गीत ९
यहोवा हाम्रा राजा!
(भजन ९७:१)
-
१. रमाऊ, महिमा देऊ याहलाई;
गर्छ स्वर्ग बखान उनको सदाचार।
रमाई-रमाई गाऔँ प्रशंसा उनैको;
सुनाऔँ महान् कार्य त्यो उनको।
(कोरस)
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
-
२. सुनाऊ सारालाई ख्याति उनको:
यहोवा गर्छन् हाम्रो उद्धार भनी।
याह हाम्रा राजा, उनैलाई प्रशंसा;
झुकौँ उनको सिंहासनसामु।
(कोरस)
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
-
३. लौ! सुरु भो शासन याहको;
अभिषिक्त पुत्र बनाए राजा।
संसारका देवीदेवता परून् सरममा;
प्रशंसा सब याहकै हो नि।
(कोरस)
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
लौ स्वर्ग रमाऊन्, पृथ्वी खुसी होऊन्;
यहोवा राजा बनेका छन्!
(१ इति. १६:९; भज. ६८:२०; ९७:६, ७ पनि हेर्नुहोस्)