सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको इच्छा के हो?

परमेश्‍वरको इच्छा के हो?

पृथ्वीमा स्थापित प्रमोदवनमा हामी सधैँभरि सुखी र आनन्दित भई जीवन बिताएको परमेश्‍वर चाहनुहुन्छ!

तपाईँ भन्‍नुहोला, ‘यस्तो पनि सम्भव छ र?’ परमेश्‍वरको राज्यले यो सम्भव बनाउनेछ भनेर बाइबलमा बताइएको छ। साथै मानिसहरूले त्यस राज्यबारे र हाम्रो लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे सिकेको उहाँ चाहनुहुन्छ।—भजन ३७:११, २९; यसैया ९:७.

परमेश्‍वर हाम्रो हित चाहनुहुन्छ।

मायालु बुबाले आफ्ना छोराछोरीको हित चाहेझैँ स्वर्गमा बस्नुहुने हाम्रो बुबा पनि हामी सधैँभरि खुसी भएको चाहनुहुन्छ। (यसैया ४८:१७, १८) उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ।”—१ युहन्‍ना २:१७.

परमेश्‍वर हामी उहाँले देखाउनुभएको बाटोमा हिँडेको चाहनुहुन्छ।

हामी परमेश्‍वरको ‘मार्गमा हिँडेको’ उहाँ चाहनुहुन्छ। त्यसकारण उहाँ हामीलाई ‘आफ्नो मार्ग सिकाउनुहुन्छ’ भनी बाइबल बताउँछ। (यसैया २:२, ३) सबै मानिसलाई आफ्नो इच्छाबारे थाह दिन परमेश्‍वरले “आफ्नो नामको लागि मानिसहरू” जम्मा गर्नुभएको छ।—प्रेषित १५:१४.

परमेश्‍वर हामी एकतामा बाँधिएर उहाँको उपासना गरेको चाहनुहुन्छ।

यहोवाको शुद्ध उपासनाले मानिसहरूमाझ विभाजन ल्याउँदैन बरु तिनीहरूलाई साँचो प्रेममा बाँध्छ। (युहन्‍ना १३:३५) आज सबै ठाउँका पुरुष तथा स्त्रीलाई एकतामा बाँधिएर परमेश्‍वरको सेवा गर्न कसले सिकाइरहेको छ? आउनुहोस्‌, यो पुस्तिका पढेर यस प्रश्‍नको जवाफ थाह पाऔँ।