सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलका कथाहरू भएको मेरो पुस्तक अध्ययनका लागि प्रश्‍नहरू

बाइबलका कथाहरू भएको मेरो पुस्तक अध्ययनका लागि प्रश्‍नहरू

कथा १

परमेश्‍वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ

  1. १. सबै असल कुरा कसले दिनुभएको हो? के तिमी एउटा उदाहरण दिन सक्छौ?

  2. २. परमेश्‍वरले सबैभन्दा पहिले के बनाउनुभयो?

  3. ३. पहिलो स्वर्गदूत किन विशेष व्यक्‍ति हुनुहुन्थ्यो?

  4. ४. सुरुमा पृथ्वी कस्तो थियो, चित्र हेरेर वर्णन गर।

  5. ५. पृथ्वीलाई जनावर र मान्छे बस्न सक्ने बनाउन परमेश्‍वरले के गर्नुभयो?

थप प्रश्‍नहरू:

  1. १. यर्मिया १०:१२ पढ्‌नुहोस्‌।

    परमेश्‍वरको सृष्टि हेरेर उहाँका कुन गुणहरू थाह पाउन सकिन्छ? (यशै. ४०:२६; रोमी ११:३३)

  2. २. कलस्सी १:१५-१७ पढ्‌नुहोस्‌।

    परमेश्‍वरले सृष्टि गर्नुहुँदा येशूले के गर्नुभयो र उहाँप्रतिको हाम्रो दृष्टिकोणमा यसले कस्तो असर पार्नुपर्छ? (कल. १:१५-१७)

  3. ३. उत्पत्ति १:१-१० पढ्‌नुहोस्‌।

    1. (क) पृथ्वी कसले बनाउनुभयो? (उत्प. १:१)

    2. (ख) सृष्टिको पहिलो दिनमा के भयो? (उत्प. १:३-५)

    3. (ग) सृष्टिको दोस्रो दिनमा के भयो, वर्णन गर्नुहोस्‌। (उत्प. १:७, ८)

कथा २

सुन्दर बगैंचा

  1. १. पृथ्वीलाई हामी बस्नका लागि परमेश्‍वरले कसरी तयार पार्नुभयो?

  2. २. परमेश्‍वरले के-के जनावरहरू बनाउनुभयो, चित्र हेरेर बताऊ।

  3. ३. अदनको बगैंचा किन विशेष ठाउँ थियो?

  4. ४. पूरै पृथ्वी के जस्तै होस्‌ भनेर परमेश्‍वर चाहनुहुन्थ्यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति १:११-२५ पढ्‌नुहोस्‌।

    1. (क) सृष्टिको तेस्रो दिनमा परमेश्‍वरले के बनाउनुभयो? (उत्प. १:१२)

    2. (ख) सृष्टिको चौथो दिनमा के भयो? (उत्प. १:१६)

    3. (ग) पाँचौं र छैटौं दिनमा परमेश्‍वरले कस्ता-कस्ता जनावरहरू बनाउनुभयो? (उत्प. १:२०, २१, २५)

  2. २. उत्पत्ति २:८, ९ पढ्‌नुहोस्‌।

    बगैंचामा परमेश्‍वरले कुन दुइटा विशेष रूख राख्नुभयो र ती रूखहरूले कुन कुरालाई संकेत गर्थे?

कथा ३

पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे

  1. १. कथा ३ को चित्र कथा २ को चित्रभन्दा कसरी फरक छ?

  2. २. पहिलो लोग्नेमान्छेलाई कसले बनायो? पहिलो लोग्नेमान्छेको नाउँ के थियो?

  3. ३. परमेश्‍वरले आदमलाई के काम दिनुभयो?

  4. ४. परमेश्‍वरले आदमलाई किन गहिरो निद्रामा पार्नुभयो?

  5. ५. आदम र हव्वा कति समयसम्म बाँच्न सक्थे र उनीहरूले के काम गरेको यहोवा चाहनुहुन्थ्यो?

थप प्रश्‍नहरू:

  1. १. भजन ८३:१८ पढ्‌नुहोस्‌।

    परमेश्‍वरको नाउँ के हो र पृथ्वीमा उहाँको कस्तो अधिकार छ? (यर्मिया १६:२१, NW; दानियल ४:१७)

  2. २. उत्पत्ति १:२६-३१ पढ्‌नुहोस्‌।

    1. (क) छैटौं दिनमा सृष्टिको काम सिध्याउँदा परमेश्‍वरले के बनाउनुभयो र यो सृष्टि जनावरहरूको सृष्टिभन्दा कसरी भिन्‍न थियो? (उत्प. १:२६)

    2. (ख) मानिस र जनावर दुवैको लागि यहोवाले के प्रबन्ध गरिदिनुभयो? (उत्प. १:३०)

  3. ३. उत्पत्ति २:७-२५ पढ्‌नुहोस्‌।

    1. (क) जनावरहरूको नाउँ राख्न आदमले के-के गर्नुपर्थ्यो? (उत्प. २:१९)

    2. (ख) विवाह गर्ने, छुट्टिएर बस्ने र सम्बन्ध विच्छेदबारे यहोवाको दृष्टिकोण बुझ्न उत्पत्ति २:२४ ले हामीलाई कसरी मदत गर्छ? (मत्ती १९:४-६, ९)

कथा ४

उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्‍यो

  1. १. आदम र हव्वा के गर्दैछन्‌, चित्र हेरेर बताऊ।

  2. २. यहोवाले उनीहरूलाई किन सजाय दिनुभयो?

  3. ३. सर्पले हव्वालाई के भन्यो?

  4. ४. सर्पलाई कसले हव्वासित बोल्न लगाएको थियो?

  5. ५. आदम र हव्वा किन आफ्नो घर, प्रमोदवनबाट निस्कनुपऱ्‍यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २:१६, १७ ३:१-१३, २४ पढ्‌नुहोस्‌।

    1. (क) सर्पले हव्वालाई सोधेको प्रश्‍नमा कसरी यहोवाको बदनाम गर्ने उद्देश्‍य लुकेको थियो? (उत्प. ३:१-५; १ यूह. ५:३)

    2. (ख) हव्वाबाट हामी के चेतावनीमूलक पाठ सिक्न सक्छौं? (फिलि. ४:८; याकू. १:१४, १५; १ यूह. २:१६)

    3. (ग) आदम र हव्वाले गल्ती गरेपछि त्यसको जिम्मेवारी लिन कसरी अस्वीकार गरे? (उत्प. ३:१२, १३)

    4. (घ) यहोवाले किन अदनको बगैंचाको पूर्वपट्टि करूबहरू राख्नुभयो? (उत्प. ३:२४)

  2. २. प्रकाश १२:९ पढ्‌नुहोस्‌।

    मानिसजातिलाई परमेश्‍वरको शासन विरुद्ध उठाउन शैतान कत्तिको सफल भएको छ? (१ यूह. ५:१९)

कथा ५

दुःखी जीवन सुरु हुन्छ

  1. १. अदनको बगैंचाबाट निस्केपछि आदम र हव्वालाई के भयो?

  2. २. आदम र हव्वालाई के हुन थाल्यो र किन?

  3. ३. आदम र हव्वाका छोराछोरीहरू किन बूढो हुने र मर्ने थिए?

  4. ४. आदम र हव्वाले यहोवाको आज्ञा मानेका भए उनीहरू र उनीहरूका छोराछोरीहरूको जीवन कस्तो हुने थियो?

  5. ५. परमेश्‍वरको आज्ञा नमानेकोले हव्वालाई कस्तो दुःख भयो?

  6. ६. आदम र हव्वाको जेठो र माहिलो छोराको नाउँ के थियो?

  7. ७. चित्रमा देखाइएका अरू बच्चाहरू को हुन्‌?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ३:१६-२३ ४:१, २ पढ्‌नुहोस्‌।

    1. (क) भूमि श्रापित भएपछि त्यसले आदमको जीवनलाई कसरी असर गऱ्‍यो? (उत्प. ३:१७-१९; रोमी ८:२०, २२)

    2. (ख) हव्वालाई “जीवित्‌” अर्थ लाग्ने नाउँ किन उचित थियो? (उत्प. ३:२०)

    3. (ग) आदम र हव्वाले पाप गरिसकेपछि पनि यहोवाले कसरी दया देखाउनुभयो? (उत्प. ३:७, २१)

  2. २. प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।

    तपाईं के-कस्ता “पहिलेका कुराहरू” हटेको चाहनुहुन्छ?

कथा ६

असल छोरा र खराब छोरा

  1. १. कयिन र हाबिलले के काम गर्छन्‌?

  2. २. कयिन र हाबिलले यहोवाका लागि के उपहार ल्याउँछन्‌?

  3. ३. हाबिलको उपहारसित यहोवा किन खुसी हुनुहुन्छ तर कयिनको उपहारसित चाहिं उहाँ किन खुसी हुनुहुन्‍न?

  4. ४. कयिन कस्तो मान्छे थियो र यहोवाले उसलाई कुन बानी छोड्‌नुपर्छ भन्‍नुहुन्छ?

  5. ५. खेतमा भाइसित एक्लै हुँदा कयिनले के गर्छ?

  6. ६. भाइलाई मारेपछि कयिनलाई के भयो, वर्णन गर।

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ४:२-२६ पढ्‌नुहोस्‌।

    1. (क) कयिन कति खतरनाक अवस्थामा पुगेको थियो भनी यहोवाले कसरी बताउनुभयो? (उत्प. ४:७)

    2. (ख) कयिनले आफ्नो हृदयमा लुकेको कुरा कसरी प्रकट गऱ्‍यो? (उत्प. ४:९)

    3. (ग) निर्दोष व्यक्‍तिको ज्यान लिनु, यहोवालाई कस्तो लाग्छ? (उत्प. ४:१०; यशै. २६:२१)

  2. २. पहिलो यूहन्‍ना ३:११, १२ पढ्‌नुहोस्‌।

    1. (क) कयिन किन रिसले चूर भयो र यसबाट आज हामी के सिक्न सक्छौं? (उत्प. ४:४, ५; हितो. १४:३०; २७:४)

    2. (ख) हाम्रो परिवारका सबै सदस्यहरूले यहोवाको विरोध गरे तापनि हामी आफ्नो निष्ठा कायम राख्न सक्छौं भनी बाइबलले कसरी देखाउँछ? (भज. २७:१०; मत्ती १०:२१, २२)

  3. ३. यूहन्‍ना ११:२५ पढ्‌नुहोस्‌।

    धार्मिकताको खातिर मर्नेजति सबैलाई यहोवा के आश्‍वासन दिनुहुन्छ? (यूह. ५:२४)

कथा ७

साहसी मान्छे

  1. १. हनोक कसरी अरू मान्छेभन्दा फरक थियो?

  2. २. हनोकको समयमा मान्छेहरूले धेरै खराब कामहरू किन गर्थे?

  3. ३. मान्छेहरूले कस्ता खराब काम गरिरहेका थिए, चित्र हेरेर बताऊ।

  4. ४. हनोक किन साहसी हुनुपरेको थियो?

  5. ५. त्यति बेला मान्छेहरू कति वर्ष बाँच्थे तर हनोक कति वर्ष बाँच्यो?

  6. ६. हनोक मरेपछि के भयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ५:२१-२४, २७ पढ्‌नुहोस्‌।

    1. (क) यहोवासित हनोकको सम्बन्ध कस्तो थियो? (उत्प. ५:२४)

    2. (ख) बाइबलअनुसार अहिलेसम्म सबैभन्दा धेरै वर्ष बाँचेको व्यक्‍ति को हो र ऊ कति वर्ष बाँच्यो? (उत्प. ५:२७)

  2. २. उत्पत्ति ६:५ पढ्‌नुहोस्‌।

    हनोकको मृत्युपछि पृथ्वीको अवस्था कत्तिको खराब भयो र हाम्रो समयसित यो कसरी मेल खान्छ? (२ तिमो. ३:१३)

  3. ३. लूका ३:२३, ३७ पढ्‌नुहोस्‌।

    ‘परमेश्‍वरको साथसाथ हिंडेको’ कारण हनोकले कस्तो इनाम पायो? (उत्प. ५:२२)

  4. ४. यहूदा १४, १५ पढ्‌नुहोस्‌।

    आउँदै गरेको आर-मागेडोनको युद्धबारे मानिसहरूलाई चेतावनी दिंदा आज मसीहीहरू कसरी हनोक जस्तै साहसी हुन सक्छन्‌? (२ तिमो. ४:२; हिब्रू १३:६)

कथा ८

पृथ्वीमा राक्षसहरू

  1. १. परमेश्‍वरका कुनै-कुनै स्वर्गदूतहरूले शैतानको कुरा सुन्‍न थालेपछि के भयो?

  2. २. स्वर्गमा आफ्नो काम छाडेर कुनै-कुनै स्वर्गदूतहरू किन तल पृथ्वीमा आए?

  3. ३. स्वर्गदूतहरू तल पृथ्वीमा आएर मान्छेजस्तै बन्‍नु किन गलत थियो?

  4. ४. स्वर्गदूतका बच्चाहरू कसरी फरक थिए?

  5. ५. स्वर्गदूतका बच्चाहरू ठूलो भएर राक्षस बनेपछि के गरे, चित्र हेरेर बताऊ।

  6. ६. हनोकपछिको असल मान्छेको नाउँ के थियो र परमेश्‍वरले उसलाई किन मन पराउनुहुन्थ्यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ६:१-८ पढ्‌नुहोस्‌।

    हाम्रो आचरणले यहोवालाई ठेस पुऱ्‍याउन सक्छ भनेर उत्पत्ति ६:६ ले कसरी देखाउँछ? (भज. ७८:४०, ४१; हितो. २७:११)

  2. २. यहूदा ६ पढ्‌नुहोस्‌।

    नूहको दिनका “आफ्नो मर्यादामा नरहने” स्वर्गदूतहरू आज हाम्रो लागि कसरी चेतावनी हुन्‌? (१ कोरि. ३:५-९; २ पत्रु. २:४, ९, १०)

कथा ९

नूहले ठूलो जहाज बनाउँछ

  1. १. नूहको परिवारमा कति जना थिए र उसका तीन जना छोराहरूको नाउँ के-के थियो?

  2. २. परमेश्‍वरले नूहलाई कस्तो अनौठो काम गर्न लगाउनुभयो र किन?

  3. ३. नूहले जहाज बनाएको देखेर अरू मान्छेहरूले के गरे?

  4. ४. जनावरहरूलाई जहाजमा राख्नेबारे परमेश्‍वरले के भन्‍नुभयो?

  5. ५. परमेश्‍वरले जहाजको ढोका बन्द गरिदिनुभएपछि नूह र उसको परिवारले के गर्नुपऱ्‍यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ६:९-२२ पढ्‌नुहोस्‌।

    1. (क) कुन कुराले नूहलाई साँचो परमेश्‍वरको विशेष उपासक बनायो? (उत्प. ६:९, २२)

    2. (ख) यहोवालाई हिंसा कस्तो लाग्छ र मनोरञ्जन गर्दा हामीले विचार गर्नुपर्ने कुराबारे यसले के औंल्याउँछ? (उत्प. ६:११, १२; भज. ११:५)

    3. (ग) यहोवाको संगठनबाट निर्देशन पाउँदा हामी कसरी नूहको अनुकरण गर्न सक्छौं? (उत्प. ६:२२; १ यूह. ५:३)

  2. २. उत्पत्ति ७:१-९ पढ्‌नुहोस्‌।

    असिद्ध मानिस नूहलाई यहोवाले धर्मी व्यक्‍तिको रूपमा हेर्नु हाम्रो लागि किन प्रोत्साहनजनक कुरा हो? (उत्प. ७:१; हितो. १०:१६, NRV; यशै. २६:७)

कथा १०

ठूलो जलप्रलय

  1. १. पानी पर्न थालिसकेपछि किन कोही पनि जहाजभित्र पस्न सकेन?

  2. २. यहोवाले कति दिन र कति रात पानी पार्नुभयो अनि पानी कति माथिसम्म आयो?

  3. ३. पानी माथि-माथि बढ्‌दै गएपछि जहाज के भयो?

  4. ४. जलप्रलय भएपछि राक्षसहरूलाई के भयो? ती राक्षसका बुबाहरूलाई नि?

  5. ५. पाँच महिनापछि जहाज के भयो?

  6. ६. नूहले किन एउटा कागलाई जहाजबाट बाहिर उडाइदियो?

  7. ७. पानी घटिसकेछ भनेर नूहलाई कसरी थाह भयो?

  8. ८. नूह र उसको परिवार जहाजभित्र पसेको एक वर्षभन्दा बढी भइसकेपछि परमेश्‍वरले के भन्‍नुभयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ७:१०-२४ पढ्‌नुहोस्‌।

    1. (क) पृथ्वीमा जीवित्‌ प्राणीहरू कुन हदसम्म विनाश भए? (उत्प. ७:२३)

    2. (ख) जलप्रलयको पानी घट्‌न कति दिन लाग्यो? (उत्प. ७:२४, NRV)

  2. २. उत्पत्ति ८:१-१७ पढ्‌नुहोस्‌।

    यहोवाले पृथ्वी बनाउनुको उद्देश्‍य बद्‌लिएन भनी उत्पत्ति ८:१७ ले कसरी देखाउँछ? (उत्प. १:२२)

  3. ३. पहिलो पत्रुस ३:१९, २० पढ्‌नुहोस्‌।

    1. (क) विद्रोही स्वर्गदूतहरू स्वर्ग फर्किएपछि तिनीहरूले कस्तो इन्साफ भोगे? (यहू. ६)

    2. (ख) नूह र उसको परिवारको विवरणले यहोवाले आफ्ना जनहरूलाई छुटाउन सक्नुहुन्छ भनेर कसरी विश्‍वस्त तुल्याउँछ? (२ पत्रु. २:९)

कथा ११

पहिलो इन्द्रेनी

  1. १. जहाजबाट बाहिर निस्कने बित्तिकै नूहले सबैभन्दा पहिला के गऱ्‍यो, चित्र हेरेर बताऊ।

  2. २. जलप्रलयपछि परमेश्‍वरले नूह र उसको परिवारलाई के आज्ञा दिनुभयो?

  3. ३. परमेश्‍वरले के प्रतिज्ञा गर्नुभयो?

  4. ४. इन्द्रेनी देख्दा तिमीले कुन कुरा सम्झनुपर्छ?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ८:१८-२२ पढ्‌नुहोस्‌।

    1. (क) आज हामी कसरी यहोवालाई “मीठो बासना” चढाउन सक्छौं? (उत्प. ८:२१; हिब्रू १३:१५, १६)

    2. (ख) मानिसको हृदय कस्तो छ भनेर यहोवाले देख्नुभयो र त्यसकारण हामी कुन कुरादेखि होसियार हुनुपर्छ? (उत्प. ८:२१; मत्ती १५:१८, १९)

  2. २. उत्पत्ति ९:९-१७ पढ्‌नुहोस्‌।

    1. (क) पृथ्वीका सबै प्राणीहरूसित यहोवाले कस्तो करार बाँध्नुभयो? (उत्प. ९:१०, ११)

    2. (ख) इन्द्रेनीको करार कहिलेसम्म कायमै रहनेछ? (उत्प. ९:१६)

कथा १२

मान्छेहरू अग्लो धरहरा बनाउँछन्‌

  1. १. निम्रोद को थियो र परमेश्‍वरलाई निम्रोद कस्तो लाग्थ्यो?

  2. २. चित्रमा मान्छेहरू किन इँटा बनाउँदै छन्‌?

  3. ३. मान्छेहरूले धरहरा बनाएको यहोवालाई किन मन परेन?

  4. ४. धरहरा बनाउने काम यहोवाले कसरी रोक्नुभयो?

  5. ५. सहरको नाउँ के राखियो र त्यो नाउँको अर्थ के थियो?

  6. ६. परमेश्‍वरले मान्छेहरूलाई थुप्रै भाषा बोल्न लगाउनुभएपछि उनीहरूलाई के भयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति १०:१, ८-१० पढ्‌नुहोस्‌।

    निम्रोदले कस्ता अवगुणहरू देखायो र यसले हामीलाई के चेतावनी दिन्छ? (हितो. ३:३१, NRV)

  2. २. उत्पत्ति ११:१-९ पढ्‌नुहोस्‌।

    धरहरा निर्माण गर्नुको उद्देश्‍य के थियो र यस योजनालाई किन असफल तुल्याइयो? (उत्प. ११:४; हितो. १६:१८; यूह. ५:४४)

कथा १३

परमेश्‍वरको साथी अब्राहाम

  1. १. ऊर सहरमा कस्ता मान्छेहरू बस्थे?

  2. २. चित्रमा देखाइएको मान्छे को हो? उसको जन्म कहिले भएको थियो र ऊ कहाँ बस्थ्यो?

  3. ३. परमेश्‍वरले अब्राहामलाई के भन्‍नुभयो?

  4. ४. अब्राहाम किन परमेश्‍वरको साथी भयो?

  5. ५. अब्राहामले ऊर छोड्‌दा ऊसित को-को गए?

  6. ६. अब्राहाम कनान देशमा पुगेपछि परमेश्‍वरले उसलाई के भन्‍नुभयो?

  7. ७. अब्राहाम ९९ वर्ष पुगेपछि परमेश्‍वरले के प्रतिज्ञा गर्नुभयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ११:२७-३२ पढ्‌नुहोस्‌।

    1. (क) अब्राहाम र लूतबीच के साइनो पर्थ्यो? (उत्प. ११:२७)

    2. (ख) आफ्नो परिवारलाई कनानमा सार्ने श्रेय तेरहलाई दिइएको भए तापनि वास्तवमा अब्राहामले नै कनान सर्ने पहल गरेका थिए भनेर हामी कसरी भन्‍न सक्छौं अनि उसले किन यसो गऱ्‍यो? (उत्प. ११:३१; प्रेरि. ७:२-४)

  2. २. उत्पत्ति १२:१-७ पढ्‌नुहोस्‌।

    अब्राहाम कनान देशमा पुगिसकेपछि यहोवाले अब्राहामसित बाँध्नुभएको करारको कुन थप पक्ष प्रकट गर्नुभयो? (उत्प. १२:७)

  3. ३. उत्पत्ति १७:१-८, १५-१७ पढ्‌नुहोस्‌।

    1. (क) अब्राम ९९ वर्षको हुँदा उसलाई के नाउँ दिइयो र किन? (उत्प. १७:५)

    2. (ख) यहोवाले सारालाई भविष्यमा के आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो? (उत्प. १७:१५, १६)

  4. ४. उत्पत्ति १८:९-१९ पढ्‌नुहोस्‌।

    1. (क) उत्पत्ति १८:१९ मा बुबाहरूले पूरा गर्नुपर्ने कुन जिम्मेवारी प्रस्ट पारिएको छ? (व्यव. ६:६, ७; एफि. ६:४)

    2. (ख) यहोवाको नजरबाट कुनै पनि कुरा लुकाउन सकिंदैन भनी साराको कुन अनुभवले देखाउँछ? (उत्प. १८:१२, १५; भज. ४४:२१)

कथा १४

परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ

  1. १. परमेश्‍वरले अब्राहामसित कस्तो प्रतिज्ञा गर्नुभयो र उहाँले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुभयो?

  2. २. परमेश्‍वरले कसरी अब्राहामको विश्‍वसको जाँच लिनुभयो, चित्र हेरेर बताऊ।

  3. ३. परमेश्‍वरले त्यस्तो आज्ञा दिनुको कारण नबुझे तापनि अब्राहामले के गऱ्‍यो?

  4. ४. अब्राहामले आफ्नो छोरालाई मार्न चक्कु निकाल्दा के भयो?

  5. ५. परमेश्‍वरमाथि अब्राहामको विश्‍वास कत्तिको बलियो थियो?

  6. ६. बलिदान चढाउनको लागि परमेश्‍वरले अब्राहामलाई कस्तो प्रबन्ध मिलाइदिनुभयो र कसरी?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २१:१-७ पढ्‌नुहोस्‌।

    अब्राहामले आफ्नो छोराको खतना किन आठौं दिनमा गऱ्‍यो? (उत्प. १७:१०-१२; २१:४)

  2. २. उत्पत्ति २२:१-१८ पढ्‌नुहोस्‌।

    इसहाक कसरी आफ्नो बुबा अब्राहामको अधीनमा बस्यो र यसले कसरी भविष्यमा हुने अझ महत्त्वपूर्ण घटनालाई पूर्वचित्रण गऱ्‍यो? (उत्प. २२:७-९; १ कोरि. ५:७; फिलि. २:८, ९)

कथा १५

लूतकी पत्नीले पछाडि फर्केर हेरी

  1. १. अब्राहाम र लूत किन छुट्टिए?

  2. २. लूतले किन सदोममा बस्न रोज्यो?

  3. ३. सदोमका मानिसहरू कस्ता थिए?

  4. ४. दुई जना स्वर्गदूतले लूतलाई कस्तो चेतावनी दिए?

  5. ५. लूतकी पत्नी किन नुनको खम्बा भई?

  6. ६. लूतकी पत्नीको घटनाबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति १३:५-१३ पढ्‌नुहोस्‌।

    व्यक्‍तिगत समस्याहरू सुल्झाउने सन्दर्भमा हामी अब्राहामबाट के पाठ सिक्न सक्छौं? (उत्प. १३:८, ९; रोमी १२:१०; फिलि. २:३, ४)

  2. २. उत्पत्ति १८:२०-३३ पढ्‌नुहोस्‌।

    यहोवाले अब्राहामसित गर्नुभएको व्यवहारले यहोवा र येशूले सही न्याय गर्नुहुनेछ भनेर हामी कसरी विश्‍वस्त हुन सक्छौं? (उत्प. १८:२५, २६; मत्ती २५:३१-३३)

  3. ३. उत्पत्ति १९:१-२९ पढ्‌नुहोस्‌।

    1. (क) यस बाइबल विवरणबाट समलिङ्‌गीलाई परमेश्‍वरले कुन दृष्टिले हेर्नुहुन्छ भनेर देखिन्छ? (उत्प. १९:५, १३; लेवी २०:१३)

    2. (ख) लूत र अब्राहामले कसरी परमेश्‍वरको निर्देशनप्रति भिन्‍ना-भिन्‍नै प्रतिक्रिया देखाए र यसबाट हामी के सिक्न सक्छौं? (उत्प. १९:१५, १६, १९, २०; २२:३)

  4. ४. लूका १७:२८-३२ पढ्‌नुहोस्‌।

    लूतकी पत्नीको हृदयमा भौतिक कुराप्रति कस्तो मनोवृत्ति लुकेको थियो र यो हाम्रो लागि कसरी एउटा चेतावनीसरह भएको छ? (लूका १२:१५; १७:३१, ३२; मत्ती ६:१९-२१, २५)

  5. ५. दोस्रो पत्रुस २:६-८ पढ्‌नुहोस्‌।

    लूतको अनुकरण गर्दै हामीले वरपरको अभक्‍त संसारप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? (इज. ९:४; १ यूह. २:१५-१७)

कथा १६

इसहाकले असल पत्नी पाउँछ

  1. १. चित्रमा देखाइएका लोग्नेमान्छे र स्वास्नीमान्छे को-को हुन्‌?

  2. २. आफ्नो छोराको लागि पत्नी खोज्न अब्राहामले के गऱ्‍यो र किन?

  3. ३. परमेश्‍वरले कसरी अब्राहामको नोकरको प्रार्थना सुन्‍नुभयो?

  4. ४. इसहाकसित बिहे गर्ने इच्छा छ कि छैन भनेर सोध्दा रिबेकाले के जवाफ दिई?

