गीत ६
आकाशले परमेश्वरको महिमा गर्छ
(भजन १९)
-
१. आकाश गाउँछ याह तिम्रो महिमा।
तिम्रो कलाकृति देख्छु
म आकाशमा।
झुल्किन्छ घाम तिम्रो तारिफ गर्दै।
देखिन्छ ताराहरूमा शक्ति,
बुद्धि र प्रेम।
-
२. तिम्रो आज्ञा मेरो शिरमा तेलझैँ छ;
तिम्रो वचन सबलाई
जीवनको ज्योतिझैँ।
तिम्रो न्याय सच्चा र भला छ।
तिम्रो वचन तिम्रो आज्ञा
मीठो छ महझैँ।
-
३. तिम्रो भय मान्नु मेरो सुरक्षा
सुनभन्दा नि असल
तिम्रा आदेशहरू।
भलाइ मेरो ती आदेशहरूमै।
पवित्र त्यो तिम्रो नाउँमा
रमाउँछु गर्वले।
(भज. १११:९; १४५:५; प्रका. ४:११ पनि हेर्नुहोस्)