पाठ २१

बेथेल भनेको के हो?

बेथेल भनेको के हो?

चित्रकला विभाग, अमेरिका

जर्मनी

केन्या

कोलम्बिया

बेथेल—यो हिब्रू शब्द हो र यसको अर्थ “परमेश्‍वरको घर” हो। (उत्पत्ति २८:१७, १९) यहोवाका साक्षीहरूको प्रचारकार्यलाई अघि बढाउने निर्देशन दिन र यसलाई टेवा पुऱ्‍याउन प्रयोग गरिने भवनहरूलाई बेथेल भन्‍न सुहाउँछ। संसारभरि विभिन्‍न ठाउँमा यस्ता भवनहरू छन्‌। यहोवाका साक्षीहरूको मुख्य कार्यालय अमेरिकाको न्यु योर्क राज्यमा छ र त्यहींबाट परिचालक निकायले संसारभरि रहेका थुप्रै शाखा कार्यालयको गतिविधिको सुपरिवेक्षण गर्छ। यी कार्यालयहरूमा सेवा गर्नेहरूको समूहलाई बेथेल परिवार भनिन्छ। एउटा परिवारजस्तै तिनीहरू सँगै बस्छन्‌, सँगै काम गर्छन्‌, सँगै खाना खान्छन्‌ र सँगै मिलेर बाइबल अध्ययन गर्छन्‌।—भजन १३३:१.

एउटा भिन्‍नै ठाउँ, जहाँ आत्मत्यागी मनोभाव भएका व्यक्‍तिहरू परिवारको रूपमा मिलेर बस्छन्‌। सबै बेथेल परिवारका ख्रीष्टियन पुरुष र स्त्री परमेश्‍वरको इच्छाबमोजिम गर्न समर्पित छन्‌ र तिनीहरू परमेश्‍वरको राज्यसम्बन्धी कुरालाई अघि बढाउन आफ्नो पूरा समय खर्च गर्छन्‌। (मत्ती ६:३३) तिनीहरूले कुनै ज्याला वा तलब पाउँदैनन्‌ तर सबैलाई खाने-बस्ने सुविधा र थोरै पकेट खर्च दिइन्छ। बेथेलमा सबैलाई कुनै न कुनै काम गर्न खटाइएको हुन्छ। कसैले अफिसमा काम गर्छन्‌, कसैले छापाखानामा, कसैले भान्सामा त कसैले भोजन कक्षमा। कोही-कोहीचाहिं सरसफाइ गर्ने, लुगा धुने, मर्मतसम्भार गर्नेजस्ता काम गर्छन्‌।

प्रचारकार्यलाई टेवा पुऱ्‍याउने व्यस्त ठाउँ। सबै बेथेलको मुख्य उद्देश्‍य धेरैभन्दा धेरै मानिसकहाँ बाइबलको सत्य कुरा पुऱ्‍याउनु हो। यही उद्देश्‍य राखेर यो पुस्तिका पनि तयार पारिएको हो। परिचालक निकायको सुपरिवेक्षणमा यो पुस्तिका लेखियो। अनि यसलाई कम्प्युटरद्वारा संसारभरि रहेका सयौं अनुवाद टोलीमा पठाइयो। त्यसपछि यसलाई बेथेलका अत्याधुनिक छापाखानामा छापियो र संसारभरिका १,१०,००० भन्दा धेरै मण्डलीमा ढुवानी गरियो। यसरी लेखनकार्यदेखि लिएर ढुवानीसम्म बेथेल परिवारले कुनै न कुनै तरिकामा अहिले भइरहेको सबैभन्दा महत्त्वपूर्ण कामलाई टेवा पुऱ्‍याइरहेको छ। त्यो काम हो, सुसमाचार प्रचार गर्ने।—मर्कूस १३:१०.

  • बेथेलमा कसले सेवा गर्छन्‌ र त्यहाँ तिनीहरूको हेरचाह कसरी गरिन्छ?

  • प्रत्येक बेथेलमा हुने गतिविधिले कुन महत्त्वपूर्ण कामलाई टेवा पुऱ्‍याइरहेको छ?