  5. ५. के कारणले गर्दा इसहाक फेरि खुसी भयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २४:१-६७ पढ्‌नुहोस्‌।

    1. (क) इनारमा अब्राहामको नोकरसित भेट हुँदा रिबेकाले कस्ता असल गुणहरू देखाई? (उत्प. २४:१७-२०; हितो. ३१:१७, ३१)

    2. (ख) अब्राहामले आफ्नो छोरा इसहाकको लागि असल जोडी खोजिदिएको विवरणबाट आज मसीहीहरूले कस्तो राम्रो उदाहरण सिक्न सक्छन्‌? (उत्प. २४:३७, ३८; १ कोरि. ७:३९; २ कोरि. ६:१४)

    3. (ग) इसहाकले जस्तै हामीले पनि मनन गर्न किन समय निकाल्नुपर्छ? (उत्प. २४:६३; भज. ७७:१२; फिलि. ४:८)

कथा १७

बेग्लै किसिमका जम्ल्याहा

  1. १. एसाव र याकूब को थिए अनि उनीहरू कसरी बेग्लै किसिमका थिए?

  2. २. बाजे अब्राहामको मृत्यु हुँदा एसाव र याकूब कति वर्षका थिए?

  3. ३. एसावले गरेको कुन कामले गर्दा उसका आमाबाबु धेरै दुःखी भए?

  4. ४. एसाव किन आफ्नो भाइ याकूबसित असाध्यै रिसायो?

  5. ५. इसहाकले आफ्नो छोरा याकूबलाई के भन्यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २५:५-११, २०-३४ पढ्‌नुहोस्‌।

    1. (क) रिबेकाका दुई जना छोराहरूबारे यहोवाले कस्तो भविष्यवाणी गर्नुभयो? (उत्प. २५:२३)

    2. (ख) जेष्ठ-अधिकारप्रति याकूब र एसावको मनोवृत्तिबीच कस्तो भिन्‍नता थियो? (उत्प. २५:३१-३४)

  2. २. उत्पत्ति २६:३४, ३५; २७:१-४६; र २८:१-५ पढ्‌नुहोस्‌।

    1. (क) एसाव आध्यात्मिक कुराहरूको कदर गर्दैनथ्यो भनेर कसरी प्रस्ट देखिन्थ्यो? (उत्प. २६:३४, ३५; २७:४६)

    2. (ख) परमेश्‍वरको आशिष्‌ पाउन के गर्नुपर्छ भनेर इसहाकले याकूबलाई बतायो? (उत्प. २८:१-४)

  3. ३. हिब्रू १२:१६, १७ पढ्‌नुहोस्‌।

    पवित्र कुराहरूलाई तुच्छ ठान्‍नेहरूले भोग्ने नतिजाबारे एसावको उदाहरणले कुन कुरा प्रकाश पार्छ?

कथा १८

याकूब हारान जान्छ

  1. १. चित्रमा देखाइएकी स्वास्नीमान्छे को हो र याकूबले उसको लागि के गऱ्‍यो?

  2. २. राहेलसित बिहे गर्नको लागि याकूब के गर्न तयार थियो?

  3. ३. याकूबसित राहेलको बिहे गर्ने बेला आएपछि लाबानले के गऱ्‍यो?

  4. ४. राहेललाई बिहे गर्न याकूब के गर्न राजी भयो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २९:१-३० पढ्‌नुहोस्‌।

    1. (क) लाबानले छल गरे तापनि याकूबले कसरी रूखो व्यवहार गर्दैन अनि यसबाट हामी के सिक्न सक्छौं? (उत्प. २५:२७; २९:२६-२८; मत्ती ५:३७)

    2. (ख) याकूबको उदाहरणले प्रेम र शारीरिक आकर्षणबीचको भिन्‍नता बुझ्न कसरी मदत गर्छ? (उत्प. २९:१८, २०, ३०; श्रेष्ठ. ८:६)

    3. (ग) याकूबको परिवारको सदस्य भएर पछि याकूबबाट छोराहरू जन्माउने चार जना आइमाईको नाउँ के-के थियो? (उत्प. २९:२३, २४, २८, २९)

कथा १९

याकूबको ठूलो परिवार

  1. १. याकूबकी जेठी पत्नी लेआबाट जन्मिएका छ जना छोराहरूको नाउँ के-के थियो?

  2. २. लेआकी दासी जिल्पाले याकूबबाट कुन-कुन दुई जना छोरा जन्माई?

  3. ३. राहेलकी दासी बिल्हाले याकूबबाट जन्माएकी दुई जना छोराको नाउँ के-के थियो?

  4. ४. राहेलले कुन-कुन दुई जना छोरा जन्माई तर दोस्रो छोरा जन्मँदा के भयो?

  5. ५. याकूबका कति जना छोराहरू थिए, चित्र हेरेर बताऊ। पछि गएर उनीहरूबाट कुन जाति बन्यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति २९:३२-३५; ३०:१-२६; र ३५:१६-१९ पढ्‌नुहोस्‌।

    प्राचीन समयमा हिब्रू केटाहरूको नाउँ अक्सर कसरी राखिन्थ्यो भनेर याकूबका १२ जना छोराहरूको नाउँहरूबाट थाह पाउन सक्छौं?

  2. २. उत्पत्ति ३७:३५ (NRV) पढ्‌नुहोस्‌।

    बाइबलमा दीनाको नाउँ मात्र उल्लेख गरिएको भए तापनि याकूबका अरू छोरीहरू पनि थिए भनेर हामी कसरी थाह पाउँछौं? (उत्प. ३७:३४, ३५, NRV)

कथा २०

दीना आपत्‌मा पर्छे

  1. १. अब्राहाम र इसाहक किन आफ्ना छोराछोरीहरूले कनान देशका मान्छेहरूसित बिहे गरेको चाहँदैनथे?

  2. २. आफ्नी छोरीले कनानी केटीहरूलाई साथी बनाउँदा के याकूब खुसी भयो?

  3. ३. चित्रमा दीनालाई हेरिरहने केटा को हो र उसले कस्तो खराब काम गऱ्‍यो?

  4. ४. दीना आपत्‌मा परेको थाह पाएपछि उसका दाइ शिमोन र लेवीले के गरे?

  5. ५. शिमोन र लेवीले गरेको कामसित के याकूब खुसी भयो?

  6. ६. याकूबको पूरै परिवार कसरी आपत्‌मा पऱ्‍यो?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ३४:१-३१ पढ्‌नुहोस्‌।

    1. (क) के दीना कनानका केटीहरूसित आक्कल-झुक्कल मात्र मात्र भेट्‌न जान्थी? व्याख्या गर्नुहोस्‌। (उत्प. ३४:१, NW)

    2. (ख) दीनाले आफ्नो कुमारीत्व गुमाउनुमा किन केही हदसम्म ऊ आफै दोषी थिई? (गला. ६:७)

    3. (ग) आज जवानहरूले कसरी दीनाको चेतावनीमूलक उदाहरणबाट पाठ सिकेको देखाउन सक्छन्‌? (हितो. १३:२०; १ कोरि. १५:३३; १ यूह. ५:१९)

कथा २१

यूसुफलाई दाइहरूले घृणा गर्छन्‌

  1. १. यूसुफका दाइहरू किन उनीसित डाह गर्थे अनि उनीहरूले के गरे?

  2. २. यूसुफका दाइहरू उसलाई के गर्न चाहन्छन्‌ तर रूबेन के भन्छ?

  3. ३. इश्‍माएली व्यापारीहरू आइपुगेपछि के हुन्छ?

  4. ४. यूसुफको बुबाले यूसुफको मृत्यु भएछ भनेर ठानून्‌ भनेर उसका दाइहरू के गर्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ३७:१-३५ पढ्‌नुहोस्‌।

    1. (क) गलत कार्यहरूबारे मण्डलीलाई रिपोर्ट गरेर मसीहीहरूले कसरी यूसुफको उदाहरण अनुकरण गर्न सक्छन्‌? (उत्प. ३७:२; लेवी ५:१; १ कोरि. १:११)

    2. (ख) कुन कुराले यूसुफका दाइहरूलाई ऊसित कपटी व्यवहार गर्न डोऱ्‍यायो? (उत्प. ३७:११, १८; हितो. २७:४; याकू. ३:१४-१६)

    3. (ग) याकूबले छोरा मरेको खबर पाएपछि गरेको कुन कुरा शोकको स्वाभाविक भाग हो? (उत्प. ३७:३५)

कथा २२

यूसुफलाई जेलमा हालिन्छ

  1. १. यूसुफलाई मिश्रमा लैजाँदा ऊ कति वर्षको थियो र ऊ त्यहाँ पुगेपछि के हुन्छ?

  2. २. यूसुफ कसरी जेलमा पर्छ?

  3. ३. जेलमा यूसुफलाई के गर्न खटाइन्छ?

  4. ४. जेलमा यूसुफले फिरऊनलाई रक्सी दिने नोकर र रोटी पकाउने नोकरका लागि के काम गरिदिन्छ?

  5. ५. फिरऊनलाई रक्सी दिने नोकर जेलबाट निस्केपछि के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ३९:१-२३ पढ्‌नुहोस्‌।

    यूसुफको समयमा व्यभिचार निषेध गर्ने कुनै लिखित नियम परमेश्‍वरले नदिनुभए तापनि कुन कुराले उसलाई पोतिफरकी स्वास्नीदेखि भाग्न उत्प्रेरित गऱ्‍यो? (उत्प. २:२४; २०:३; ३९:९)

  2. २. उत्पत्ति ४०:१-२३ पढ्‌नुहोस्‌।

    1. (क) पियाउनेको सपना र यहोवाले यूसुफलाई बताउनुभएको त्यसको अर्थ छोटकरीमा बताउनुहोस्‌। (उत्प. ४०:९-१३)

    2. (ख) पकाउनेले कस्तो सपना देख्यो र त्यसको अर्थ के थियो? (उत्प. ४०:१६-१९)

    3. (ग) आज विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले कसरी यूसुफको मनोवृत्ति अनुकरण गरेका छन्‌? (उत्प. ४०:८; भज. ३६:९; यूह. १७:१७; प्रेरि. १७:२, ३)

    4. (घ) जन्मोत्सवहरूप्रति मसीहीहरूले राख्नुपर्ने दृष्टिकोणबारे उत्पत्ति ४०:२०, २२ ले के प्रकाश पार्छ? (उप. ७:१; मर्कू. ६:२१-२८)

कथा २३

फिरऊनका सपना

  1. १. एक रात फिरऊनलाई के हुन्छ?

  2. २. फिरऊनलाई रक्सी दिने नोकरले किन यूसुफलाई सम्झन्छ?

  3. ३. फिरऊनले कुन दुइटा सपना देख्छ, चित्र हेरेर बताऊ।

  4. ४. यूसुफले सपनाको अर्थ के हो भनेर बताउँछ?

  5. ५. यूसुफ कसरी मिश्रमा फिरऊन पछिको सबैभन्दा ठूलो मान्छे बन्छ?

  6. ६. यूसुफका दाइहरू किन मिश्रमा आउँछन्‌ र उनीहरूले यूसुफलाई किन चिन्दैनन्‌?

  7. ७. यूसुफले कुन सपना सम्झन्छ र यसले उसलाई कुन कुरा बुझ्न मदत गर्छ?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ४१:१-५७ पढ्‌नुहोस्‌।

    1. (क) यूसुफले कसरी यहोवालाई महिमा दियो र आजका मसीहीहरूले कसरी उसको अनुकरण गर्न सक्छन्‌? (उत्प. ४१:१६, २५, २८; मत्ती ५:१६; १ पत्रु. २:१२)

    2. (ख) मिश्रमा सहकालपछि आएको अनिकालले कसरी यहोवाका जनहरू र मसीहीजगत्‌को आध्यात्मिक अवस्थाको सही चित्रण गर्छ? (उत्प. ४१:२९, ३०; आमो. ८:११, १२)

  2. २. उत्पत्ति ४२:१-८ ५०:२० पढ्‌नुहोस्‌।

    सम्मान वा आदर देखाउन यहोवाका उपासकहरू आफू बस्ने ठाउँको प्रचलनअनुसार कुनै व्यक्‍तिसामु झुक्नु के गलत हो? (उत्प. ४२:६)

कथा २४

यूसुफ आफ्ना दाइहरूको जाँच लिन्छ

  1. १. यूसुफले आफ्ना दाइहरूलाई किन उनीहरू जासूसहरू हो भन्छ?

  2. २. याकूबले आफ्नो कान्छो छोरा बिन्यामीनलाई किन मिश्र लैजान दिन्छ?

  3. ३. यूसुफको चाँदीको कचौरा कसरी बिन्यामीनको झोलाभित्र फेला पर्छ?

  4. ४. यहूदाले के भनेर बिन्यामीनलाई छुटाउन खोज्छ?

  5. ५. यूसुफका दाइहरू कसरी बद्‌लिएछन्‌?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ४२:९-३८ पढ्‌नुहोस्‌।

    उत्पत्ति ४२:१८, १९ मा यूसुफले भनेको कुरा आज यहोवाको संगठनमा जिम्मेवारी पाउनेहरूको लागि किन राम्रो सम्झौटो हो? (नहे. ५:१५; २ कोरि. ७:१, २)

  2. २. उत्पत्ति ४३:१-३४ पढ्‌नुहोस्‌।

    1. (क) रूबेन जेठो भए तापनि यहूदा आफ्ना दाजुभाइहरूको प्रवक्‍ता बन्यो भन्‍ने कुरा कसरी प्रस्ट देखिन्छ? (उत्प. ४३:३, ८, ९; ४४:१४, १८; १ इति. ५:२)

    2. (ख) यूसुफले कसरी आफ्ना दाइहरूको जाँच लियो र किन? (उत्प. ४३:३३, ३४)

  3. ३. उत्पत्ति ४४:१-३४ पढ्‌नुहोस्‌।

    1. (क) आफ्ना दाइहरूले नचिनून्‌ भनेर यूसुफले के चाल चल्छ? (उत्प. ४४:५, १५; लेवी १९:२६)

    2. (ख) आफ्नो भाइप्रति राखेको डाही मनोवृत्ति हटाइसके भनेर यूसुफका दाइहरूले कसरी देखाए? (उत्प. ४४:१३, ३३, ३४)

कथा २५

पूरै परिवार मिश्र सर्छ

  1. १. आफू को हो भनेर यूसुफले आफ्ना दाजुभाइहरूलाई बताएपछि के हुन्छ?

  2. २. यूसुफ दयालु हुँदै आफ्ना दाइहरूलाई के भन्छ?

  3. ३. यूसुफका दाजुभाइहरू आएको सुनेपछि फिरऊनले के भन्छ?

  4. ४. मिश्रमा सर्दा याकूबको परिवार कति ठूलो थियो?

  5. ५. याकूबको परिवारलाई के भनिन्थ्यो र किन?

थप प्रश्‍नहरू:

  1. १. उत्पत्ति ४५:१-२८ पढ्‌नुहोस्‌।

    आफ्ना सेवकहरूलाई हानि पुऱ्‍याउन रचिएको कुरालाई यहोवाले असल नतिजामा परिणत गर्न सक्नुहुन्छ भनी यूसुफको विवरणले कसरी देखाउँछ? (उत्प. ४५:५-८; यशै. ८:१०; फिलि. १:१२-१४)

  2. २. उत्पत्ति ४६:१-२७ पढ्‌नुहोस्‌।

    याकूब मिश्रतर्फ जाँदै गर्दा बाटोमा यहोवाले उसलाई कस्तो आश्‍वासन दिनुभयो? (उत्प. ४६:१-४)

कथा २६

भक्‍त अय्यूब

  1. १. अय्यूब को थियो?

  2. २. शैतानले के गर्न खोज्यो तर के त्यो सफल भयो?

  3. ३. यहोवाले शैतानलाई के गर्ने अनुमति दिनुभयो र किन?

  4. ४. अय्यूबकी पत्नीले किन उसलाई ‘परमेश्‍वरलाई सरापेर मर्नुहोस्‌’ भनी, चित्र हेरर बताऊ।

  5. ५. यहोवाले अय्यूबलाई कसरी आशिष्‌ दिनुभयो र किन, दोस्रो चित्र हेरेर बताऊ।

  6. ६. अय्यूबजस्तै हामी पनि यहोवाको भक्‍त भयौं भने के आशिष्‌ पाउनेछौं?

थप प्रश्‍नहरू:

  1. १. अय्यूब १:१-२२ पढ्‌नुहोस्‌।

    आजका मसीहीहरूले कसरी अय्यूबको अनुकरण गर्न सक्छन्‌? (अय्यू. १:१; फिलि. २:१५; २ पत्रु. ३:१४)

  2. २. अय्यूब २:१-१३ पढ्‌नुहोस्‌।

    शैतानले दुःख दिंदा अय्यूब र उसकी पत्नीले कस्तो भिन्‍ना-भिन्‍नै प्रतिक्रिया देखाए? (अय्यू. २:९, १०; हितो. १९:३; मीका ७:७; मला. ३:१४)

  3. ३. अय्यूब ४२:१०-१७ पढ्‌नुहोस्‌।

    1. (क) विश्‍वासी भएर अय्यूबले प्राप्त गरेको इनाम र येशूले प्राप्त गर्नुभएको इनामबीच कस्ता समानताहरू छन्‌? (अय्यू. ४२:१२; फिलि. २:९-११)

    2. (ख) परमेश्‍वरप्रति वफादार भएर अय्यूबले पाएका आशिष्‌हरूले हामीलाई के प्रोत्साहन दिन्छ? (अय्यू. ४२:१०, १२; हिब्रू ६:१०; याकू. १:२-४, १२; ५:११)

कथा २७

मिश्रमा खराब राजाले राज्य गर्छ

  1. १. चित्रमा कोर्रा लिने मान्छे को हो र उसले कसलाई पिट्‌दैछ?

  2. २. यूसुफको मृत्युपछि इस्राएलीहरूलाई के भयो?

  3. ३. मिश्रीहरू इस्राएलीहरूसित किन डराउन थाले?

  4. ४. इस्राएली आमाहरूलाई बच्चा जन्माउने बेला मदत दिने सुँडेनीहरूलाई फिरऊनले के हुकूम गऱ्‍यो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान १:६-२२ पढ्‌नुहोस्‌।

    1. (क) अब्राहामसित गरेको प्रतिज्ञा यहोवाले कसरी पूरा गर्न थाल्नुभयो? (प्रस्थ. १:७; उत्प. १२:२; प्रेरि. ७:१७)

    2. (ख) हिब्रू सुँडेनीहरूले कसरी जीवनको आदर गरे? (प्रस्थ. १:१७; उत्प. ९:६)

    3. (ग) यहोवाप्रति वफादार भएकोले सुँडेनीहरूले के इनाम पाए? (प्रस्थ. १:२०, २१; हितो. १९:१७)

    4. (घ) यहोवाले अब्राहामसित गर्नुभएको वंशको प्रतिज्ञा अनि त्यससित मुछिएको उद्देश्‍यलाई शैतानले कसरी बिथोल्न खोज्यो? (प्रस्थ. १:२२; मत्ती २:१६)

कथा २८

बालक मोशालाई कसरी बचाइयो

  1. १. चित्रमा देखाइएको बालक को हो र उसले कसको औंला समातिरहेको छ?

  2. २. मोशालाई बचाउन उसकी आमाले के गरी?

  3. ३. चित्रमा देखाइएको सानी केटी को हो र उसले के गरी?

  4. ४. फिरऊनकी छोरीले बालक भेट्टाएपछि मरियमले के भनी?

  5. ५. राजकुमारीले मोशाकी आमालाई के भनी?

थप प्रश्‍न:

  1. १. प्रस्थान २:१-१० पढ्‌नुहोस्‌।

    मोशालाई बाल्यकालदेखि नै प्रशिक्षण दिने र सिकाउने कस्तो अवसर मोशाकी आमाले पाई र आज आमाबाबुहरूले कसरी उसको अनुकरण गर्न सक्छन्‌? (प्रस्थ. २:९, १०; व्यव. ६:६-९; हितो. २२:६; एफि. ६:४; २ तिमो. ३:१५)

कथा २९

मोशा किन भाग्यो

  1. १. मोशा कहाँ हुर्क्यो तर उसलाई आफ्नो आमाबाबु के हो भनेर थाह थियो?

  2. २. चालीस वर्षको हुँदा मोशाले के गऱ्‍यो?

  3. ३. झगडा गर्ने इस्राएलीलाई मोशाले के भन्यो? उसले के जवाफ दियो?

  4. ४. मोशा किन मिश्रबाट भाग्यो?

  5. ५. मोशा भागेर कहाँ गयो र त्यहाँ उसले कसलाई भेट्यो?

  6. ६. मिश्रबाट भागेपछि ४० वर्षसम्म मोशाले के काम गऱ्‍यो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान २:११-२५ पढ्‌नुहोस्‌।

    वर्षौंसम्म मिश्रीहरूको विद्या हासिल गरे तापनि मोशाले यहोवा र उहाँका जनहरूप्रति कसरी आफ्नो वफादारिता देखायो? (प्रस्थ. २:११, १२; हिब्रू ११:२४)

  2. २. प्रेरित ७:२२-२९ पढ्‌नुहोस्‌।

    मोशा आफैले इस्राएललाई मिश्रको दासत्वबाट छुटाउन खोज्नुबाट हामी के पाठ सिक्न सक्छौं? (प्रेरि. ७:२३-२५; १ पत्रु. ५:६, १०)

कथा ३०

बलिरहेको पोथ्रो

  1. १. चित्रमा देखाइएको पर्वतको नाउँ के हो?

  2. २. आफ्ना भेडाहरू चराउँदै पर्वतमा पुग्दा मोशाले के अनौठो कुरा देख्छ, वर्णन गर।

  3. ३. जलिरहेको पोथ्रोबाट कस्तो आवाज आयो र यो आवाज कसको थियो?

  4. ४. परमेश्‍वरले उहाँका जनहरूलाई मिश्रबाट निकाल्न उसलाई पठाउँछु भन्‍नुहुँदा मोशाले कस्तो जवाफ दियो?

  5. ५. कसले पठायो भनी मानिसहरूले सोधेमा के भन्‍नू भनी परमेश्‍वरले मोशालाई भन्‍नुभयो?

  6. ६. आफूलाई परमेश्‍वरले पठाउनुभएको हो भन्‍ने कुरा मोशाले कसरी प्रमाणित गर्न सक्थ्यो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान ३:१-२२ पढ्‌नुहोस्‌।

    ईश्‍वरतान्त्रिक जिम्मेवारी सम्हाल्न आफूलाई अयोग्य महसुस गरिरहेको बेला यहोवाले मदत गर्नुहुन्छ भनेर मोशाको अनुभवले हामीलाई कसरी विश्‍वस्त तुल्याउँछ? (प्रस्थ. ३:११, १३; २ कोरि. ३:५, ६)

  2. २. प्रस्थान ४:१-२० पढ्‌नुहोस्‌।

    1. (क) मोशाले मिद्यानमा बिताएको ४० वर्षको दौडान उसको मनोवृत्तिमा कस्तो परिवर्तन आयो र मण्डलीमा सुअवसरहरू प्राप्त गर्न अघि बढिरहेकाहरूले यसबाट कस्तो पाठ सिक्न सक्छन्‌? (प्रस्थ. २:११, १२; ४:१०, १३; मीका ६:८; १ तिमो. ३:१, ६, १०)

    2. (ख) आफ्नो संगठनमार्फत यहोवाले हामीलाई अनुशासन दिनुभए तापनि मोशाको उदाहरणले हामीलाई कुन कुराबारे विश्‍वस्त तुल्याउन सक्छ? (प्रस्थ. ४:१२-१४; भज. १०३:१४; हिब्रू १२:४-११)

कथा ३१

मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌

  1. १. मोशा र हारूनले चमत्कारहरू गरेको देखेपछि इस्राएलीहरूले के गरे?

  2. २. मोशा र हारूनले फिरऊनलाई के भने? फिरऊनले के जवाफ दियो?

  3. ३. हारूनले आफ्नो लट्ठी फ्याँकेपछि के भयो, चित्र हेरेर बताऊ।

  4. ४. यहोवाले फिरऊनलाई कसरी पाठ सिकाउनुभयो? अनि त्यसपछि फिरऊनले के गऱ्‍यो?

  5. ५. दसौं विपत्ति भएपछि के भयो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान ४:२७-३१ :१-२३ पढ्‌नुहोस्‌।

    ‘म यहोवालाई चिन्दिनँ’ भनेर फिरऊनले के भन्‍न खोजेको थियो? (प्रस्थ. ५:२; १ शमू. २:१२; रोमी १:२१)

  2. २. प्रस्थान ६:१-१३, २६-३० पढ्‌नुहोस्‌।

    1. (क) कुन अर्थमा यहोवाले आफूलाई अब्राहाम, इसहाक र याकूबसामु चिनाउनु भएन? (प्रस्थ. ३:१३, १४; ६:३; उत्प. १२:८)

    2. (ख) मोशाले आफूलाई अयोग्य महसुस गरे तापनि यहोवाले उसलाई नै आफ्नो काम गर्न अह्राउनुभएको घटना पढेर तपाईंलाई कस्तो लाग्यो? (प्रस्थ. ६:१२, ३०; लूका २१:१३-१५)

  3. ३. प्रस्थान ७:१-१३ पढ्‌नुहोस्‌।

    1. (क) निडर भई फिरऊनलाई यहोवाको न्यायदण्ड घोषणा गरेर मोशा र हारूनले आज परमेश्‍वरका सेवकहरूका लागि कस्तो नमुना बसाले? (प्रस्थ. ७:२, ३, ६; प्रेरि. ४:२९-३१)

    2. (ख) यहोवाले कसरी आफूलाई मिश्रका देवीदेवताहरूभन्दा सर्वश्रेष्ठ प्रमाणित गर्नुभयो? (प्रस्थ. ७:१२; १ इति. २९:१२)

कथा ३२

दस विपत्ति

  1. १. यहोवाले मिश्रमाथि ल्याउनुभएको विपत्तिहरूमध्ये तीनवटा के-के थिए, चित्र हेरेर बताऊ।

  2. २. बाँकी सात विपत्ति पहिलो तीन विपत्तिभन्दा कसरी फरक थियो?

  3. ३. चौथो, पाँचौं अनि छैटौं विपत्ति के थिए?

  4. ४. सातौं, आठौं अनि नवौं विपत्ति हुँदा के भयो, वर्णन गर।

  5. ५. दसौं विपत्ति हुनुअघि यहोवाले इस्राएलीहरूलाई के गर्न अह्राउनुभयो?

  6. ६. दसौं विपत्ति के थियो? अनि त्यसपछि के भयो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान ७:१९–८:२३ पढ्‌नुहोस्‌।

    1. (क) मिश्रका जादूगरहरूले यहोवाले ल्याउनुभएको पहिलो दुइटा विपत्तिको नक्कल गरे तापनि तेस्रो विपत्तिपछि तिनीहरूलाई के स्वीकार्न करै लाग्यो? (प्रस्थ. ८:१८, १९; मत्ती १२:२४-२८)

    2. (ख) यहोवा आफ्ना जनहरूलाई सुरक्षित राख्न सक्नुहुन्छ भन्‍ने कुरा चौथो विपत्तिबाट कसरी देखिन्छ? अनि यो घटनाले गर्दा भविष्यमा “महा संकष्ट” आउँदा पनि के हुनेछ भनी परमेश्‍वरका जनहरू ढुक्क हुन सक्छन्‌? (प्रस्थ. ८:२२, २३; प्रका. ७:१३, १४; २ इति. १६:९)

  2. २. प्रस्थान ८:२४; ९:३, ६, १०, ११, १४, १६, २३-२५ र १०:१३-१५,२१-२३ पढ्‌नुहोस्‌।

    1. (क) दस विपत्तिले गर्दा कुन दुई समूहबीचको भिन्‍नता स्पष्टै देखियो र अहिले यी दुई समूहप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? (प्रस्थ. ८:१०, १८, १९; ९:१४)

    2. (ख) यहोवाले शैतानलाई अहिलसम्म रहन दिनुभएको कारण बुझ्न प्रस्थान ९:१६ ले कसरी मदत गर्छ? (रोमी ९:२१, २२)

  3. ३. प्रस्थान १२:२१-३२ पढ्‌नुहोस्‌।

    निस्तार चाडले कसरी थुप्रैको छुटकाराको निम्ति बाटो खोल्यो र निस्तारले कुन कुरालाई संकेत गर्दैथ्यो? (प्रस्थ. १२:२१-२३; यूह. १:२९; रोमी ५:१८, १९, २१; १ कोरि. ५:७)

कथा ३३

इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌

  1. १. स्वास्नीमान्छे र केटाकेटीबाहेक मिश्र छोड्‌ने इस्राएली लोग्नेमान्छेहरू कति जना थिए? तिनीहरूसँगै अरू कसले पनि मिश्र छोडे?

