सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ७६

येसु मन्दिर सफा गर्नुहुन्छ

येसु मन्दिर सफा गर्नुहुन्छ

इस्वी संवत्‌ ३० को वसन्त ऋतुमा येसु यरुसलेम जानुभयो। निस्तार चाड मनाउन त्यहाँ धेरै मानिस आएका थिए। निस्तार चाडमा मानिसहरू पशुहरू बलि चढाउने गर्थे। कसैले पशुहरू आफूसँगै ल्याउने गर्थे भने कसैले यरुसलेममै किन्‍ने गर्थे।

येसु मन्दिरभित्र जानुहुँदा मानिसहरूले पशुहरू बेचिरहेको देख्नुभयो। यहोवा परमेश्‍वरको उपासना गर्ने ठाउँमै तिनीहरूले व्यापार गरिरहेका थिए! त्यो देखेर येसु एकदमै रिसाउनुभयो। उहाँले डोरीको कोर्रा बनाएर भेडा र गाईवस्तुलाई मन्दिरबाट लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो। ढुकुर बेचिरहेकाहरूलाई यसो भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो बनाउन छोड!”

यो देखेर मन्दिरमा भएका मानिसहरू छक्क परे। तर उहाँका चेलाहरूले मसीहबारे गरिएको यो भविष्यवाणी सम्झे: ‘यहोवाको घरको लागि म जोसले भरिनेछु।’

पछि इस्वी संवत्‌ ३३ मा येसुले दोस्रो चोटि मन्दिर सफा गर्नुभयो। उहाँले कसैलाई पनि आफ्नो बुबाको घरको अनादर हुने काम गर्न दिनुहुने थिएन।

“तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।”—लुका १६:१३