सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ९ को परिचय

भाग ९ को परिचय

यस भागमा हामी यहोवामा बलियो विश्‍वास देखाएका युवाहरू, भविष्यवक्‍ताहरू र राजाहरूबारे सिक्नेछौँ। सिरिया लगिएकी इस्राएली ठिटी यहोवाका भविष्यवक्‍ताले नामानलाई निको पार्न सक्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त थिइन्‌। भविष्यवक्‍ता एलिसा यहोवाले तिनलाई शत्रुको सेनाबाट बचाउनुहुन्छ भनेर विश्‍वस्त थिए। प्रधानपुजारी यहोयादाले जीवन खतरामा पारेर यहोआसलाई उनकी दुष्ट हजुरआमा अथल्याहबाट जोगाए। राजा हिजकियाहलाई यहोवाले यरुसलेमलाई बचाउनुहुन्छ भनेर पूरा विश्‍वास थियो। त्यसैले तिनी अस्सेरियालीहरूको धम्कीदेखि डराएनन्‌। राजा योसियाहले इस्राएलबाट मूर्तिपूजा हटाए, मन्दिर पुनर्स्थापना गरे र इस्राएलीहरूलाई फेरि साँचो उपासनातर्फ डोऱ्‍याए।

यस भागमा

पाठ ५१

एक योद्धा र एउटी ठिटी

एउटी इस्राएली ठिटी आफ्नी मालिक्नीलाई यहोवा परमेश्‍वरको चमत्कार गर्न सक्ने शक्‍तिबारे बताउँछिन्‌।

पाठ ५२

यहोवा परमेश्‍वरको अग्निमय सेना

एलिसाको चाकरले ‘तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै’ भएको कसरी देखे?

पाठ ५३

यहोयादाको साहस

एक जना वफादार पुजारी दुष्ट रानीविरुद्ध खडा हुन्छन्‌।

पाठ ५४

यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो

परमेश्‍वरको भविष्यवक्‍तालाई किन एउटा विशाल माछाले निल्यो? तिनी कसरी माछाको पेटबाट बाहिर निस्किए? अनि यहोवा परमेश्‍वरले तिनलाई कस्तो पाठ सिकाउनुभयो?

पाठ ५५

यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

यहुदाका शत्रुहरू यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्‍न भन्छन्‌ तर तिनीहरू कत्ति गलत छन्‌!

पाठ ५६

योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे

योसियाह आठ वर्षको हुँदा राजा हुन्छन्‌ अनि तिनी मानिसहरूलाई यहोवा परमेश्‍वरको उपासना गर्न मदत गर्छन्‌।