  2. २. इस्राएलीहरूलाई जान दिएपछि फिरऊनलाई कस्तो लाग्यो र त्यसपछि उसले के गऱ्‍यो?

  3. ३. मिश्रीहरूले इस्राएलीहरूलाई आक्रमण गर्न नपाऊन्‌ भनेर यहोवाले के गर्नुभयो?

  4. ४. लाल समुद्रतिर मोशाले आफ्नो लौरो तेर्साएपछि के भयो? अनि त्यसपछि इस्राएलीहरूले के गरे?

  5. ५. इस्राएलीहरूको पछि-पछि कुद्दै समुद्रमा झर्ने मिश्रीहरूलाई के भयो?

  6. ६. यहोवाले बचाउनुभएपछि खुसी भएका इस्राएलीहरूले कसरी उहाँलाई धन्यवाद चढाए?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान १२:३३-३६ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले मिश्रीहरूको दास भएर गरेको कामको ज्याला पाऊन्‌ भनी यहोवाले के गर्नुभयो? (प्रस्थ. ३:२१, २२; १२:३५, ३६)

  2. २. प्रस्थान १४:१-३१ पढ्‌नुहोस्‌।

    प्रस्थान १४:१३, १४ मा लेखिएका मोशाका शब्दहरूले अहिले यहोवाको सेवकहरूलाई आरमागेडोनको युद्धको सामना गर्न कसरी ढाडस दिन्छ? (२ इति. २०:१७; भज. ९१:८)

  3. ३. प्रस्थान १५:१-८, २०, २१ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाका सेवकहरूले किन गीत गाएर उहाँको प्रशंसा गर्नुपर्छ? (प्रस्थ. १५:१, २; भज. १०५:२, ३; प्रका. १५:३, ४)

    2. (ख) लाल समुद्रमा मरियम र अरू आइमाईहरूले गरेझैं अहिलेका मसीही आइमाईहरूले कसरी यहोवाको प्रशंसा गर्न सक्छन्‌? (प्रस्थ. १५:२०, २१; भज. ६८:११)

कथा ३४

नौलो खानेकुरा

  1. १. इस्राएलीहरू भुइँमा के टिप्दैछन्‌, चित्र हेरेर बताऊ। अनि त्यसको नाउँ के हो?

  2. २. मोशाले कहिले अनि कति मात्र मन्‍न टिप्नू भन्छ?

  3. ३. यहोवाले इस्राएलीहरूलाई छैटौं दिनमा के गर्न अह्राउनुहुन्छ र किन?

  4. ४. यहोवाले चमत्कार गर्नुभएकोले सातौं दिनको लागि टिपेको मन्‍न के हुँदैन?

  5. ५. यहोवाले इस्राएलीहरूलाई कहिलेसम्म मन्‍न खुवाउनुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान १६:१-३६ र गन्ती ११:७-९ पढ्‌नुहोस्‌।

    1. (क) मसीही मण्डलीमा गरिएका ईश्‍वरतान्त्रिक नियुक्‍तिहरूको आदर गर्नुपर्छ भनेर प्रस्थान १६:८ बाट कसरी प्रस्ट हुन्छ? (हिब्रू १३:१७)

    2. (ख) उजाडस्थानमा छँदा इस्राएलीहरूले कसरी हरेक दिन यहोवामाथि भर पर्नुपर्छ भनेर सम्झने मौका पाए? (प्रस्थ. १६:१४-१६, ३५; व्यव. ८:२, ३)

    3. (ग) येशूले मन्‍नको कस्तो लाक्षणिक अर्थ दिनुभयो र ‘स्वर्गबाट आएको रोटीबाट’ हामी कसरी फाइदा पाउन सक्छौं? (यूह. ६:३१-३५, ४०)

  2. २. यहोशू ५:१०-१२ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले कति वर्ष मन्‍न खाए र मन्‍नको कारण तिनीहरू कसरी परीक्षामा परे? अनि यो घटनाबाट हामी के पाठ सिक्छौं? (प्रस्थ. १६:३५; गन्ती ११:४-६; १ कोरि. १०:१०, ११)

कथा ३५

यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ

  1. १. मिश्र छाडेको करिब दुई महिनापछि इस्राएलीहरू कहाँ पाल टाँगेर बस्छन्‌?

  2. २. इस्राएलीहरूले के गरेको चाहन्छु भनेर यहोवा भन्‍नुहुन्छ र उनीहरू के जवाफ दिन्छन्‌?

  3. ३. यहोवाले मोशालाई ढुंगाको दुइटा चेप्टो पाटी किन दिनुहुन्छ?

  4. ४. दस आज्ञाबाहेक यहोवाले इस्राएलीहरूलाई अरू के आज्ञा तथा नियमहरू पनि दिनुभयो?

  5. ५. येशूले कुन दुई आज्ञाहरू सबैभन्दा महत्त्वपूर्ण छन्‌ भन्‍नुभयो?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान १९:१-२५; २०:१-२१; २४:१२-१८ र ३१:१८ पढ्‌नुहोस्‌।

    मसीही समर्पणको अर्थ बुझ्न प्रस्थान १९:१८ ले कसरी मदत गर्छ? (मत्ती १६:२४; १ पत्रु. ४:१-३)

  2. २. व्यवस्था ६:४-६; लेवी १९:१८ र मत्ती २२:३६-४० पढ्‌नुहोस्‌।

    मसीहीहरूले कसरी परमेश्‍वर र छिमेकीप्रति प्रेम देखाउँछन्‌? (मर्कू. ६:३४; प्रेरि. ४:२०; रोमी १५:२)

कथा ३६

सुनको बाछो

  1. १. मान्छेहरू के गरिरहेका छन्‌ र किन, चित्र हेरेर बताऊ।

  2. २. यहोवा किन रिसाउनुहुन्छ? अनि मान्छेहरू जे गरिरहेका छन्‌, त्यो देखेपछि मोशाले के गर्छ?

  3. ३. मोशाले केही इस्राएलीहरूलाई के गर्न अह्राउँछ?

  4. ४. यो कथाबाट हामी के पाठ सिक्छौं?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान ३२:१-३५ पढ्‌नुहोस्‌।

    1. (क) झूटो धर्मलाई साँचो धर्मसँग मिसाउन खोज्दा यहोवालाई कस्तो लाग्छ, यो विवरणबाट के थाह पाउँछौं? (प्रस्थ. ३२:४-६, १०; १ कोरि. १०:७, ११)

    2. (ख) गीत गाउने वा नाच्ने जस्ता मनोरञ्जन गर्दा मसीहीहरू किन सतर्क हुनुपर्छ? (प्रस्थ. ३२:१८, १९; एफि. ५:१५, १६; १ यूह. २:१५-१७)

    3. (ग) धार्मिकताको पक्षमा खडा भएर लेवी कुलले कस्तो राम्रो उदाहरण बसाल्यो? (प्रस्थ. ३२:२५-२८; भज. १८:२५)

कथा ३७

यहोवाको उपासना गर्ने पाल

  1. १. चित्रमा देखाइएको पाललाई के भनिन्छ र त्यहाँ के गरिन्छ?

  2. २. यहोवाले किन सजिलै अलग-अलग पार्न मिल्ने पाल बनाउन अह्राउनुभयो?

  3. ३. पालभित्र सानो कोठाको बाकसलाई के भनिन्छ र त्यो बाकसभित्र के छ?

  4. ४. यहोवाले कसलाई प्रधान पूजाहारी रोज्नुहुन्छ? प्रधान पूजाहारीले के गर्छ?

  5. ५. ठूलो कोठामा भएका तीनवटा सामानहरूको नाउँ बताऊ।

  6. ६. पालको आँगनमा के दुइटा कुरा छन्‌ र यी सामानहरू के गर्न प्रयोग गरिन्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रस्थान २५:८-४०; २६:१-३७; २७:१-८ र २८:१ पढ्‌नुहोस्‌।

    “करारको सन्दूक[का]” करूबहरूले केको प्रतिनिधित्व गर्छ? (प्रस्थ. २५:२०, २२; गन्ती ७:८९; २ राजा १९:१५)

  2. २. प्रस्थान ३०:१-१०, १७-२१; ३४:१, २ र हिब्रू ९:१-५ पढ्‌नुहोस्‌।

    1. (क) बासस्थानमा सेवा गर्ने पूजाहारीहरू शारीरिक तवरमा पनि सफा हुनुपर्ने आवश्‍यकतालाई यहोवाले कसरी जोड दिनुभयो र यसले आज हामीलाई पनि कसरी असर गर्नुपर्ने हो? (प्रस्थ. ३०:१८-२१; ४०:३०, ३१; हिब्रू १०:२२)

    2. (ख) हिब्रू मसीहीहरूलाई पत्र लेख्दासम्ममा बासस्थान र व्यवस्था खारेज भइसकेको थियो भनेर पावलले कसरी प्रस्ट पाऱ्‍यो? (हिब्रू ९:१, ९; १०:१)

कथा ३८

बाह्र जना जासुस

  1. १. चित्रमा अंगूरको झुप्पा देखेर तिमीलाई कस्तो लाग्यो? अनि यी अंगूर कहाँबाट ल्याइएको हो?

  2. २. मोशाले १२ जना जासुसलाई किन कनान पठाउँछ?

  3. ३. कनानबाट फर्केपछि दस जना जासुसले मोशालाई कस्तो खबर सुनाउँछन्‌?

  4. ४. दुई जना जासुसले कसरी यहोवामाथि भरोसा राख्छन्‌ र तिनीहरूको नाउँ के हो?

  5. ५. यहोवा किन रिसाउनुहुन्छ र उहाँले मोशालाई के भन्‍नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. गन्ती १३:१-३३ पढ्‌नुहोस्‌।

    1. (क) कनान देशको भेद लिन क-कसलाई छानियो र उनीहरूले कस्तो ठूलो सुअवसर पाए? (गन्ती १३:२, ३, १८-२०)

    2. (ख) यहोशू र कालेबको दृष्टिकोण किन बाँकी जासुसहरूको भन्दा भिन्‍नै थियो र यसबाट हामी के पाठ सिक्न सक्छौं? (गन्ती १३:२८-३०; मत्ती १७:२०; २ कोरि. ५:७)

  2. २. गन्ती १४:१-३८ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाका पार्थिव प्रतिनिधिहरू विरुद्ध गनगन गर्नदेखि हामी किन होसियार हुनुपर्छ? (गन्ती १४:२, ३, २७; मत्ती २५:४०, ४५; १ कोरि. १०:१०)

    2. (ख) यहोवा आफ्ना प्रत्येक सेवकहरूमा व्यक्‍तिगत चासो लिनुहुन्छ भनेर गन्ती १४:२४ ले कसरी देखाउँछ? (१ राजा १९:१८; हितो. १५:३)

कथा ३९

हारूनको लहुरोमा फूल फुल्छ

  1. १. क-कसले मोशा र हारूनको विरोध गर्छन्‌ र तिनीहरू मोशालाई के भन्छन्‌?

  2. २. मोशाले कोरह र उसका २५० जना समर्थकहरूलाई के गर भन्छ?

  3. ३. मोशाले मानिसहरूलाई के भन्यो र उसले बोल्न सिध्याउने बित्तिकै के भयो?

  4. ४. कोरह र उसको पछि लाग्ने २५० जनालाई के हुन्छ?

  5. ५. हारूनका छोरा एलाजारले मरेका मानिसहरूको धूपौरालाई के गर्छ र किन?

  6. ६. यहोवाले किन हारूनको लौरोमा फूल फुलाउनुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. गन्ती १६:१-४९ पढ्‌नुहोस्‌।

    1. (क) कोरह र उसका समर्थकहरूले के गरे अनि त्यसो गर्नु कसरी यहोवाको विरोध गर्नुसरह थियो? (गन्ती १६:९, १०, १८; लेवी १०:१, २; हितो. ११:२)

    2. (ख) कोरह र “समुदायमा नाउँ चलेका” उसका २५० समर्थकहरूले कस्तो गलत धारणा राखेका थिए? (गन्ती १६:१-३; हितो. १५:३३; यशै. ४९:७)

  2. २. गन्ती १७:१-११ २६:१० पढ्‌नुहोस्‌।

    1. (क) हारूनको लौरोमा फूल फुल्नुको अर्थ के थियो र किन यहोवाले त्यो लौरो करारको सन्दूकमा राख्न लगाउनुभयो? (गन्ती १७:५, ८, १०)

    2. (ख) हारूनको लौरोबाट हामी के पाठ सिक्न सक्छौं? (गन्ती १७:१०; प्रेरि. २०:२८; फिलि. २:१४; हिब्रू १३:१७)

कथा ४०

मोशा पहरामा हिर्काउँछ

  1. १. उजाडस्थानमा यहोवाले कसरी इस्राएलीहरूको हेरविचार गर्नुहुन्छ?

  2. २. कादेशमा पुग्ने बित्तिकै इस्राएलीहरू के भन्दै गनगन गर्छन्‌?

  3. ३. यहोवाले इस्राएलीहरू र तिनीहरूका बगालको लागि कसरी पानी निकाल्नुहुन्छ?

  4. ४. औंलाले आफैलाई देखाउने को हो र ऊ के गर्दैछ, चित्र हेरेर बताऊ।

  5. ५. मोशा र हारूनसित यहोवा किन रिसाउनुहुन्छ? तिनीहरूले कस्तो सजाय पाउँछन्‌?

  6. ६. होर पर्वतमा के हुन्छ र त्यसपछि को इस्राएलको प्रधान पूजाहारी बन्छ?

थप प्रश्‍नहरू:

  1. १. गन्ती २०:१-१३, २२-२९ र व्यवस्था २९:५ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाले उजाडस्थानमा इस्राएलीहरूको हेरविचार गर्नुभएको घटनाबाट हामी के सिक्न सक्छौं? (व्यव. २९:५; मत्ती ६:३१; हिब्रू १३:५; याकू. १:१७)

    2. (ख) मोशा र हारूनले इस्राएलीहरू सामु उहाँको प्रशंसा गर्न बिर्संदा यहोवाले त्यसलाई कसरी लिनुभयो? (गन्ती २०:१२; १ कोरि. १०:१२; प्रका. ४:११)

    3. (ग) यहोवाले दिनुभएको अनुशासनप्रति मोशाले देखाएको प्रतिक्रियाबाट हामी के पाठ सिक्न सक्छौं? (गन्ती १२:३; २०:१२, २७, २८; व्यव. ३२:४; हिब्रू १२:७-११)

कथा ४१

तामाको सर्प

  1. १. खम्बामा के छ, चित्र हेरेर बताऊ। अनि यहोवाले मोशालाई किन त्यसो गर्न अह्राउनुभयो?

  2. २. यहोवाले त्यति धेरै असल काम गर्नुभए पनि इस्राएलीहरूले कसरी धन्यवाद दिएनन्‌?

  3. ३. इस्राएलीहरूलाई सजाय दिन यहोवाले विषालु सर्पहरू पठाउनुभएपछि उनीहरू मोशालाई के गरिदिन बिन्ती गर्छन्‌?

  4. ४. यहोवाले मोशालाई तामाको सर्प बनाउन किन अह्राउनुहुन्छ?

  5. ५. यो कथाबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. गन्ती २१:४-९ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाले गर्नुभएका प्रबन्धहरू विरुद्ध इस्राएलीहरूले गरेको गनगनबाट हामी के चेतावनी पाउँछौं? (गन्ती २१:५, ६; रोमी २:४)

    2. (ख) सयौं वर्षपछि इस्राएलीहरूले तामाको सर्पलाई के गर्न थाले? त्यसकारण राजा हिजकियाहले के गरे? (गन्ती २१:९; २ राजा १८:१-४)

  2. २. यूहन्‍ना ३:१४, १५ पढ्‌नुहोस्‌।

    खम्बामा तामाको सर्प झुन्ड्याइनुले येशू शूलीमा झुन्ड्याइनुहुने कुरालाई कसरी चित्रण गऱ्‍यो? (गला. ३:१३; १ पत्रु. २:२४)

कथा ४२

गधा बोल्छ

  1. १. बालाक को हो र ऊ किन बिलामलाई बोलाउँछ?

  2. २. बिलामको गधा किन बाटोमा थचक्क बस्छ?

  3. ३. गधाले के भनेको बिलामले सुन्छ?

  4. ४. स्वर्गदूत बिलामलाई के भन्छन्‌?

  5. ५. बिलामले इस्राएलीहरूलाई सराप्न खोज्दा के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. गन्ती २१:२१-३५ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगलाई किन हराउँछन्‌? (गन्ती २१:२१, २३, ३३, ३४)

  2. २. गन्ती २२:१-४० पढ्‌नुहोस्‌।

    बिलाम इस्राएलीहरूलाई किन सराप्न खोज्दैथियो र यसबाट हामी के पाठ सिक्न सक्छौं? (गन्ती २२:१६, १७; हितो. ६:१६, १८; २ पत्रु. २:१५; यहू. ११)

  3. ३. गन्ती २३:१-३० पढ्‌नुहोस्‌।

    बिलामले आफू यहोवाको उपासक हुँ भने जस्तै गरी कुरा गरे तापनि वास्तवमा उसको कामले के देखाइरहेको थियो? (गन्ती २३:३, ११-१४; १ शमू. १५:२२)

  4. ४. गन्ती २४:१-२५ पढ्‌नुहोस्‌।

    यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर बाइबलको यो घटनाले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउँछ? (गन्ती २४:१०; यशै. ५४:१७)

कथा ४३

यहोशू नाइके बन्छ

  1. १. मोशासित उभिने अरू दुई जना मान्छे को हो, चित्र हेरेर बताऊ।

  2. २. यहोवाले यहोशूलाई के भन्‍नुहुन्छ?

  3. ३. मोशा किन नबो डाँडा चढ्‌छ? यहोवाले मोशालाई के भन्‍नुहुन्छ?

  4. ४. मोशाको मृत्यु हुँदा उसको उमेर कति थियो?

  5. ५. इस्राएलीहरू किन दुःखी हुन्छन्‌? तैपनि उनीहरूसित खुसी हुनुपर्ने के कारण छ?

थप प्रश्‍नहरू:

  1. १. गन्ती २७:१२-२३ पढ्‌नुहोस्‌।

    यहोशूले यहोवाबाट कस्तो गम्भीर जिम्मेवारी पायो? आज पनि यहोवा आफ्ना जनहरूको ख्याल गर्नुहुन्छ भनेर हामी कसरी थाह पाउँछौं? (गन्ती २७:१५-१९; प्रेरि. २०:२८; हिब्रू १३:७)

  2. २. व्यवस्था ३:२३-२९ पढ्‌नुहोस्‌।

    यहोवाले मोशा र हारूनलाई प्रतिज्ञा गरिएको मुलुकमा जाने अनुमति किन दिनु भएन र यसबाट हामी के पाठ सिक्छौं? (व्यव. ३:२५-२७; गन्ती २०:१२, १३)

  3. ३. व्यवस्था ३१:१-८, १४-२३ पढ्‌नुहोस्‌।

    यहोवाले दिनुभएको अनुशासनलाई मोशाले विनम्रतासाथ स्वीकारे भनेर तिनले बिदा हुने बेला इस्राएलीहरूलाई भनेका शब्दहरूबाट कसरी थाह पाउन सक्छौं? (व्यव. ३१:६-८, २३)

  4. ४. व्यवस्था ३२:४५-५२ पढ्‌नुहोस्‌।

    परमेश्‍वरको वचनले हाम्रो जीवनमा कस्तो असर पार्नुपर्छ? (व्यव. ३२:४७; लेवी १८:५; हिब्रू ४:१२)

  5. ५. व्यवस्था ३४:१-१२ पढ्‌नुहोस्‌।

    मोशाले यहोवालाई प्रत्यक्ष नदेखे तापनि व्यवस्था ३४:१० ले यहोवासित उसको सम्बन्ध कस्तो थियो भनेर बताउँछ? (प्रस्थ. ३३:११, २०; गन्ती १२:८)

कथा ४४

राहाब जासुसहरूलाई लुकाउँछे

  1. १. राहाब कहाँ बस्छे?

  2. २. चित्रमा देखाइएका दुई जना मान्छे को हो? उनीहरू किन यरीहोमा छन्‌?

  3. ३. यरीहोका राजाले राहाबलाई के गर्ने आदेश दिन्छ तर राहाब कस्तो जवाफ दिन्छे?

  4. ४. राहाबले दुई जना जासुसलाई कसरी मदत गर्छे र यसको साटो उनीहरूसित कस्तो मदत माग्छे?

  5. ५. दुई जासुसहरूले राहाबलाई के वचन दिन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. यहोशू २:१-२४ पढ्‌नुहोस्‌।

    इस्राएलीहरू यरीहो विरुद्ध लड्‌न आउँदा प्रस्थान २३:२८ मा लेखिएको यहोवाको प्रतिज्ञा कसरी पूरा भयो? (यहो. २:९-११)

  2. २. हिब्रू ११:३१ पढ्‌नुहोस्‌।

    राहाबको उदाहरणबाट विश्‍वास महत्त्वपूर्ण छ भन्‍नेबारे के थाह पाउँछौं? (रोमी १:१७; हिब्रू १०:३९; याकू. २:२५)

कथा ४५

इस्राएलीहरू यर्दन नदी तर्छन्‌

  1. १. इस्राएलीहरू यर्दन नदी तर्न सकून्‌ भनेर यहोवाले के चमत्कार गर्नुहुन्छ?

  2. २. यर्दन नदी तर्न इस्राएलीहरूले के गर्नुपर्थ्यो?

  3. ३. यहोवाले यहोशूलाई नदीको बीचबाट १२ वटा ढुंगा लिन किन अह्राउनुहुन्छ?

  4. ४. पूजाहारीहरू यर्दन नदीबाट निस्कने बित्तिकै के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. यहोशू ३:१-१७ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाको मदत अनि आशिष्‌ पाउन हामीले के गर्नु आवश्‍यक छ भनेर हामी यो घटनाबाट सिक्छौं? (यहो. ३:१३, १५; हितो. ३:५; याकू. २:२२, २६)

    2. (ख) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न लाग्दा यर्दनको पानी कति बढेको थियो? अनि यो घटनाले गर्दा कसरी यहोवाको नाउँको महिमा भयो? (यहो. ३:१५; ४:१८; भज. ६६:५-७)

  2. २. यहोशू ४:१-१८ पढ्‌नुहोस्‌।

    यर्दन नदीबाट लिइएको १२ वटा ढुंगा कुन उद्देश्‍यको लागि गिलगालमा राखियो? (यहो. ४:४-७)

कथा ४६

यरीहोको पर्खाल

  1. १. यहोवाले लडाकूहरू र पूजाहारीहरूलाई छ दिनसम्म के गर्न अह्राउनुहुन्छ?

  2. २. सातौं दिन इस्राएलीहरूले के गर्नुपर्थ्यो?

  3. ३. यरीहोको पर्खाल के हुँदैछ, चित्र हेरेर बताऊ।

  4. ४. झ्यालबाहिर किन रातो डोरी झुन्डिरहेको होला?

  5. ५. सहर र सहरभित्रका मान्छेहरूलाई के गर्नू अनि सुन, चाँदी, तामा र फलामलाई चाहिं के नगर्नू भनेर यहोशू लडाकूहरूलाई आदेश दिन्छ?

  6. ६. दुई जासूसलाई के गर्न अह्राइन्छ?

थप प्रश्‍नहरू:

  1. १. यहोशू ६:१-२५ पढ्‌नुहोस्‌।

    1. (क) इस्राएलीहरू सातौं दिन यरीहो वरपर घुम्नु र आज आखिरी दिनमा यहोवाका साक्षीहरूले प्रचार गर्नु कसरी उस्तै-उस्तै हो? (यहो. ६:१५, १६; यशै. ६०:२२; मत्ती २४:१४; १ कोरि. ९:१६)

    2. (ख) यहोशू ६:२६ मा लेखिएको भविष्यवाणी ५०० वर्षपछि कसरी पूरा भयो अनि यसबाट हामी यहोवाको वचन पूरा हुन्छ भन्‍नेबारे के पाठ सिक्छौं? (१ राजा १६:३४; यशै. ५५:११)

कथा ४७

इस्राएलमा एक जना चोर

  1. १. यरीहोबाट ल्याएको धनसम्पत्तिलाई गाडिरहने त्यो मान्छे को हो र ऊसितै अरू को-को छन्‌, चित्र हेरेर बताऊ।

  2. २. आकान र उसको परिवारले गरेको काम किन असाध्यै नराम्रो थियो?

  3. ३. यहोशूले ऐ शहरमा युद्ध हार्नुको कारण सोध्दा यहोवाले के जवाफ दिनुहुन्छ?

  4. ४. आकान र उसको परिवारलाई यहोशूकहाँ ल्याएपछि के हुन्छ?

  5. ५. आकानले पाएको दण्डबाट हामी के महत्त्वपूर्ण पाठ सिक्छौं?

थप प्रश्‍नहरू:

  1. १. यहोशू ७:१-२६ पढ्‌नुहोस्‌।

    1. (क) यहोशूले गरेको प्रार्थनाबाट सृष्टिकर्तासित उसको कस्तो सम्बन्ध थियो भनेर थाह हुन्छ? (यहो. ७:७-९; भज. ११९:१४५; १ यूह. ५:१४)

    2. (ख) आकानको उदाहरणबाट के सिक्न सक्छौं र यसबाट हामी के चेतावनी पाउँछौं? (यहो. ७:११, १४, १५; हितो. १५:३; १ तिमो. ५:२४; हिब्रू ४:१३)

  2. २. यहोशू ८:१-२९ पढ्‌नुहोस्‌।

    आज मसीही मण्डलीप्रति हाम्रो कस्तो व्यक्‍तिगत जिम्मेवारी छ? (यहो. ७:१३; लेवी ५:१; हितो. २८:१३)

कथा ४८

बाठा गिबोनीहरू

  1. १. नजिकै बस्ने कनानीहरू भन्दा गिबोनीहरू कसरी फरक छन्‌?

  2. २. गिबोनीहरूले के गर्छन्‌ अनि किन, चित्र हेरेर बताऊ।

  3. ३. यहोशू र इस्राएलका नाइकेहरूले गिबोनीहरूसित के भनेर प्रतिज्ञा गर्छन्‌ तर तीन दिनपछि उनीहरूले के कुरा थाह पाउँछन्‌?

