सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ८ को परिचय

भाग ८ को परिचय

यहोवाले सुलेमानलाई अथाह बुद्धि र मन्दिर बनाउने सुअवसर दिनुभयो। तर तिनी बिस्तारै उहाँबाट टाढिए। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई मूर्तिपूजकहरूले सुलेमानलाई कसरी यहोवाबाट टाढा लगे, बुझाउनुहोस्‌। इस्राएल राज्य विभाजित भयो। दुष्ट राजाहरूले मानिसहरूलाई धर्मत्याग र मूर्तिपूजामा फसाए। त्यतिबेला परमेश्‍वरका धेरै वफादार भविष्यवक्‍तालाई सताइयो र मारियो। रानी ईजेबेलले उत्तरी राज्यलाई धर्मत्यागमा झनै फसाइन्‌। यो इस्राएलको इतिहासको अन्धकारमय समय थियो। तर इस्राएलमा राजा यहोसापात र भविष्यवक्‍ता एलियालगायत अन्य थुप्रै वफादार सेवक अझै थिए।

यस भागमा

पाठ ४४

यहोवा परमेश्‍वरको लागि मन्दिर

परमेश्‍वरले राजा सुलेमानको आग्रह स्विकार्नुहुन्छ र तिनलाई ठूलठूला सुअवसरहरू दिनुहुन्छ।

पाठ ४५

इस्राएल दुई भाग हुन्छ

थुप्रै इस्राएली यहोवा परमेश्‍वरको सेवा गर्न छोड्‌छन्‌।

पाठ ४६

कर्मेल डाँडामा परीक्षा

साँचो परमेश्‍वर को हो? यहोवा कि बाआल?

पाठ ४७

यहोवा परमेश्‍वर एलियालाई बलियो पार्नुहुन्छ

के उहाँले तिमीलाई पनि बलियो पार्न सक्नुहुन्छ?

पाठ ४८

विधवाको छोरा फेरि जीवित भयो

एउटै घरमा दुइटा चमत्कार!

पाठ ४९

दुष्ट रानीलाई सजाय दिइन्छ

नाबोथको अङ्‌गुरको बगान लिन ईजेबेल तिनको हत्या गर्ने योजना बनाउँछिन्‌। तर उनको दुष्ट्याइँ यहोवा परमेश्‍वरले देख्नुहुन्छ।

पाठ ५०

यहोवा परमेश्‍वर यहोसापातलाई बचाउनुहुन्छ

शत्रु राज्यहरूले यहुदामाथि आक्रमण गर्ने खतरा आइपरेपछि असल राजा यहोसापात परमेश्‍वरलाई पुकार्छन्‌।