अध्याय ४३
राज्यसम्बन्धी उदाहरणहरू
मत्ति १३:१-५३ मर्कुस ४:१-३४ लुका ८:४-१८
-
येसु राज्यसम्बन्धी उदाहरणहरू बताउनुहुन्छ
येसुले फरिसीहरूलाई हप्काउनुहुँदा उहाँ सम्भवतः कफर्नहुममा हुनुहुन्छ। पछि त्यस दिन येसु घरबाट निस्केर गालिल समुद्रको किनारामा जानुहुन्छ र त्यहाँ भीड जम्मा हुन्छ। अनि उहाँ डुङ्गामा चढेर समुद्र किनाराबाट अलि पर जानुहुन्छ र जम्मा भएको भीडलाई स्वर्गको राज्यबारे सिकाउन थाल्नुहुन्छ। स्वर्गको राज्यबारे सिकाउन उहाँ थुप्रै उदाहरण चलाउनुहुन्छ। उहाँका श्रोतालाई उहाँले उदाहरणहरूमा उल्लेख गर्नुभएको कुराहरूबारे राम्ररी थाह छ, जसले गर्दा राज्यको विभिन्न पक्ष बुझ्न तिनीहरूलाई सजिलो हुन्छ।
सबैभन्दा पहिला, येसु बिउ छर्न निस्केको एक जना मानिसको उदाहरण बताउनुहुन्छ। बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा पर्छन् र चराहरूले खाइदिन्छन्। अरू केहीचाहिँ चट्टानमा पर्छन्, जहाँ त्यति माटो छैन। माटो गहिरो नभएकोले ती टुसाइहाल्छन् तर घाम लागेपछि ती ओइलाउँछन् र सुकिहाल्छन्। अझै अरू केही बिउचाहिँ काँडाहरूको बीचमा पर्छन् अनि काँडाहरू बढ्दै जाँदा ती निसासिन्छन्। तर बाँकी भने असल माटोमा पर्छन्। तिनीहरूले फल फलाउँछन्, “कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा।”—मत्ति १३:८.
अर्को उदाहरणमा येसु परमेश्वरको राज्यलाई बिउ छर्ने मानिससित तुलना गर्नुहुन्छ। यस उदाहरणमा बिउ छर्ने मानिस सुते पनि, उठे पनि बिउ बढ्दै जान्छ। तर “यी सब कसरी हुन्छ, त्यो उसले जान्दैन।” (मर्कुस ४:२७) तिनीहरू आफै बढ्छन् र अन्नका गेडाहरू लाग्छन्। अनि अन्न पाकेपछि उसले कटनी गर्छ।
त्यसपछि येसु बिउ छर्ने मानिसबारे तेस्रो उदाहरण बताउनुहुन्छ। बिउ छर्ने मानिसले खेतमा असल खालको बिउ छर्छ तर “मानिसहरू सुतिरहेको बेला” शत्रुले गहुँको बीचबीचमा सामा छरिदिन्छ। तब त्यस मानिसका दासहरूले सामा उखेलौँ कि भनेर सोध्छन्। तर ऊ यस्तो जवाफ दिन्छ: “भो, पर्दैन। नत्र त तिमीहरूले सामासँगसँगै गहुँ मत्ति १३:२४-३०.