  4. ४. गिबोनीहरूले इस्राएलीहरूसित मेल गरे भनेर अरू सहरका राजाहरूले थाह पाएपछि के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. यहोशू ९:१-२७ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाले कनान “देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने” निर्देशन दिनुभएको भए तापनि उहाँले गिबोनीहरूलाई जोगाउनुभएको घटनाबाट उहाँको कुन गुण प्रस्टै देखियो? (यहो. ९:२२, २४; मत्ती ९:१३; प्रेरि. १०:३४, ३५; २ पत्रु. ३:९)

    2. (ख) गिबोनीहरूसित बाँधेको करारलाई भंग नगरेर यहोशूले आज मसीहीहरूको लागि कस्तो राम्रो नमुना बसाले? (यहो. ९:१८, १९; मत्ती ५:३७; एफि. ४:२५)

  2. २. यहोशू १०:१-५ पढ्‌नुहोस्‌।

    आज ठूलो भीडले कसरी गिबोनीहरूको अनुकरण गरिरहेका छन्‌? त्यसैकारण, उनीहरू कसको तारो भएका छन्‌? (यहो. १०:४; जक. ८:२३; मत्ती २५:३५-४०; प्रका. १२:१७)

कथा ४९

घाम अडिरहन्छ

  1. १. यहोशू के भन्दैछ र किन, चित्र हेरेर बताऊ।

  2. २. यहोवाले यहोशू अनि उसका सिपाहीहरूलाई कसरी मदत गर्नुहुन्छ?

  3. ३. यहोशूले कति जना राजाहरूलाई लडाइँ गरेर हराउँछ र उनीहरू सबैलाई हराउन कति समय लाग्छ?

  4. ४. यहोशूले कनान देशलाई किन बाँड्‌छ?

  5. ५. यहोशू कति वर्षमा मर्छ अनि त्यसपछि इस्राएलीहरूलाई के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. यहोशू १०:६-१५ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले लडाइँ गर्दा यहोवाले घाम र जून अडाइराख्नुभएको घटनाले आज हामीलाई कसरी निर्धक्क बनाउँछ? (यहो. १०:८, १०, १२, १३; भज. १८:३; हितो. १८:१०)

  2. २. यहोशू १२:७-२४ पढ्‌नुहोस्‌।

    कनानका ३१ राजालाई वास्तवमा कसले हराउनुभएको थियो र अहिले यो हाम्रो लागि पनि किन महत्त्वपूर्ण कुरा हो? (यहो. १२:७; २४:११-१३; व्यव. ३१:८; लूका २१:९, २५-२८)

  3. ३. यहोशू १४:१-५ पढ्‌नुहोस्‌।

    इस्राएली कुलमा जमिनको भागबण्डा कसरी गरियो र यसले प्रमोदवनमा पाइने अधिकारबारे के संकेत गर्छ? (यहो. १४:२; यशै. ६५:२१; इज. ४७:२१-२३; १ कोरि. १४:३३)

  4. ४. न्यायकर्त्ता २:८-१३ पढ्‌नुहोस्‌।

    यहोशूजस्तै आज धर्मत्यागको विरुद्ध खडा हुनेहरू को छन्‌? (न्याय. २:८, १०, ११; मत्ती २४:४५-४७; २ थिस्स. २:३-६; ती. १:७-९; प्रका. १:१; २:१, २)

कथा ५०

दुइटी साहसी आइमाई

  1. १. न्यायकर्त्ता कसलाई भनिन्छ? उनीहरूमध्ये केहीको नाउँ बताऊ।

  2. २. दबोराले के विशेष मौका पाउँछे र उसले के गर्नुपर्थ्यो?

  3. ३. राजा याबीन र उसको सेनापति सीसराले इस्राएललाई आक्रमण गर्न आउँदा दबोरा यहोवाले दिनुभएको के आज्ञा न्यायकर्त्ता बाराकलाई सुनाउँछे? तर कसले विजयको गौरव पाउँछ भनेर उसले भन्छे?

  4. ४. याएलले कसरी साहस देखाउँछे?

  5. ५. राजा याबीन मारिएपछि के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. न्यायकर्त्ता २:१४-२२ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले कसरी यहोवालाई रीस उठाउँछन्‌ र यसबाट हामी कस्तो पाठ सिक्छौं? (न्याय. २:२०; हितो. ३:१, २; इज. १८:२१-२३)

  2. २. न्यायकर्त्ता ४:१-२४ पढ्‌नुहोस्‌।

    दबोरा र याएलजस्ता साहसी आइमाईहरूबाट आज मसीही आइमाईहरूले विश्‍वास र साहससम्बन्धी कस्तो पाठ सिक्न सक्छन्‌? (न्याय. ४:४, ८, ९, १४, २१, २२; हितो. ३१:३०; १ कोरि. १६:१३)

  3. ३. न्यायकर्त्ता ५:१-३१ पढ्‌नुहोस्‌।

    बाराक र दबोराले गाएको विजय-गीतलाई आउँदै गरेको आरमागेडोनको युद्धको बेला कसरी प्रार्थनाको रूपमा लिन सकिन्छ? (न्याय. ५:३, ३१; १ इति. १६:८-१०; प्रका. ७:९, १०; १६:१६; १९:१९-२१)

कथा ५१

रूथ र नाओमी

  1. १. नाओमी कसरी मोआब देश पुगी?

  2. २. रूथ र ओर्पा को हुन्‌?

  3. ३. नाओमीले रूथ र ओर्पालाई आफ्नै मान्छेकहाँ फर्कन भन्दा उनीहरू दुवै के भन्छन्‌?

  4. ४. बोअज को हो र उसले नाओमी र रूथलाई कसरी मदत गर्छ?

  5. ५. बोअज र रूथको छोराको नाउँ के हो र हामीले उसलाई किन सम्झनुपर्छ?

थप प्रश्‍नहरू:

  1. १. रूथ १:१-१७ पढ्‌नुहोस्‌।

    1. (क) रूथ आफ्नो वफादार प्रेमलाई कस्ता मीठा शब्दहरूद्वारा व्यक्‍त गर्छे? (रूथ १:१६, १७)

    2. (ख) अहिले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरूलाई ‘अरू भेडाले’ गर्ने व्यवहारमा रूथले देखाएको मनोवृत्ति कसरी प्रस्टै देखिन्छ? (यूह. १०:१६; जक. ८:२३)

  2. २. रूथ २:१-२३ पढ्‌नुहोस्‌।

    अहिलेका युवतीहरूको लागि रूथ किन राम्रो उदाहरण हो? (रूथ २:१७, १८; हितो. २३:२२; ३१:१५)

  3. ३. रूथ ३:५-१३ पढ्‌नुहोस्‌।

    1. (क) रूथले आफ्नै उमेरको तरुनोसित बिहे गर्नुको साटो आफूसित बिहे गर्न तयार भएकोमा बोअजलाई कस्तो लाग्यो?

    2. (ख) वफादार प्रेमबारे रूथको मनोवृत्तिबाट हामी के सिक्न सक्छौं? (रूथ ३:१०; १ कोरि. १३:४, ५)

  4. ४. रूथ ४:७-१७ पढ्‌नुहोस्‌।

    अहिले मसीही पुरुषहरू कसरी बोअजजस्तै हुन सक्छन्‌? (रूथ ४:९, १०; १ तिमो. ३:१, १२, १३; ५:८)

कथा ५२

गिदोन र उसका ३०० मान्छे

  1. १. इस्राएलीहरू किन अनि कसरी ठूलो संकटमा पर्छन्‌?

  2. २. किन यहोवाले गिदोनसित भएका मान्छे धेरै भयो भन्‍नुहुन्छ?

  3. ३. डराउनेहरू जतिलाई घर फर्कन भनेपछि गिदोनसित कति जना मान्छे बाँकी हुन्छ?

  4. ४. यहोवाले कसरी गिदोनका सिपाहीहरूलाई घटाएर ३०० जना पुऱ्‍याउनुहुन्छ, चित्र हेरेर बताऊ।

  5. ५. गिदोनले आफ्ना ३०० मान्छेलाई कसरी व्यवस्थित गर्छ अनि इस्राएलीहरू कसरी युद्ध जित्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. न्यायकर्त्ता ६:३६-४० पढ्‌नुहोस्‌।

    1. (क) यहोवाको इच्छा के हो भनेर गिदोनले कसरी पक्का गऱ्‍यो?

    2. (ख) यहोवाको इच्छा के हो भनेर हामी अहिले कसरी थाह पाउन सक्छौं? (हितो. २:३-६; मत्ती ७:७-११; २ तिमो. ३:१६, १७)

  2. २. न्यायकर्त्ता ७:१-२५ पढ्‌नुहोस्‌।

    1. (क) सतर्क भएर बस्ने गिदोनका ३०० सिपाहीबाट हामी के सिक्न सक्छौं? (न्याय. ७:३, ६; रोमी १३:११, १२; एफि. ५:१५-१७)

    2. (ख) गिदोनका ३०० सिपाहीले गिदोनलाई हेरेर सिकेझैं हामीले पनि महान्‌ गिदोन, येशू ख्रीष्टलाई हेरेर के सिक्न सक्छौं? (न्याय. ७:१७; मत्ती ११:२९, ३०; २८:१९, २०; १ पत्रु. २:२१)

    3. (ग) यहोवाको संगठनमा आफूलाई दिइएको जिम्मेवारीसित सन्तुष्ट भएर सेवा गर्न न्यायकर्त्ता ७:२१ ले कसरी मदत गर्छ? (१ कोरि. ४:२; १२:१४-१८; याकू. ४:१०)

  3. ३. न्यायकर्त्ता ८:१-३ पढ्‌नुहोस्‌।

    कुनै भाइ अथवा बहिनीसित मनमुटाव हुँदा गिदोनले एप्रैमीहरूसितको खिचातानी सुल्झाएझैं हामी पनि कसरी सुल्झाउन सक्छौं? (हितो. १५:१; मत्ती ५:२३, २४; लूका ९:४८)

कथा ५३

यिप्तहको भाकल

  1. १. यिप्तह को हो र उसको समयमा के भइरहेको थियो?

  2. २. यिप्तहले यहोवासित कस्तो भाकल गर्छ?

  3. ३. अम्मोनीहरूलाई हराएर घर फर्कंदा यिप्तह किन दुःखी हुन्छ?

  4. ४. आफ्नो बुबाले गरेको भाकलबारे थाह पाएपछि यिप्तहकी छोरी के भन्छे?

  5. ५. इस्राएलीहरू यिप्तहकी छोरीलाई किन माया गर्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. न्यायकर्त्ता १०:६-१८ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले यहोवाको उपासना गर्न छोड्‌दा भोग्नुपरेको दुःखबाट हामी के चेतावनी पाउँछौं? (न्याय. १०:६, १५, १६; रोमी १५:४; प्रका. २:१०)

  2. २. न्यायकर्त्ता ११:१-११, २९-४० पढ्‌नुहोस्‌।

    1. (क) यिप्तहले आफ्नी छोरी “होमबलि” चढाउनुको अर्थ छोरीलाई आगोमा हालेर बलि चढाएको होइन भनेर हामी कसरी भन्‍न सक्छौं? (न्याय. ११:३१; लेवी १६:२४; व्यव. १८:१०, १२)

    2. (ख) यिप्तहले कुन अर्थमा आफ्नी छोरी बलिदान गऱ्‍यो?

    3. (ग) यहोवासित गरेको भाकलप्रतिको यिप्तहको दृष्टिकोणबाट हामी के सिक्न सक्छौं? (न्याय. ११:३५, ३९; उप. ५:४, ५; मत्ती १६:२४)

    4. (घ) पूर्ण-समय सेवालाई पेशा बनाउन चाहने आजका मसीही युवायुवतीहरूका लागि यिप्तहकी छोरी किन राम्रो नमुना हो? (न्याय. ११:३६; मत्ती ६:३३; फिलि. ३:८)

कथा ५४

सबैभन्दा बलियो मान्छे

  1. १. संसारकै सबैभन्दा बलियो मान्छेको नाउँ के हो र उसलाई यस्तो बल कसले दिनुभयो?

  2. २. एक पटक शिमशोनले ठूलो सिंहलाई के गऱ्‍यो, चित्र हेरेर बताऊ।

  3. ३. चित्रमा शिमशोनले दलीलालाई के गोप्य कुरा बताउँदैछ अनि त्यसपछि शिमशोनलाई पक्रन पलिश्‍तीहरू कसरी सफल हुन्छन्‌?

  4. ४. आफू मर्ने दिनमा शिमशोनले कसरी ३,००० पलिश्‍ती शत्रुहरूलाई मार्छ?

थप प्रश्‍नहरू:

  1. १. न्यायकर्त्ता १३:१-१४ पढ्‌नुहोस्‌।

    छोराछोरी हुर्काउने सम्बन्धमा मानोह र उसकी पत्नीले कस्तो राम्रो उदाहरण बसालेका छन्‌? (न्याय. १३:८; भज. १२७:३; एफि. ६:४)

  2. २. न्यायकर्त्ता १४:५-९ १५:९-१६ पढ्‌नुहोस्‌।

    1. (क) शिमशोनले सिंहलाई मारेको, आफूलाई बाँधिराखेको नयाँ डोरीहरू चुँडाएको र गधाको बंगराले १,००० मानिसहरूलाई मारेको घटनाहरूबाट यहोवाको पवित्र आत्माले कसरी काम गर्छ, त्यसबारे के सिक्न सक्छौं?

    2. (ख) पवित्र आत्माले अहिले हामीलाई कसरी मदत गर्छ? (न्याय. १४:६; १५:१४; जक. ४:६; प्रेरि. ४:३१)

  3. ३. न्यायकर्त्ता १६:१८-३१ पढ्‌नुहोस्‌।

    खराब संगतले शिमशोनलाई कसरी असर गऱ्‍यो र यसबाट हामी के सिक्न सक्छौं? (न्याय. १६:१८, १९; १ कोरि. १५:३३)

कथा ५५

यहोवाको सेवा गर्ने सानो केटो

  1. १. चित्रमा देखाइएको त्यो सानो केटोको नाउँ के हो? अनि ऊसँगै उभिएका अरू मान्छेहरू चाहिं को-को हुन्‌?

  2. २. एक पटक यहोवाको बासस्थानमा गएको बेला हन्‍ना के भनेर प्रार्थना गर्छे अनि यहोवाले त्यस प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?

  3. ३. यहोवाको बासस्थानमा सेवा गर्न लैजाँदा शमूएल कति वर्षको थियो र वर्षेनी उसकी आमाले उसको लागि के गरिदिन्छे?

  4. ४. एलीका छोराहरूको नाउँ के हो र उनीहरू कस्ता खाले मान्छे हुन्‌?

  5. ५. यहोवाले शमूएललाई कसरी बोलाउनुहुन्छ र के सन्देश दिनुहुन्छ?

  6. ६. ठूलो भएपछि शमूएल के बन्छ अनि पछि बूढो हुँदा इस्राएलीहरू ऊसित के माग्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल १:१-२८ पढ्‌नुहोस्‌।

    1. (क) पूरै परिवार मिलेर साँचो उपासना गर्ने सम्बन्धमा परिवारका शिरहरूको लागि एल्कानाले कस्तो राम्रो उदाहरण बसालेको छ? (१ शमू. १:३, २१; मत्ती ६:३३; फिलि. १:१०)

    2. (ख) दुःखले पिरोल्दा कसरी सामना गर्ने, त्यसबारे हन्‍नाको उदाहरणबाट हामी के सिक्न सक्छौं? (१ शमू. १:१०, ११; भज. ५५:२२; रोमी १२:१२)

  2. २. पहिलो शमूएल २:११-३६ पढ्‌नुहोस्‌।

    एलीले कसरी यहोवालाई भन्दा आफ्ना छोराहरूलाई बढ्‌ता आदर गऱ्‍यो र यो घटनाबाट के चेतावनी पाउँछौं? (१ शमू. २:२२-२४, २७, २९; व्यव. २१:१८-२१; मत्ती १०:३६, ३७)

  3. ३. पहिलो शमूएल ४:१६-१८ पढ्‌नुहोस्‌।

    लडाइँ भइरहेको ठाउँबाट कुन चार वटा नराम्रो समाचार आउँछ र यो खबर सुनेर एलीलाई के हुन्छ?

  4. ४. पहिलो शमूएल ८:४-९ पढ्‌नुहोस्‌।

    इस्राएलीहरूले के गरेर यहोवालाई रिस उठाउँछन्‌? आज हामी यहोवाको राज्यलाई वफादार भई कसरी समर्थन गर्न सक्छौं? (१ शमू. ८:५, ७; यूह. १७:१६; याकू. ४:४)

कथा ५६

इस्राएलको पहिलो राजा शाऊल

  1. १. शमूएल के गर्दैछ, चित्र हेरेर बताऊ। उसले किन त्यसो गरेको?

  2. २. यहोवाले शाऊललाई किन मन पराउनुहुन्छ र उसको स्वभाव कस्तो छ?

  3. ३. शाऊलको छोराको नाउँ के हो र उसले के गर्छ?

  4. ४. शाऊलले किन शमूएललाई नपर्खीकन आफै बलिदान चढाउँछ?

  5. ५. शाऊलबाट हामी के सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल ९:१५-२१ १०:१७-२७ पढ्‌नुहोस्‌।

    केही मानिसहरूले जथाभावी कुरा गर्दा, विचारै नपुऱ्‍याई झट्टै निर्णय गर्नदेखि शाऊललाई उसको नम्र झुकावले कसरी जोगायो? (१ शमू. ९:२१; १०:२१, २२, २७; हितो. १७:२७)

  2. २. पहिलो शमूएल १३:५-१४ पढ्‌नुहोस्‌।

    शाऊलले गिलगालमा के पाप गऱ्‍यो? (१ शमू. १०:८; १३:८, ९, १३)

  3. ३. पहिलो शमूएल १५:१-३५ पढ्‌नुहोस्‌।

    1. (क) अमालेकीहरूको राजा अगागलाई बचाएर शाऊलले कस्तो गम्भीर पाप गऱ्‍यो? (१ शमू. १५:२, ३, ८, ९, २२)

    2. (ख) शाऊलले गल्ती गरेपछि कसरी बहाना बनाउन खोज्यो अनि कोमाथि दोष थोपर्न खोज्यो? (१ शमू. १५:२४)

    3. (ग) हामीले सल्लाह पाउँदा कुन चेतावनी सम्झनुपर्छ? (१ शमू. १५:१९-२१; भज. १४१:५; हितो. ९:८, ९; हितो. ११:२)

कथा ५७

परमेश्‍वर दाऊदलाई रोज्नुहुन्छ

  1. १. चित्रमा देखाइएको केटोको नाउँ के हो र ऊ बहादुर केटो हो भनेर हामी कसरी भन्‍न सक्छौं?

  2. २. दाऊद कहाँ बस्छ र उसको बुबा र हजुरबुबाको नाउँ के हो?

  3. ३. यहोवाले किन शमूएललाई बेतलेहेममा यिशैको घर जान अह्राउनुहुन्छ?

  4. ४. यिशैले आफ्ना सात छोराहरूलाई शमूएलकहाँ ल्याउँदा के हुन्छ?

  5. ५. दाऊदलाई ल्याउने बित्तिकै यहोवाले शमूएललाई के भन्‍नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल १७:३४, ३५ पढ्‌नुहोस्‌।

    दाऊद साहसी हुनुका साथै परमेश्‍वरमाथि अटल भरोसा पनि राख्थ्यो भनेर यी घटनाहरूबाट कसरी प्रस्टै देखिन्छ? (१ शमू. १७:३७)

  2. २. पहिलो शमूएल १६:१-१४ पढ्‌नुहोस्‌।

    1. (क) पहिलो शमूएल १६:७ मा परमेश्‍वरले भन्‍नुभएको कुराले हामीलाई निष्पक्ष हुन र बाहिरी रूपरंगको आधारमा पक्षपात नगर्न कसरी मदत गर्छ? (प्रेरि. १०:३४, ३५; १ तिमो. २:४)

    2. (ख) यहोवाले आफ्नो पवित्र आत्मा हटाउनुभयो भने त्यसको ठाउँमा खराब आत्मा अथवा खराब काम गर्ने इच्छाले मात्र बास गर्छ भन्‍ने कुरा शाऊलको उदाहरणबाट कसरी बुझ्न सक्छौं? (१ शमू. १६:१४; मत्ती १२:४३-४५; गला. ५:१६)

कथा ५८

दाऊद र गोल्यत

  1. १. गोल्यतले इस्राएली सेनालाई के भनेर ललकार्छ?

  2. २. गोल्यत कति अग्लो छ र गोल्यतलाई मार्ने मान्छेलाई शाऊलले के इनाम दिने वाचा गर्छ?

  3. ३. शाऊलले तिमी भर्खरको ठिटो छौ, गोल्यतसित लड्‌न सक्दैनौ भन्दा दाऊदले के भन्छ?

  4. ४. दाऊदले यहोवामाथि भरोसा गर्छ भनेर उसले गोल्यतलाई दिएको जवाफबाट हामी कसरी थाह पाउँछौं?

  5. ५. गोल्यतलाई मार्न दाऊदले के प्रयोग गर्छ, चित्र हेरेर बताऊ। गोल्यत मारिएपछि पलिश्‍तीहरू के गर्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल १७:१-५४ पढ्‌नुहोस्‌।

    1. (क) दाऊद नडराउनुको कारण के हो र हामी पनि कसरी ऊजस्तै साहसी हुन सक्छौं? (१ शमू. १७:३७, ४५; एफि. ६:१०, ११)

    2. (ख) कुनै खेल खेल्दा वा रमाइलो गर्दा गोल्यतले जस्तो प्रतिस्पर्धी भावना किन देखाउनुहुन्‍न?

    3. (ग) परमेश्‍वरले मदत गर्नुहुन्छ भनेर दाऊद ढुक्क थियो भन्‍ने कुरा उसको भनाइबाट कसरी स्पष्ट हुन्छ? (१ शमू. १७:४५-४७; २ इति. २०:१५)

    4. (घ) यो युद्ध इस्राएलीहरू र पलिश्‍तीहरूबीच मात्र नभई वास्तवमा झूटा देवताहरू र साँचो परमेश्‍वर यहोवाबीच थियो भनेर हामी कसरी थाह पाउँछौं? (१ शमू. १७:४३, ४६, ४७)

    5. (ङ) यहोवामा भरोसा राख्ने सम्बन्धमा अभिषिक्‍त जनहरूले कसरी दाऊदको अनुकरण गर्छन्‌? (१ शमू. १७:३७; यर्मि. १:१७-१९; प्रका. १२:१७)

कथा ५९

दाऊद किन भाग्दै हिंड्‌छ

  1. १. शाऊलले किन दाऊदको डाह गर्छ तर शाऊलको छोरो जोनाथनले चाहिं किन डाह गर्दैन?

  2. २. एकदिन, दाऊदले शाऊलको लागि वीणा बजाइरहेको बेला के हुन्छ?

  3. ३. आफ्नी छोरी मिकलसित बिहे गर्न दाऊदले के गर्नै पर्छ भनेर शाऊल भन्छ र किन?

  4. ४. दाऊदले शाऊलको लागि वीणा बजाइरहेको बेला तेस्रो पटक के हुन्छ, चित्र हेरेर बताऊ।

  5. ५. मिकलले कसरी दाऊदको ज्यान जोगाउँछे र त्यसपछि सात वर्षसम्म दाऊदले के गर्नुपर्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल १८:१-३० पढ्‌नुहोस्‌।

    1. (क) जोनाथन र दाऊदबीचको अटल प्रेमले कसरी ‘अरू भेडा’ र ‘सानो बगाल’ बीचको प्रेमको पूर्वझलक दियो? (१ शमू. १८:१; यूह. १०:१६; लूका १२:३२; जक. ८:२३)

    2. (ख) शाऊलपछि आफू राजा हुनुपर्ने भए तापनि १ शमूएल १८:४ अनुसार जोनाथनले कसरी परमेश्‍वरले राजा हुन छान्‍नुभएको व्यक्‍तिप्रति आफ्नो उल्लेखनीय अधीनता प्रकट गऱ्‍यो?

    3. (ग) डाहले ठूलो भूललाई निम्ताउँछ भनेर शाऊलको उदाहरणबाट कसरी थाह पाउँछौं र यो उदाहरणबाट हामी कस्तो शिक्षा पाउँछौं? (१ शमू. १८:७-९, २५; याकू. ३:१४-१६)

  2. २. पहिलो शमूएल १९:१-१७ पढ्‌नहोस्‌।

    शाऊलको प्रतिकार गर्दा जोनाथनको ज्यान कसरी खतरामा पर्न सक्थ्यो? (१ शमू. १९:१, ४-६; हितो १६:१४)

कथा ६०

अबीगेल र दाऊद

  1. १. दाऊदलाई भेट्‌न आउने आइमाई को हो, चित्र हेरेर बताऊ। उसको स्वभाव कस्तो छ?

  2. २. नाबाल को हो?

  3. ३. दाऊदले आफ्ना मान्छेहरूलाई नाबालकहाँ किन मदत माग्न पठाउँछ?

  4. ४. नाबालले दाऊदका मान्छेहरूलाई के भन्छ र यो सुनेर दाऊदले के गर्छ?

  5. ५. अबीगेलले कसरी आफ्नो बुद्धि देखाई?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल २२:१-४ पढ्‌नुहोस्‌।

    मसीही भाइबहिनीहरूलाई मदत गर्नुपर्छ भनेर दाऊदको परिवारले बसालेको राम्रो उदाहरणबाट कसरी सिक्छौं? (हितो. १७:१७; १ थिस्स. ५:१४)

  2. २. पहिलो शमूएल २५:१-४३ पढ्‌नुहोस्‌।

    1. (क) बाइबलले नाबाललाई किन नीच मान्छे भन्छ? (१ शमू. २५:२-५, १०, १४, २१, २५)

    2. (ख) अबीगेलको उदाहरणबाट मसीही पत्नीहरूले के सिक्न सक्छन्‌? (१ शमू. २५:३२, ३३; हितो. ३१:२६; एफि. ५:२४)

    3. (ग) अबीगेलले दाऊदलाई कुन दुई खराब काम गर्नदेखि रोकी? (१ शमू. २५:३१, ३३; रोमी १२:१९; एफि. ४:२६)

    4. (घ) अबीगेलको कुरा सुनेपछि दाऊदले भनेको कुराले अहिले स्त्रीहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न पुरुषहरूलाई कसरी मदत गर्छ? (प्रेरि. २१:८, ९; रोमी २:११; १ पत्रु. ३:७)

कथा ६१

दाऊद राजा बन्छ

  1. १. शाऊल आफ्नो छाउनीमा सुतिरहेको बेला दाऊद र अबीशै के गर्छन्‌?

  2. २. दाऊदले शाऊललाई के सोध्छ?

  3. ३. शाऊलसित कुरा गरिसकेपछि दाऊद कहाँ जान्छ?

  4. ४. दाऊद किन धेरै दुःखी हुन्छ र एउटा राम्रो गीत लेख्छ?

  5. ५. हेब्रोनमा राजा बनाइँदा दाऊद कति वर्षको थियो र उसका छोराहरूको नाउँ के-के हो?

  6. ६. पछि दाऊदले कहाँबाट राज्य गर्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो शमूएल २६:१-२५ पढ्‌नुहोस्‌।

    1. (क) पहिलो शमूएल २६:११ मा लेखिएका दाऊदका शब्दहरूले परमेश्‍वरले गर्नुभएको प्रबन्धहरूप्रति उसको कस्तो मनोवृत्ति थियो भनेर प्रकट गर्छ? (भज. ३७:७; रोमी १३:२)

    2. (ख) हामीले दयामाया देखाउँदा देखाउँदै पनि कसैले नराम्रो व्यवहार गर्छ भने त्यस्तो बेला १ शमूएल २६:२३ मा लेखिएका दाऊदका शब्दहरूले हामीलाई कसरी सही दृष्टिकोण राख्न मदत गर्छ? (१ राजा ८:३२; भज. १८:२०)

  2. २. दोस्रो शमूएल १:२६ पढ्‌नुहोस्‌।

    मसीहीहरूले कसरी दाऊद र जोनाथनले जस्तै “आपसमा प्रगाढ प्रेम” राख्न सक्छन्‌? (१ पत्रु. ४:८; कल. ३:१४; १ यूह. ४:१२)

  3. ३. दोस्रो शमूएल ५:१-१० पढ्‌नुहोस्‌।

    1. (क) दाऊदले कति वर्ष राज्य गऱ्‍यो र उसले राज्य गरेको समयलाई कसरी विभाजन गर्न सकिन्छ? (२ शमू. ५:४, ५)

    2. (ख) दाऊद महान्‌ हुनुको कारण के थियो र त्यो कुरा आज हामीले किन सम्झिरहनुपर्छ? (२ शमू. ५:१०; १ शमू. १६:१३; १ कोरि. १:३१; फिलि. ४:१३)

कथा ६२

दाऊदको परिवारले दुःख पाउँछ

  1. १. यहोवाको मदतले गर्दा आखिर कनान देश कसको हातमा पर्छ?

