सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५

नुहको जहाज

नुहको जहाज

पृथ्वीमा मानिसहरू बढ्‌दै गए। धेरैजसो मानिस खराब थिए। कोही-कोही स्वर्गदूतसमेत खराब भए। तिनीहरू स्वर्ग छोडेर तल पृथ्वीमा आए। तिनीहरू पृथ्वीमा किन आए, तिमीलाई थाह छ? मानिसको रूप धारण गरेर तिनीहरू स्त्रीहरूसित विवाह गर्न चाहन्थे।

ती स्वर्गदूतहरू र स्त्रीहरूका छोराहरू जन्मिए। तिनीहरूबाट जन्मिएका छोराहरू बलिया-बलिया थिए। उनीहरू मानिसहरूलाई धेरै सताउँथे। यहोवाले यस्तो अवस्था रहिरहन दिनुहुने थिएन। त्यसैले उहाँले ती दुष्ट मानिसहरूलाई जलप्रलय ल्याएर नाश गर्ने निर्णय गर्नुभयो।

त्यतिबेला एक जना मानिस भने फरक थिए। तिनी यहोवालाई प्रेम गर्थे। तिनको नाम नुह थियो। तिनको परिवारमा तिनकी पत्नी, तीन छोरा र तीन बुहारी थिए। तिनका छोराहरूको नाम सेम, हाम र यापेत थियो। यहोवा परमेश्‍वरले नुहलाई पानीमा तैरिन सक्ने बाकसजस्तै एउटा ठूलो जहाज बनाउन भन्‍नुभयो। जहाजभित्र बस्दा तिनी र तिनको परिवार जलप्रलयबाट जोगिन सक्थे। यहोवाले नुहलाई जनावरहरूलाई पनि जहाजभित्र लैजान भन्‍नुभयो। यसो गर्दा जनावरहरू पनि जलप्रलयबाट जोगिन सक्थे।

नुहले तुरुन्तै जहाज बनाउने काम सुरु गरे। नुह र तिनको परिवारलाई जहाज बनाउन झन्डै ५० वर्ष लाग्यो। तिनीहरूले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै जहाज बनाए। त्यतिबेला नुहले जलप्रलयबारे मानिसहरूलाई चेतावनी पनि दिए। तर कसैले तिनको कुरा सुनेनन्‌।

अब जहाजभित्र जाने समय भयो। त्यसपछि के भयो, आऊ अब हामी बुझौँ।

“नुहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।”—मत्ति २४:३७