गीत १३
ख्रिष्ट—हाम्रो उदाहरण
-
१. यहोवाको माया
अपार छ हामीमा।
चढाए पुत्र सबै बाँचून् भनी।
मानिसको स्वरूपमा
आए यस धर्तीमा;
गरे याहको आदर महिमा।
-
२. यहोवाको वचन
थियो उनको भोजन,
पाए है उनले याहको बुद्धि, समझ।
याहको इच्छा गर्न
दिए आफ्नो तनमन,
याहको खुसीमा थ्यो उनको खुसी।
-
३. पछ्याऔँ सदा ख्रिष्टलाई
खुसी पार्न याहलाई;
यही नै हाम्रो चाहना हो मनको।
येसुको उदा’रण
गर्छौँ अनुकरण;
पाउनेछौँ सदा याहको कृपा।
(युह. ८:२९; एफि. ५:२; फिलि. २:५-७ पनि हेर्नुहोस्)