सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ५ को परिचय

भाग ५ को परिचय

लाल समुद्र पार गरेको दुई महिनापछि इस्राएलीहरू सिनै डाँडामा पुगे। त्यहाँ यहोवा परमेश्‍वरले इस्राएलीहरूसित एउटा करार गर्नुभयो र तिनीहरू उहाँको विशेष जाति बने। उहाँले तिनीहरूको सुरक्षा गर्नुभयो र चाहिने कुरा सबै दिनुभयो। जस्तै: खानको लागि मन्‍न, लगाउनको लागि लुगा जुन कहिल्यै फाटेन र बस्नको लागि सुरक्षित ठाउँ। तपाईँ आमाबुबा हुनुहुन्छ भने तपाईँको छोराछोरीलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई किन व्यवस्था, वासस्थान र पुजारीहरू दिनुभयो भनेर बुझाउनुहोस्‌। आफ्नो वचन पूरा गर्नु, नम्र हुनु र यहोवाप्रति सधैँ वफादार रहनुको महत्त्व बताउनुहोस्‌।

यस भागमा

पाठ २३

यहोवा परमेश्‍वरसित बाँधेको वाचा

इस्राएलीहरूले सिनै डाँडामा पाल टाँगेर बसेको बेला परमेश्‍वरसित विशेष वाचा बाँधे।

पाठ २४

तिनीहरूले आफ्नो वाचा तोडे

मोसाले दस आज्ञा पाउँदा मानिसहरूले घोर पाप गरिसकेका थिए।

पाठ २५

उपासनाको लागि वासस्थान

यो विशेष पालमा करारको सन्दुक थियो।

पाठ २६

बाह्र जना जासुस

कनान देशमा जासुसी गर्न गएका १० जना पुरुषभन्दा यहोसु र कालेब फरक थिए।

पाठ २७

तिनीहरूले यहोवा परमेश्‍वरको विरोध गरे

कोरह, दातान, अबिराम र अरू २५० जनाले यहोवा परमेश्‍वरबारे एउटा महत्त्वपूर्ण कुरा बुझेनन्‌।

पाठ २८

बालामको गधा बोल्छ

बालामले देख्न नसकेको स्वर्गदूतलाई तिनको गधाले देख्छ