पाठ ४

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

कङ्‌गो (किन्सासा)

रूवाण्डा

भजन ६९:३१ मा परमेश्‍वरको नाम भएको सिमकस पाण्डुलिपिको अंश, इस्वी संवत्‌ तेस्रो वा चौथो शताब्दीतिरको

यहोवाका साक्षीहरूले दशकौंसम्म बाइबलका विभिन्‍न संस्करण प्रयोग गरे, छापे र वितरण गरे। मानिसहरूले “सत्यको सही ज्ञान लिऊन्‌” भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। (१ तिमोथी २:३, ४) त्यसैले मानिसहरूलाई सही ज्ञान लिन अझ मदत गर्ने एउटा नयाँ अनुवादको आवश्‍यकता हामीले महसुस गऱ्‍यौं। सन्‌ १९५० देखि हामीले आधुनिक भाषा प्रयोग गरिएको नयाँ संसार अनुवाद बाइबलको केही अंश अङ्‌ग्रेजी भाषामा प्रकाशित गर्न थाल्यौं। अहिले यो बाइबल १३० भन्दा बढी भाषामा उपलब्ध छ र यसलाई मौलिक भाषाअनुसारै सही तरिकामा अनुवाद गरिएको छ।

बुझ्न सजिलो बाइबलको आवश्‍यकता। समयसँगसँगै भाषा परिवर्तन हुन्छ। पुराना बाइबलका थुप्रै अनुवादमा अहिले बुझ्न गाह्रो वा अस्पष्ट शब्दहरू प्रयोग गरिएका छन्‌। साथै मूल प्रतिसित अझ मेल खाने पुराना पाण्डुलिपिहरू पनि फेला परेका छन्‌। यसले गर्दा बाइबलकालीन हिब्रू, अरामी र ग्रीक भाषा अझ राम्ररी बुझ्न सम्भव भएको छ।

परमेश्‍वरको वचनप्रति वफादारी झल्किने अनुवादको आवश्‍यकता। बाइबल अनुवादकहरूले मौलिक भाषाबाट जस्ताको तस्तै अनुवाद गर्नुपर्छ, परमेश्‍वरको प्रेरित वचनमा कुनै थपघट गर्नु हुँदैन। धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नाम ‘यहोवा’ प्रयोग गरिएको छैन।

बाइबलको ग्रन्थकारलाई सम्पूर्ण श्रेय दिने अनुवादको आवश्‍यकता। (२ शमूएल २३:२) बाइबलका सबैभन्दा पुराना पाण्डुलिपिहरूमा यहोवाको नाम लगभग ७,००० पटक उल्लेख गरिएको छ। तल दिइएको चित्रमा यसको एउटा उदाहरण देख्न सक्नुहुन्छ। नयाँ संसार अनुवाद-मा, यहोवाको नाम जहाँ-जहाँ हुनुपर्ने हो ती ठाउँहरूमा त्यो नाम फेरि राखिएको छ। (प्रकाश ४:११) यो अनुवाद वर्षौंसम्म गहिरो अनुसन्धान गरेर तयार पारिएको हो र यसमा परमेश्‍वरको विचारलाई स्पष्टसित व्यक्‍त गरिएको छ। त्यसैले यो अनुवाद पढ्‌दा निकै मजा आउँछ। तपाईंको आफ्नो भाषामा नयाँ संसार अनुवाद नभए पनि दिनदिनै यहोवाको वचन पढ्‌ने बानी बसाल्न हामी तपाईंलाई आग्रह गर्न चाहन्छौं।—यहोशू १:८; भजन १:२, ३.

  • हामीले बाइबलको नयाँ अनुवादको आवश्‍यकता किन महसुस गऱ्‍यौं?

  • परमेश्‍वरको इच्छा बुझ्न चाहनेहरूले दिनदिनै के गर्ने बानी बसाल्नु राम्रो हो?