सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वर्गमा लाखौँ व्यक्‍तिहरू छन्‌

स्वर्गमा लाखौँ व्यक्‍तिहरू छन्‌

बाइबलले स्वर्गमा थुप्रै व्यक्‍तिहरू छन्‌ भनेर बताउँछ। तर हामी तिनीहरूलाई देख्न सक्दैनौँ। यहोवा परमेश्‍वर तिनीहरूमध्ये एक जना हुनुहुन्छ।—युहन्‍ना ४:२४; २ कोरिन्थी ३:१७, १८.

कुनै बेला सारा ब्रह्‍माण्डमा यहोवा मात्रै हुनुहुन्थ्यो। त्यसपछि उहाँले आफू जस्तै अदृश्‍य व्यक्‍तिहरू सृष्टि गर्नुभयो। तिनीहरूलाई स्वर्गदूत भनिन्छ। तिनीहरू मानिसहरूभन्दा कैयौँ गुणा शक्‍तिशाली र बुद्धिमान्‌ हुन्छन्‌। यहोवाले थुप्रै स्वर्गदूत बनाउनुभयो। परमेश्‍वरको सेवक दानिएलले एउटा दर्शनमा लाखौँलाख स्वर्गदूतहरू देखे।—दानिएल ७:१०; हिब्रू १:७.

परमेश्‍वरले पृथ्वी सृष्टि गर्नु धेरै अगाडि नै ती स्वर्गदूतहरू बनाउनुभएको थियो। (अय्युब ३८:४-७) तर तिनीहरूमध्ये कोही पनि पृथ्वीमा जन्मिएर मरेका मानिस भने थिएनन्‌।

यहोवा परमेश्‍वरले आफूजस्तै लाखौँ अदृश्‍य व्यक्‍ति बनाउनुभयो।