  2. २. एक साँझ दाऊद आफ्नो दरबारको कौसीमा डुलिरहेको बेला के हुन्छ?

  3. ३. यहोवा दाऊदसित किन रिसाउनुहुन्छ?

  4. ४. दाऊदको गल्ती देखाउन यहोवाले कसलाई पठाउनुहुन्छ, चित्र हेरेर बताऊ। त्यो मान्छेले दाऊदलाई के हुन्छ भन्छ?

  5. ५. दाऊदमाथि कस्तो दुःख आइपर्छ?

  6. ६. दाऊदपछि इस्राएलमा को राजा हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो शमूएल ११:१-२७ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाको सेवामा व्यस्त भयौं भने कसरी हाम्रो सुरक्षा हुन्छ?

    2. (ख) दाऊद कसरी पाप गर्न पुग्यो र आज यहोवाका सेवकहरूले यस घटनाबाट कस्तो पाठ सिक्न सक्छन्‌? (२ शमू. ११:२; मत्ती ५:२७-२९; १ कोरि. १०:१२; याकू. १:१४, १५)

  2. २. दोस्रो शमूएल १२:१-१८ पढ्‌नुहोस्‌।

    1. (क) नातानले दाऊदलाई सल्लाह दिएको तरिका हेरेर आमाबाबु र प्राचीनहरूले के सिक्न सक्छन्‌? (२ शमू. १२:१-४; हितो. १२:१८; मत्ती १३:३४)

    2. (ख) यहोवाले किन दाऊदलाई दया गर्नुभयो? (२ शमू. १२:१३; भज. ३२:५; २ कोरि. ७:९, १०)

कथा ६३

बुद्धिमान्‌ राजा सुलेमान

  1. १. यहोवाले सुलेमानलाई के सोध्नुहुन्छ र सुलेमानले कस्तो जवाफ दिन्छ?

  2. २. सुलेमानले मागेको कुरादेखि खुसी भएर यहोवाले उसलाई के दिने प्रतिज्ञा गर्नुहुन्छ?

  3. ३. दुइटी आइमाई सुलेमानसामु कस्तो गाह्रो समस्या ल्याउँछन्‌?

  4. ४. सुलेमानले कसरी त्यो समस्या समाधान गर्छ, चित्र हेरेर बताऊ।

  5. ५. सुलेमानको शासन कस्तो थियो र किन?

थप प्रश्‍नहरू:

  1. १. पहिलो राजा ३:३-२८ पढ्‌नुहोस्‌।

    1. (क) पहिलो राजा ३:७ मा सुलेमानले भनेका हृदयस्पर्शी कुराहरू पढेर आज परमेश्‍वरको संगठनका जिम्मेवार पुरुषहरूले के सिक्न सक्छन्‌? (भज. ११९:१०५; हितो. ३:५, ६)

    2. (ख) हामीले प्रार्थना गरेर माग्न सक्ने उचित कुराहरूबारे सुलेमानको प्रार्थनाबाट के सिक्न सक्छौ? (१ राजा ३:९, ११; हितो. ३०:८, ९; १ यूह. ५:१४)

    3. (ग) सुलेमानले दुइटी आइमाईहरूको समस्या समाधान गरेको घटना पढेपछि भविष्यमा महान्‌ सुलेमान येशू ख्रीष्टले उहाँको राज्यमा के गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं? (१ राजा ३:२८; यशै. ९:६, ७; ११:२-४)

  2. २. पहिलो राजा ४:२९-३४ पढ्‌नुहोस्‌।

    1. (क) आज्ञाकारी हृदय दिनुहोस्‌ भनेर सुलेमानले गरेको बिन्ती यहोवाले कसरी सुन्‍नुभयो? (१ राजा ४:२९)

    2. (ख) सुलेमानका बुद्धिले भरिएका कुराहरू सुन्‍न अरू मानिसहरूले अथक प्रयास गरेझैं हामीले परमेश्‍वरको वचन पढ्‌न कस्तो कोसिस गर्नुपर्छ? (१ राजा ४:२९, ३४; यूह. १७:३; २ तिमो. ३:१६)

कथा ६४

सुलेमान मन्दिर बनाउँछ

  1. १. यहोवाको मन्दिर बनाउन सुलेमानलाई कति वर्ष लाग्छ र मन्दिर बनाउन किन धेरै खर्च लाग्छ?

  2. २. मन्दिरमा कति वटा मुख्य कोठाहरू छन्‌ र ती कोठाभित्र के राखिन्थ्यो?

  3. ३. मन्दिर बनाउन सिद्धिएपछि सुलेमान के भनेर प्रार्थना गर्छ?

  4. ४. सुलेमानको प्रार्थना सुनेर यहोवा खुसी हुनुभयो भनेर हामी कसरी थाह पाउन सक्छौं?

  5. ५. सुलेमानकी पत्नीहरूले उसलाई के गर्न लगाउँछन्‌ र सुलेमानलाई के हुन्छ?

  6. ६. यहोवा किन सुलेमानसित रिसाउनुहुन्छ र उसलाई के भन्‍नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो इतिहास २८:९, १० पढ्‌नुहोस्‌।

    पहिलो इतिहास २८:९, १० मा लेखिएको दाऊदका शब्दअनुसार हामीले दिनदिनै के गर्ने कोसिस गर्नुपर्छ? (भज. १९:१४; फिलि. ४:८, ९)

  2. २. दोस्रो इतिहास ६:१२-२१, ३२-४२ पढ्‌नुहोस्‌।

    1. (क) मानिसले बनाएको भवनमा सर्वोच्च परमेश्‍वरले बास गर्नुहुन्‍न भनेर सुलेमानले कसरी देखायो? (२ इति. ६:१८; प्रेरि. १७:२४, २५)

    2. (ख) दोस्रो इतिहास ६:३२, ३३ मा लेखिएको सुलेमानका शब्दहरूबाट यहोवाबारे के थाह पाउँछौं? (प्रेरि. १०:३४, ३५; गला. २:६)

  3. ३. दोस्रो इतिहास ७:१-५ पढ्‌नुहोस्‌।

    यहोवाको महिमा देखेपछि इस्राएलीहरू उहाँको प्रशंसा गर्न उत्प्रेरित भएझैं आज यहोवाले आफ्ना मानिसहरूलाई दिनुभएको आशिष्‌ देखेपछि हामीले के गर्नुपर्छ? (२ इति. ७:३; भज. २२:२२; ३४:१; ९६:२)

  4. ४. पहिलो राजा ११:९-१३ पढ्‌नुहोस्‌।

    आफ्नो जीवनको अन्तसम्मै यहोवाप्रति वफादार रहनुपर्छ भनेर सुलेमानको जीवनीबाट कसरी थाह पाउन सक्छौं? (१ राजा ११:४, ९; मत्ती १०:२२; प्रका. २:१०)

कथा ६५

सुलेमानको राज्य टुक्रिन्छ

  1. १. चित्रमा देखाइएका यी दुई लोग्नेमान्छेहरूको नाउँ के हो र उनीहरू को हुन्‌?

  2. २. आफूले लगाएको लुगा अहियाहले के गर्छ र त्यसो गर्नुको अर्थ के थियो?

  3. ३. सुलेमान यारोबामलाई के गर्न खोज्छ?

  4. ४. इस्राएलीहरूले किन यारोबामलाई इस्राएलको दस कुलको राजा बनाउँछन्‌?

  5. ५. यारोबामले सुनको दुइटा बाछा किन बनाउँछ र त्यसको तुरुन्तैपछि देशमा के हुन्छ?

  6. ६. इस्राएल राष्ट्रको दुई कुल अनि यरूशलेममा भएको यहोवाको मन्दिरलाई के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो राजा ११:२६-४३ पढ्‌नुहोस्‌।

    यारोबाम कस्तो मानिस थियो र उसले आज्ञा पालन गरेमा के गर्ने प्रतिज्ञा यहोवा गर्नुहुन्छ? (१ राजा ११:२८, ३८)

  2. २. पहिलो राजा १२:१-३३ पढ्‌नुहोस्‌।

    1. (क) अख्तियारको दुरुपयोग गर्नुहुँदैन भन्‍ने सम्बन्धमा आमाबाबु र प्राचीनहरूले रहबामको खराब उदाहरणबाट के पाठ सिक्न सक्छन्‌? (१ राजा १२:१३; १ पत्रु. ५:२, ३)

    2. (ख) जीवनमा ठूल्ठूला निर्णयहरू गर्नुपर्दा भरपर्दो निर्देशनको लागि आजका किशोरकिशोरीहरू कोमाथि भर पर्न सक्छन्‌? (१ राजा १२:६, ७; हितो. १:८, ९; २ तिमो. ३:१६, १७; हिब्रू १३:७)

    3. (ग) के कारणले गर्दा यारोबामले दुई ठाउँमा सुनका बाछाहरू खडा गऱ्‍यो र यसबाट यहोवामाथि उसको विश्‍वास असाध्यै कम थियो भनेर कसरी देखियो? (१ राजा ११:३७; १२:२६-२८)

    4. (घ) कसले दस कुललाई साँचो उपासनाको विरोध गर्न उस्कायो? (१ राजा १२:३२, ३३)

कथा ६६

दुष्ट रानी ईजेबेल

  1. १. ईजेबेल को हो?

  2. २. एकदिन राजा आहाब किन दुःखी हुन्छ?

  3. ३. नाबोतको दाखबारी खोसेर आफ्नो पति आहाबलाई दिन ईजेबेलले के गर्छे?

  4. ४. ईजेबेललाई सजाय दिन यहोवाले कसलाई पठाउनुहुन्छ?

  5. ५. येहू ईजेबेलको दरबारमा पुगेपछि के हुन्छ, चित्र हेरेर बताऊ।

थप प्रश्‍नहरू:

  1. १. पहिलो राजा १६:२९-३३ १८:३, ४ पढ्‌नुहोस्‌।

    राजा आहाबको समयमा इस्राएलको अवस्था कस्तो थियो? (१ राजा १६:३३)

  2. २. पहिलो राजा २१:१-१६ पढ्‌नुहोस्‌।

    1. (क) नाबोतले कसरी साहस अनि यहोवाप्रतिको वफादारी प्रदर्शन गऱ्‍यो? (१ राजा २१:१-३; लेवी २५:२३-२८)

    2. (ख) निराश हुँदा हामीले गर्न नहुने के कुरा आहाबको उदाहरणबाट सिक्छौं? (१ राजा २१:४; रोमी ५:३-५)

  3. ३. दोस्रो राजा ९:३०-३७ पढ्‌नुहोस्‌।

    यहोवाको इच्छा पूरा गर्न येहूले देखाएको जोसबाट हामी के सिक्न सक्छौं? (२ राजा ९:४-१०; २ कोरि. ९:१, २; २ तिमो. ४:२)

कथा ६७

यहोशापात यहोवामाथि भरोसा गर्छ

  1. १. यहोशापात को हो? इस्राएलमा त्यतिखेर के भइरहेको थियो?

  2. २. इस्राएलीहरू किन डराएका छन्‌ र तिनीहरूमध्ये थुप्रैले के गर्छन्‌?

  3. ३. यहोशापातले गरेको प्रार्थनाको जवाफ यहोवाले कसरी दिनुहुन्छ?

  4. ४. लडाइँ गर्ने ठाउँमा यहोवाले के गर्नुहुन्छ?

  5. ५. यहोशापातबाट हामी के शिक्षा सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो इतिहास २०:१-३० पढ्‌नुहोस्‌।

    1. (क) जोखिमपूर्ण अवस्था आइपर्दा परमेश्‍वरका विश्‍वासी जनहरूले के गर्नुपर्छ भनेर यहोशापातले कसरी देखायो? (२ इति. २०:१२; भज. २५:१५; ६२:१)

    2. (ख) यहोवाले सधैं कुनै न कुनै माध्यम चलाएर आफ्ना प्रजाहरूसित कुराकानी गर्नुहुने भएकोले अहिले उहाँले कुन माध्यम चलाउँदै हुनुहुन्छ? (२ इति. २०:१४, १५; मत्ती २४:४५-४७; यूह. १५:१५)

    3. (ग) परमेश्‍वरले “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” लड्‌नुहुँदा कसरी हाम्रो अवस्था पनि यहोशापातको जस्तै हुनेछ? (२ इति. २०:१५, १७; ३२:८; प्रका. १६:१४, १६)

    4. (घ) लेवीहरूले जस्तै अहिले अग्रगामी तथा मिसनरीहरूले विश्‍वव्यापी प्रचार कार्यमा कस्तो योगदान पुऱ्‍याइरहेका छन्‌? (२ इति. २०:१९, २१; रोमी १०:१३-१५; २ तिमो. ४:२)

कथा ६८

मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌

  1. १. चित्रमा देखाइएका यी तीन जना मान्छे को हुन्‌ र त्यो सानो ठिटोलाई के हुन्छ?

  2. २. त्यो ठिटोको लागि एलियाले के भनेर प्रार्थना गर्छ र त्यसपछि के हुन्छ?

  3. ३. एलियाको सहायकको नाउँ के हो?

  4. ४. शुनैम सहरकी आइमाईले एलीशालाई किन आफ्नो घरमा बोलाउँछे?

  5. ५. एलीशाले के गर्छ र मरेको केटोलाई के हुन्छ?

  6. ६. एलिया र एलीशाले गरेको कामबाट यहोवासित कस्तो शक्‍ति छ भन्‍ने थाह हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. पहिलो राजा १७:८-२४ पढ्‌नुहोस्‌।

    1. (क) एलियाको आज्ञाकारिता र विश्‍वासको जाँच कसरी भयो? (१ राजा १७:९; १९:१-४, १०)

    2. (ख) सारपत सहरकी विधवाको विश्‍वास किन असाधारण थियो? (१ राजा १७:१२-१६; लूका ४:२५, २६)

    3. (ग) सारपत सहरकी विधवाको अनुभवले मत्ती १०:४१, ४२ मा रेकर्ड गरिएको येशूका शब्दहरू सत्य छन्‌ भनेर कसरी देखाउँछ? (१ राजा १७:१०-१२, १७, २३, २४)

  2. २. दोस्रो राजा ४:८-३७ पढ्‌नुहोस्‌।

    1. (क) अतिथि सत्कार गर्ने सम्बन्धमा शुनैम सहरकी आइमाईको उदाहरणबाट हामी के सिक्न सक्छौं? (२ राजा ४:८; लूका ६:३८; रोमी १२:१३; १ यूह. ३:१७)

    2. (ख) परमेश्‍वरका सेवकहरूको लागि आज हामी कुन-कुन तरिकामा दयालु काम गर्न सक्छौं? (प्रेरि. २०:३५; २८:१, २; गला. ६:९, १०; हिब्रू ६:१०)

कथा ६९

एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे

  1. १. त्यो सानी केटीले त्यो आइमाईलाई के भनिरहेकी छे, चित्र हेरेर बताऊ।

  2. २. चित्रमा देखाइएकी आइमाई को हो र त्यो सानी केटी त्यो घरमा के गरिरहेकी छे?

  3. ३. एलिशाले आफ्नो नोकर पठाएर नामानलाई के गर्न अह्राउँछ तर नामान किन रिसाउँछ?

  4. ४. आफ्ना चाकरहरूको कुरा सुनेपछि नामानलाई के हुन्छ?

  5. ५. नामानले दिएको उपहार लिन एलिशा किन मान्दैन तर गेहजीले भने के गर्छ?

  6. ६. गेहजीलाई के हुन्छ र यसबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो राजा ५:१-२७ पढ्‌नुहोस्‌।

    1. (क) सानी इस्राएली केटीको उदाहरणले आजका कलिला केटाकेटीलाई कसरी प्रोत्साहन दिन सक्छ? (२ राजा ५:३; भज. ८:२; १४८:१२, १३)

    2. (ख) हामीले धर्मशास्त्रीय सल्लाह पाउँदा नामानलाई सम्झनु किन बेस हुन्छ? (२ राजा ५:१५; हिब्रू १२:५, ६; याकू. ४:६)

    3. (ग) एलिशा र गेहजी दुवैको उदाहरणलाई दाँजेर हामी के सिक्न सक्छौं? (२ राजा ५:९, १०, १४-१६, २०; मत्ती १०:८; प्रेरि. ५:१-५; २ कोरि. २:१७)

कथा ७०

योना र ठूलो माछा

  1. १. योना को हो र यहोवाले उसलाई के गर्न अह्राउनुहुन्छ?

  2. २. यहोवाले अह्राउनुभएको ठाउँमा जान नमानेर योनाले के गर्छ?

  3. ३. आँधीबेहरीलाई रोक्न योनाले मल्लाहहरूलाई आफूलाई के गर्नू भन्छ?

  4. ४. योना पानीमा डुब्दा के हुन्छ, चित्र हेरेर बताऊ।

  5. ५. योना त्यो ठूलो माछाको पेटमा कति दिनसम्म हुन्छ र त्यतिखेर उसले के गर्छ?

  6. ६. ठूलो माछाको पेटबाट निस्केपछि योना कहाँ जान्छ र यसबाट हामी के पाठ सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. योना १:१-१७ पढ्‌नुहोस्‌।

    निनवेका मान्छेहरूलाई प्रचार गर्नुपर्ने जिम्मा पाउँदा योनालाई कस्तो लागेको प्रस्टै देखिन्थ्यो? (योना १:२, ३; हितो. ३:७; उप. ८:१२)

  2. २. योना २:१, २, १० पढ्‌नुहोस्‌।

    यहोवाले हामीलाई प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर योनाको अनुभवबाट हामी कसरी ढुक्क हुन सक्छौं? (भज. २२:२४; ३४:६; १ यूह. ५:१४)

  3. ३. योना ३:१-१० पढ्‌नुहोस्‌।

    1. (क) योनाले आफूलाई दिइएको काम सुरुमा पूरा नगरे तापनि यहोवाले पछि पनि उसलाई जिम्मेवारी दिनुभएको घटनाबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं? (भज. १०३:१४; १ पत्रु. ५:१०)

    2. (ख) निनवे सहरमा योनाले भोगेको अनुभवबाट हामीले पनि आफ्नो इलाकाका मान्छेहरूबारे पूर्वाग्रह राख्नुहुँदैन भन्‍ने कस्तो पाठ सिक्न सक्छौं? (योना ३:६-९; उप. ११:६; प्रेरि. १३:४८)

कथा ७१

परमेश्‍वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

  1. १. यशैया को थियो, ऊ कहिलेको मान्छे थियो र यहोवाले उसलाई के देखाउनुभयो?

  2. २. “प्रमोदवन”-को अर्थ के हो र यो शब्द सुन्दा तिमीलाई कुन कुरा सम्झना आउँछ?

  3. ३. नयाँ प्रमोदवनबारे यहोवाले यशैयालाई के लेख्न अह्राउनुहुन्छ?

  4. ४. आदम र हव्वाले किन आफ्नो सुन्दर घर गुमाए?

  5. ५. यहोवाले उहाँलाई माया गर्नेहरूलाई के गरिदिने प्रतिज्ञा गर्नुभएको छ?

थप प्रश्‍नहरू:

  1. १. यशैया ११:६-९ पढ्‌नुहोस्‌।

    1. (क) प्रमोदवनमा मान्छे र जनावरबीच कस्तो शान्ति हुनेछ भनेर परमेश्‍वरको वचन बाइबल बताउँछ? (भज. १४८:१०, १३; यशै. ६५:२५; इज. ३४:२५)

    2. (ख) यहोवाका जनहरूमाझ यशैयाले गरेको भविष्यवाणीको कस्तो आध्यात्मिक पूर्ति भइरहेको छ? (रोमी १२:२; एफि. ४:२३, २४)

    3. (ग) अहिले अनि पछि भविष्यमा मान्छेको व्यक्‍तित्वमा हुने परिवर्तनको श्रेय कसलाई दिनुपर्छ? (यशै. ४८:१७, १८; गला. ५:२२, २३; फिलि. ४:७)

  2. २. प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।

    1. (क) परमेश्‍वरको बासस्थान मान्छेहरूसित हुनुको अर्थ पृथ्वीमा उहाँ शारीरिक नभई लाक्षणिक तवरमा उपस्थित हुनु हो भनेर बाइबलले कसरी देखाउँछ? (लेवी २६:११, १२; २ इति. ६:१८; यशै. ६६:१; प्रका. २१:२, ३, २२-२४)

    2. (ख) कस्तो खाले आँसु र पीडा हुनेछैन? (लूका ८:४९-५२; रोमी ८:२१, २२; प्रका. २१:४)

कथा ७२

राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ

  1. १. चित्रमा देखाइएको मान्छे को हो र त्यो मान्छे किन संकटमा परेछ?

  2. २. हिजकियाहले परमेश्‍वरको वेदी अगाडि राखेको चिट्ठीमा के लेखिएको छ अनि हिजकियाहले के भनेर प्रार्थना गर्छ?

  3. ३. हिजकियाह कस्तो राजा हो र यहोवाले अगमवक्‍ता यशैयामार्फत कस्तो समाचार पठाउनुहुन्छ?

  4. ४. यहोवाको दूतले अश्‍शूरीहरूलाई के गर्छन्‌, चित्र हेरेर बताऊ।

  5. ५. दस गोत्रे राज्यमा केही समयका लागि शान्ति भए पनि हिजकियाह मरेपछि के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो राजा १८:१-३६ पढ्‌नुहोस्‌।

    1. (क) अश्‍शूरीहरूको मुख्य अफिसरले इस्राएलीहरूको विश्‍वास कसरी कमजोर पार्न खोज्यो? (२ राजा १८:१९, २१; प्रस्थ. ५:२; भज. ६४:३)

    2. (ख) विरोधीहरूको सामना गर्नुपर्दा यहोवाका साक्षीहरूले कसरी हिजकियाहको उदाहरण अनुकरण गर्छन्‌? (२ राजा १८:३६; भज. ३९:१; हितो. २६:४; २ तिमो. २:२४)

  2. २. दोस्रो राजा १९:१-३७ पढ्‌नुहोस्‌।

    1. (क) संकट आइपर्दा अहिले यहोवाका जनहरूले कसरी हिजकियाहले गरेझैं गर्छन्‌? (२ राजा १९:१, २; हितो. ३:५, ६; हिब्रू १०:२४, २५; याकू. ५:१४, १५)

    2. (ख) राजा सनहेरीबले कसरी तीन गुणा हार भोग्नु पऱ्‍यो र उसले भविष्यसूचक रूपमा कसलाई चित्रण गर्छ? (२ राजा १९:३२, ३५, ३७; प्रका. २०:२, ३)

  3. ३. दोस्रो राजा २१:१-६, १६ पढ्‌नुहोस्‌।

    यरूशलेममा शासन गर्ने राजाहरूमध्ये मनश्‍शे सबैभन्दा खराब थियो भनेर किन भन्‍न सकिन्छ? (२ इति. ३३:४-६, ९)

कथा ७३

इस्राएलको अन्तिम असल राजा

  1. १. योशियाह राजा हुँदा कति वर्षको थियो र राजा भएको सात वर्षपछि उसले के गर्न थाल्छ?

  2. २. पहिलो चित्रमा योशियाह के गर्दैछ?

  3. ३. मन्दिरको मर्मत गरिरहेको बेला प्रधान पूजाहारीले के फेला पार्छ?

  4. ४. योशियाह किन आफ्नो लुगा च्यात्छ?

  5. ५. अगमवादिनी हुल्दाले यहोवाको के भविष्यवाणी योशियाहलाई सुनाउँछे?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो इतिहास ३४:१-२८ पढ्‌नुहोस्‌।

    1. (क) खराब वातावरणबीच हुर्कनुपरेका मानिसहरूका लागि योशियाह किन असल उदाहरण हो? (२ इति. ३३:२१-२५; ३४:१, २; भज. २७:१०)

    2. (ख) आफ्नो शासनको ८ औं, १२ औं अनि १८ औं वर्षमा साँचो उपासनालाई बढाउन योशियाहले के-कस्ता कदम चाल्यो? (२ इति. ३४:३, ८)

    3. (ग) उपासना गर्ने ठाउँको सम्भार गर्ने सम्बन्धमा राजा योशियाह र प्रधान पूजाहारी हिल्कियाहले हाम्रो लागि कस्तो उदाहरण बसाले? (२ इति. ३४:९-१३; हितो. ११:१४; १ कोरि. १०:३१)

कथा ७४

निडर मान्छे

  1. १. चित्रमा देखाइएको यो युवक को हो?

  2. २. अगमवक्‍ताको जिम्मेवारी पाउँदा उसलाई कस्तो लाग्छ तर यहोवाले उसलाई के भन्‍नुहुन्छ?

  3. ३. यर्मियाले अरू मान्छेलाई के सन्देश दिइरहन्छ?

  4. ४. पूजाहारीहरू यर्मियालाई कसरी रोक्न खोज्छन्‌ तर उसले आफू निडर छु भनी कसरी देखाउँछ?

  5. ५. खराब काम गर्न नछोड्‌ने इस्राएलीहरूलाई के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. यर्मिया १:१-८ पढ्‌नुहोस्‌।

    1. (क) यर्मियाको उदाहरणले देखाएअनुसार कुनै पनि मान्छे कसरी यहोवाको सेवा गर्न योग्यको हुन्छ? (२ कोरि. ३:५, ६)

    2. (ख) आजका मसीही युवायुवतीका लागि यर्मिया कसरी प्रोत्साहनदायी उदाहरण हो? (उप. १२:१; १ तिमो. ४:१२)

  2. २. यर्मिया १०:१-५ पढ्‌नुहोस्‌।

    मूर्तिहरूमा भरोसा गर्नु बेकार छ भनेर देखाउन यर्मियाले कस्तो प्रभावकारी उदाहरण दिन्छ? (यर्मि. १०:५; यशै. ४६:७; हब. २:१९)

  3. ३. यर्मिया २६:१-१६ पढ्‌नुहोस्‌।

    1. (क) यहोवाले यर्मियालाई “सबै कुरा भन्‌, एउटै कुरा पनि नराख्‌” भनेर दिनुभएको आदेशलाई अहिले शेष अभिषिक्‍त जनले चेतावनीमूलक सन्देश सुनाउनुपर्दा कसरी शिरोपर गर्छन्‌? (यर्मि. २६:२; व्यव. ४:२; प्रेरि. २०:२७)

    2. (ख) जाति-जातिका मानिसहरूलाई यहोवाको चेतावनी सुनाउने सम्बन्धमा अहिलेका यहोवाका साक्षीहरूको निम्ति यर्मियाले कस्तो उदाहरण बसाले? (यर्मि. २६:८, १२, १४, १५; २ तिमो. ४:१-५)

  4. ४. दोस्रो राजा २४:१-१७ पढ्‌नुहोस्‌।

    यहोवालाई त्यागेको हुनाले यहूदाले कस्तो नमीठो नतिजा भोग्नुपऱ्‍यो? (२ राजा २४:२-४, १४)

कथा ७५

बाबेलमा चार जना केटा

  1. १. चित्रमा देखाइएका यी चार केटाहरू को हुन्‌? उनीहरू किन बाबेलमा छन्‌?

