सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४

येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम

“फसलका मालिकलाई . . . खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।”—लुका १०:२

येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम

यस भागमा

अध्याय ६६

झुप्रोबासको चाडको लागि यरुसलेममा

येसुको कुरा सुनिरहेका मानिसहरूले उहाँमा प्रेत बास गरेको छ भनेर किन भन्छन्‌?

अध्याय ६७

“यो मानिसले जस्तो त कसैले बोलेको छैन”

यहुदीहरूको सर्वोच्च अदालतका प्रायः सबै सदस्य येसुको विरोध गर्छन्‌ तर एक जना सदस्यले भने येसुको पक्षमा बोल्ने हिम्मत जुटाउँछन्‌।

अध्याय ६८

परमेश्‍वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ

येसुले “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ” भन्‍नुभयो। तर केबाट स्वतन्त्र?

अध्याय ६९

तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?

अब्राहामको सन्तानलाई कसरी चिन्‍न सकिन्छ भनेर बताउनुका साथै येसु आफ्नो बुबा वास्तवमा को हुनुहुन्छ भनेर पनि बताउनुहुन्छ।

अध्याय ७०

येसु जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ

चेलाहरू त्यो मानिस किन जन्मजात अन्धो भयो भनेर सोध्छन्‌। उसले पाप गरेकोले हो? अथवा उसको आमाबुबाले पाप गरेकोले? येसुले उसलाई निको पार्नुभएपछि मानिसहरू फरक-फरक प्रतिक्रिया देखाउँछन्‌।

अध्याय ७१

पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्‍न गर्छन्‌

पहिलाको अन्धो मानिसको तर्क सुनेर फरिसीहरू रिसले चूर हुन्छन्‌। उसका आमाबुबालाई जुन कुराको डर थियो, त्यही हुन्छ; फरिसीहरू उसलाई सभाघरबाट निकालिदिन्छन्‌।

अध्याय ७२

येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ

यहुदियामा येसु ७० जना चेलालाई दुई-दुई जना गरी प्रचारमा पठाउनुहुन्छ। चेलाहरूले मानिसहरूलाई कहाँ खोज्नुपर्ने थियो, सभाघरहरूमा कि घरघरमा?

अध्याय ७३

एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌

एउटा महत्त्वपूर्ण पाठ सिकाउन येसु “असल सामरियाली”-को कथा सुनाउनुहुन्छ।

अध्याय ७४

अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ

येसु मरियम र मार्थाको घर जानुहुन्छ। त्यहाँ उहाँले अतिथिसत्कारबारे के कुरा सिकाउनुहुन्छ? पछि उहाँले चेलाहरूलाई प्रार्थनाबारे के कुरा सिकाउनुहुन्छ?

अध्याय ७५

येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ

येसु आफ्ना आलोचकहरूलाई “परमेश्‍वरको औँला”-बारे र तिनीहरूले कुन अर्थमा परमेश्‍वरको राज्य आएको चालै पाएका छैनन्‌ भन्‍नेबारे बताउनुहुन्छ। उहाँ मानिसहरूले कसरी साँचो आनन्द प्राप्त गर्न सक्छन्‌ भनेर पनि बताउनुहुन्छ।

अध्याय ७६

एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ

येसु शास्त्री र फरिसीहरूको कपट उदाङ्‌ग पारिदिनुहुन्छ। तिनीहरूले मानिसहरूलाई कस्तो भारी बोक्न बाध्य बनाएका छन्‌?

अध्याय ७७

येसु धनसम्पत्तिबारे सल्लाह दिनुहुन्छ

येसुले आफ्नो भण्डारलाई अझ ठूलठूलो बनाएको एक जना धनी मानिसको उदाहरण बताउनुहुन्छ। धनसम्पत्तिको पछि लाग्दा हुने खतराबारे येसु कुन सल्लाह दोहोऱ्‍याउनुहुन्छ?

अध्याय ७८

विश्‍वासी भण्डारे हो, तयार रहो!

येसु आफ्ना चेलाहरूको आध्यात्मिक सुस्वास्थ्यमा चासो राखेको कुरा देखाउनुहुन्छ। तिनीहरूको आध्यात्मिक सुस्वास्थ्यमा भण्डारेको कस्तो भूमिका रहनेछ? तयार रहो भन्‍ने येसुको सल्लाह किन धेरै महत्त्वपूर्ण छ?

अध्याय ७९

अविश्‍वासी यहुदीहरूको विनाश किन नजिकै छ?

आफूले मदत दिन खोजेको यहुदीहरूले पश्‍चात्ताप गरेनन्‌ भने तिनीहरूले विनाश भोग्नुपर्नेछ भनेर येसु भन्‍नुहुन्छ। परमेश्‍वरसितको सम्बन्धबारे येसुले सिकाउन खोज्नुभएको महत्त्वपूर्ण पाठ के तिनीहरूले सिक्नेछन्‌?

अध्याय ८०

असल गोठालो र गोठहरू

गोठालो र तिनका भेडाहरूबीचको सम्बन्धबाट येसु आफ्ना चेलाहरूप्रति कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न सकिन्छ। के तिनीहरू उहाँको शिक्षालाई चिनेर उहाँको पछि लाग्नेछन्‌?

अध्याय ८१

बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्‍वर हुनुहुन्‍न

येसुका केही आलोचकहरू उहाँले आफूलाई परमेश्‍वरको बराबर बनाउन खोजेको आरोप लगाउँछन्‌। येसु कसरी कौशलतापूर्वक तिनीहरूको झूटो आरोपको खण्डन गर्नुहुन्छ?