सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बायाँ: सन्‌ १९२६ मा ब्रूक्लिन बेथेल परिवारले अन्तिम चोटि क्रिसमस मनायो; दायाँ: यहोवाका साक्षीहरू फरक छन्‌ भनेर मानिसहरूले याद गर्छन्‌

भाग ३

परमेश्‍वरको राज्यका प्रजाले पालन गर्नुपर्ने स्तरहरू—परमेश्‍वरले तोक्नुभएको स्तरअनुसार चल्ने प्रयास

परमेश्‍वरको राज्यका प्रजाले पालन गर्नुपर्ने स्तरहरू—परमेश्‍वरले तोक्नुभएको स्तरअनुसार चल्ने प्रयास

मानिलिनुहोस्‌, तपाईं बाटोमा हिंड्‌दै हुनुहुन्छ। तपाईं आफ्नो छिमेकीलाई देख्नुहुन्छ र तिनलाई अभिवादन गर्नुहुन्छ। तिनले अचेल तपाईं र तपाईंको परिवारलाई निकै नियालेर हेरिरहेका छन्‌। तिनले अभिवादन फर्काउँछन्‌ र तपाईंलाई आफूतिर बोलाउँछन्‌। तिनी यसो भन्छन्‌: “तपाईंलाई एउटा कुरा सोधूँ? तपाईंहरू अरूभन्दा फरक हुनुहुन्छ।” तिनको कुरा सुनेर तपाईं यसो भन्‍नुहुन्छ, “मैले तपाईंको कुरा बुझिनँ नि?” त्यसपछि तिनी यसो भन्छन्‌, “तपाईंहरू यहोवाका साक्षीहरू हुनुहुन्छ भनेर मलाई थाह छ। तपाईंहरू अरू ख्रीष्टियनहरू भन्दा फरक हुनुहुन्छ। तपाईंहरू क्रिसमस मनाउनुहुन्‍न, राजनीतिमा भाग लिनुहुन्‍न, हतियार उठाउनुहुन्‍न, चुरोट खानुहुन्‍न। तपाईंको परिवारको आनीबानी पनि धेरै राम्रो छ। तपाईंहरू अरू धर्मका मानिसहरूभन्दा बेग्लै हुनुको केही खास कारण छ कि?”

तपाईंलाई पक्कै पनि यसको जवाफ थाह छ। हामी परमेश्‍वरको राज्यको अधीनमा बस्छौं। त्यसैले हामी अरू धर्मका मानिसहरूभन्दा फरक छौं। हाम्रो राजा येशूले हामीलाई शुद्ध पार्दै हुनुहुन्छ। उहाँको मदतले गर्दा हामी उहाँको पाइलामा टेकेर हिंड्‌न र दुष्टताले भरिएको संसारबाट अलग बस्न सकेका छौं। परमेश्‍वरको राज्यले आफ्ना प्रजाहरूलाई आध्यात्मिक अनि नैतिक तवरमा शुद्ध पार्नुको साथै कसरी व्यवस्थित पारेको छ र त्यसले गर्दा कसरी यहोवाको महिमा भयो, त्यसबारे हामी यो भागमा बुझ्नेछौं।

यस भागमा

अध्याय १०

राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छ

क्रिसमस र क्रसमा के समानता छ?

अध्याय ११

परमेश्‍वरको पवित्रतालाई झल्काउने स्वच्छ नैतिक आचरण

इजकिएलले दर्शनमा देखेको मन्दिरको ढोका र ढोकेहरूले सन्‌ १९१४ देखि परमेश्‍वरका जनहरूका लागि विशेष अर्थ राखेको छ।

अध्याय १२

“शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित

बाइबलले गोलमालको तुलना शान्तिसित गरेको छ, सबै कुरा टक्क मिलेको अवस्थासित होइन। किन? यस प्रश्‍नको उत्तरले ख्रीष्टियनहरूलाई कस्तो असर गर्छ?