सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४

आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?

आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?

आदम र हव्वाले परमेश्‍वरको कुरा सुनेनन्‌; त्यसैले उनीहरू मरे। उत्पत्ति ३:६, २३

हव्वाले सैतानको कुरा सुनेर फल खाइन्‌। पछि हव्वाले आदमलाई पनि फल दिइन्‌ र तिनले पनि खाए।

उनीहरूले गरेको काम गलत थियो; त्यो काम पाप थियो। उनीहरूलाई परमेश्‍वरले अदनको बगैँचाबाट निकालिदिनुभयो।

उनीहरू र उनीहरूका छोराछोरीले दुःख पाए। उनीहरू बूढाबूढी भए र मरे। मरेपछि उनीहरू अन्त कतै गएनन्‌; उनीहरूको नामोनिसान मेटियो।

मरेकाहरू माटोजस्तै निर्जीव हुन्छन्‌। उत्पत्ति ३:१९

आदम र हव्वाको सन्तान भएकोले हामी पनि मर्छौँ। मरेका मानिसहरूले देख्न सक्दैनन्‌, सुन्‍न सक्दैनन्‌; केही पनि गर्न सक्दैनन्‌।​—⁠उपदेशक ९:​५, १०.

यहोवा परमेश्‍वरले मानिसहरू मरून्‌ भनेर बनाउनुभएको थिएन। उहाँले मरिसकेकाहरूलाई अब छिट्टै जीवित पार्नुहुनेछ। उहाँको कुरा सुनेमा उनीहरू सधैँभरि बाँच्नेछन्‌।