको सबैभन्दा बुद्धिमानी सल्लाहहरू जान्‍नुहोस्‌।

कथा ९२

येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ

जम्मा दुई शब्द बोलेर येशूले परमेश्‍वरको शक्‍तिद्वारा याइरसकी छोरीलाई बिउँताउनुभयो।

कथा ९३

येशू भीडलाई खुवाउनुहुन्छ

चमत्कार गरेर हजारौंलाई खुवाएर येशूले के साबित गर्नुभयो?

कथा ९४

येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ

प्रेरितहरूले केटाकेटीहरूबारे र तिनीहरूबाट धेरै कुरा सिक्न बाँकी छ भनेर येशूले बताउनुहुन्छ।

कथा ९५

येशू राम्ररी सिकाउनुहुन्छ

येशूले मानिसहरूलाई सिकाउनको लागि असल सामरीको उदाहरण चलाउनुभयो। उहाँले अरू बेलामा पनि प्राय: यस्तै तरिका चलाएर सिकाउनुहुन्थ्यो।

कथा ९६

येशू बिरामी निको पार्नुहुन्छ

येशूले किन अचम्मलाग्दा कामहरू गर्नुहुन्छ?

कथा ९७

येशू राजाझैं आउनुहुन्छ

उहाँलाई ठूलो भीडले स्वागत गर्छ तर सबै जना त्यो देखेर खुसी हुँदैनन्‌।

कथा ९८

जैतून डाँडामा

येसूले आफ्ना चार प्रेरितलाई अहिले हाम्रो समयमा भइरहेका घटनाहरू बताउनुहुन्छ।

कथा ९९

माथिल्लो तलाको कोठामा

येशूले किन हरेक वर्ष यो भोज गर्नु भन्‍नुहुन्छ?

कथा १००

येशू बगैंचामा

यहूदाले किन येशूलाई म्वाइँ खाएर धोका दिन्छ?

कथा १०१

येशू मारिनुहुन्छ

काठमा झुन्ड्याएर मारिंदा उहाँले प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ।