सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ४

“यहोवा मेरो गोठालो हुनुहुन्छ”

“यहोवा मेरो गोठालो हुनुहुन्छ”

(भजन २३)

  1. १. यहोवा मेरो गोठालो

    किन पो म डराउनु?

    बुझ्छन्‌ उनी मेरो हर इच्छा;

    राख्छन्‌ मेरो ख्याल सदा।

    लान्छन्‌ हरियो खर्कमा,

    शान्त पानीको मूलमा।

    कहिल्यै छोड्‌दैनन्‌ हाम्रो यो साथ,

    देखाउँछन्‌ अटल माया।

    कैल्यै छोड्‌दैनन्‌ हाम्रो यो साथ,

    देखाउँछन्‌ अटल माया।

  2. २. तिम्रो त्यो मार्गमा चल्दा

    पाउँदछु म ताजगी।

    तिम्रो नाउँको खातिर हे याह

    जान नदेऊ तर्केर।

    घोर अँध्यारोमा हुँदा नि

    डराउनेछैनँ कैल्यै।

    यहोवा हुन्‌ मेरो ईश्‍वर, साथी

    डोऱ्‍याउँछन्‌ माया गरी।

    यहोवा मेरो ईश्‍वर, साथी

    डोऱ्‍याउँछन्‌ माया गरी।

  3. ३. यहोवा मेरो गोठालो

    किन पो म डराउनु?

    कमजोर हुँदा सम्हाल्छौ सधैँ

    न्यानो माया देखाउँदै।

    विश्‍वास गर्छु मनैदेखि

    तिम्रो प्रेम पाउँछौँ भनी।

    माया त्यो पाइर’न सकूँ सधैँ

    नछोड यो हात कैल्यै।

    माया पाइर’न सकूँ सधैँ

    नछोड यो हात कैल्यै।

(भज. २८:९; ८०:१ पनि हेर्नुहोस्‌)