भाग ८

येसुको मृत्यु​—⁠यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

येसुको मृत्यु​—⁠यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

हामी बाँचोस्‌ भनेर येसु मर्नुभयो। युहन्‍ना ३:⁠१६

येसुको मृत्यु भएको तीन दिनपछि केही स्त्री उहाँलाई राखिएको चिहानमा गए। तर त्यहाँ येसुको शव थिएन। यहोवा परमेश्‍वरले येसुलाई ब्युँताइसक्नुभएको थियो।

पछि येसु चेलाहरूसामु देखा पर्नुभयो।

यहोवा परमेश्‍वरले येसुलाई शक्‍तिशाली स्वर्गदूतको रूपमा ब्युँताउनुभयो र अमर जीवन दिनुभयो। येसुका चेलाहरूले उहाँ स्वर्ग जानुभएको देखे।

यहोवाले येसुलाई मृत्युबाट ब्युँताउनुभयो र परमेश्‍वरको राज्यको राजा बनाउनुभयो। दानिएल ७:१३, १४

येसुले मानिसजातिलाई बचाउन आफ्नो ज्यान फिरौतीस्वरूप दिनुभयो। (मत्ति २०:२८) यहोवा परमेश्‍वरले त्यही फिरौतीको आधारमा हामीलाई सधैँभरि बाँच्ने जीवन दिनुहुन्छ।

पृथ्वीमाथि शासन गर्न यहोवा परमेश्‍वरले येसुलाई राजा बनाउनुभयो। मृत्युबाट ब्युँताइएका १ लाख ४४ हजार वफादार मानिसहरू स्वर्गमा येसुसित हुनेछन्‌। येसु र १ लाख ४४ हजारले येसुसँगै परमेश्‍वरको राज्यमा शासन गर्नेछन्‌।​—⁠प्रकाश १४:​१-३.

परमेश्‍वरको राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ। त्यसपछि लडाइँ, अपराध, गरिबी र भोकमरी हुनेछैन। मानिसहरू साँच्चै सुखी हुनेछन्‌।​—⁠भजन १४५:⁠१६.