सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ७ को परिचय

भाग ७ को परिचय

यस भागमा हामी करिब ८० वर्षको दौडान राजा साउल र राजा दाउदको जीवनका घटनाहरूबारे बुझ्नेछौँ। सुरुमा साउल नम्र र परमेश्‍वरको डर राख्ने मानिस थिए तर पछि परिवर्तन भए र उहाँको आज्ञा मानेनन्‌। उहाँले तिनलाई त्याग्नुभयो र तिनीपछि दाउदलाई इस्राएलको राजा अभिषेक गर्न समुएललाई भन्‍नुभयो। डाही साउलले धेरै चोटि दाउदलाई मार्न खोजे। दाउदले कहिल्यै बदला लिएनन्‌। यहोवाले उनलाई रोज्नुभएको हो भनेर साउलका छोरा जोनाथनलाई थाह थियो। त्यसैले तिनी दाउदप्रति वफादार रहे। दाउदले केही गम्भीर गल्ती गरे तर उनले परमेश्‍वरले दिनुभएको अनुशासन स्विकारे। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई सधैँ परमेश्‍वरका प्रबन्धहरूलाई समर्थन गर्नुको महत्त्वबारे बुझाउनुहोस्‌।

यस भागमा

पाठ ३९

इस्राएलको पहिलो राजा

यहोवाले इस्राएलीहरूको अगुवाइ गर्न न्यायकर्ताहरू दिनुभएको थियो। तर तिनीहरूले राजा मागे। समुएलले साउललाई पहिलो राजा अभिषेक गरे। पछि उहाँले किन साउललाई त्याग्नुभयो?

पाठ ४०

दाउद र गोल्यत

यहोवा दाउदलाई इस्राएलको भावी राजा अभिषेक गर्नुहुन्छ र दाउद आफू राजा हुन योग्य छु भनेर देखाउँछन्‌।

पाठ ४१

दाउद र साउल

यी पुरुषहरूमध्ये किन एक जनाको मन घृणाले भरिएको छ? अनि घृणाको पात्र भएको पुरुषले कस्तो व्यवहार गर्छन्‌?

पाठ ४२

साहसी र वफादार जोनाथन

राजाको छोरा दाउदको मिल्ने साथी बन्छन्‌।

पाठ ४३

राजा दाउदको पाप

एउटा गलत निर्णयले धेरै समस्या निम्त्याउँछ।