सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २१

बेथेल भनेको के हो?

बेथेल भनेको के हो?

चित्रकला विभाग, अमेरिका

जर्मनी

केन्या

कोलम्बिया

बेथेल—यो हिब्रू शब्द हो र यसको अर्थ “परमेश्‍वरको घर” हो। (उत्पत्ति २८:१७, १९, फुटनोट) यहोवाका साक्षीहरूको प्रचारकार्यलाई डोऱ्‍याउन र यस कामलाई टेवा पुऱ्‍याउन प्रयोग गरिने भवनहरूलाई बेथेल भन्‍न सुहाउँछ। संसारभरि विभिन्‍न ठाउँमा यस्ता भवनहरू छन्‌। यहोवाका साक्षीहरूको मुख्य कार्यालय अमेरिकाको न्यु योर्क राज्यमा छ र त्यहीँबाट परिचालक निकायले संसारभरि रहेका थुप्रै शाखा कार्यालयको गतिविधिको सुपरिवेक्षण गर्छ। यी कार्यालयहरूमा सेवा गर्नेहरूको समूहलाई बेथेल परिवार भनिन्छ। एउटा परिवारजस्तै तिनीहरू सँगै बस्छन्‌, सँगै काम गर्छन्‌, सँगै खाना खान्छन्‌ र सँगै मिलेर बाइबल अध्ययन गर्छन्‌।—भजन १३३:१.

एउटा भिन्‍नै ठाउँ, जहाँ परिवारका सदस्यहरूले आत्मत्यागी मनोभाव देखाउँछन्‌। बेथेल परिवारका सबै सदस्य परमेश्‍वरको इच्छाबमोजिम गर्न समर्पित छन्‌ र तिनीहरू परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आफ्नो पूरै समय दिन्छन्‌। (मत्ति ६:३३) तिनीहरूमध्ये कसैले पनि ज्याला वा तलब पाउँदैनन्‌ तर सबैलाई खाने-बस्ने सुविधा र थोरै पकेट खर्च दिइन्छ। बेथेलमा सबैको आ-आफ्नै काम हुन्छ। कसैले अफिसमा काम गर्छन्‌, कसैले छापाखानामा, कसैले भान्सामा त कसैले भोजन कक्षमा। कोही-कोहीचाहिँ सरसफाइ गर्ने, लुगा धुने, मर्मतसम्भार गर्नेजस्ता काम गर्छन्‌।

प्रचारकार्यलाई टेवा पुऱ्‍याउने व्यस्त ठाउँ। सबै बेथेलको मुख्य उद्देश्‍य धेरैभन्दा धेरै मानिसकहाँ बाइबलको सत्य कुरा पुऱ्‍याउनु हो। यो पुस्तिका पनि यही उद्देश्‍य राखेर तयार पारिएको हो। यो पुस्तिका परिचालक निकायको सुपरिवेक्षणमा लेखियो। अनि यसलाई कम्प्युटरद्वारा संसारभरि रहेका सयौँ अनुवाद टोलीमा पठाइयो। त्यसपछि यसलाई विभिन्‍न बेथेलमा भएका अत्याधुनिक छापाखानामा छापियो र संसारभरिका १ लाख २० हजारभन्दा धेरै मण्डलीमा ढुवानी गरियो। यसरी बेथेल परिवारले कुनै न कुनै तरिकामा अहिले भइरहेको सबैभन्दा महत्त्वपूर्ण कामलाई टेवा पुऱ्‍याइरहेको छ। त्यो काम हो, सुसमाचार प्रचार गर्ने।—मर्कुस १३:१०.

  • बेथेलमा कसले सेवा गर्छन्‌ र त्यहाँ तिनीहरूको हेरचाह कसरी गरिन्छ?

  • प्रत्येक बेथेलमा हुने गतिविधिले कुन महत्त्वपूर्ण कामलाई टेवा पुऱ्‍याइरहेको छ?