सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २८

हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?

हाम्रो वेबसाइटमा कस्ता जानकारी पाउन सकिन्छ?

फ्रान्स

पोल्याण्ड

रूस

येसु ख्रिष्टले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।” (मत्ति ५:१६) मानिसहरूसामु आफ्नो ज्योति चम्काउने उद्देश्‍यले इन्टरनेटजस्तो आधुनिक प्रविधि पनि हामी प्रयोग गर्दै छौँ। हाम्रो सङ्‌गठनको आधिकारिक वेबसाइट jw.org हो। यसमा यहोवाका साक्षीहरू के-के विश्‍वास गर्छन्‌ र तिनीहरू के-के गर्छन्‌ भनेर अनलाइन पढ्‌न सक्नुहुन्छ। यस वेबसाइटमा अरू कस्ता कुराहरू पाउन सक्नुहुन्छ?

मानिसहरूले साधारणतया सोध्ने प्रश्‍नको बाइबलआधारित जवाफ। मानिसहरूले साधारणतया सोध्ने केही महत्त्वपूर्ण प्रश्‍नका जवाफ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। उदाहरणका लागि, कहिल्यै दुःखकष्टको अन्त होला? के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? जस्ता पर्चाहरू इन्टरनेटमा ९०० भन्दा धेरै भाषामा उपलब्ध छन्‌। यस वेबसाइटमा नयाँ संसार अनुवाद बाइबल १६० भन्दा धेरै भाषामा उपलब्ध छ अनि बाइबल अध्ययन गर्न प्रयोग गरिने बाइबलले हामीलाई के सिकाउँछ? जस्ता किताबहरू पनि उपलब्ध छन्‌। साथै प्रहरीधरहरा ब्यूँझनुहोस्‌!-का हालैका अङ्‌कहरू पनि उपलब्ध छन्‌। यहाँ उल्लेख गरिएका सामग्रीमध्ये थुप्रै अनलाइन पढ्‌न वा सुन्‍न सक्नुहुन्छ। साथै विभिन्‍न फर्म्याटमा * डाउनलोड पनि गर्न सक्नुहुन्छ। बाइबलको कुरामा चासो देखाउने व्यक्‍तिलाई तिनकै भाषामा केही पाना छापेर दिन पनि सक्नुहुन्छ। दर्जनौँ साङ्‌केतिक भाषाका भिडियो पनि उपलब्ध छन्‌। फुर्सदको समयमा सुन्‍नको लागि बाइबलमा आधारित श्रव्य नाटक, बाइबल नाटक र सुमधुर गीत तथा धुनहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ।

यहोवाका साक्षीहरूसित सम्बन्धित सही जानकारी। हाम्रो वेबसाइटमा यहोवाका साक्षीहरूसित सम्बन्धित घटना, हाम्रो विश्‍वव्यापी कार्य, सामाजिक योगदान र मानवअधिकारको रक्षा गर्न हामीले लडेका मुद्दाहरूबारे ताजा जानकारी र भिडियोहरू पाउन सकिन्छ। आउँदा अधिवेशनहरूको जानकारीका साथै हाम्रा शाखा कार्यालयहरूको ठेगाना पनि पाउन सकिन्छ।

यस्ता माध्यमहरू प्रयोग गरेर हामीले पृथ्वीको कुनाकुनासम्म सत्यको ज्योति चम्काइरहेका छौँ। सबै महादेशका मानिसहरूले यस्तो प्रबन्धबाट लाभ उठाइरहेका छन्‌। यस सुविधाबाट अन्टार्कटिका महादेशका मानिसहरूसमेत वञ्चित छैनन्‌। पृथ्वीभरि “यहोवा परमेश्‍वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्‌” र यसले उहाँको महिमा गरोस्‌ भनेर हामी प्रार्थना गर्छौँ।—२ थिस्सलोनिकी ३:१.

  • हाम्रो वेबसाइटले कसरी अझ धेरै मानिसलाई बाइबलको सत्य सिक्न मदत गरिरहेको छ?

  • हाम्रो वेबसाइटमा तपाईँ के हेर्न चाहनुहुन्छ?

^ अनु. 4 MP3, PDF, EPUB