गीत ३
हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा
-
१. हे यहोवा, दियौ हामीलाई
कत्ति सुन्दर आशा।
सुनाउँछौँ सबै मानिसलाई
तनमन लगाई सारा।
तर जिन्दगीको फिक्रीले
भयौँ है हामी निराश।
भयो बिस्तारै मधुरो
आशाको यो दियो।
(कोरस)
तिमी नै हाम्रो बल,
आशा, भरोसा।
दिन्छौ तिमी सबै कुरा।
ढुक्क भै सुनाउँछौँ
तिम्रो नाउँ सदा।
भर पर्छौँ सधैँ तिमीमा।
-
२. हे याह, छौ तिमी मायालु;
दिन्छौ दुःखमा साथ।
मनमा गुनि राख्न सकौँ:
‘कैल्यै छोड्दैनौ हात।’
यहोवामाथिको विश्वासले
दिनेछ बोल्ने साहस।
बल्नेछ आशाको दियो,
हुनेछौँ बलियो।
(कोरस)
तिमी नै हाम्रो बल,
आशा, भरोसा।
दिन्छौ तिमी सबै कुरा।
ढुक्क भै सुनाउँछौँ
तिम्रो नाउँ सदा।
भर पर्छौँ सधैँ तिमीमा।
(भज. ७२:१३, १४; हितो. ३:५, ६, २६; यर्मि. १७:७ पनि हेर्नुहोस्)