गीत १०

हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!

हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!

(भजन १४५:१२)

  1. १. प्रशंसा! याहको प्रशंसा!

    महिमित त्यो नाउँ फैलाऔँ!

    होऔँ सचेत! दिन छ नजिकै!

    सुनाऔँ है सुनाऔँ यो सारालाई।

    पुत्र राजा हुने बेला हो अहिले

    लौ यहोवा भन्छन्‌।

    देश-देशका मानिसहरूलाई भन:

    याहले आशिष्‌ अपार ल्याउँछन्‌!

    (कोरस)

    प्रशंसा! याहको प्रशंसा!

    फैलाऊ याहको नाउँ चारैतिर!

  2. २. प्रशंसा! गाऔँ जोरसोरमा,

    खुसीले गाऔँ नाउँ याहको!

    मन खोली, कृतज्ञ भई

    महिमा त्यो सुनाऔँ याहको।

    शक्‍तिशाली र सर्वोच्च याह

    तर नम्र अनि भलो।

    बुझ्छन्‌ उनी हाम्रो सबै खाँचो

    पुकारा सुन्छन्‌ सबैको।

    (कोरस)

    प्रशंसा! याहको प्रशंसा!

    फैलाऊ याहको नाउँ चारैतिर!

(भज. ८९:२७; १०५:१; यर्मि. ३३:११ पनि हेर्नुहोस्‌)