सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बायाँ: जर्मनीका भाइबहिनीको लागि स्वीट्‌जरल्याण्डबाट राहत सामग्री पठाउँदै, १९४६; दायाँ: सुनामीपछि जापानमा राज्यभवन पुनर्निर्माण गरिंदै, २०११

भाग ६

साँचो उपासनालाई टेवा पुऱ्‍याउने—उपासनास्थल निर्माण गरेर र प्रकोपको बेला मदत गरेर

साँचो उपासनालाई टेवा पुऱ्‍याउने—उपासनास्थल निर्माण गरेर र प्रकोपको बेला मदत गरेर

तपाईंलाई आफ्नो राज्यभवनभित्र पस्दा नौलो लाग्छ। हुन त तपाईंलाई आफ्नो राज्यभवन देख्दा सधैं गर्व महसुस हुन्छ। केही वर्षअघि मात्र यो भवनको निर्माण गर्दा बटुलेका रमाइला क्षणहरू तपाईंको मनमा ताजै छन्‌। तर तपाईंलाई अहिले झनै गर्व लागिरहेको छ। किन? किनभने यो भवनलाई अहिले अस्थायी उद्धार केन्द्रमा परिणत गरिएको छ। भर्खरै आएको बाढीले गर्दा तपाईंको इलाका क्षतिग्रस्त भएको छ। त्यसैले शाखा समितिले तुरुन्तै बाढी प्रभावितहरूका लागि खाना, लत्ताकपडा, सफा पानी र अरू राहत सामग्रीको प्रबन्ध मिलाएको छ। अनुदानमार्फत प्राप्त भएका राहत सामग्रीहरू चट्ट मिलाएर राखिएका छन्‌। आफूलाई चाहिएको कुरा लिन भाइबहिनीहरू लाइन लागिरहेका छन्‌। कति जनाले त खुसीले आँसु थाम्नै सकिरहेका छैनन्‌।

येशूले आफ्ना चेलाहरूको एउटा प्रमुख चिनारी तिनीहरूबीचको प्रेम हुनेछ भनेर बताउनुभएको थियो। (यूह. १३:३४, ३५) यहोवाका साक्षीहरूले गरिरहेको निर्माणकार्य र उद्धारकार्यमा कसरी ख्रीष्टियन प्रेम झल्किन्छ भनेर यस भागमा विचार गर्नेछौं। यस्तो प्रेमले हामी राजा येशू ख्रीष्टको शासनको अधीनमा छौं भन्‍ने कुराको बलियो प्रमाण दिन्छ।

यस भागमा

अध्याय १८

साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग

पैसा कहाँबाट प्राप्त हुन्छ? कस्ता कामहरूमा पैसा प्रयोग गरिन्छ?

अध्याय १९

यहोवाको आदर हुने निर्माणकार्य

उपासनास्थलले परमेश्‍वरको आदर गर्छ तर उहाँ अर्को एउटा कुराको अझ मोल गर्नुहुन्छ।

अध्याय २०

राहत कार्यले यहोवाको महिमा गर्छ

राहत कार्य यहोवालाई चढाउने पवित्र सेवाको भाग हो भनेर हामी किन भन्‍न सक्छौं?