सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १३ को परिचय

भाग १३ को परिचय

येसु त्रुटिपूर्ण मानिसहरूको लागि आफ्नो जीवन दिन पृथ्वीमा आउनुभयो। उहाँ मर्नुभयो तर उहाँले संसारलाई जित्नुभयो। यहोवा परमेश्‍वरले आफ्नो छोराले गरेको काम बिर्सनुभएन र उहाँलाई फेरि जीवित पार्नुभयो। आफ्नो मृत्युसम्मै येसुले नम्र भई अरूको सेवा गर्नुभयो र उनीहरूले गल्ती गर्दा क्षमा दिनुभयो। फेरि जीवित हुनुभएपछि येसु चेलाहरूकहाँ देखा पर्नुभयो। तिनीहरूलाई दिइएको महत्त्वपूर्ण काम कसरी पूरा गर्ने भनेर उहाँले सिकाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई आज हामी पनि त्यही काममा भाग लिँदै छौँ भनेर बुझाउनुहोस्‌।

यस भागमा

पाठ ८७

अन्तिम भोज

आफ्ना प्रेषितहरूसितको अन्तिम भोजमा येसु तिनीहरूलाई महत्त्वपूर्ण निर्देशनहरू दिनुहुन्छ।

पाठ ८८

येसु पक्राउ पर्नुभयो

तरबार र लाठाहरू लिएर गेत्समनीको बगैँचामा आएको भीडको अघिअघि यहुदा इस्करियोत छन्‌। तिनी येसुलाई पक्रन आएका हुन्‌।

पाठ ८९

पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

कैयाफाको घरको चोकमा के हुन्छ? घरभित्र के भइरहेको छ?

पाठ ९०

येसु गलगथामा मर्नुहुन्छ

पिलातस किन येसुलाई मार्ने आदेश दिन्छन्‌?

पाठ ९१

येसु फेरि जीवित हुनुभयो

येसुको मृत्युपछि कस्ता अचम्मका घटनाहरू घट्‌छन्‌?

पाठ ९२

येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

तिनीहरूको ध्यान आफूतर्फ खिच्न येसु के गर्नुहुन्छ?

पाठ ९३

येसु स्वर्ग फर्कनुहुन्छ

उहाँ स्वर्ग फर्कनुअघि आफ्ना अनुयायीहरूलाई केही महत्त्वपूर्ण निर्देशन दिनुहुन्छ।