सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ४ को परिचय

भाग ४ को परिचय

यस भागमा युसुफ, अय्युब, मोसा र इस्राएलीहरूबारे बताइएको छ। सैतानले तिनीहरूलाई दुःख दियो। कसैले अन्याय भोग्नुपऱ्‍यो, कसैले कैदी त कसैले दास भएर जीवन बिताउनुपऱ्‍यो र कसैले मृत्युसमेत भोग्नुपऱ्‍यो। तर यहोवाले तिनीहरूलाई विभिन्‍न तरिकामा जोगाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यहोवाका ती सेवकहरूले दुःख भोगे पनि तिनीहरू कसरी विश्‍वासी रहे, बुझाउनुहोस्‌।

यहोवाले उहाँ सबै मिश्री देवीदेवताभन्दा शक्‍तिशाली हुनुहुन्छ भनेर प्रमाणित गर्न १० विपत्ति ल्याउनुभयो। यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभयो अनि अहिले कसरी जोगाउनुहुन्छ, जोड दिनुहोस्‌।

यस भागमा

पाठ १४

एक जना दासले परमेश्‍वरको आज्ञा पालन गरे

युसुफले जे सही थियो, त्यही गरे तैपनि तिनले असाध्यै दुःख भोग्नुपऱ्‍यो। किन?

पाठ १५

यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

युसुफ आफ्नो परिवारबाट टाढा भए तापनि यहोवा तिनको साथमा हुनुहुन्छ भनेर उहाँले प्रस्ट पार्नुभयो।

पाठ १६

अय्युब को थिए?

गाह्रो हुँदा पनि अय्युबले यहोवा परमेश्‍वरको कुरा सुने।

पाठ १७

मोसाले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गरे

मोसा सानो छँदा तिनकी आमाको चलाखीले गर्दा तिनको ज्यान जोगियो।

पाठ १८

बलिरहेको झाडी

झाडीमा आगो लागे पनि किन त्यो डढेन?

पाठ १९

पहिलो तीन विपत्ति

फारो घमन्डी भएकोले तिनी एउटा साधारण काम गर्न मान्दैनन्‌ र आफ्ना मानिसहरूमाथि विपत्ति ल्याउँछन्‌।

पाठ २०

अर्को छ वटा विपत्ति

यी विपत्तिहरू सुरुका तीन विपत्तिहरूभन्दा कसरी फरक थिए?

पाठ २१

दसौँ विपत्ति

यो विपत्ति यस्तो भयानक थियो कि घमन्डी फारोसमेत हार मान्‍न बाध्य भए।

पाठ २२

लाल समुद्रमा चमत्कार

फारो दस विपत्तिबाट त बचे तर के परमेश्‍वरले गर्नुभएको यस चमत्कारबाट पनि बचे?