सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १४ को परिचय

भाग १४ को परिचय

सुरुका ख्रिष्टियनहरूले पृथ्वीको टाढा-टाढा पर्ने इलाकासम्म परमेश्‍वरको राज्यको सुसमाचार फैलाए। येसुले तिनीहरूलाई कहाँ प्रचार गर्ने भनेर डोऱ्‍याउनुभयो र चमत्कारपूर्ण तरिकामा मानिसहरूलाई तिनीहरूकै भाषामा सिकाउन सक्षम बनाउनुभयो। धेरै खेदो भोग्नुपर्दा यहोवाले चेलाहरूलाई साहस र बल दिनुभयो।

येसुले प्रेषित युहन्‍नालाई एउटा दर्शनमा यहोवाको महिमा देखाउनुभयो। अर्कोमा तिनले स्वर्गको राज्यले सैतानलाई जितेको र त्यसको शासनलाई नामेट पारेको देखे। तिनले राजा येसुले १ लाख ४४ हजार सह-शासकसँगै शासन गर्नुभएको अनि पृथ्वी प्रमोदवन भएको पनि देखे, जहाँ सबैले शान्ति र एकतामा यहोवाको उपासना गर्छन्‌।

यस भागमा

पाठ ९४

चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइन्छ

पवित्र शक्‍तिले तिनीहरूलाई कस्तो चमत्कार गर्ने शक्‍ति दिन्छ?

पाठ ९५

तिनीहरूलाई कुनै कुराले रोक्न सकेन

येसुलाई मार्न लगाएका धर्मगुरुहरू अब चेलाहरूको मुख बन्द गर्न खोज्दै छन्‌। तर तिनीहरू सफल हुँदैनन्‌।

पाठ ९६

येसु सावललाई रोज्नुहुन्छ

सावलले ख्रिष्टियनहरूको धेरै खेदो गरे तर तिनी परिवर्तन हुन लागेका छन्‌।

पाठ ९७

कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ

परमेश्‍वर पत्रुसलाई किन एक जना अन्यजातिको घरमा पठाउनुहुन्छ?

पाठ ९८

ख्रिष्टियन धर्म थुप्रै ठाउँमा फैलिन्छ

प्रेषित पावल र तिनका सहयात्रीहरू प्रचार गर्न टाढा-टाढासम्म जान्छन्‌।

पाठ ९९

एक जना जेलर सत्य सिक्छन्‌

पावल र सिलासलाई किन झ्यालखानामा हालियो? कुन घटनाले गर्दा जेलरले सत्य सिके?

पाठ १००

पावल र तिमोथि

यी दुई पुरुष मिल्ने साथी थिए र तिनीहरूले धेरै वर्ष सँगै मिलेर सेवा गरे।

पाठ १०१

पावललाई रोम पठाइन्छ

यात्रामा खतरै खतरा छ तर यी प्रेषितलाई कुनै कुराले रोक्न सक्दैन।

पाठ १०२

युहन्‍नाले देखेका दर्शनहरू

येसुले तिनलाई भविष्यमा हुने घटनाहरूबारे दर्शनहरू देखाउनुहुन्छ।

पाठ १०३

“तपाईँको राज्य आओस्‌”

युहन्‍नाले देखेका दर्शनहरूबाट परमेश्‍वरको राज्यले पृथ्वीमा कस्ता परिवर्तनहरू गर्नेछ भनेर प्रस्ट हुन्छ।