भाग ६

महा-जलप्रलयबाट हामी के सिक्न सक्छौँ?

महा-जलप्रलयबाट हामी के सिक्न सक्छौँ?

परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुभयो तर नुह र उनको परिवारलाई बचाउनुभयो। उत्पत्ति ७:११, १२, २३

चालीस दिन र चालीस रात पानी पऱ्‍यो र पृथ्वी जलमग्न भयो। दुष्ट मानिसहरू सबै मरे।

परमेश्‍वरको विरोध गर्ने स्वर्गदूतहरू मान्छेको रूप त्यागेर स्वर्ग फर्के। तिनीहरू नै प्रेतहरू भए।

जहाजभित्र भएकाहरू बचे। हुनत पछि नुह र उनको परिवार मरे, तैपनि परमेश्‍वरले उनीहरूलाई सधैँभरि बाँच्ने आशासहित जीवित पार्नुहुनेछ।

परमेश्‍वरले दुष्टहरूलाई फेरि नाश गर्नुहुनेछ र असल मानिसहरूलाई बचाउनुहुनेछ। मत्ति २४:३७-३९

सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई अझै बहकाइरहेका छन्‌।

नुहको पालामा जस्तै अहिले पनि थुप्रै मानिसले परमेश्‍वरको मायालु निर्देशन वास्ता गर्दैनन्‌। छिट्टै यहोवा परमेश्‍वरले सबै दुष्टलाई नाश गर्नुहुनेछ।—२ पत्रुस २:५, ६.

अहिले पनि कोही-कोही नुहजस्तै छन्‌। तिनीहरू परमेश्‍वरको कुरा सुन्छन्‌ र उहाँले भनेको मान्छन्‌। तिनीहरू यहोवाका साक्षीहरू हुन्‌।