  2. २. नबूकदनेसरले यी चार केटाहरूलाई के गर्ने विचार गरेका छन्‌? उसले आफ्ना सेवकहरूलाई के गर्न अह्राउँछ?

  3. ३. दानियलले आफू र आफ्ना तीन साथीलाई कस्तो खानेकुरा अनि पिउने कुरा दिन बिन्ती गर्छ?

  4. ४. दानियल र उसका तीन साथीलाई दस दिनसम्म सागपात खान दिएपछि नबूकदनेसरको कारिन्दाले के फरक भेट्टाउँछ?

  5. ५. दानियल र उसका तीन साथी कसरी राजाको दरबारमा पुग्छन्‌ र उनीहरू कुन-कुन तरिकामा अरू पूजाहारी अनि बुद्धिमान्‌ मान्छेहरूभन्दा श्रेष्ठ ठहरिन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. दानियल १:१-२१ पढ्‌नुहोस्‌।

    1. (क) प्रलोभनमा नपर्न अनि आफ्ना कमजोरीहरूलाई जित्न हामीले कस्तो प्रयास गर्नै पर्छ? (दानि. १:८; उत्प. ३९:७, १०; गला. ६:९)

    2. (ख) आजका युवायुवतीहरू कसरी कसै-कसैलाई ‘मीठा-मीठा’ लाग्ने कुराहरूप्रति लोभिन वा कसैको दबाबमा पर्न सक्छन्‌? (दानि. १:८; हितो. २०:१; २ कोरि. ६:१७-७:१)

    3. (ग) चार हिब्रू केटाहरूबारे बाइबलमा दिइएको घटनाबाट हामी सांसारिक ज्ञानबारे के कुरा बुझ्ने मदत पाउँछौं? (दानि. १:२०; यशै. ५४:१३; १ कोरि. ३:१८-२०)

कथा ७६

यरूशलेम नाश हुन्छ

  1. १. यरूशलेम र इस्राएलीहरूलाई के भइरहेको छ, चित्र हेरेर बताऊ।

  2. २. इजकिएल को हो र यहोवाले उसलाई कस्तो घिनलाग्दा कुराहरू देखाउनुहुन्छ?

  3. ३. इस्राएलीहरूको मनमा यहोवाको डर नभएको हुनाले उहाँले के गर्ने निर्णय गर्नुहुन्छ?

  4. ४. इस्राएलीहरूले विद्रोह गर्दा नबूकदनेसरले के गर्छ?

  5. ५. यहोवाले इस्राएलीहरूमाथि यत्रो ठूलो संकट किन आइपर्न दिनुहुन्छ?

  6. ६. कसरी र कतिन्जेल इस्राएलमा कोही पनि हुँदैन?

थप प्रश्‍नहरू:

  1. १. दोस्रो राजा २५:१-२६ पढ्‌नुहोस्‌।

    1. (क) सिदकियाह को थिए र उसलाई के भयो अनि त्यस घटनाले बाइबलमा गरिएको भविष्यवाणी कसरी पूरा गऱ्‍यो? (२ राजा २५:५-७; इज. १२:१३-१५)

    2. (ख) इस्राएलले गरेको सबै खराब कामका लागि यहोवाले कसलाई जिम्मेवार ठहऱ्‍याउनुभयो? (२ राजा २५:९, ११, १२, १८, १९; २ इति. ३६:१४, १७)

  2. २. इजकिएल ८:१-१८ पढ्‌नुहोस्‌।

    कसरी मसीहीजगत्‌ पनि सूर्य-पूजा गर्ने धर्मत्यागी इस्राएलीहरूजस्तै भएको छ? (इज. ८:१६; यशै. ५:२०, २१; यूह. ३:१९-२१; २ तिमो. ४:३)

कथा ७७

उनीहरूले ढोगेनन्‌

  1. १. बाबेलको राजा नबूकदनेसरले मान्छेहरूलाई के गर्ने आदेश दिन्छ?

  2. २. दानियलका तीन साथीले सुनको मूर्तिलाई किन ढोग्दैनन्‌?

  3. ३. नबूकदनेसरले फेरि मौका दिंदा ती तीन हिब्रू केटाले यहोवामाथिको आफ्नो भरोसा कसरी देखाउँछन्‌?

  4. ४. शद्रक, मेशेक र अबेद्‌नगोलाई के गर्नू भनेर नबूकदनेसरले आफ्ना मान्छेहरूलाई अह्राउँछ?

  5. ५. आगोको भट्टीभित्र नबूकदनेसरले के देख्छ?

  6. ६. राजाले किन शद्रक, मेशेक र अबेद्‌नगोको प्रशंसा गर्छ अनि उनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. दानियल ३:१-३० पढ्‌नुहोस्‌।

    1. (क) हाम्रो निष्ठाको जाँच हुँदा तीन हिब्रू केटाले देखाएजस्तै कस्तो मनोवृत्ति देखाउनुपर्छ? (दानि. ३:१७, १८; मत्ती १०:२८; रोमी १४:७, ८)

    2. (ख) यहोवा परमेश्‍वरले नबूकदनेसरलाई कुन महत्त्वपूर्ण पाठ पढाउनुभयो? (दानि. ३:२८, २९; ४:३४, ३५)

कथा ७८

भित्तामा लेख्ने औंला

  1. १. बाबेलको राजाले ठूलो भोज लगाउँदा र त्यस भोजमा यरूशलेमको मन्दिरबाट ल्याइएका कचौराहरू चलाउँदा के हुन्छ?

  2. २. बेलसजर आफ्ना बुद्धिमान्‌ मान्छेलाई के गर्न भन्छ? उनीहरूले के गर्न सक्दैनन्‌?

  3. ३. राजाकी आमा उसलाई के गर्न भन्छे?

  4. ४. दानियलले राजालाई बताएअनुसार परमेश्‍वरले किन भित्तामा लेख्न लगाउनुभयो?

  5. ५. दानियलले भित्तामा लेखिएका शब्दहरूको अर्थ के हो भनेर बताउँछ?

  6. ६. दानियल बोल्दाबोल्दै के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. दानियल ५:१-३१ पढ्‌नुहोस्‌।

    1. (क) ईश्‍वरीय भय अनि भित्तामा लेखिएका अक्षर देख्दा बेलसजरले महसुस गरेको डरबीचको भिन्‍नता बताउनुहोस्‌। (दानि. ५:६, ७; भज. १९:९; रोमी ८:३५-३९)

    2. (ख) बेलसजर अनि राजाका भारदारसामु कुरा गर्दा दानियलले कसरी ठूलो साहस देखायो? (दानि. ५:१७, १८, २२, २६-२८; प्रेरि. ४:२९)

    3. (ग) विश्‍वव्यापी सार्वभौमिकता यहोवाको नै हो भनेर दानियल अध्याय ५ ले कसरी पुष्टि गर्छ? (दानि. ४:१७, २५; ५:२१)

कथा ७९

दानियल सिंहको खोरमा

  1. १. दारा को हो? उसलाई दानियल कस्तो लाग्छ?

  2. २. केही डाही मान्छेले दारालाई के गर्न उक्साउँछन्‌?

  3. ३. दारा राजाले बनाएको नयाँ नियमबारे सुन्‍ने बित्तिकै दानियल के गर्छ?

  4. ४. दारा किन चिन्ताले सुत्नै सक्दैन? भोलिपल्ट बिहानै उसले के गर्छ?

  5. ५. दानियलले दारालाई के जवाफ दिन्छ?

  6. ६. दानियललाई मार्न खोज्ने बदमासहरूलाई के हुन्छ? दाराले आफ्नो राज्यमा बस्ने सबैलाई के उर्दी पठाउँछ?

थप प्रश्‍नहरू:

  1. १. दानियल ६:१-२८ पढ्‌नुहोस्‌।

    1. (क) दानियल विरुद्ध षड्यन्त्र गरेझैं अहिले आधुनिक समयमा यहोवाका साक्षीको कामलाई दबाउन विरोधीहरूले के-कस्ता प्रयास गरेका छन्‌? (दानि. ६:७; भजन. ९४:२०; यशै. १०:१; रोमी ८:३१)

    2. (ख) दानियलको अनुकरण गर्दै अहिले परमेश्‍वरका सेवकहरू कसरी “उच्च अख्तियारवालाहरूका” अधीनमा बस्छन्‌? (दानि. ६:५, १०; रोमी १३:१; प्रेरि. ५:२९)

    3. (ग) दानियलजस्तै हामी कसरी “निरन्तर” यहोवाको सेवा गर्न सक्छौं? (दानि. ६:१६, २०; फिलि. ३:१६; प्रका. ७:१५)

कथा ८०

परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌

  1. १. इस्राएलीहरू के गर्दैछन्‌, चित्र हेरेर बताऊ।

  2. २. यहोवाले यशैयामार्फत गर्नुभएको भविष्यवाणी कोरसले कसरी पूरा गर्छ?

  3. ३. यरूशलेम फर्कन नसक्ने इस्राएलीहरूलाई कोरसले के भन्छ?

  4. ४. यरूशलेममा फिर्ता लैजान कोरसले इस्राएलीहरूलाई के दिन्छ?

  5. ५. यरूशलेम पुग्न इस्राएलीहरूलाई कति समय लाग्छ?

  6. ६. यरूशलेममा कोही पनि नबसेको कति वर्ष भइसकेको थियो?

थप प्रश्‍नहरू:

  1. १. यशैया ४४:२८ ४५:१-४ पढ्‌नुहोस्‌।

    1. (क) कोरेसबारे गर्नुभएको भविष्यवाणी पक्कै पूरा हुनेछ भनेर यहोवाले कसरी जोड दिनुभयो? (यशै. ५५:१०, ११; रोमी ४:१७)

    2. (ख) यहोवा परमेश्‍वरले भविष्य बताउन सक्नुहुन्छ भनेर कोरससम्बन्धी यशैयाको भविष्यवाणीले कसरी देखाउँछ? (यशै. ४२:९; ४५:२१; ४६:१०, ११; २ पत्रु. १:२०)

  2. २. एज्रा १:१-११ पढ्‌नुहोस्‌।

    यरूशलेम फर्कन नसक्ने यहूदीहरूको अनुकरण गर्दै आज हामीले पनि पूर्ण-समय सेवामा लाग्नेहरूलाई कसरी “सहायता” गर्न सक्छौं? (एज्रा १:४, ६; रोमी १२:१३; कल. ४:१२)

कथा ८१

परमेश्‍वरले दिनुहुने मदतमा भरोसा गर्ने

  1. १. कति जनाले यरूशलेमसम्म लामो यात्रा गर्छन्‌? यरूशलेम पुग्दा उनीहरूले त्यहाँ के पाउँछन्‌?

  2. २. यरूशलेम पुगेपछि इस्राएलीहरूले के बनाउन थाल्छन्‌? तर तिनीहरूका शत्रुहरूले के गर्छन्‌?

  3. ३. हाग्गै र जकरिया को हुन्‌? उनीहरू इस्राएलीहरूलाई के भन्छन्‌?

  4. ४. तत्तनैले किन बाबेलमा चिट्ठी पठाउँछ? चिट्ठीको के जवाफ आउँछ?

  5. ५. परमेश्‍वरको मन्दिर मर्मत गर्नुपर्छ भन्‍ने थाह पाएपछि एज्राले के गर्छ?

  6. ६. चित्रमा देखाएझैं एज्राले के कुराको लागि प्रार्थना गर्छ? उसले प्रार्थनाको कस्तो जवाफ पाउँछ अनि यसबाट हामी कस्तो शिक्षा पाउँछौं?

थप प्रश्‍नहरू:

  1. १. एज्रा ३:१-१३ पढ्‌नुहोस्‌।

    हाम्रो वरपर परमेश्‍वरका जनहरूको कुनै मण्डली छैन भने पनि हामीले के गरिरहनुपर्छ? (एज्रा ३:३, ६; प्रेरि. १७:१६, १७; हिब्रू १३:१५)

  2. २. एज्रा ४:१-७ पढ्‌नुहोस्‌।

    साँचो र झूटो दुवै धर्ममा खुट्टा नहालेर यरूबाबेलले यहोवाका जनहरूको लागि कस्तो राम्रो उदाहरण बसाले? (प्रस्थ. ३४:१२; १ कोरि. १५:३३; २ कोरि. ६:१४-१७)

  3. ३. एज्रा ५:१-५, १७ ६:१-२२ पढ्‌नुहोस्‌।

    1. (क) मन्दिर निर्माण गर्ने काम विरोधीहरूले किन रोक्न सकेनन्‌? (एज्रा ५:५; यशै. ५४:१७)

    2. (ख) विद्रोहीहरूको सामना गर्नुपर्दा मसीही प्राचीनहरूले कसरी यहूदी बूढा-प्रधानहरूको अनुकरण गर्दै यहोवाको निर्देशन खोज्नुपर्छ? (एज्रा ६:१४; भज. ३२:८; रोमी ८:३१; याकू. १:५)

  4. ४. एज्रा ८:२१-२३, २८-३६ पढ्‌नुहोस्‌।

    कुनै काम थाल्नुअघि एज्राले जस्तै के गर्नु बेस हुनेछ? (एज्रा ८:२३; भज. १२७:१; हितो. १०:२२; याकू. ४:१३-१५)

कथा ८२

मोर्दकै र एस्तर

  1. १. मोर्दकै र एस्तर को हुन्‌?

  2. २. राजा अहासूरसले किन नयाँ रानी राख्ने निर्णय गर्छ? उसले कसलाई छान्छ?

  3. ३. हामान को हो र ऊ किन रिसाउँछ?

  4. ४. हामानको कुरा सुनेर अहासूरसले के हुकुम दिन्छ? मोर्दकैको खबर पाएपछि एस्तर के गर्छे?

  5. ५. हामानलाई के हुन्छ अनि मोर्दकैलाई के हुन्छ?

  6. ६. इस्राएलीहरू शत्रुबाट कसरी जोगिन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. एस्तर २:१२-१८ पढ्‌नुहोस्‌।

    “नम्र र शान्त आत्मा” विकास गर्नुपर्ने आवश्‍यकतालाई एस्तरले कसरी प्रदर्शन गरी? (एस्त. २:१५; १ पत्रु. ३:१-५)

  2. २. एस्तर ४:१-१७ पढ्‌नुहोस्‌।

    एस्तरले साँचो उपासकहरूलाई बचाउने मौका पाएझैं आज हामीले यहोवाप्रतिको आफ्नो भक्‍ति र वफादारी देखाउने कस्तो मौका पाएका छौं? (एस्त. ४:१३, १४; मत्ती ५:१४-१६; २४:१४)

  3. ३. एस्तर ७:१-६ पढ्‌नुहोस्‌।

    एस्तरले जस्तै आज परमेश्‍वरका थुप्रै जनले पनि कसरी सतावट भोग्नुपर्ने खतरा मोलेका छन्‌? (एस्त. ७:४; मत्ती १०:१६-२२; १ पत्रु. २:१२)

कथा ८३

यरूशलेमको पर्खाल

  1. १. यरूशलेम सहरलाई घेर्ने पर्खाल नभएकोले इस्राएलीहरूलाई कस्तो लागिरहेको छ?

  2. २. नहेम्याह को हो?

  3. ३. नहेम्याहको काम के हो र यो काम किन महत्त्वपूर्ण छ?

  4. ४. कस्तो खबर सुनेर नहेम्याह दुःखी हुन्छ र उसले के गर्छ?

  5. ५. राजा आर्ट-जारसेजले नहेम्याहलाई कसरी दया देखाउँछ?

  6. ६. इस्राएलीहरूलाई शत्रुहरूले रोक्न नसकून्‌ भनेर नहेम्याहले कसरी पर्खाल बनाउन सुरु गर्छ?

थप प्रश्‍नहरू:

  1. १. नहेम्याह १:४-६ २:१-२० पढ्‌नुहोस्‌।

    नहेम्याहले कसरी यहोवाको निर्देशन खोजे? (नहे. २:४, ५; रोमी १२:१२; १ पत्रु. ४:७)

  2. २. नहेम्याह ३:३-५ पढ्‌नुहोस्‌।

    तकोका मान्छेहरू र ‘तिनीहरूका भारदारहरूबाट’ मसीही प्राचीन तथा सेवकाई सेवकहरूले कस्तो पाठ सिक्न सक्छन्‌? (नहे. ३:५, २७; २ थिस्स. ३:७-१०; १ पत्रु. ५:५)

  3. ३. नहेम्याह ४:१-२३ पढ्‌नुहोस्‌।

    1. (क) घोर विरोधको सामना गर्नुपर्दा समेत इस्राएलीहरूलाई निर्माण कार्यमा निरन्तर लागिरहन के कुराले उत्प्रेरित गऱ्‍यो? (नहे. ४:६, ८, ९; भज. ५०:१५; यशै. ६५:१३, १४)

    2. (ख) इस्राएलीहरूको उदाहरणले हामीलाई अहिले के प्रोत्साहन दिन्छ?

  4. ४. नहेम्याह ६:१५ पढ्‌नुहोस्‌।

    यरूशलेमको पर्खाल दुई महिनाभित्रै निर्माण भइसक्नुले विश्‍वासको शक्‍ति कसरी प्रदर्शन गर्छ? (भज. ५६:३, ४; मत्ती १७:२०; ९:२६)

कथा ८४

एउटा स्वर्गदूत मरियमलाई भेट्‌न आउँछन्‌

  1. १. यो चित्रमा देखाइएकी आइमाई को हो?

  2. २. गब्रिएलले मरियमलाई के भन्छन्‌?

  3. ३. कुनै पुरुषसँग बिहे नगरीकनै मरियमले बच्चा जन्माउनेछिन्‌ भन्‍ने कुरालाई गब्रिएल कसरी बुझाउँछन्‌?

  4. ४. मरियमले आफ्नी दिदी पर्ने इलीशिबालाई भेट्‌न जाँदा के हुन्छ?

  5. ५. मरियमले बच्चा पाउन लागेकी छे भन्‍ने थाह पाएपछि युसूफले के गर्ने विचार गर्छ? तर पछि उसले आफ्नो विचार किन फेर्छ?

थप प्रश्‍नहरू:

  1. १. लूका १:२६-५६ पढ्‌नुहोस्‌।

    1. (क) परमेश्‍वरले आफ्नो पुत्रको जीवन मरियमको गर्भमा सार्नुहुँदा, आदमबाट आएको असिद्धताले असर गऱ्‍यो वा गरेन, लूका १:३५ ले के संकेत गर्छ? (हाग्गै २:११-१३; यूह. ६:६९; हिब्रू ७:२६; १०:५)

    2. (ख) जन्मिनुअघि नै येशू कसरी सम्मानित हुनुभयो? (लूका १:४१-४३)

    3. (ग) सेवा गर्ने विशेष मौका पाउनेहरूका लागि मरियमले कस्तो राम्रो उदाहरण बसाली? (लूका १:३८, ४६-४९; १७:१०; हितो. ११:२)

  2. २. मत्ती १:१८-२५ पढ्‌नुहोस्‌।

    येशूलाई इम्मानुएल भन्‍ने व्यक्‍तिगत नाउँ नदिइए तापनि उहाँले यस पृथ्वीमा हुनुहुँदा कसरी यो नाउँको अर्थ पूरा गर्नुभयो? (मत्ती १:२२, २३; यूह. १४:८-१०; हिब्रू १:१-३)

कथा ८५

येशू गोठमा जन्मिनुहुन्छ

  1. १. चित्रको सानो बच्चा को हुनुहुन्छ र मरियमले उहाँलाई कहाँ सुताउँछे?

  2. २. येशूको जन्म किन गोठमा हुन्छ?

  3. ३. ढोकाबाट भित्र छिर्न लागेका मान्छेहरू को हुन्‌, चित्र हेरेर बताऊ। स्वर्गदूतले उनीहरूलाई के भनेका थिए?

  4. ४. येशू किन विशेष व्यक्‍ति हुनुहुन्छ?

  5. ५. येशूलाई परमेश्‍वरको छोरा किन भन्‍न सकिन्छ?

थप प्रश्‍नहरू:

  1. १. लूका २:१-२० पढ्‌नुहोस्‌।

    1. (क) येशूको जन्मबारे गरिएको भविष्यवाणी पूरा गर्न सिजर अगस्तसको पनि कस्तो भूमिका रह्‍यो? (लूका २:१-४; मीका ५:२)

    2. (ख) ‘[परमेश्‍वर] प्रसन्‍न हुनुभएका मानिसहरूको’ गन्तीमा पर्न के गर्नुपर्छ? (लूका २:१४; मत्ती १६:२४; यूह. १७:३; प्रेरि. ३:१९; हिब्रू ११:६)

    3. (ग) मुक्‍तिदाता जन्मिनु भएको थाह पाउँदा मात्र पनि यहूदाका साधारण गोठालाहरू त खुसी भए भने अहिले परमेश्‍वरका जन किन झन्‌ धेरै खुसी हुनुपर्छ? (लूका २:१०, ११; एफि. ३:८, ९; प्रका. ११:१५; १४:६)

कथा ८६

ताराले डोऱ्‍याएका मान्छेहरू

  1. १. चित्रमा देखाइएका मान्छेहरू को हुन्‌ र उनीहरूमध्ये एक जनाले किन त्यो चम्किलो तारालाई देखाइरहेको छ?

  2. २. राजा हेरोद किन विचलित हुन्छ र उसले के गर्छ?

  3. ३. त्यो चम्किलो ताराले ती मान्छेहरूलाई कता लैजान्छ? उनीहरू किन अर्कै बाटो भएर घर फर्कन्छन्‌?

  4. ४. हेरोदले के गर्ने हुकुम गर्छ र किन?

  5. ५. यहोवाले युसूफलाई के गर्न अह्राउनुहुन्छ?

  6. ६. त्यो नयाँ तारा चम्काउने को हो र किन?

थप प्रश्‍न:

  1. १. मत्ती २:१-२३ पढ्‌नुहोस्‌।

    येशू कति वर्षको हुनुहुन्थ्यो र ज्योतिषीहरूले भेट्‌न आउँदा उहाँ कुन ठाउँमा बस्नुहुन्थ्यो? (मत्ती २:१, ११, १६)

कथा ८७

बालक येशू मन्दिरमा

  1. १. चित्रमा येशू कति वर्षको हुनुहुन्छ? उहाँ कुन ठाउँमा हुनुहुन्छ?

  2. २. हरेक वर्ष युसूफ आफ्नो परिवारलाई लिएर कहाँ जान्छ?

  3. ३. घर जान एक दिनको बाटो हिंडिसकेको भए तापनि युसूफ र मरियम किन फेरि यरूशलेम फर्कन्छन्‌?

  4. ४. युसूफ र मरियमले येशूलाई कहाँ भेट्टाउँछन्‌ र त्यहाँ मान्छेहरू किन छक्क पर्दैछन्‌?

  5. ५. येशू आफ्नी आमा मरियमलाई के भन्‍नुहुन्छ?

  6. ६. परमेश्‍वरबारे सिक्ने सम्बन्धमा हामी कसरी येशूजस्तै हुन सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. लूका २:४१-५२ पढ्‌नुहोस्‌।

    1. (क) व्यवस्थाअनुसार वार्षिक चाडमा लोग्नेमान्छेहरू मात्र अनिवार्य उपस्थित हुनुपर्ने भए तापनि युसूफ र मरियम दुवै यरूशलेमको मन्दिरमा गएर अहिलेका आमाबाबुको लागि कस्तो राम्रो उदाहरण बसाले? (लूका २:४१; व्यव. १६:१६; ३१:१२; हितो. २२:६)

    2. (ख) आफ्नो आमाबाबुको अधीनमा बसेर येशूले आजका केटाकेटीका लागि कस्तो राम्रो नमुना बसाल्नुभयो?

  2. २. मत्ती १३:५३-५६ पढ्‌नुहोस्‌।

    येशूका कुन चार भाइहरूको नाउँ बाइबलमा दिइएको छ र पछि तिनीहरूमध्ये दुई जनाले मसीही मण्डलीमा कस्तो जिम्मावारी पाए? (मत्ती १३:५५; प्रेरि. १२:१७; १५:६, १३; २१:१८; गला. १:१९; याकू. १:१; यहू. १)

कथा ८८

यूहन्‍ना येशूलाई बप्तिस्मा दिन्छ

  1. १. चित्रमा देखाइएका यी दुई जना को-को हुन्‌?

  2. २. बप्तिस्मा कसरी दिइन्छ?

  3. ३. यूहन्‍नाले अक्सर कसलाई बप्तिस्मा दिन्छ?

  4. ४. कुन विशेष कारणले गर्दा येशूले यूहन्‍नालाई ‘मलाई बप्तिस्मा देऊ’ भन्‍नुहुन्छ?

  5. ५. येशूले बप्तिस्मा लिनुभएकोमा आफूलाई खुसी लागेको छ भनेर यहोवाले कसरी देखाउनुहुन्छ?

  6. ६. येशू ४० दिनका लागि एकान्तमा जानुहुँदा के हुन्छ?

  7. ७. येशूका पहिलो चेलाहरू को-को हुन्‌ र उहाँले गर्नुभएको पहिलो चमत्कार के हो?

थप प्रश्‍नहरू:

  1. १. मत्ती ३:१३-१७ पढ्‌नुहोस्‌।

    येशू आफैले बप्तिस्मा लिनुभएर आफ्ना चेलाहरूको निम्ति कस्तो नमुना बसाल्नुभयो? (भज. ४०:७, ८; मत्ती २८:१९, २०; लूका ३:२१, २२)

  2. २. मत्ती ४:१-११ पढ्‌नुहोस्‌।

    येशू बाइबल प्रयोग गर्न सिपालु हुनुहुन्थ्यो भन्‍ने कुराले हामीलाई नियमित तवरमा बाइबल पढ्‌न कसरी प्रोत्साहित गर्छ? (मत्ती ४:५-७; २ पत्रु. ३:१७, १८; १ यूह. ४:१)

  3. ३. यूहन्‍ना १:२९-५१ पढ्‌नुहोस्‌।

    बप्तिस्मा दिने यूहन्‍नाले आफ्ना चेलाहरूलाई कसको चेला हुन प्रोत्साहन दिए र अहिले हामीले पनि कसरी त्यसै गर्न सक्छौं? (यूह. १:२९, ३५, ३६; ३:३०; मत्ती २३:१०)

  4. ४. यूहन्‍ना २:१-१२ पढ्‌नुहोस्‌।

    यहोवाले आफ्ना सेवकहरूलाई असल कुराबाट वञ्चित गर्नुहुन्‍न भन्‍ने कुरा येशूले गर्नुभएको पहिलो चमत्कारबाट कसरी देखियो? (यूह. २:९, १०; भज. ८४:११; याकू. १:१७)

कथा ८९

येशू मन्दिर सफा बनाउनुहुन्छ

  1. १. मान्छेहरू किन मन्दिरमा पशुपंक्षीहरू बेच्छन्‌?

  2. २. येशू किन रिसाउनुहुन्छ?

  3. ३. येशूले के गर्नुहुन्छ, चित्र हेरेर बताऊ। ढुकुर बेच्नेहरूलाई उहाँ के भन्‍नुहुन्छ?

  4. ४. येशूले गर्नुभएको कुरा देखेर उहाँका चेलाहरू के सम्झन्छन्‌?

  5. ५. येशू कुन जिल्ला भएर गालील फर्कनुहुन्छ?

थप प्रश्‍न:

  1. १. यूहन्‍ना २:१३-२५ पढ्‌नुहोस्‌।

    राज्यभवनलाई व्यापार गर्ने थलो बनाउनु हुन्छ वा हुँदैन, मन्दिरमा पैसा साट्‌न बसेकाहरूसित येशू रिसाउनुभएको घटनाबाट हामी के सिक्छौं? (यूह. २:१५, १६; १ कोरि. १०:२४, ३१-३३)

कथा ९०

येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छ

  1. १. येशू किन सामरियाको इनारनेर रोकिनुहुन्छ र त्यहाँ एउटी आइमाईलाई उहाँ के भन्दै हुनुहुन्छ?

