सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको सन्देश—सारांशमा

बाइबलको सन्देश—सारांशमा
  1. यहोवा आदम र हव्वालाई प्रमोदवनमा अनन्त जीवनको आशासहित सृष्टि गर्नुहुन्छ। शैतान यहोवाको नाउँको निन्दा गर्छ र शासन गर्ने उहाँको अधिकारमाथि प्रश्न उठाउँछ। आदम र हव्वाले विद्रोहमा शैतानलाई साथ दिन्छन्‌ अनि आफू र आफ्ना सन्तानमाथि पाप र मृत्यु ल्याउँछन्‌

  2. यहोवा विरोधीहरूलाई सजाय दिनुहुन्छ अनि विद्रोह र पापले निम्त्याएको सबै कुरा उल्टाउने र शैतानलाई नामेट गर्ने एक मुक्तिदाता वा सन्तान आउनेछन्‌ भनी प्रतिज्ञा गर्नुहुन्छ

  3. यहोवा अब्राहाम र दाऊदलाई तिनीहरू सदासर्वदा शासन गर्ने ती सन्तान अथवा मसीहको पुर्खा हुनेछन्‌ भनी प्रतिज्ञा गर्नुहुन्छ

  4. मसीहले पाप र मृत्युलाई हटाउनेछन्‌ भनी बताउन यहोवा भविष्यवक्ताहरूलाई उत्प्रेरित गर्नुहुन्छ। सहशासकहरूसित मिलेर तिनले परमेश्वरको राज्यको राजाको रूपमा शासन गर्नेछन्‌। यो राज्यले युद्ध, बिमारी र मृत्युसमेत हटाउनेछ

  5. यहोवा आफ्ना पुत्रलाई यस पृथ्वीमा पठाउनुहुन्छ र येशूलाई मसीहको रूपमा चिनाउनुहुन्छ। येशू परमेश्वरको राज्यबारे प्रचार गर्नुहुन्छ र बलिदानको रूपमा आफ्नो जीवन अर्पण गर्नुहुन्छ। त्यसपछि यहोवा उहाँलाई आत्मामा पुनरुत्थान गर्नुहुन्छ

  6. यहोवा आफ्ना पुत्रलाई स्वर्गमा राजा बनाउनुहुन्छ। यसले यस युगको आखिरी समय सुरु भएको संकेत गर्छ। पृथ्वीभरि परमेश्वरको राज्यको प्रचार गर्दा येशू आफ्ना अनुयायीहरूलाई डोऱ्याइ दिनुहुन्छ

  7. यहोवा आफ्ना पुत्रलाई पृथ्वीमाथि शासन गर्ने निर्देशन दिनुहुन्छ। त्यस राज्यले सबै दुष्ट सरकारलाई चक्नाचूर पार्छ, प्रमोदवन स्थापना गर्छ र विश्वासी मानिसहरूलाई सिद्धतामा पुऱ्याउँछ। शासन गर्ने अधिकार यहोवाको हो भनेर प्रमाणित हुन्छ र उहाँको नाउँ सदाको लागि पवित्र पारिन्छ