पनि उखेल्नेछौ। बाली काट्ने बेलासम्म दुवैलाई सँगै बढ्न देओ। अनि बाली काट्ने बेला म खेतालाहरूलाई भन्नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो भण्डारमा राख।”—येसुको कुरा सुनिरहेका धेरैजसो मानिसलाई खेतीकिसानीबारे थाह छ। उहाँले धेरैलाई थाह भएको अर्को एउटा बिउ, रायोको दानाबारे पनि उल्लेख गर्नुहुन्छ। यो सानो दाना बढेर एकदमै ठूलो हुन्छ र रूख बन्छ अनि यसका हाँगाहरूमा चराचुरुङ्गी बास बस्छन्। यस बिउबारे उहाँ यसो भन्नुहुन्छ: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।” (मत्ति १३:३१) तर येसुले वनस्पतिबारे शिक्षा दिइरहनुभएको होइन। उहाँ उल्लेखनीय वृद्धिबारे अर्थात् एकदमै सानो कुरा पनि बढेर वा फैलिएर कसरी एकदमै ठूलो बन्न सक्छ भन्नेबारे बुझाउँदै हुनुहुन्छ।
त्यसपछि येसु एउटा प्रक्रियाबारे बताउनुहुन्छ, जसबारे पनि उहाँका धेरै श्रोतालाई थाह छ। उहाँ स्वर्गको राज्यलाई “खमिर”-सित तुलना गर्नुहुन्छ, “जसलाई एउटी स्त्रीले तीन भाँडो पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।” (मत्ति १३:३३) खमिरलाई पीठोमा मिसाएपछि त्यो नदेखिने भए तापनि त्यसले पूरै पीठोलाई खमिरा बनाइदिन्छ र पीठो फुल्छ। यसले गर्दा सजिलै नदेखिने उल्लेखनीय वृद्धि र परिवर्तनहरू हुन्छन्।
यी उदाहरणहरू बताइसकेपछि उहाँ भीडलाई बिदा गर्नुहुन्छ र आफू बसिरहेको घरमा फर्कनुहुन्छ। एकैछिनमा चेलाहरू उहाँकहाँ आउँछन् र उहाँले बताउनुभएका उदाहरणहरूको अर्थ सोध्छन्।
येसुले बताउनुभएका उदाहरणहरूबाट लाभ उठाउनुहोस्
चेलाहरूले येसुले यति धेरै उदाहरण चलाउनुभएको पहिला सुनेका छैनन्। त्यसैले चेलाहरू उहाँलाई यस्तो प्रश्न सोध्छन्: “तिनीहरूसित कुरा गर्दा तपाईँ किन उदाहरणहरू चलाउनुहुन्छ?”—मत्ति १३:१०.
उहाँले उदाहरणहरू चलाउनुको एउटा कारण बाइबल भविष्यवाणी पूरा गर्नको लागि हो। मत्तिको विवरण यसो भन्छ: “उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्नथ्यो। यसरी भविष्यवक्ताद्वारा भनिएको यो वचन पूरा भयो: ‘उदाहरणहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि गुप्तमा रहेको कुरा म घोषणा गर्नेछु।’”—मत्ति १३:३४, ३५; भजन ७८:२.
तर येसुले उदाहरणहरू चलाउनुको अर्को कारण पनि छ। यसबाट मानिसहरूको मनसाय प्रकट हुन्छ। थुप्रै मानिसले येसुलाई केवल कथाहरू भन्न सिपालु र चमत्कारहरू गर्ने मानिसको रूपमा हेर्छन्। उहाँलाई प्रभु मानेर उहाँको आज्ञा पालन गर्नुपर्छ जस्तो तिनीहरूलाई लाग्दैन। साथै तिनीहरू निःस्वार्थ भावले उहाँको पछि लाग्नुपर्छ भन्ने पनि ठान्दैनन्। (लुका ६:४६, ४७) तिनीहरू आफ्नो सोचाइ र जीवनशैली परिवर्तन गर्न चाहँदैनन्। हो, उहाँको सन्देश आफ्नो मनभित्रसम्म गडेको तिनीहरू चाहँदैनन्।
चेलाहरूको प्रश्नको जवाफ दिँदै येसु यसो भन्नुहुन्छ: “त्यसैले म तिनीहरूसित कुरा गर्दा उदाहरणहरू चलाउँछु किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर ठम्याउँदैनन् न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्। यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘. . . यी मानिसहरूको हृदय बोधो भएको छ।’”—मत्ति १३:१३-१५; यसैया ६:९, १०.
तर येसुको कुरा सुनिरहेका सबै मानिसलाई यो कुरा लागू हुँदैन। उहाँ भन्नुहुन्छ: “तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन् र तिमीहरूका कानले सुन्छन्। म तिमीहरूलाई साँचो-साँचो भन्छु, धेरै भविष्यवक्ता र धर्मी मानिसहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन् अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्ने इच्छा गरेका थिए तर सुन्न पाएनन्।”—मत्ति १३:१६, १७.