  2. २. त्यो आइमाई किन छक्क पर्छे? येशूले उसलाई के भन्‍नुहुन्छ र किन?

  3. ३. त्यो आइमाईलाई येशूले कस्तो पानीको कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्छ तर वास्तवमा येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

  4. ४. त्यो आइमाई येशूलाई उसको विषयमा के थाह भएको देखेर छक्क पर्छे? येशूले यस्तो जानकारी कहाँबाट पाउनुभयो?

  5. ५. इनारमा भेटिएकी आइमाईको कथाबाट हामी के सिक्न सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. यूहन्‍ना ४:५-४३ पढ्‌नुहोस्‌।

    1. (क) येशूको अनुकरण गर्दै हामीले भिन्‍नै जात अथवा सामाजिक पृष्ठभूमिका मानिसहरूसित कस्तो व्यवहार गर्नुपर्छ? (यूह. ४:९; १ कोरि. ९:२२; १ तिमो. २:३, ४; ती. २:११)

    2. (ख) येशूको चेला हुनेहरूले पाउने आध्यात्मिक फाइदाहरू के-के हुन्‌? (यूह. ४:१४; यशै. ५८:११; २ कोरि. ४:१६)

    3. (ग) आफूले सिकेको कुरा अरूलाई बताउन आतुर सामरी आइमाईले जस्तै हामीले पनि कसरी आफ्नो कृतज्ञता व्यक्‍त गर्न सक्छौं? (यूह. ४:७, २८; मत्ती ६:३३; लूका १०:४०-४२)

कथा ९१

येशू डाँडामा सिकाउनुहुन्छ

  1. १. येशू कहाँ सिकाउँदै हुनुहुन्छ, चित्र हेरेर बताऊ। उहाँ नजिकै बस्नेहरू को हुन्‌?

  2. २. येशूका १२ चेलाहरूको नाउँ के हो?

  3. ३. येशूले प्रचार गरिरहनुभएको राज्य के हो?

  4. ४. येशूले के भनेर प्रार्थना गर्न सिकाउनुहुन्छ?

  5. ५. हामीले एकअर्कोसित कस्तो व्यवहार गर्नुपर्छ भनेर येशू भन्‍नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती ५:१-१२ पढ्‌नुहोस्‌।

    हामी आध्यात्मिक कुराहरूका लागि तिर्खाउँछौं भनेर कुन-कुन तरिकामा देखाउन सक्छौं? (मत्ती ५:३; रोमी १०:१३-१५; १ तिमो. ४:१३, १५, १६)

  2. २. मत्ती ५:२१-२६ पढ्‌नुहोस्‌।

    भाइहरूसितको हाम्रो सम्बन्धले यहोवासितको हाम्रो सम्बन्धलाई असर गर्न सक्छ भनेर मत्ती ५:२३, २४ ले कसरी जोड दिन्छ? (मत्ती ६:१४, १५; भज. १३३:१; कल. ३:१३; १ यूह. ४:२०)

  3. ३. मत्ती ६:१-८ पढ्‌नुहोस्‌।

    मसीहीहरूले कुन-कुन कुरा नगरेर आत्म-धर्मी बन्‍नदेखि आफूलाई रोक्नुपर्छ? (लूका १८:११, १२; १ कोरि. ४:६, ७; २ कोरि. ९:७)

  4. ४. मत्ती ६:२५-३४ पढ्‌नुहोस्‌।

    यहोवाले हाम्रा भौतिक आवश्‍यकताहरू पूरा गर्न मदत गर्नुहुन्छ भनेर भरोसा गर्नुपर्ने आवश्‍यकताबारे येशूले के सिकाउनुभयो? (प्रस्थ. १६:४; भज. ३७:२५; फिलि. ४:६)

  5. ५. मत्ती ७:१-११ पढ्‌नुहोस्‌।

    मत्ती ७:५ को जीवन्त उदाहरणबाट हामी के सिक्न सक्छौं? (हितो. २६:१२; रोमी २:१; १४:१०; याकू. ४:११, १२)

कथा ९२

येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ

  1. १. चित्रमा देखाइएकी केटीको बुबा को हो? उसका आमाबाबु किन धेरै चिन्ता गरिरहेका छन्‌?

  2. २. येशूलाई भेट्टाएपछि याइरस के गर्छ?

  3. ३. याइरसको घरतर्फ जाँदै गर्दा बाटोमा के हुन्छ र बाटोमै छँदा याइरसले कस्तो समाचार पाउँछ?

  4. ४. याइरसको घरमा भएका मान्छेहरू येशूको कुरा सुनेर किन हाँस्दै ठट्टा गर्न थाल्छन्‌?

  5. ५. तीन जना प्रेरित र केटीका आमाबाबुलाई कोठामा लानुभएपछि येशूले के गर्नुहुन्छ?

  6. ६. येशूले अरू कसलाई पनि जिउँदो पार्नुभएको थियो र यसबाट के प्रस्ट हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. लूका ८:४०-५६ पढ्‌नुहोस्‌।

    रगत बग्ने व्यथा लागेकी आइमाईलाई येशूले कसरी दया गर्नुभयो र व्यावहारिक पनि हुनुभयो अनि यस घटनाबाट आजका मसीही प्राचीनहरूले के सिक्न सक्छन्‌? (लूका ८:४३, ४४, ४७, ४८; लेवी १५:२५-२७; मत्ती ९:१२, १३; कल. ३:१२-१४)

  2. २. लूका ७:११-१७ पढ्‌नुहोस्‌।

    येशूले नाइन सहरकी विधवाको निम्ति गर्नुभएको मायालु कामबाट अहिले आफ्नो प्रिय जन गुमाउनेहरूले कस्तो सान्त्वना पाउन सक्छन्‌? (लूका ७:१३; २ कोरि. १:३, ४; हिब्रू ४:१५)

  3. ३. यूहन्‍ना ११:१७-४४ पढ्‌नुहोस्‌।

    प्रिय व्यक्‍तिको मृत्यु हुँदा रुनु स्वाभाविकै हो भनेर येशूले कसरी देखाउनुभयो? (यूह. ११:३३-३६, ३८; २ शमू. १८:३३; १९:१-४)

कथा ९३

येशू भीडलाई खुवाउनुहुन्छ

  1. १. बप्तिस्मा दिने यूहन्‍नालाई के हुन्छ र यो खबर सुनेर येशूलाई कस्तो लाग्छ?

  2. २. येशूले कसरी भीडलाई खुवाउनुहुन्छ? भीडलाई खुवाएर पनि कति खाना बाँकी हुन्छ?

  3. ३. रात परेपछि चेलाहरू किन डराउँछन्‌ र पत्रुसलाई के हुन्छ?

  4. ४. दोस्रो पटक पनि येशूले हजारौं मान्छेलाई कसरी खुवाउनु हुन्छ?

  5. ५. येशूले यस पृथ्वीमा शासन गर्नु किन असल हुनेछ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती १४:१-३२ पढ्‌नुहोस्‌।

    1. (क) मत्ती १४:२३-३२ ले पत्रुसको व्यक्‍तित्वबारे के बताउँछ?

    2. (ख) पत्रुसले पछि परिपक्व व्यवहार गर्न थाल्यो र आफ्नो हडबडे स्वभावलाई पनि वशमा राख्यो भनेर बाइबलले कसरी प्रकट गर्छ? (मत्ती १४:२७-३०; यूह. १८:१०; २१:७; प्रेरि. २:१४, ३७-४०; १ पत्रु. ५:६, १०)

  2. २. मत्ती १५:२९-३८ पढ्‌नुहोस्‌।

    आफ्नो पिताले गरिदिनुभएको भौतिक प्रबन्धहरूको येशूले कसरी कदर गर्नुभयो? (मत्ती १५:३७; यूह. ६:१२; कल. ३:१५)

  3. ३. यूहन्‍ना ६:१-२१ पढ्‌नुहोस्‌।

    येशूको अनुकरण गर्दै आज मसीहीहरूले कसरी सरकारको आदर गर्न सक्छन्‌? (यूह. ६:१५; मत्ती २२:२१; रोमी १२:२; १३:१-४)

कथा ९४

येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ

  1. १. लामो यात्राबाट फर्किरहेको बेला बाटोमा चेलाहरू के बहस गरिरहेका थिए?

  2. २. येशूले किन सानो केटोलाई बोलाएर चेलाहरूको बीचमा उभ्याउनुहुन्छ?

  3. ३. कुन अर्थमा चेलाहरू पनि बच्चाहरूजस्तै हुनुपर्छ?

  4. ४. येशूले बच्चाहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुरा केही महिनापछि फेरि कसरी देखाउनुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती १८:१-४ पढ्‌नुहोस्‌।

    सिकाउने बेला येशूले किन उखानहरू चलाउनुहुन्थ्यो? (मत्ती १३:३४, ३६; मर्कू. ४:३३, ३४)

  2. २. मत्ती १९:१३-१५ पढ्‌नुहोस्‌।

    परमेश्‍वरको राज्यमा पस्न हामीले साना केटाकेटीको कुन गुण अनुकरण गर्नुपर्छ? (भज. २५:९; १३८:६; १ कोरि. १४:२०)

  3. ३. मर्कूस ९:३३-३७ पढ्‌नुहोस्‌।

    ठूलठूलो मान-पद खोज्ने सम्बन्धमा येशूले आफ्ना चेलाहरूलाई के भन्‍नुभयो? (मर्कू. ९:३५; मत्ती २०:२५, २६; गला. ६:३; फिलि. २:५-८)

  4. ४. मर्कूस १०:१३-१६ पढ्‌नुहोस्‌।

    येशूसित घुलमिल हुनु कत्तिको सजिलो थियो र मसीही प्राचीनहरूले यसबाट के सिक्न सक्छन्‌? (मर्कू. ६:३०-३४; फिलि. २:१-४; १ तिमो. ४:१२)

कथा ९५

येशू राम्ररी सिकाउनुहुन्छ

  1. १. एक जना मान्छेले येशूलाई के सोध्छ र किन?

  2. २. अरूलाई सिकाउन येशूले कहिलेकाहीं के भन्‍नुहुन्थ्यो? हामीले यहूदी र सामरीहरूबारे पहिल्यै के कुरा थाह पाइसकेका छौं?

  3. ३. येशूले भन्‍नुभएको कथामा यरीहोको बाटो हुँदै गइरहेको यहूदीलाई के हुन्छ?

  4. ४. यहूदी पूजाहारी र लेवी त्यही बाटो भएर आउँदा के हुन्छ?

  5. ५. घाइते यहूदीलाई कसले मदत गर्छ, चित्र हेरेर बताऊ।

  6. ६. कथा भनिसिध्याउनु भएपछि येशूले के सोध्नुहुन्छ र उसले के जवाफ दिन्छ?

थप प्रश्‍नहरू:

  1. १. लूका १०:२५-३७ पढ्‌नुहोस्‌।

    1. (क) सीधै प्रश्‍नको जवाफ दिनुको साटो येशूले व्यवस्थाको अध्यापकलाई कसरी तर्क चलाउन मदत गर्नुभयो? (लूका १०:२६; मत्ती १६:१३-१६)

    2. (ख) स्रोताहरूको पूर्वाग्रह हटाउन येशूले कसरी उदाहरणहरू प्रयोग गर्नुहुन्थ्यो? (लूका १०:३६, ३७; १८:९-१४; ती. १:९)

कथा ९६

येशू बिरामी निको पार्नुहुन्छ

  1. १. येशू आफू जहाँ-जहाँ जानुहुन्छ त्यहीं-त्यहीं के गर्नुहुन्छ?

  2. २. बप्तिस्मा लिएको तीन वर्षपछि येशूले आफ्ना प्रेरितहरूलाई के भन्‍नुहुन्छ?

  3. ३. चित्रमा देखाइएका मान्छेहरू को हुन्‌? येशूले त्यस आइमाईलाई के गर्नुहुन्छ?

  4. ४. येशूको जवाफ सुनेर धर्मगुरुहरूलाई किन लाज लाग्छ?

  5. ५. येशू र उहाँका चेलाहरू यरीहोनजिकै आइपुग्दा दुई जना अन्धा माग्नेहरूलाई के गर्नुहुन्छ?

  6. ६. येशूले किन चमत्कारहरू गर्नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती १५:३०, ३१ पढ्‌नुहोस्‌।

    यहोवाले येशू मार्फत आफ्नो शक्‍ति कसरी अद्‌भुत तरिकामा प्रकट गर्नुभयो र यहोवाले नयाँ संसारबारे गर्नुभएको प्रतिज्ञाबारे त्यसले हामीलाई के आश्‍वासन दिन्छ? (भज. ३७:२९; यशै. ३३:२४)

  2. २. लूका १३:१०-१७ पढ्‌नुहोस्‌।

    येशूले प्रायः विश्राम दिनमै उल्लेखनीय चमत्कारहरू गर्नुले उहाँले हजार वर्षे राज्यमा दुःखकष्टहरू हटाउनुहुनेछ भनेर बुझ्न कसरी मदत गर्छ? (लूका १३:१०-१३; भज. ४६:९; मत्ती १२:८; कल. २:१६, १७; प्रका. २१:१-४)

  3. ३. मत्ती २०:२९-३४ पढ्‌नुहोस्‌।

    अरूलाई मदत गर्नै नसक्ने गरी येशू व्यस्त हुनुहुन्‍न थियो भनेर यो विवरणले कसरी देखाउँछ र यसबाट हामी के सिक्न सक्छौं? (व्यव. १५:७; याकू. २:१५, १६; १ यूह. ३:१७)

कथा ९७

येशू राजाझैं आउनुहुन्छ

  1. १. यरूशलेमनजिकैको सानो गाउँमा पुग्नुभएपछि येशूले आफ्ना चेलाहरूलाई के गर्न अह्राउनुहुन्छ?

  2. २. येशू यरूशलेम सहरनजिकै पुग्नुभएपछि के हुन्छ, चित्र हेरेर बताऊ।

  3. ३. येशूले अन्धा र लंगडालाई निको पार्नुभएको देखेर केटाकेटीहरू के गर्छन्‌?

  4. ४. रिसले चूर भएका धर्मगुरुहरूलाई येशूले के भन्‍नुहुन्छ?

  5. ५. हामी पनि येशूको प्रशंसा गर्ने केटाकेटीहरूजस्तै कसरी हुन सक्छौं?

  6. ६. चेलाहरू के जान्‍न चाहन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २१:१-१७ पढ्‌नुहोस्‌।

    1. (क) रोमीहरूको समयमा विजयी सेनापतिहरू यरूशलेमभित्र पस्नु र येशू राजाझैं यरूशलेममा प्रवेश गर्नुबीच के भिन्‍नता छ? (मत्ती २१:४, ५; जक. ९:९; फिलि. २:५-८; कल. २:१५)

    2. (ख) येशू मन्दिरमा पस्नुहुँदा भजन ११८ अध्याय उद्धरण गर्ने इस्राएली केटाहरूबाट अहिलेका केटाकेटीहरूले के सिक्न सक्छन्‌? (मत्ती २१:९, १५; भज. ११८:२५, २६; २ तिमो. ३:१५; २ पत्रु. ३:१८)

  2. २. यूहन्‍ना १२:१२-१६ पढ्‌नुहोस्‌।

    खजुरका हाँगाहरू लिएर येशूलाई स्वागत गर्नुको अर्थ के हो? (यूह. १२:१३; फिलि. २:१०; प्रका. ७:९, १०)

कथा ९८

जैतून डाँडामा

  1. १. चित्रमा देखाइएका मान्छेहरूमध्ये येशू कुनचाहिं हुनुहुन्छ र उहाँसँगै बसिरहेका अरूचाहिं को हुन्‌?

  2. २. धर्मगुरुहरूले मन्दिरमा येशूलाई के गर्न खोज्छन्‌ र उहाँले उनीहरूलाई के भन्‍नुहुन्छ?

  3. ३. प्रेरितहरूले येशूलाई के सोध्छन्‌?

  4. ४. स्वर्गमा राज्य गर्न थाल्नुभएपछि पृथ्वीमा हुने कुराहरूबारे येशूले आफ्ना प्रेरितहरूलाई किन बताउनुहुन्छ?

  5. ५. पृथ्वीबाट सबै दुष्टता हटाउनुअघि के हुनेछ भनेर येशूले बताउनुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २४:१-३९ पढ्‌नुहोस्‌।

    1. (क) केही सांसारिक दर्जा वा उपाधिलाई बाइबलले अनुचित नठाने तापनि मसीही मण्डलीमा आडम्बरी दर्जा वा उपाधिको प्रयोगबारे मत्ती २३:८-११ मा लेखिएका येशूका शब्दहरूले के बताउँछ? (प्रेरि. २६:२५; रोमी १३:७; १ पत्रु. २:१३, १४)

    2. (ख) मान्छेहरूलाई मसीहीधर्म अँगाल्नदेखि रोक्न फरिसीहरूले के गर्ने कोसिस गरे र अहिले धर्मगुरुहरूले पनि कसरी त्यस्तै गरिरहेका छन्‌? (मत्ती २३:१३; लूका ११:५२; यूह. ९:२२; १२:४२; १ थिस्स. २:१६)

  2. २. मत्ती २४:१-१४ पढ्‌नुहोस्‌।

    1. (क) मत्ती २४:१३ मा स्थिर रहनुपर्ने आवश्‍यकतालाई कत्तिको जोड दिइएको छ?

    2. (ख) मत्ती २४:१३ मा उल्लिखित “अन्त” शब्दको अर्थ के हो? (मत्ती १६:२७; रोमी १४:१०-१२; २ कोरि. ५:१०)

  3. ३. मर्कूस १३:३-१० पढ्‌नुहोस्‌।

    मर्कूस १३:१० मा उल्लिखित कुनचाहिं शब्दले सुसमाचार प्रचार गर्न पटक्कै ढीलो गर्न हुँदैन भनेर देखाउँछ र येशूले भन्‍नुभएको कुराले हामीमाथि कस्तो प्रभाव पार्नुपर्ने हो? (रोमी १३:११, १२; १ कोरि. ७:२९-३१; २ तिमो. ४:२)

कथा ९९

माथिल्लो तलाको कोठामा

  1. १. चित्रमा देखाइएझैं येशू र उहाँका १२ जना चेलाहरू किन माथिल्लो तलाको ठूलो कोठामा छन्‌?

  2. २. कोठाबाहिर निस्कँदै गरेको मान्छे को हो र उसले के गर्न लागेको छ?

  3. ३. निस्तार चाडको भोज खाइसकेपछि येशूले कुन विशेष भोज सुरु गर्नुहुन्छ?

  4. ४. निस्तार चाडले इस्राएलीहरूलाई कुन कुराको सम्झना गराउँथ्यो? अनि यो विशेष भोजले येशूका चेलाहरूलाई कुन कुराको सम्झना गराउँछ?

  5. ५. प्रभुको साँझको भोज मनाइसकेपछि येशूले आफ्ना चेलाहरूलाई के भन्‍नुहुन्छ र उनीहरू के गर्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २६:१४-३० पढ्‌नुहोस्‌।

    1. (क) यहूदाले येशूलाई जानाजानी धोका दिएको हो भनेर मत्ती २६:१५ ले कसरी देखाउँछ?

    2. (ख) येशूले बगाउनुभएको रगतले कुन दुइटा उद्देश्‍य पूरा गर्छ? (मत्ती २६:२७, २८; यर्मि. ३१:३१-३३; एफि. १:७; हिब्रू ९:१९, २०)

  2. २. लूका २२:१-३९ पढ्‌नुहोस्‌।

    कुन अर्थमा शैतान यहूदाभित्र पस्यो? (लूका २२:३; यूह. १३:२; प्रेरि. १:२४, २५)

  3. ३. यूहन्‍ना १३:१-२० पढ्‌नुहोस्‌।

    1. (क) यूहन्‍ना १३:२ अनुसार यहूदाले जे गऱ्‍यो, के त्यसको लागि उसलाई दोष दिन मिल्छ अनि यसबाट परमेश्‍वरका सेवकहरूले के सिक्न सक्छन्‌? (उत्प. ४:७; २ कोरि. २:११; गला. ६:१; याकू. १:१३, १४)

    2. (ख) येशूले कस्तो सशक्‍त उदाहरण दिएर सिकाउनुभयो? (यूह. १३:१५; मत्ती २३:११; १ पत्रु. २:२१)

  4. ४. यूहन्‍ना १७:१-२६ पढ्‌नुहोस्‌।

    येशूले कुन अर्थमा आफ्ना चेलाहरू “एक होऊन्‌” भनेर प्रार्थना गर्नुभयो? (यूह. १७:११, २१-२३; रोमी १३:८; १४:१९; कल. ३:१४)

कथा १००

येशू बगैंचामा

  1. १. माथिल्लो कोठाबाट निस्कनुभएपछि येशू आफ्ना प्रेरितहरूसित कहाँ जानुहुन्छ? उहाँले तिनीहरूलाई के भन्‍नुहुन्छ?

  2. २. प्रेरितहरू बसेको ठाउँमा फर्कनुहुँदा येशूले उनीहरू के गरिरहेका भेटाउनुहुन्छ र यस्तो कति पटक हुन्छ?

  3. ३. बगैंचामा को पस्छन्‌ अनि यहूदा इस्करयोतीले के गर्छ, चित्र हेरेर बताऊ।

  4. ४. यहूदा किन येशूलाई म्वाइँ खान्छ र पत्रुसले के गर्छ?

  5. ५. येशू पत्रुसलाई के भन्‍नुहुन्छ? उहाँले किन परमेश्‍वरलाई स्वर्गदूतहरू पठाइदिन बिन्ती गर्नुभएन?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २६:३६-५६ पढ्‌नुहोस्‌।

    1. (क) येशूले आफ्ना चेलाहरूलाई सल्लाह दिनुभएको तरिका आज मसीही प्राचीनहरूको लागि किन राम्रो उदाहरण हो? (मत्ती २०:२५-२८; २६:४०, ४१; गला. ५:१७; एफि. ४:२९, ३१, ३२)

    2. (ख) अरू मानिसमाथि हतियार उठाउने सम्बन्धमा येशूको दृष्टिकोण कस्तो थियो? (मत्ती २६:५२; लूका ६:२७, २८; यूह. १८:३६)

  2. २. लूका २२:३९-५३ पढ्‌नुहोस्‌।

    गेतसमनीको बगैंचामा येशूलाई बल दिन स्वर्गदूत आउनुको अर्थ येशू आफ्नो विश्‍वासमा ढलपल हुनुभयो भन्‍न खोजिएको हो कि? व्याख्या गर्नुहोस्‌। (लूका २२:४१-४३; यशै. ४९:८; मत्ती ४:१०, ११; हिब्रू ५:७)

  3. ३. यूहन्‍ना १८:१-१२ पढ्‌नुहोस्‌।

    येशूले आफ्ना चेलाहरूलाई विरोधीहरूको हातबाट कसरी जोगाउनुभयो र यसबाट हामी के सिक्न सक्छौं? (यूह. १०:११, १२; १८:१, ६-९; हिब्रू १३:६; याकू. २:२५)

कथा १०१

येशू मारिनुहुन्छ

  1. १. येशूलाई मार्न लगाउने मुख्य व्यक्‍ति को हो?

  2. २. येशूलाई धर्मगुरुहरूले समातेर लैजाँदा प्रेरितहरू के गर्छन्‌?

  3. ३. प्रधान पूजाहारी कैयाफाको घरमा के हुन्छ?

  4. ४. पत्रुस किन बाहिर जान्छ र रुन्छ?

  5. ५. येशूलाई फेरि पिलातसकहाँ फर्काएपछि मुख्य पूजाहारीहरू के भनेर कराउँछन्‌?

  6. ६. शुक्रबार दिउँसोतिर येशूलाई के हुन्छ? उहाँको छेवैमा टाँगिएको अपराधीलाई येशूले के वचन दिनुहुन्छ?

  7. ७. येशूले भन्‍नुभएको प्रमोदवन कहाँ हुनेछ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २६:५७-७५ पढ्‌नुहोस्‌।

    यहूदी महासभाका सदस्यहरूले तिनीहरूको हृदय दुष्ट छ भनेर कसरी देखाए? (मत्ती २६:५९, ६७, ६८)

  2. २. मत्ती २७:१-५० पढ्‌नुहोस्‌।

    यहूदाले साँचो पश्‍चाताप गरेको थिएन भनेर हामी कसरी भन्‍न सक्छौं? (मत्ती २७:३, ४; मर्कू. ३:२९; १४:२१; २ कोरि. ७:१०, ११)

  3. ३. लूका २२:५४-७१ पढ्‌नुहोस्‌।

    येशूलाई विश्‍वासघात गरी पक्रेर लगेको रात पत्रुसले उहाँलाई इन्कार गरेको घटनाबाट हामी के सिक्न सक्छौं? (लूका २२:६०-६२; मत्ती २६:३१-३५; १ कोरि. १०:१२)

  4. ४. लूका २३:१-४९ पढ्‌नुहोस्‌।

    येशूले आफूमाथि गरिएको अन्यायप्रति कस्तो प्रतिक्रिया देखाउनुभयो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (लूका २३:३३, ३४; रोमी १२:१७-१९; १ पत्रु. २:२३)

  5. ५. यूहन्‍ना ८:१२-४० पढ्‌नुहोस्‌।

    मानिसको डरले गर्दा पत्रुस केही बेर कमजोर भए तापनि पछि एक उल्लेखनीय प्रेरित भयो भनेर कसरी भन्‍न सक्छौं? (यूह. १८:२५-२७; १ कोरि. ४:२; १ पत्रु. ३:१४, १५; ५:८, ९)

  6. ६. यूहन्‍ना १९:१-३० पढ्‌नुहोस्‌।

    1. (क) भौतिक कुराहरूप्रति येशूको कस्तो सन्तुलित दृष्टिकोण थियो? (यूह. २:१, २, ९, १०; १९:२३, २४; मत्ती ६:३१, ३२; ८:२०)

    2. (ख) मर्ने बेला येशूले भन्‍नुभएका शब्दहरू उहाँले यहोवाको सार्वभौमिकतालाई उच्च गर्नुभयो भन्‍ने विजयी घोषणा कसरी साबित भयो? (यूह. १६:३३; १९:३०; २ पत्रु. ३:१४; १ यूह. ५:४)

कथा १०२

येशू जीवित हुनुहुन्छ

  1. १. चित्रमा देखाइएकी आइमाई अनि दुई लोग्नेमान्छेहरू को हुन्‌ र उनीहरू कहाँ छन्‌?

  2. २. पिलातसले किन पूजाहारीहरूलाई सिपाही पठाएर येशूको चिहान सुरक्षित राख्न अह्राउँछ?

  3. ३. येशूको मृत्यु भएको तेस्रो दिन बिहानै स्वर्गदूतले के गर्छन्‌? पूजाहारीहरूले चाहिं के गर्छन्‌?

  4. ४. येशूको चिहानमा पुगेका केही आइमाईहरू किन छक्क पर्छन्‌?

  5. ५. पत्रुस र यूहन्‍ना किन येशूको चिहानतिर दौडन्छन्‌ र त्यहाँ उनीहरूले के भेट्टाउँछन्‌?

