सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ७

येशूको पुनरुत्थानदेखि पावलको कैदसम्म

येशूको पुनरुत्थानदेखि पावलको कैदसम्म

मृत्यु भएको तेस्रो दिनमा येशूको पुनरुत्थान भयो। त्यही दिन बेग्लाबेग्लै समयमा पाँच पटक उहाँ आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो। उहाँ ४० दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा परिरहनुभयो। त्यसपछि उहाँका केही चेलाहरूले हेर्दाहेर्दै उहाँ स्वर्ग जानुभयो। यसको १० दिनपछि यरूशलेममा पर्खिरहेका येशूका चेलाहरूमाथि परमेश्‍वरले पवित्र आत्मा खन्याउनुभयो।

केही समयपछि, परमेश्‍वरका शत्रुहरूले प्रेरितहरूलाई पक्रेर जेलमा हाले। तर स्वर्गदूतले उनीहरूलाई जेलबाट मुक्‍त गरे। त्यतिखेरकै कुरा हो, येशूका चेला स्तिफनसलाई विरोधीहरूले ढुंगाले हानेर मारे। तर येशूले यिनै विरोधीहरूमध्ये एक जनालाई आफ्नो विशेष सेवक हुन रोज्नुभयो। त्यो विरोधी पछि गएर प्रेरित पावल बन्यो। येशूको मृत्यु भएको साढे तीन वर्षपछि परमेश्‍वरले प्रेरित पत्रुसलाई गैर-यहूदी कर्नीलियस र उसको परिवारकहाँ प्रचार गर्न पठाउनुभयो।

यसको लगभग १३ वर्षपछि पावलले आफ्नो प्रचार यात्रा सुरु गऱ्‍यो। दोस्रो चोटि यात्रामा निस्कँदा उसले तिमोथीलाई पनि सँगै लगेको थियो। पावल र ऊसित यात्रा गर्नेहरूले परमेश्‍वरको सेवा गर्दै कस्ता रमाइला अनुभवहरू बटुले, अब हामी सिक्नेछौं। अन्तमा पावललाई रोममा कैद गरेर राखिन्छ। दुई वर्षपछि ऊ मुक्‍त हुन्छ। तर उसलाई फेरि झ्यालखानमा हालिन्छ र अन्तमा ऊ मारिन्छ। लगभग ३२ वर्षभित्र भएका यी सबै घटनाहरू हामी भाग ७ मा पढ्‌नेछौं।

 

यस भागमा

कथा १०२

येशू जीवित हुनुहुन्छ

एक जना स्वर्गदूतले येशूको चिहानबाट ढुंगा गुडाएको देखेर सिपाहीहरू निकै डराउँछन्‌।

कथा १०३

बन्द कोठाभित्र

येशूका चेलाहरूले पुनरुत्थान हुनुभएका येशूलाई सुरुमा किन चिनेनन्‌?

कथा १०४

येशू स्वर्ग फर्कनुहुन्छ

स्वर्ग फर्कनुअघि येशूले आफ्ना चेलाहरूलाई अन्तिम आज्ञा दिनुहुन्छ।

कथा १०५

यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू

येशूले पेन्तिकोसको दिन आफ्ना चेलाहरूमाथि किन पवित्र आत्मा खन्याउनुभयो?

कथा १०६

जेलबाट छुटेका

प्रेरितहरूको प्रचारकार्यलाई रोक्न धर्मगुरुहरूले तिनीहरूलाई जेलमा हाल्छन्‌ तर परमेश्‍वरले तिनीहरूलाई छुटाउनुहुन्छ।

कथा १०७

स्तिफनसलाई ढुंगाले हान्छन्‌

मानिसहरूले ढुंगाले हान्दै गर्दा स्तिफनसले उल्लेखनीय प्रार्थना गर्छन्‌।

कथा १०८

दमीशक जाने बाटो

अन्धो बनाइदिने ज्योति र स्वर्गबाट आएको आवाजले शावलको जीवन परिवर्तन गर्छ।

कथा १०९

पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ

के परमेश्‍वर जाति र देशको आधारमा मानिसहरूलाई भेदभाव गर्नुहुन्छ?

कथा ११०

पावलको नयाँ सहयोगी तिमोथी

रमाइलो प्रचार यात्रामा पावललाई साथ दिनको लागि तिमोथीले आफ्नो घर छोड्‌छन्‌।

कथा १११

भुसुक्कै निदाएको केटो

पावलले पहिलो भाषण दिंदा युटाइकस निदाउँछन्‌ तर दोस्रो भाषणमा भने निदाउँदैनन्‌। यी दुईटा भाषणको बीचमा एउटा अनौठो चमत्कार हुन्छ।

कथा ११२

टापुमा जहाज दुर्घटना

कुनै आशा नभएको बेलामा पावलले परमेश्‍वरबाट एउटा सन्देश पाउँछन्‌ र त्यसले गर्दा तिनी आशावादी हुन्छन्‌।

कथा ११३

पावल रोममा

जेलमा छँदा पावलले कसरी प्रेरितको रूपमा काम गरे?