सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ३ को परिचय

भाग ३ को परिचय

जलप्रलयपछिका वर्षहरूमा यहोवाको सेवा गर्ने थोरै व्यक्‍तिहरूको नाम मात्र बाइबलमा उल्लेख गरिएको छ। तीमध्ये एक जना व्यक्‍ति अब्राहाम थिए। तिनी यहोवा परमेश्‍वरको मित्र भनेर चिनिन्थे। तिनलाई किन यहोवा परमेश्‍वरको मित्र भनिन्थ्यो? तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यहोवा परमेश्‍वर तिनीहरूको ख्याल राख्नुहुन्छ अनि तिनीहरूलाई मदत गर्न चाहनुहुन्छ भनेर बुझाउनुहोस्‌। अब्राहाम, लुत र याकुबजस्ता वफादार पुरुषहरूले जस्तै हामी पनि नहिचकिचाई यहोवासँग मदत माग्न सक्छौँ। यहोवा परमेश्‍वर आफ्ना सबै वाचा पूरा गर्नुहुन्छ भनेर हामी विश्‍वस्त हुन सक्छौँ।

यस भागमा

पाठ ७

बाबेलको धरहरा

केही मानिसले एउटा सहर र स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाउने निर्णय गरे। परमेश्‍वरले किन अचानक तिनीहरूको भाषा खलबल पारिदिनुभयो?

पाठ ८

अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

अब्राहाम र साराले आफ्नो घर छोडेर कनानमा फिरन्ते जीवन बिताउनुको कारण के थियो?

पाठ ९

बल्ल एउटा छोरा जन्मियो!

अब्राहामसित गर्नुभएको प्रतिज्ञा यहोवाले कसरी पूरा गर्नुहुने थियो? त्यो प्रतिज्ञा इसहाकमार्फत पूरा हुने थियो कि इस्माएलमार्फत?

पाठ १०

लुतकी पत्नीलाई सम्झ

यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। ती सहरहरूलाई परमेश्‍वरले किन नाश गर्नुभयो? हामीले किन लुतकी पत्नीलाई सम्झनुपर्छ?

पाठ ११

विश्‍वासको जाँच

परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘तिमीले माया गर्ने तिम्रो एक मात्र छोरा इसहाकलाई लिएर मोरियाह डाँडामा जाऊ र तिनलाई बलिको रूपमा चढाऊ।’ यो अब्राहामको लागि कसरी विश्‍वासको जाँच हुने थियो?

पाठ १२

याकुबले ज्येष्ठ अधिकार पाए

इसहाक र रिबेकाको जुम्ल्याहा छोरा भए। तिनीहरूको नाम एसाव र याकुब थियो। एसाव जेठो भएकोले तिनले विशेष पैतृक सम्पत्ति पाउने थिए। तर तिनले किन एक कचौरा सुरुवाको लागि आफ्नो ज्येष्ठ अधिकार बेचे?

पाठ १३

याकुब र एसावले शान्ति कायम गरे

याकुबले कसरी स्वर्गदूतबाट आशिष्‌ पाए? आफ्नो दाइसित तिनले कसरी शान्ति कायम गरे?