  6. ६. येशूको शरीरलाई के हुन्छ तर आफू जीवितै छु भनेर देखाउन उहाँले के गर्नुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. मत्ती २७:६२-६६ २८:१-१५ पढ्‌नुहोस्‌।

    येशूको पुनरुत्थान हुँदा मुख्य पूजाहारीहरू, फरिसीहरू र अन्य बूढा प्रधानहरूले कसरी पवित्र आत्माविरुद्ध पाप गरे? (मत्ती १२:२४, ३१, ३२; २८:११-१५)

  2. २. लूका २४:१-१२ पढ्‌नुहोस्‌।

    येशूको पुनरुत्थान हुँदाखेरिको विवरणबाट यहोवा आइमाईहरूलाई भरपर्दो साक्षीको रूपमा हेर्नुहुन्छ भनेर कसरी थाह पाउँछौं? (लूका २४:४, ९, १०; मत्ती २८:१-७)

  3. ३. यूहन्‍ना २०:१-१२ पढ्‌नुहोस्‌।

    बाइबलको भविष्यवाणी कसरी पूरा भयो भनी राम्ररी बुझिरहेका छैनौं भने त्यस्तो बेला हामी धीरजी हुनुपर्छ भनेर यूहन्‍ना २०:८, ९ ले कसरी बुझाउँछ? (हितो. ४:१८; मत्ती १७:२२, २३; लूका २४:५-८; यूह. १६:१२)

कथा १०३

बन्द कोठाभित्र

  1. १. माली भन्ठानेकी मान्छेलाई मरियम के भन्छे? उहाँ येशू हुनुहुन्छ भनेर थाह पाएपछि ऊ के गर्छे?

  2. २. इम्माउस भन्‍ने गाउँतिर गइरहेका दुई जना चेलाहरूलाई के हुन्छ?

  3. ३. दुई चेलाहरूले आफूले येशूलाई देखेको कुरा प्रेरितहरूलाई बताएपछि कस्तो अचम्मको कुरा हुन्छ?

  4. ४. येशू आफ्ना चेलाहरूकहाँ कति पटक देखा पर्नुहुन्छ?

  5. ५. चेलाहरूले प्रभुलाई देखेको कुरा थोमालाई बताउँदा उसले के भन्छ तर आठ दिनपछि के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. यूहन्‍ना २०:११-२९ पढ्‌नुहोस्‌।

    येशूले यूहन्‍ना २०:२३ मा मानिसहरूले पनि पाप क्षमा गर्ने अख्तियार पाएका छन्‌ भन्‍न खोज्नुभएको हो? व्याख्या गर्नुहोस्‌। (भज. ४९:२, ७; यशै. ५५:७; १ तिमो. २:५, ६; १ यूह. २:१, २)

  2. २. लूका २४:१३-४३ पढ्‌नुहोस्‌।

    बाइबल सत्य स्वीकार्न हामी आफ्नो हृदयलाई कसरी तयार गर्न सक्छौं? (लूका २४:३२, ३३; एज्रा ७:१०; मत्ती ५:३; प्रेरि. १६:१४; हिब्रू ५:११-१४)

कथा १०४

येशू स्वर्ग फर्कनुहुन्छ

  1. १. एकचोटि कति जना चेलाहरूले येशूलाई देख्छन्‌? उहाँले उनीहरूलाई के भन्‍नुहुन्छ?

  2. २. परमेश्‍वरको राज्य के हो? येशूले हजार वर्षसम्म राज्य गर्नुहुँदा पृथ्वीमा के हुनेछ?

  3. ३. येशू कति दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ? अब भने उहाँले के गर्ने बेला भयो?

  4. ४. चेलाहरूलाई छोडेर जान अघि येशू के भन्‍नुहुन्छ?

  5. ५. चित्रमा के भइरहेको छ? येशू कसरी अलप हुनुहुन्छ?

थप प्रश्‍नहरू:

  1. १. १ कोरिन्थी १५:३-८ पढ्‌नुहोस्‌।

    येशूको पुनरुत्थानबारे प्रेरित पावलले किन दृढ भई बोल्न सके अनि अहिले मसीहीहरू पनि के-के कुरा दृढ भई भन्‍न सक्छन्‌? (१ कोरि. १५:४, ७, ८; यशै. २:२, ३; मत्ती २४:१४; २ तिमो. ३:१-५)

  2. २. प्रेरित १:१-११ पढ्‌नुहोस्‌।

    प्रेरित १:८ मा भविष्यवाणी गरिएअनुसारै प्रचार कार्य कसरी चारैतिर फैलियो? (प्रेरि. १:८; ६:७; ९:३१; ११:१९-२१; कल. १:२३)

कथा १०५

यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू

  1. १. यरूशलेममा पर्खेर बसिरहेका चेलाहरूलाई के हुन्छ, चित्र हेरेर बताऊ।

  2. २. टाढा-टाढाबाट यरूशलेम आएका मान्छेहरू किन अचम्म मान्छन्‌?

  3. ३. पत्रुसले मान्छेहरूको भीडलाई के भन्छ?

  4. ४. पत्रुसको कुरा सुनेपछि मान्छेहरूलाई कस्तो लाग्छ र पत्रुस उनीहरूलाई के गर्न भन्छ?

  5. ५. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा कति जनाले बप्तिस्मा लिन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित २:१-४७ पढ्‌नुहोस्‌।

    1. (क) सम्पूर्ण यहूदी जाति येशूको मृत्युको लागि दोषी थियो भनेर प्रेरित २:२३, ३६ मा लेखिएका पत्रुसका शब्दहरूले कसरी देखाउँछ? (१ थिस्स. २:१४, १५)

    2. (ख) बाइबलबाट तर्क गर्ने सम्बन्धमा पत्रुसले कसरी राम्रो उदाहरण बसाल्यो? (प्रेरि. २:१६, १७, २९, ३१, ३६, ३९; कल. ४:६)

    3. (ग) येशूले प्रतिज्ञा गर्नुभएको ‘स्वर्गको राज्यका साँचाहरूमध्ये’ पहिलो साँचो पत्रुसले कसरी प्रयोग गऱ्‍यो? (प्रेरि. २:१४, २२-२४, ३७, ३८; मत्ती १६:१९)

कथा १०६

जेलबाट छुटेका

  1. १. एकदिन पत्रुस र यूहन्‍ना मन्दिरमा पस्दै गर्दा के हुन्छ?

  2. २. पत्रुसले लंगडो मान्छेलाई के भन्छ? उसलाई पैसाभन्दा पनि बहुमूल्य के कुरा दिन्छ?

  3. ३. धर्मगुरुहरू किन रिसाउँछन्‌? तिनीहरू पत्रुस र यूहन्‍नालाई के गर्छन्‌?

  4. ४. पत्रुस धर्मगुरुहरूलाई के भन्छ? प्रेरितहरूले कस्तो चेतावनी पाउँछन्‌?

  5. ५. धर्मगुरुहरू किन डाह गर्छन्‌? प्रेरितहरूलाई दोस्रो पटक झ्यालखानमा हाल्दा के हुन्छ?

  6. ६. प्रेरितहरूलाई महासभामा ल्याउँदा उनीहरूले के जवाफ दिन्छन्‌?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित ३:१-१० पढ्‌नुहोस्‌।

    हामीलाई अहिले चमत्कार गर्ने शक्‍ति नदिइएको भए तापनि प्रेरित ३:६ मा लेखिएको पत्रुसका शब्दहरूले हामीलाई परमेश्‍वरको राज्य सन्देशलाई मूल्यवान्‌ सम्झन कसरी मदत गर्छ? (यूह. १७:३; २ कोरि. ५:१८-२०; फिलि. ३:८)

  2. २. प्रेरित ४:१-३१ पढ्‌नुहोस्‌।

    सेवकाईमा विरोधको सामना गर्नुपर्दा हामीले कुन-कुन तरिकामा प्रथम शताब्दीका मसीही भाइहरूको अनुकरण गर्नुपर्छ? (प्रेरि. ४:२९, ३१; एफि. ६:१८-२०; १ थिस्स. २:२)

  3. ३. प्रेरित ५:१७-४२ पढ्‌नुहोस्‌।

    केही गैर-साक्षीहरूले पहिले अनि अहिले कसरी प्रचार कार्यको पक्षमा बोलेका छन्‌? (प्रेरि. ५:३४-३९)

कथा १०७

स्तिफनसलाई ढुंगाले हान्छन्‌

  1. १. स्तिफनस को हो? परमेश्‍वरले उसलाई के गर्न मदत गर्नुहुन्छ?

  2. २. स्तिफनसले भनेको कुन कुराले गर्दा धर्मगुरुहरू असाध्यै रिसाउँछन्‌?

  3. ३. स्तिफनसलाई सहरबाहिर घिसारेर ल्याएपछि मान्छेहरूको भीडले उसलाई के गर्छ?

  4. ४. चित्रमा हात बाँधेर लुगानेर उभिरहेको मान्छे को हो?

  5. ५. मर्नुअघि स्तिफनसले के भनेर यहोवालाई प्रार्थना गर्छ?

  6. ६. अरूले हामीलाई खराब व्यवहार गर्दा स्तिफनसले जस्तै हामीले पनि के गर्नुपर्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित ६:८-१५ पढ्‌नुहोस्‌।

    यहोवाका साक्षीहरूको प्रचार कार्यलाई रोक्न धर्मगुरुहरूले के-कस्ता छली चालहरू चलेका छन्‌? (प्रेरि. ६:९, ११, १३)

  2. २. प्रेरित ७:१-६० पढ्‌नुहोस्‌।

    1. (क) के कारणले गर्दा स्तिफनसले महासभाअघि सुसमाचारको पक्ष लिन सक्यो र उसको उदाहरणबाट हामी के सिक्न सक्छौं? (प्रेरि. ७:५१-५३; रोमी १५:४; २ तिमो. ३:१४-१७; १ पत्रु. ३:१५)

    2. (ख) हाम्रो कामको विरोध गर्नेहरूलाई हामीले कुन दृष्टिले हेर्नुपर्छ? (प्रेरि. ७:५८-६०; मत्ती ५:४४; लूका २३:३३, ३४)

कथा १०८

दमीशक जाने बाटो

  1. १. स्तिफनस मरिसकेपछि शाऊलले के गर्छ?

  2. २. दमीशक जाने बाटोमा कस्तो अचम्मको घटना हुन्छ?

  3. ३. येशूले शाऊललाई के गर्न अह्राउनुहुन्छ?

  4. ४. येशूले हननियालाई कस्तो निर्देशन दिनुहुन्छ? शाऊलले फेरि कसरी आँखा देख्न थाल्छ?

  5. ५. पछि शाऊल कुन नाउँद्वारा परिचित हुन्छ? उसले के गर्न सुरु गर्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित ८:१-४ पढ्‌नुहोस्‌।

    भर्खरै स्थापित मसीही मण्डलीमाथि आएको सतावटले कसरी मसीही धर्म फैलाउन मदत गर्छ? आधुनिक समयमा पनि कसरी त्यस्तै घटना भएका छन्‌? (प्रेरि. ८:४; यशै. ५४:१७)

  2. २. प्रेरित ९:१-२० पढ्‌नुहोस्‌।

    शाऊलको लागि साँचेर राख्नुभएको कुन तीन पक्षीय कामबारे येशूले बताउनुभयो? (प्रेरि. ९:१५; १३:५; २६:१; २७:२४; रोमी ११:१३)

  3. ३. प्रेरित २२:६-१६ पढ्‌नुहोस्‌।

    हामी कसरी हननिया जस्तै हुन सक्छौं र यस्तै हुनु किन महत्त्वपूर्ण छ? (प्रेरि. २२:१२; १ तिमो. ३:७; १ पत्रु. १:१४-१६; २:१२)

  4. ४. प्रेरित २६:८-२० पढ्‌नुहोस्‌।

    शाऊलले मसीहीधर्म अंगालेको घटना आज बेग्लै धर्म मान्‍ने पति वा पत्नी हुने मसीहीहरूका लागि किन प्रोत्साहनदायी छ? (प्रेरि. २६:११; १ तिमो. १:१४-१६; २ तिमो. ४:२; १ पत्रु. ३:१-३)

कथा १०९

पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ

  1. १. चित्रमा घोप्टो परिरहेको मान्छे को हो?

  2. २. स्वर्गदूतले कर्नीलियसलाई के भन्छ?

  3. ३. जोप्पामा शिमोनको घरको छतमा छँदा परमेश्‍वरले पत्रुसलाई के देखाउनुहुन्छ?

  4. ४. पत्रुसलाई घोप्टेर ढोग्दा र उपासना गर्दा पत्रुस कर्नीलियसलाई किन त्यसो गर्नहुँदैन भन्छ?

  5. ५. पत्रुससँगै गएका यहूदी चेलाहरू किन छक्क पर्छन्‌?

  6. ६. पत्रुसले कर्नीलियसलाई भेटेको घटनाबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्छौं?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित १०:१-४८ पढ्‌नुहोस्‌।

    प्रेरित १०:४२ मा लेखिएका पत्रुसका शब्दहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचारबारे के बताउँछ? (मत्ती २८:१९; मर्कू. १३:१०; प्रेरि. १:८)

  2. २. प्रेरित ११:१-१८ पढ्‌नुहोस्‌।

    अन्यजातिसम्बन्धी यहोवाले दिनुभएको निर्देशन स्पष्ट भइसकेपछि पत्रुसले कस्तो मनोभाव व्यक्‍त गऱ्‍यो र हामी उसको यो उदाहरण कसरी अनुकरण गर्न सक्छौं? (प्रेरि. ११:१७, १८; २ कोरि. १०:५; एफि. ५:१७)

कथा ११०

पावलको नयाँ सहयोगी तिमोथी

  1. १. चित्रमा देखाइएको यो युवक को हो? ऊ कहाँ बस्छ? उसकी आमा र बज्यैको नाउँ के हो?

  2. २. सिलास र आफूसित धेरै टाढा प्रचार गर्न जान चाहन्छौ भनी पावलले सोध्दा तिमोथीले के जवाफ दिन्छ?

  3. ३. येशूका चेलाहरूलाई कुन ठाउँदेखि मसीही भनेर बोलाइन थाल्यो?

  4. ४. लिस्त्रा छोडेपछि पावल, सिलास र तिमोथीले यात्रा गरेका केही सहरहरूको नाउँ के हो?

  5. ५. तिमोथीले पावललाई कसरी मदत गर्छ र आज केटाकेटीहरूले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित ९:१९-३० पढ्‌नुहोस्‌।

    मानिसहरूले सुसमाचार प्रचारको विरोध गर्दा प्रेरित पावलले कसरी विवेक चलायो? (प्रेरि. ९:२२-२५, २९, ३०; मत्ती १०:१६)

  2. २. प्रेरित ११:१९-२६ पढ्‌नुहोस्‌।

    प्रेरित ११:१९-२१, २६ ले यहोवाले आफ्नो पवित्र आत्मा चलाउनुभएर प्रचार कार्यलाई डोऱ्‍याउनुहुन्छ भनेर कसरी देखाउँछ?

  3. ३. प्रेरित १३:१३-१६, ४२-५२ पढ्‌नुहोस्‌।

    सतावटको कारण चेलाहरू निरुत्साहित भएनन्‌ भनेर प्रेरित १३:५१, ५२ ले कसरी देखाउँछ? (मत्ती १०:१४; प्रेरि. १८:६; १ पत्रु. ४:१४)

  4. ४. प्रेरित १४:१-६, १९-२८ पढ्‌नुहोस्‌।

    “प्रभुको जिम्मामा सुम्पिदिए” भन्‍ने वाक्यांशले हामीलाई नयाँ व्यक्‍तिहरूलाई मदत गर्दा अत्यन्तै चिन्तित नहुन कसरी मदत गर्छ? (प्रेरि. १४:२१-२३; २०:३२; यूह. ६:४४)

  5. ५. प्रेरित १६:१-५ पढ्‌नुहोस्‌।

    खतना गर्न तिमोथी राजी हुनुले “सुसमाचारको खातिर सब थोक” गर्न तयार हुनु महत्त्वपूर्ण छ भनेर कसरी प्रस्ट हुन्छ? (प्रेरि. १६:३; १ कोरि. ९:२३; १ थिस्स. २:८)

  6. ६. प्रेरित १८:१-११, १८-२२ पढ्‌नुहोस्‌।

    येशूले व्यक्‍तिगत तवरमै प्रचार कार्यलाई निर्देशित गरिरहनुभएको छ भनेर प्रेरित १८:९, १० ले कसरी देखाउँछ र यो आज हाम्रो लागि पनि कसरी प्रोत्साहनदायी भएको छ? (मत्ती २८:२०)

कथा १११

भुसुक्कै निदाएको केटो

  1. १. चित्रमा भुईंमा लडिरहेको केटो को हो र उसलाई के भएछ?

  2. २. त्यो केटो मरेछ भनेर थाह पाएपछि पावलले के गर्छ?

  3. ३. पावल, तिमोथी र उनीहरूसित यात्रा गर्नेहरू कहाँ जाँदैछन्‌? मिलेटसमा रोकिंदा के हुन्छ?

  4. ४. अगमवक्‍ता अगाबसले पावललाई के चेतावनी दिन्छ? अगमवक्‍ताले भनेझैं के हुन्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित २०:७-३८ पढ्‌नुहोस्‌।

    1. (क) प्रेरित २०:२६, २७ मा लेखिएका पावलका शब्दहरूअनुसार हामी “सबै मानिसहरूको प्राणको निम्ति निर्दोष” कसरी साबित हुन सक्छौं? (इज. ३३:८; प्रेरि. १८:६, ७)

    2. (ख) सिकाउने बेला प्राचीनहरू किन “विश्‍वासयोग्य वचनमा दृढ” हुनुपर्ने हो? (प्रेरि. २०:१७, २९, ३०; ती. १:७-९; २ तिमो. १:१३)

  2. २. प्रेरित २६:२४-३२ पढ्‌नुहोस्‌।

    प्रचार गर्न येशूले दिनुभएको जिम्मा पूरा गर्न पावलले आफ्नो रोमी नागरिक अधिकारको प्रयोग कसरी गऱ्‍यो? (प्रेरि. ९:१५; १६:३७, ३८; २५:११, १२; २६:३२; लूका २१:१२, १३)

कथा ११२

टापुमा जहाज दुर्घटना

  1. १. पावल चढेको जहाज क्रेट टापुनजिकै भएर जाँदा के हुन्छ?

  2. २. जहाजमा भएकाहरूलाई पावल के भन्छ?

  3. ३. जहाज कसरी टुक्रा-टुक्रा हुन्छ?

  4. ४. कैदीहरूको जिम्मा लिने अफिसरले के आदेश दिन्छ? कति जना कैदीहरू जिउँदै किनारामा पुग्छन्‌?

  5. ५. तिनीहरू पुगेको टापुको नाउँ के हो र मौसम सुध्रिएपछि पावललाई के गरिन्छ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित २७:१-४४ पढ्‌नुहोस्‌।

    पावलको रोम यात्राबारे पढेपछि बाइबल सही छ भन्‍ने हाम्रो विश्‍वास कसरी अझ बलियो हुन्छ? (प्रेरि. २७:१६-१९, २७-३२; लूका १:३; २ तिमो. ३:१६, १७)

  2. २. प्रेरित २८:१-१४ पढ्‌नुहोस्‌।

    झूटा देवता पुज्ने माल्टावासीहरूले त पावल र उसका सहयात्रीहरूलाई “औधि दया देखाए” भने मसीहीहरू विशेष गरी कसरी अनि के गर्न अझ अग्रसर हुनुपर्छ? (प्रेरि. २८:१, २; हिब्रू १३:१, २; १ पत्रु. ४:९)

कथा ११३

पावल रोममा

  1. १. रोममा कैदी छँदा पावलले क-कसलाई प्रचार गर्छ?

  2. २. चित्रमा टेबुलनजिकै बस्ने मान्छे को हो र उसले के गर्दैछ?

  3. ३. इपाफ्रोडाइटस को हो र फिलिप्पी फर्कंदा उसले आफूसित के लैजान्छ?

  4. ४. पावलले आफ्नो घनिष्ठ मित्र फिलेमोनलाई किन चिट्ठी लेख्छ?

  5. ५. कैदबाट छुटेपछि पावलले के गर्छ? तर पछि उसलाई के हुन्छ?

  6. ६. बाइबलका अन्तिम पुस्तकहरू लेख्न यहोवाले कसलाई चलाउनुहुन्छ र प्रकाशको पुस्तकले के बताउँछ?

थप प्रश्‍नहरू:

  1. १. प्रेरित २८:१६-३१ र फिलिप्पी १:१३ पढ्‌नुहोस्‌।

    रोममा कैदी छँदा पावलले कसरी आफ्नो समयको सदुपयोग गऱ्‍यो र उसको यस्तो अटल विश्‍वासले गर्दा मसीही मण्डलीमाथि कस्तो प्रभाव पऱ्‍यो? (प्रेरि. २८:२३, ३०; फिलि. १:१४)

  2. २. फिलिप्पी २:१९-३० पढ्‌नुहोस्‌।

    पावलले के भनेर तिमोथी र इपाफ्रोडाइटसलाई धन्यवाद दियो र हामी पावलको यो उदाहरण कसरी अनुकरण गर्न सक्छौं? (फिलि. २:२०, २२, २५, २९, ३०; १ कोरि. १६:१८; १ थिस्स. ५:१२, १३)

  3. ३. फिलेमोन १-२५ पढ्‌नुहोस्‌।

    1. (क) केको आधारमा पावलले फिलेमोनलाई जे उचित छ, त्यही गर्ने आग्रह गऱ्‍यो र आज यो प्राचीनहरूको लागि कसरी एउटा मार्ग-निर्देशन साबित भएको छ? (फिले. ९; २ कोरि. ८:८; गला. ५:१३)

    2. (ख) फिलेमोन १३, १४ मा व्यक्‍त गरिएका पावलका शब्दहरूबाट उसले मण्डलीका अरू सदस्यको अन्तस्करणको आदर गर्थ्यो भनेर कसरी देखिन्छ? (१ कोरि. ८:७, १३; १०:३१-३३)

  4. ४. दोस्रो तिमोथी ४:७-९ पढ्‌नुहोस्‌।

    अन्तसम्मै विश्‍वासी रह्‍यौं भने यहोवाले हामीलाई इनाम दिनुहुनेछ भनेर हामी कसरी पावल जत्तिकै निर्धक्क हुन सक्छौं? (मत्ती २४:१३; हिब्रू ६:१०)

कथा ११४

सबै खराब कुराको अन्त

  1. १. बाइबलले किन स्वर्गमा घोडाहरू दौडेको कुरा गर्छ?

  2. २. परमेश्‍वरले पृथ्वीका खराब मान्छेहरूसित गर्नुहुने लडाइँको नाउँ के हो? यो युद्ध लडेर परमेश्‍वरले के गर्नु हुनेछ?

  3. ३. परमेश्‍वरले कसलाई यो युद्ध लड्‌न पठाउनुहुनेछ, चित्र हेरेर बताऊ। उहाँले किन मुकुट लगाउनुभएको छ र उहाँको तरबारको अर्थ के हो?

  4. ४. कथा १०, १५ र ३३ लाई सम्झने हो भने परमेश्‍वरले खराब मान्छेहरूलाई नाश गर्नुहुन्छ भनेर हामी किन अचम्म मान्‍नु पर्दैन?

  5. ५. परमेश्‍वरकै उपासना गर्छु भनी दाबी गरे तापनि उहाँले खराब मान्छेहरूलाई नाश गर्नुहुन्छ भनेर हामीले ३६ र ७६ कथाहरूबाट कसरी थाह पाउन सक्छौं?

थप प्रश्‍नहरू:

  1. १. प्रकाश १९:११-१६ पढ्‌नुहोस्‌।

    1. (क) सेतो घोडमा सवार हुने येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर बाइबलले कसरी प्रस्ट पार्छ? (प्रका. १:५; ३:१४; १९:११; यशै. ११:४)

    2. (ख) येशूको बाहिरी लुगामा लागेका रगतका छिटाहरूले उहाँको विजय सुनिश्‍चित अनि निर्णायक हुनेछ भनेर कसरी पुष्टि गर्छ? (प्रका. १४:१८-२०; १९:१३)

    3. (ग) सेतो घोडमा सवार येशूको पछि-पछि आउने सेनामा को-को पनि हुनेछन्‌ होला? (प्रका. १२:७; १९:१४; मत्ती २५:३१, ३२)

कथा ११५

पृथ्वीमा नयाँ प्रमोदवन

  1. १. परमेश्‍वरले यो पृथ्वीलाई प्रमोदवन बनाउनुभएपछि हामी कस्तो रमाइलो ठाउँमा हुनेछौं भनेर बाइबलले बताउँछ?

  2. २. प्रमोदवनमा बस्ने मान्छेहरूको लागि बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ?

  3. ३. येशूले यी अद्‌भुत परिवर्तनहरू कहिले गर्नुहुनेछ?

  4. ४. परमेश्‍वरको राज्यको राजा हुँदा आफूले गर्ने के-कस्ता कुराहरू येशूले पृथ्वीमा छँदा गरेर देखाइसक्नुभयो?

  5. ५. स्वर्गबाट पृथ्वीमा शासन गर्दा येशू र उहाँका सह-शासकहरूले के गर्नेछन्‌?

थप प्रश्‍नहरू:

  1. १. प्रकाश ५:९, १० पढ्‌नुहोस्‌।

    पृथ्वीमा हजार वर्ष शासन गर्ने व्यक्‍तिहरू हाम्रो दुःख-सुख बुझ्ने दयालु राजा तथा पूजाहारीहरू हुनेछन्‌ भनेर हामी किन ढुक्क हुन सक्छौं? (एफि. ४:२०-२४; १ पत्रु. १:७; ३:८; ५:६-१०)

  2. २. प्रकाश १४:१-३ पढ्‌नुहोस्‌।

    पिताको अनि थुमाको नाउँ १,४४,००० जनाको निधारमा लेखिनुको अर्थ के हो? (१ कोरि. ३:२३; २ तिमो. २:१९; प्रका. ३:१२)

कथा ११६

हामी कसरी सधैंभरि बाँच्न सक्छौं

  1. १. सधैंभरि बाँच्न हामीले कसको विषयमा सिक्नुपर्छ?

  2. २. चित्रमा त्यो सानी केटी र उसका साथीहरूले गरेझैं के गऱ्‍यौं भने हामीले पनि यहोवा परमेश्‍वर र येशूबारे सिक्न सक्छौं?

  3. ३. चित्रमा तिमीले अर्को कुन किताब पनि देख्यौं र हामीले त्यो किताब किन बारम्बार पढ्‌नुपर्छ?

  4. ४. अनन्त जीवन पाउन हामीले यहोवा र येशूलाई चिन्‍नुका साथै अरू के पनि गर्नुपर्छ?

  5. ५. कथा ६९ बाट हामी कस्तो पाठ सिक्न सक्छौं?

  6. ६. कथा ५५ को सानो केटो शमूएलको राम्रो उदाहरणबाट के सिक्न सक्छौं?

  7. ७. हामी कसरी येशूजस्तै हुनसक्छौं र यदि हामी उहाँजस्तै भयौं भने के गर्न पाउनेछौं?

थप प्रश्‍नहरू:

  1. १. यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।

    यहोवा परमेश्‍वर र येशू ख्रीष्टको ज्ञान लिनु भनेको दिमागी ज्ञान लिनु मात्र होइन भनेर बाइबलले कसरी देखाउँछ? (मत्ती ७:२१; याकू. २:१८-२०; १ यूह. २:१७)

  2. २. भजन १४५:१-२१ पढ्‌नुहोस्‌।

    1. (क) हामीले यहोवाको प्रशंसा गर्नुपर्ने थुप्रै कारणहरूमध्ये केही के हुन्‌? (भज. १४५:८-११; प्रका. ४:११)

    2. (ख) यहोवा कसरी “सबैमाथि भलो हुनुहुन्छ” र उहाँको यो गुणले गर्दा हामी कसरी उहाँसित अझै घनिष्ठ हुनुपर्छ? (भज. १४५:९; मत्ती ५:४३-४५)

    3. (ग) यदि हामी यहोवालाई माया गर्छौं भने के गर्न उत्प्रेरित हुनेछौं? (भज. ११९:१७१, १७२, १७५; १४५:११, १२, २१)