हो, १२ प्रेषित र अरू वफादार चेलाहरूको हृदय असल छ। त्यसैले येसु यसो भन्नुहुन्छ: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर मत्ति १३:११) चेलाहरूले निष्कपट चासो देखाएको कारण येसु तिनीहरूलाई बिउ छर्ने मानिसको उदाहरणको अर्थ खुलाउनुहुन्छ।
ती मानिसहरूलाई त दिइएको छैन।” (येसु भन्नुहुन्छ: “बिउ परमेश्वरको वचन हो।” (लुका ८:११) अनि माटोचाहिँ हृदय हो। हामीले यी कुराहरू थाह पायौँ भने यस उदाहरणको अर्थ बुझ्न सजिलो हुन्छ।
बाटोको छेउछाउमा परेका बिउहरूबारे उहाँ यसो भन्नुहुन्छ: “दियाबल आउँछ र तिनीहरूले विश्वास गरेर उद्धार नपाऊन् भनेर तिनीहरूको हृदयबाट त्यो वचन खोसेर लैजान्छ।” (लुका ८:१२) येसुले बताउनुभएको उदाहरणमा केही बिउ चट्टाने जमिनमा पर्छ। चट्टाने जमिनले त्यस्ता मानिसहरूको हृदयलाई बुझाउँछ, जसले वचन सुन्नेबित्तिकै खुसीसाथ स्विकार्छन् तर वचनले तिनीहरूको हृदयसम्म जरा गाड्दैन। अनि “वचनको खातिर सङ्कष्ट वा खेदो आउनेबित्तिकै” तिनीहरू ठेस खान्छन्। हो, परिवारका सदस्यहरू अथवा अरू कोहीबाट “परीक्षा आइपर्नेबित्तिकै” तिनीहरू पछि हट्छन्।—मत्ति १३:२१; लुका ८:१३.
काँडाहरूको बीचमा छरिएका बिउहरूबारे चाहिँ के भन्न सकिन्छ? यसले वचन सुनेका मानिसहरूलाई बुझाउँछ भनेर येसु चेलाहरूलाई बताउनुहुन्छ। तर तिनीहरू “यस संसारमा आइपर्ने फिक्री र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा” तर्किन्छन्। (मत्ति १३:२२) तिनीहरूको हृदयसम्म वचन पुगेको थियो तर अहिले वचन निसासिएको छ र त्यसले फल फलाउन छोडेको छ।
येसुले बताउनुभएको अन्तिम प्रकारको माटोचाहिँ असल छ। यसले त्यस्ता मानिसहरूलाई बुझाउँछ, जसले वचन सुनेर हृदयदेखि नै स्विकार्छन् र त्यसको अर्थ पनि बुझ्छन्। नतिजा कस्तो हुन्छ? तिनीहरू “फल फलाउँछन्।” उमेर, स्वास्थ्य अवस्थाजस्ता विभिन्न परिस्थितिले गर्दा सबैले उत्तिकै फल फलाउन सक्दैनन्; कसैले १०० गुणा, कसैले ६० गुणा अनि कसैले ३० गुणा फलाउँछन्। हो, “जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन् र सहनशील भई फल फलाउँछन्,” तिनीहरूले आशिष् पाउनेछन्।—लुका ८:१५.
येसुका शिक्षाहरूको अर्थ बुझ्न खोजेका चेलाहरू मर्कुस ४:२१-२३.
