सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १० को परिचय

भाग १० को परिचय

यहोवा परमेश्‍वर ब्रह्‍माण्डको राजा हुनुहुन्छ। सबै कुरा उहाँको वशमा रहँदै आएको छ र सधैँभरि उहाँको वशमा रहनेछ। उदाहरणको लागि, उहाँले यर्मियालाई मृत्युको खाडलबाट बचाउनुभयो। उहाँले सद्रक, मेसक र अबेद्‌नेगोलाई दन्किरहेको आगोको भट्टीबाट र दानिएललाई सिंहहरूको मुखबाट बचाउनुभयो। यहोवा परमेश्‍वरले एस्तरको रक्षा गर्नुभयो। यसो गर्दा उनले इस्राएलीहरूलाई नामेट हुनदेखि बचाउन सक्थिन्‌। उहाँले दुष्टता सधैँभरि रहिरहन दिनुहुने छैन। ठूलो मूर्तिको र अत्यन्तै अग्लो रूखको भविष्यवाणीले यहोवा परमेश्‍वरको राज्यले सबै दुष्टता हटाउनेछ र पृथ्वीमाथि शासन गर्नेछ भन्‍ने ग्यारेन्टी दिन्छ।

यस भागमा

पाठ ५७

यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ

यो जवान भविष्यवक्‍ताको कुरा सुनेर मुखियाहरू क्रोधित हुन्छन्‌।

पाठ ५८

यरुसलेम विनाश हुन्छ

यहुदाका मानिसहरू झूटो उपासना गर्न छोड्‌दैनन्‌, त्यसैले यहोवा परमेश्‍वर तिनीहरूलाई त्याग्नुहुन्छ।

पाठ ५९

यहोवाको आज्ञा पालन गर्ने चार युवक

बेबिलोनको दरबारमा समेत जवान यहुदीहरू यहोवा परमेश्‍वरप्रति वफादार रहन दृढ छन्‌।

पाठ ६०

सदासर्वदा रहिरहने एउटा राज्य

नबुकद्‌नेजरले देखेको अचम्मलाग्दो सपनाको अर्थ दानिएल खोलिदिन्छन्‌।

पाठ ६१

तिनीहरूले ढोगेनन्‌

सद्रक, मेसक र अबेद्‌नेगो बेबिलोनका राजाले बनाएको सुनको मूर्तिलाई ढोग्दैनन्‌।

पाठ ६२

ठूलो रूखजस्तै एउटा राज्य

नबुकद्‌नेजरले देखेको सपना तिनको आफ्नै भविष्यसित सम्बन्धित छ।

पाठ ६३

भित्तामा लेखिएका शब्दहरू

कसैले बुझ्न नसक्ने शब्दहरू कुन बेला देखा पर्छ र ती शब्दहरूको अर्थ के हो?

पाठ ६४

दानिएल सिंहको खोरमा

दानिएलले जस्तै दिनदिनै यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ।

पाठ ६५

एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

तिनी विदेशी र अनाथ थिइन्‌ तर पछि रानी बनिन्‌।

पाठ ६६

एज्राले परमेश्‍वरको व्यवस्था सिकाए

एज्राको कुरा सुनेपछि इस्राएलीहरूले यहोवा परमेश्‍वरसित विशेष वाचा बाँधे।

पाठ ६७

यरुसलेमको पर्खाल

शत्रुहरूले आक्रमण गर्ने योजना बनाइरहेको कुरा नहेम्याहले थाह पाए। तर तिनी किन डराएनन्‌?