सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २

सृष्टिकर्ता को हुनुहुन्छ?

सृष्टिकर्ता को हुनुहुन्छ?

सृष्टिकर्ता एक जना मात्र हुनुहुन्छ। उहाँको नाम यहोवा हो। (भजन ८३:१८) उहाँ स्वर्गमा बस्नुहुन्छ; हामी उहाँलाई देख्न सक्दैनौँ। उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीले पनि उहाँलाई माया गरेको चाहनुहुन्छ। उहाँ हामीले अरूलाई पनि माया गरेको चाहनुहुन्छ। (मत्ति २२:३५-४०) उहाँले सब थोक बनाउनुभयो, उहाँ सर्वोच्च हुनुहुन्छ।

यहोवा परमेश्‍वरको सबैभन्दा पहिलो सृष्टि एक जना शक्‍तिशाली स्वर्गदूत हुनुहुन्थ्यो। उहाँ नै पछि येसु ख्रिष्टको रूपमा चिनिनुभयो। यहोवा परमेश्‍वरले अरू स्वर्गदूत पनि बनाउनुभयो।

पृथ्वीमा भएका सबै थोक बनाउनुभयो। प्रकाश ४:११

यहोवा परमेश्‍वरले स्वर्गमा भएका सबै थोक अनि . . . यहोवा परमेश्‍वरले ताराहरू, पृथ्वी अनि पृथ्वीमा भएका सबै थोक बनाउनुभयो।​—⁠उत्पत्ति १:१.

उहाँले पहिलो मानिस आदमलाई माटोबाट बनाउनुभयो।—उत्पत्ति २:७.