यी कुराहरू सुनेपछि पक्कै प्रोत्साहित भए होलान्! अहिले तिनीहरूले उदाहरणहरूको अर्थ स्पष्टसित बुझ्न सकेका छन्। येसु तिनीहरूले उदाहरणहरूको अर्थ बुझेको चाहनुहुन्छ। यसो गर्दा तिनीहरूले पनि अरूलाई सत्यबारे बुझाउन सक्छन्। उहाँ यसो भन्नुहुन्छ: “के दियो बालेर टोकरीले छोपिन्छ र? वा खाटमुनि राखिन्छ र? त्यो त पानसमा राखिन्छ नि, होइन र?” त्यसपछि उहाँ यस्तो सल्लाह दिनुहुन्छ: “जसको सुन्ने कान छ, उसले सुनोस्।”—आशिष्स्वरूप अझ धेरै शिक्षा पाउँछन्
येसुबाट बिउ छर्ने मानिसको उदाहरणको अर्थ सुनेपछि चेलाहरू अझ धेरै कुरा सिक्न चाहन्छन्। तिनीहरू उहाँलाई यस्तो अनुरोध गर्छन्: “खेतको सामाको उदाहरणको अर्थ हामीलाई बताइदिनुहोस्।”—मत्ति १३:३६.
यस्तो अनुरोध गरेर ती चेलाहरूले समुद्रको किनारामा भएको त्यस भीडका अरू मानिसले भन्दा फरक मनोवृत्ति देखाउँछन्। भीडका अरू मानिसहरू येसुले बताउनुभएका उदाहरणहरू सुन्न त सुन्छन् तर ती उदाहरणहरूको अर्थ र त्यसबाट सिक्न सकिने पाठ बुझ्न कुनै चासो देखाउँदैनन्। उनीहरू उदाहरणहरूमा भनिएका सतही कुराहरूमै चित्त बुझाउँछन्। समुद्री किनारामा भएका आफ्ना ती श्रोताहरू र अझ धेरै सिक्ने जिज्ञासासहित आफूकहाँ आएका चेलाहरूबीच तुलना गर्दै येसु यसो भन्नुहुन्छ:
“तिमीहरू जे सुन्दै छौ, त्यसलाई ध्यान देओ। जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूका लागि नापिनेछ। हो, तिमीहरूलाई त्योभन्दा अझ धेरै दिइनेछ।” (मर्कुस ४:२४) ती चेलाहरूले येसुका कुराहरूमा ध्यान दिइरहेका छन्। तिनीहरूले येसुको कुरा सुन्न उत्कट चासो देखाइरहेका छन्, जसले गर्दा तिनीहरूले उहाँबाट आशिष्स्वरूप अझ धेरै शिक्षा पाउँछन्, अझ धेरै ज्योति पाउँछन्। त्यसैले चेलाहरूले गहुँ र सामाको उदाहरणबारे राखेको जिज्ञासाको जवाफ दिँदै येसु यसो भन्नुहुन्छ:
“असल बिउ छर्ने व्यक्ति मानिसको छोरा हो; खेत संसार हो; असल बिउ राज्यका सन्तान हुन्; सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्; ती छर्ने शत्रु दियाबल हो। बाली काट्ने समयचाहिँ युगको आखिरी समय हो अनि खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्।”—मत्ति १३:३७-३९.
उदाहरणको प्रत्येक पक्षबारे व्याख्या गरेपछि येसु त्यसको नतिजाबारे वर्णन गर्नुहुन्छ। यस युगको आखिरी समयमा खेतालाहरू अर्थात् स्वर्गदूतहरूले सामारूपी नक्कली ख्रिष्टियनहरूलाई “राज्यका सन्तान”-बाट अलग पार्नेछन् भनी येसु बताउनुहुन्छ। “धर्मीहरू”-लाई बटुलिनेछ र अन्तमा तिनीहरू “बुबाको राज्यमा” सूर्यझैँ चम्किनेछन्। “दुष्टका सन्तान” नि? उनीहरूले विनाश भोग्नुपर्नेछ, ‘उनीहरू दाह्रा किटी-किटी रुनुपर्नेछ।’—मत्ति १३:४१-४३.
येसु आफ्ना चेलाहरूलाई थप तीन वटा उदाहरण सुनाउनुहुन्छ। सर्वप्रथम उहाँ यसो भन्नुहुन्छ: “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।”—मत्ति १३:४४.
