गीत २
यहोवा तिम्रो नाम
-
१. हे जीवित र साँचो
प्रभु र सृष्टिकर्ता।
सदा सर्वदादेखि
यहोवा तिम्रो नाम।
गर्व गर्छौँ हामी
तिम्रो प्रजा हुनुमा।
सबै जाति र देशमा
होस् तिम्रै घोषणा।
(कोरस)
यहोवा, यहोवा!
को छ तिमीजस्तो?
न स्वर्गमा न धर्तीमा
ईश्वर तिमीजस्तो।
छौ तिमी सर्वशक्तिमान्
सबले पाऊन् थाहा।
यहोवा, यहोवा!
तिमी नै हौ हाम्रो ईश्वर।
-
२. चाहन्छौ जे तिमी
बनाउँछौ हाम्लाई त्यही।
तिम्रो इच्छा गराउँछौ
यहोवा तिम्रो नाम।
तिम्रो साक्षी भन्ने
नाम नि दियौ हामीलाई।
वहन गर्छौँ खुसी भै
यहोवा तिम्रो नाम।
(कोरस)
यहोवा, यहोवा!
को छ तिमीजस्तो?
न स्वर्गमा न धर्तीमा
ईश्वर तिमीजस्तो।
छौ तिमी सर्वशक्तिमान्
सबले पाऊन् थाहा।
यहोवा, यहोवा!
तिमी नै हौ हाम्रो ईश्वर।
(२ इति. ६:१४; भज. ७२:१९; यसै. ४२:८ पनि हेर्नुहोस्)