भाग २ को परिचय
यहोवा परमेश्वरले किन त्यतिबेलाको संसारलाई नाश गर्न जलप्रलय ल्याउनुभयो? मानव इतिहासको सुरुतिरै सैतानले यहोवा परमेश्वरको विद्रोह गर्न थाल्यो। केही मानिसहरू, जस्तै: आदम, हव्वा र तिनीहरूको छोरा कयिनले सैतानको पक्ष लिए। अरू केही मानिसहरू, जस्तै: हाबिल र नुहले यहोवाको पक्ष लिए। धेरैजसो मानिस खराब भएकोले यहोवा त्यतिबेलाको दुष्ट संसारलाई नाश गर्न बाध्य हुनुभयो। यस भागबाट हामी कसको पक्षमा खडा छौँ भनेर यहोवा देख्नुहुन्छ र उहाँले कहिल्यै असलमाथि खराबीको जित हुन दिनुहुन्न भनेर बुझ्नेछौँ।
यस भागमा
पाठ ३
आदम र हव्वाले परमेश्वरको आज्ञा मानेनन्
अदनको बगैँचामा भएको एउटा रूख किन विशेष थियो? हव्वाले किन त्यस रूखको फल खाइन्?
पाठ ४
रिसले गलत काम गर्न लगाउन सक्छ
परमेश्वर हाबिलको भेटीसित खुसी हुनुभयो तर कयिनको भेटीसित भने खुसी हुनुभएन। यो थाह पाएपछि कयिन रिसले चूर भए र असाध्यै नराम्रो काम गरे।
पाठ ५
नुहको जहाज
खराब स्वर्गदूतहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गरेपछि तिनीहरूबाट जन्मिएका छोराहरू राक्षसजस्तै बलिया भए। पृथ्वी हिंसाले भरियो। तर नुह यहोवालाई प्रेम गर्थे र उहाँको आज्ञा मान्थे।
पाठ ६
आठ जना बचे
चालीस दिनसम्म दिनरात पानी पऱ्यो। नुह र तिनको परिवार जहाजभित्र एक वर्षभन्दा लामो समय रहे। त्यसपछि तिनीहरू जहाजबाट निस्कन सके।