उहाँ अझै यसो भन्नुहुन्छ: “स्वर्गको राज्य असल मोती खोज्दै हिँड्ने व्यापारीजस्तो हो। उसले उच्च कोटिको एउटा मोती फेला पारेपछि गएर आफूसित भएको सबै थोक तुरुन्तै बेच्छ र त्यो किन्छ।”—यी दुवै उदाहरणका मानिसहरू साँच्चै बहुमूल्य कुराको लागि त्यागहरू गर्न तत्पर भएको कुरालाई येसु जोड दिनुहुन्छ। व्यापारीले उच्च कोटिको एउटा मोती किन्न “आफूसित भएको सबै थोक” तुरुन्तै बेच्छ। येसुका चेलाहरूले बहुमूल्य मोतीबारे येसुले बताउनुभएको उदाहरण बुझ्न सक्छन्। अनि खेतमा लुकाइराखेको धन फेला पार्ने मानिसले त्यो खेत किन्न “आफूसित भएको सबै थोक” बेच्छ। दुवै अवस्थामा, हासिल गर्नुपर्ने र मोल गर्नुपर्ने बहुमूल्य कुरा फेला परेको छ। यसलाई कुनै व्यक्तिले आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्नको लागि गर्ने त्यागहरूसित तुलना गर्न सकिन्छ। (मत्ति ५:३) येसुले बताउनुभएका यी उदाहरणहरू सुनिरहेकाहरूमध्ये कतिपयले आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्न र उहाँको साँचो अनुयायी हुन थुप्रै त्यागहरू गर्ने तत्परता देखाइसकेका छन्।—मत्ति ४:१९, २०; १९:२७.
अन्तमा येसु स्वर्गको राज्यलाई ठूलो जालसित तुलना गर्नुहुन्छ, जसमा विभिन्न किसिमका माछाहरू पर्छन्। (मत्ति १३:४७) माछाहरूलाई अलग पार्दा असल माछाहरूलाई भाँडामा जम्मा गरिन्छ तर काम नलाग्ने माछाहरूलाई फ्याँकिन्छ। यस युगको आखिरी समयमा पनि यस्तै हुनेछ भनी येसु बताउनुहुन्छ—स्वर्गदूतहरूले दुष्टहरूलाई धर्मीहरूको माझबाट अलग पार्नेछन्।
येसुले आफ्ना प्रथम चेलाहरूलाई “मानिसहरूको जलारी” बन्न बोलाउनुहुँदा उहाँ आफैले पनि आध्यात्मिक रूपमा माछा बटुल्ने काम गरिरहनुभएको थियो। (मर्कुस १:१७) तर उहाँ ठूलो जालबारे आफूले बताएको उदाहरण भविष्यमा, “यस युगको आखिरी समयमा” लागू हुने कुरा बताउनुहुन्छ। (मत्ति १३:४९) त्यसैले येसुको कुरा सुनिरहेका ती प्रेषितहरू र उहाँका अरू चेलाहरूले भविष्यमा अझै रोचक कुराहरू हुनेछन् भनेर ठम्याउन सक्छन्।
येसुले डुङ्गाबाट दिनुभएका उदाहरणहरू सुन्नेहरूले अझ धेरै आशिष् पाएका छन्। येसुले ‘कोही नभएको बेला आफ्ना चेलाहरूलाई सबै कुरा बुझाउन’ आफू तयार भएको कुरा देखाउनुहुन्छ। (मर्कुस ४:३४) उहाँ ‘त्यो घरमालिकजस्तो हुनुहुन्छ, जसले आफ्नो भण्डारबाट नयाँ र पुराना थोकहरू निकाल्छ।’ (मत्ति १३:५२) यी उदाहरणहरू दिएर येसुले आफ्नो सिकाउने क्षमताको रवाफ देखाइरहनुभएको छैन। बरु उहाँ आफ्ना चेलाहरूलाई सत्य कुराहरू बाँड्दै हुनुहुन्छ, जुन बहुमूल्य धनजस्तै छ। उहाँ साँच्चै कसैसित तुलना गर्न नसकिने “शिक्षक” हुनुहुन्छ।